झापाको बुद्धशान्तिमा संस्थागत विद्यालयकाे छाता संगठन निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल,बुद्धशान्तिकाे तेस्रो अधिबेशन सोमबार सम्पन्न भएको छ ।प्याब्सन बुद्धशान्तिका अध्यक्ष गंगाराम निरौलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा झापा जिल्ला प्याब्सनका पुर्व सल्लाहकार तथा शिक्षा सेवि महेन्द्र संग्रौलाको प्रमुख आतिथ्यता रहेको थियो सोमबार सम्पन्न तेस्रो अधिवेसन सर्वसम्मत अध्यक्षमा तिलक पाख्रिन सचिबमा सन्तोष भण्डारी कोषाध्यक्षमा सुर्यमान सुब्बा चयन हुनुभएको थियो, भने सदस्यहरूमा उदयचन्द्र काेईराला हिमाल उप्रेती लगायतको समिति गठन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि महेन्द्र संग्रौला, प्याब्सन प्रदेश सदस्य सन्जिव प्रधान , झापा जिल्ला प्याब्सनका बरिष्ठ उपाध्यक्ष छत्र बहादर कार्कि,प्याब्सन जिल्ला सदस्य विष्णु सापकोटा, अर्जुनधारा प्याब्सनका अध्यक्ष बाल गोपाल गौतम ,शिक्षा सेवि खगेन्द्र मैनाली,प्याब्सन जिल्ला सदस्य चेतन ढुङ्गेल,लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । बुद्धशान्ति ३ स्थित ग्रिन रिसोर्टको शभाहलमा सम्पन्न भएको कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई निवर्तमान समिति सदस्य दसरथ ढुङ्गेलले साब्दिक स्वागत गर्नु भएको कार्यक्रमको सन्चालन पुर्व समितिका सचिब चेतन सुबेदीले गर्नु भएको थियो