June 24, 2024

अन्य

झापाको बुद्धशान्ति गाउँपालिका स्थित बर्नेमा रहेको मुनामदन एकेडेमीका बिद्यार्थीहरुले चलचित्र ‘गाउँ आएको बाटो’ हेरेका छन् ।

शनिबार बिर्तामोडको क्यू एफ एक्स हलमा सय जना भन्दाबढी बिद्यार्थीहरुले उक्त चलचित्र हेरेका हुन् ।

कक्षा ८, ९ र १० मा अध्यानरत बिद्यार्थीहरुले चलचित्र हेरेको बिद्यालयका संस्थापक सञ्चालक तथा प्रिन्सिपल चेतन ढुंगेलले बताउनुभयो ।

समाजको संस्कार र संस्कृतीहरु बुज्न र बिकासले पार्ने गरेको नकरात्मक असरहरुलाई बुझ्न यस्ता चलचित्र बिद्यार्थीहरुले हेर्नु पर्ने उहाँको धारणा थियो ।

उहाँल आगामी १० गते मंगलबार कक्षा ११ र १२ मा अध्यानरत बिद्यार्थीहरुलाई चलचित्र गाउँ आएको बाटो हेर्न ल्याउने बताउनुभयो ।
जेठ २५ गतेबाट प्रदर्शनमा आएको यो चलचित्र अहिले सफल्ता पुर्वक तेसा्रे हप्तामा प्रदर्शन भैरहेको छ ।

दया हाङ राई, पशुपती राई, प्रेम सुब्बा लगायत कलाकारहरुले अभिनय गरेको चलचित्रमा बालकलकारको भुमिकामा प्रशन राई लाई देख्न सक्छौ ।

महेश राईको कथा लेखन रहेको यस चलचित्रलाई नबिन सुब्बाले निर्देशन गरेका छन ।

जिउ र पेट दुखेको भन्दै बुधवार विराटनगरस्थित विराट नर्सिङ होममा भर्ना भएकी इटहरी–५ सिमरबनाकी दुर्गा रिमाल (घिमिरे) को शंकास्पद मृत्यु भएको छ।

डाक्टरकै सल्लाह अनुसार अस्पताल भर्ना भएकी उनको बिहीबार मृत्यु भएको हो। डाक्टरले उनलाई मृत घोषणा गरेपछि विराट नर्सिङ होमको अवस्था तनावग्रस्त बनेको थिए। उनलाई अत्यधिक औषधि प्रयोग गरेका कारण निधन भएको परिवारले जनाएको छ।

परिवारका एक सदस्यले दिएको जानकारी अनुसार दुर्गा खाजा खाएर अस्पतालको तला माथि हिँड्दै चढेकी थिईन। त्यसपछि एकै पटक लगातार पाँच वटा भन्दा बढी सिरिन्जबाट औषधि चलाएको थियो।

त्यसपछि मुटुमा समस्या आएको कारण बिरामी अचेत भएको बताएका डाक्टरले बिहीबार उनलाई मृत घोषणा गरेका हुन्। डाक्टरहरू भानु न्यौपाने र डाक्टर ललित राजवंशीको लापरबाहीको कारण बिरामीको मृत्यु भएको परिवारले जनाएको छ।

इलामको सूर्योदय नगरपालिका शिक्षा क्षेत्रमा काम गर्ने कोशी प्रदेशकै सर्वाेत्कृष्ट पालिका घोषित भएको छ । 

देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ् नेपालले सूर्याेदयलाई कोशी प्रदेशको उत्कृष्ट पालिकाका रूपमा पुरस्कृत गर्न लागेको हो । 

एसोसिएसनले लामो समयसम्म शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकलाई पुरस्कृत गर्न गठित मूल्यांकन समितिले कोशी प्रदेशमा सूर्याेदयलाई छानेको जनाएको छ । जेठ २६, २७ र २८ मा काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा नगरपालिकालाई पुरस्कृत गर्न लागिएको एसोसिएसन अध्यक्ष सुदाम गौतमले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलन उद्घाटन गर्नेछन् । 

गौतमका अनुसार देशका सातै स्थानीय तहका एक–एक स्थानीय तह, एक–एक प्रधानाध्यापक र एक–एक विद्यालयलाई वर्षको उत्कृष्ट घोषित गरी पुरस्कृत गर्न लागिएको हो । पालिकालाई शिक्षामा गरेको लगानी, निःशुल्क र समावेशी शिक्षाको पहल, दीर्घकालीन योजना, प्राविधिक धार सञ्चालन, स्थानीय पाठ्यक्रम÷सूचना तथा प्रविधि र शिक्षामा सुशासन अभ्यास मापदण्डका आधारमा छनोट गरिएको सभापति गौतमले जानकारी दिए । 

कोशीमा इलामको सूर्याेदय, मधेसमा बाराको कौहलवी, वाग्मतीमा काठमाडौं महानगर, गण्डकीमा नवलपरासीपूर्वको मध्यविन्दू नगरपालिका, लुम्बिनीमा बर्दियाको ठाकुरबाबा नगरपालिका, कर्णालीमा रुकुमपश्चिमको चौरजहारी नगरपालिका र सुदूरपश्चिममा धनगढी उपमहानगरलाई यो वर्ष शिक्षा क्षेत्रमा काम गर्ने प्रदेशका उत्कृष्ट पालिका छानिएको उनले बताए । 

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.चित्रबहादुर बुढाथोकी संयोजकत्वको चार सदस्यीय छनोट समितिले विभिन्न मापदण्डका आधारमा पुरस्कृत पालिका, विद्यालय र प्रधानाध्यापक छनोट गरेको उनको भनाइ छ । छनोट समितिमा रामप्रसाद सुवेदी, धनञ्जय शर्मा र प्रकृति अधिकारी सदस्य छन् । 

सूर्याेदयले शिक्षा क्षेत्रमा विभिन्न महत्वपूूर्ण कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यालयको भौतिक पूर्वाधार विकासदेखि शिक्षकको दक्षता अभिवृद्धि, प्रोत्साहन र विद्यालयमा विद्यार्थी आकर्षित गर्ने दर्जनौं योजना सूर्याेदयले कार्यान्वयन गरेको छ । 
मेयर रणबहादुर राईले नगरले शिक्षा क्षेत्रमा दीर्घकालीन उपलिब्ध हासिल गर्ने कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । ‘यो नगर बालमैत्री नगर पनि भएकाले विद्यालय तहको शिक्षा क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘बालबालिकाका लागिमात्र होइन, नगरका छोरी र बुहारीको उच्च शिक्षासमेतमा हामीले विशेष ध्यान दिएका छौं ।’

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको  श्री गणेश माध्यमिक  विद्यालयका विद्यार्थीहरूलाई  शैक्षिक साथै खेलकुद सामाग्री वितरण गरिएको छ ।बुद्धशान्ति ४ मा रहेको सृजनशिल युवा समाजले आज एक कार्यक्रमको आयोजना गरि श्री गणेश माद्यमिक विद्यालयमा अध्यनरत कक्षा नर्सरी देखि कक्षा ५ सम्मका ३० जना गरिव तथा जेहेन्दार बिद्यार्थिहरूलाई  ५५  हजार  बराबरको  शैक्षिक साथै  खेलकुद सामाग्री वितरण गरेको हो  ।सृजनशिल युवा समाजका अध्यक्ष निर्मल पराजुलिको अध्यक्षतामा भएको कार्यक्रममा  बुद्धशान्ति गाउँपालिका वडा नं ४ का अध्यक्ष  शेर वहादुर रायको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा प्रमुख  अतिथि वडा नं ४ का अध्यक्ष शेर बहादुर रायले विद्यार्थीहरूलाई  शैक्षिक साथै खेलकुद सामाग्री वितरण गर्दै यश सृजनशिल युवा समाजले  विगत केही वर्ष अगाडि देखिनै वडा नं ४ मा विभिन्न सामाजिक कार्य गर्दै  समाजमा  छुट्टै छाप छोड्न थालेको  बताउदै संस्थाको खुलेर प्रशंसा गर्दै संस्थाले वडा कार्यलयको समन्वयर सहकार्यमा काम गर्ने र सहयोग समेत गर्दै जाने बताउनु भयो ।त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै सृजनशिल युवा समाजका अध्यक्ष निर्मल पराजुलिले विद्यार्थीहरूलाई पढाइ सङसगै खेलकुदको क्षेत्रमा पनि  उतिकै रुचि राख्ने भएकाले  र अहिले देखिनै यि साना साना  नानिहरूलाइ पढाइ संङसगै खेलकुदको क्षेत्रमा  समेटेर लैजाने हो भने भोलि राष्ट्रिय स्तरमै चिनाउने खेलाडी बन्न पनि थप हौसला हुनेछ  भनेर शैक्षिक सामाग्री संगै खेलकुद सामाग्री समेत वितरण गरेको  बताउदै हाल अमेरिकामा रहेर संस्थालाई आर्थिक सहयोग गर्नुहुने सेतु तामाङ साथै विनय तामाङ लाई धन्यबाद दिदै  आगामि दिनमा  पनि समाजमा विभिन्न समाजिक काम गर्दै जाने बताउनु भयो ।संस्थाका अध्यक्ष  निर्मल पराजुलीले औचित्य माथि प्रकास पार्नु भएको कार्यक्रममा सन्जित कुमार थेबे, न्यु एभर ग्रिन सेकेन्डरी इङ्लिस  स्कुल बुद्बशान्ति ४ का शिक्षक लोक बहादुर कमाल बुद्धशान्ति वडा नं ४  कार्यपालिका सदस्य दुर्गा ढुङ्गेल लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो।संस्थाले लामो समय देखि संस्थामा रहेर अतुलनिय  सहयोग पुर्याउनु हुने  बुद्धशान्ति ४ का रामचन्द्र कोईरालालाई  दोसल्ला साथै सम्मान पत्र द्वारा सम्मान समेत गरिएको थियो ।कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा  सदस्य  सन्जित कुमार थेबे,न्यु एभर ग्रिन अङ्ग्रेजी स्कुलका  शिक्षक सन्जय लिम्बू रास्ट्रिय स्वत्रन्त्र पाटी बुद्धशान्ति ४ का अध्यक्ष रोसन कटुवाल,विद्यालयका शिक्षक अभिभावक विद्यार्थी,स्थानिय बासी संन्चारकर्मी  लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो  lविद्यालयका  प्रधानाध्यापक  डिल्लिराम खतिवडाले सानो संस्था भएपनि  विद्यालयमै आएर सृजनशिल युवा समाजले यसरी शैक्षिक  साथै  खेलकुद सामाग्री दिएर  विद्यालयलाई  विद्यार्थी भाइ बहिनिहरूलाई  पढाइ साथै खेलकुदको क्षेत्रमा थप हौसला थपिदिनु भएकोमा  सृजनशिल युवा समाजलाई  धन्यबाद  दिदै आफ्ना भनाई राख्नु भएको थियो । गणेश माध्यमिक  विद्यालयको सभाहलमा भएको कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई  सृजनसिल युवा समाजका  उपाध्यक्ष नारायण कुमार रेग्मीले स्वागत गर्नुभएको  थियो भने उक्त कार्यक्रमको सञ्चालन संस्थाका सदस्य  साजन तामाङले गर्नु भएको थियो  ,

झापाको बुद्धशान्तिमा ३ मा  प्रकृति पुजक किरात राईहरूको उभौली साकेला पर्व धुमधामको साथ सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं १,२,३ सम्युक्त किरात राई यायोक्खा व्यवस्थापन समितिको आयोजनामा  बुद्धशान्ति ३ स्थित किरात राई यायोक्खाको  निर्माण हुँदै गरेको संस्थाको प्राङ्गणमा आईतबार भव्य रुपमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शुभकामना आदानप्रदान, जातीय सांस्कृतिक नृत्य:  साकेला, सिल्लि लगायतको कार्यक्रम आयोजना गरिएको थियो ।किरात राई यायोक्खा सम्युक्त १,२,३, बुद्धशान्तिका अध्यक्ष हरि कुलुङको अध्यक्षतामा भएको कार्यक्रममा  किरात राई यायोक्खा जिल्ला सहसचिव चिजा राईको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै  कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ वडा सदस्य लिला परियार,
किरात राई यायोक्खा बुद्धशान्तिका अध्यक्ष  राजेन्द्र राई,आदर्श सामुदाहिक वन उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र आचार्य विभिन्न ठाउँवाट आफ्नो नित्य लिएर आउने  प्रतिनिधि स्थानिय बासी संन्चारकर्मी  सुरक्षाकर्मी लगायतको आतिथ्यतामा कार्यक्रम  सम्पन्न भएको थियो  l

कार्यक्रममा  प्रमुख अतिथि  किरात राई यायोक्खा जिल्ला सहसचिव चिजा राईले साकेला पर्वको बारेमा प्रष्ठ पार्दै परा पुर्खा बाट मनाउदै आएको साकेल पर्व यसलाई कुल देवाताको रूप मानेर हामिले मनाउदै  आएको पर्वले हामिलाई परिवारमा शुख शान्ति हुने अन्न बालि फस्टाउने जन विस्वासले गर्दानै यो पर्व मनाउदै आएको बताउनु भयो । उहाले ,भन्नू ,भयो भुमिमा सबै भन्दा पाईला टेक्ने  किरात जातिनै भएकाले नै किरात हरूलाई भुमि पुत्र भन्ने गरेको  बताउनु भयो  ।

कार्यक्रममा किरात राई यायोक्खा  मेचिनगर १२ पारूहाङ टोल काकरभिट्टा बुद्धशान्ति ४ अर्नुजधारा लगायत विभिन्न ठाउँवाट आएका टोलिले आफ्नो भेषभुसा सहितको  जातीय सांस्कृतिक साकेला,सिल्लि नृत्य प्रस्तुत गरेका थिए । बुद्धशान्ति सम्युक्त १,२,३ किरात राई यायोक्खा  अध्यक्ष हरिकुमार राईले औचित्य माथि प्रकास पार्नु भएको कार्यक्रममा  वडा नं ३ का अध्यक्ष  पर्शुराम चेम्जोङ  बुद्बशान्ति वडा नं ४ किरात राई यायोक्खाका अध्यक्ष  राजेन्द्र राई आदर्श सामुदाहिक वन उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो।त्यस्तै कार्यक्रममा  जेष्ठ अामा बुवा  बुद्धशान्ति वडा नं ३ का ८४ वर्षिय खम्ब बहादुर राई  साथै  बुद्धशान्ति ३ कै ८३ वर्षिय  फुलमाया राईलाइ  फुलमाला दोसल्ला ओढाएर मायाको चियो  सहित सम्मान समेत गरिएको थियो । त्यस्तै कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई किरात राई यायोक्खा सम्युक्त बुद्धशान्ति १,२,३ का उपाध्यक्ष युवराज राईले स्वागत गर्नुभएको  थियो भनेउक्त कार्यक्रमको सञ्चालन किरात राई यायोक्खा सम्युक्त बुद्धशान्ति १,२,३ का सचिव  पदम राईले गर्नु भएको थियो  ,

झापाको बुद्धशान्ति ४ मा  नेपाल तरूण दल  बुद्धशान्ति गाउँसमितको आयोजना साथै  नेपाल रेडक्रस  सोसाईटि  बुधबारे उपसाखाको प्राविधिक सहयोगमा १ दिने रक्तदान सम्पन्न भएको छ ।बढ्दो रक्त अभावको अवस्थालाई मध्यनजर गर्दै  शनिवार   न्यु एभरग्रिन  इंग्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा ४० पाउण्ड रगत जम्मा भएको  तरूण दल बुद्धशान्तिका अध्यक्ष करण लाबुङले जानकारि दिनु भयो ।

शिविरको उत्घाटन बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले गर्नु भएको थियो भने  वडा नं ४ का  वडा अध्यक्ष शेर वहादुर राय  समाज सेवि मनेश दाहाल ,वर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाई, बुधबारे जेसिजका अध्यक्ष  दुर्योधन देव , समाज सेवि मदन मगर , विनोद रिजाल, वडा नं ५ का वडा अध्यक्ष  डेगेन्द्र कार्की  विभिन्न संङ सस्थाका प्रतिनिधि स्थानिय बासी संन्चारकर्मी  सुरक्षाकर्मी लगायतको आतिथ्यतामा शिविर  सम्पन्न भएको थियो  l

शनिवार भएको स्वाथ्य शिविरमा  बर्खा स्मृति प्रतिस्ठानकाले खाने पानि निसुल्क वितरण गरेको थियो । रक्तदान जीवनदान हो, तपाईँ हामीले रक्तदान नगरे आफ्नो आफन्तलाई चाहिएको बेला रगतको अभाव हुन्छ।

स्वास्थ्य व्यक्तिले ३-३ महिनामा रक्तदान गरी रक्त अभावलाई हटाऔँ  भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।  झापाको बुद्धशान्ति ४ स्थित श्री नौलो विहानि उद्यमी महिला समूह  बुद्धशान्ति ४ को अायोजना साथै बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा १ दिने आँखा शिविर साथै दन्त शिविर सम्पन्न भएको छ ।

बुद्धशान्ति ४ स्थित न्यु एभर ग्रिन इङ्गलिस  बोर्डिङ्ग स्कुलको प्राङ्गणमा बृहत, निःशुल्क आँखा शिविर साथै दन्त शिविर शनिबार सम्पन्न भएको हो  ।

उक्त शिविरमा ३०० भन्दा बढीले  मेचि नेत्रालय काकर भिट्टा बाट अाएका  डाक्टरहरू वाट आँखाको निःशुल्क परीक्षण गरेका थिए भने १५० भन्दा वढिलाई चस्मा वितरण गरिएको थियो ।

त्यस्तै शिविरमा ३०० जना भन्दाले दन्त नेशनल डेन्टल केयर सेन्टर विर्तामोड बाट अाएका दन्त प्राविधिक बाट सेवा लिएका थिए ।  शिविरमा सेवा लिएका विरामी हरूलाई  आँखामा देखिएको मोतियाबिन्दु साथै दन्त सेवामा थप उपचारको लागि ५०% छुटमा  स्वास्थ्य परीक्षण गरी चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गर्नु परेमा समेत छुटको व्यवस्था मिलाईएको बताईएको छ ।
यस निःशुल्क आँखा शिविरले समाजमा एउटा सकरात्मक सन्देश दिने मात्र नभएर बिरामीहरुको पहिचान गरी लाभ लिनको लागि सुवर्ण अवसर समेत भएको स्वास्थ्य शिविर आयोजक श्री नौलो बिहानी उद्धमी महिला समूह बुद्धशान्ती ४ अध्यक्ष याम माया नेम्वाङले बताउनु भयो  बताउनु भयो ।

झापाको बुद्धशान्तिमा  ४ मा प्रकृति पुजक किरात राईहरूको उभौली साकेला पर्व धुमधामको साथ सम्पन्न भएको छ ।बुद्धशान्ति गाउपालिका वडा नं  ४  किरात राई यायोक्खा व्यवस्थापन समितिको आयोजनामा  बुद्धशान्ति ४ स्थित  किरात राई यायोक्खाको  प्राङ्गणमा शुक्रबार भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रममा शुभकामना आदानप्रदान, जातीय सांस्कृतिक नृत्य:  साकेला, सिल्लि लगायतको कार्यक्रम आयोजना गरिएको थियो । किरात राई यायोक्खा बुद्धशान्ति ४ का अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा किरात राई यायोक्खा जिल्ला उपाध्यक्ष केबल राम राईको प्रमुख आतिथ्यता रहेको थियो । साथै बिशिस्ठ अतिथि किरात राई यायोक्खा जिल्ला सदस्य गौरिमान राई, बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय, सम्पुर्ण राजनितक दलका पाटि प्रतिनिधि स्थानिय बासी संन्चारकर्मी  सुरक्षाकर्मी लगायतको आतिथ्यतामा कार्यक्रम  सम्पन्न भएको थियो  lकार्यक्रममा  प्रमुख अतिथि किरात राई यायोक्खा जिल्ला  उपाध्यक्ष केबल राम राईले  साकेला पर्वको बारेमा प्रष्ठ पार्दै परा पुर्खा बाट मनाउदै आएको साकेल पर्व  बालिनानि फस्टाउने परिवारमा सान्ति हुने पशु चौपायमा राम्रो हुने  भएकाले यसलाई कुल देवाताको रूप मानेर राखि दिएको यश ढुङ्गालाई हामिले  साकेलाको रूपमा मनाउदै आएको  बताउनु भयो ।कार्यक्रममा किरात राई यायोक्खा मेचिनगर १२ पारूहाङ टोल काकरभिट्टा बुधबारे अर्नुजधारा आएका टोलिले आफ्नो भेषभुसा सहितको  जातीय सांस्कृतिक साकेला,सिल्लि नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा  विषिष्ठ अतिथि किरात राई यायोक्खा जिल्ला सदस्य गौरिमान राईले साकेले सिल्लि गाउदै यो भुमिमा सबै भन्दा पाईला टेक्ने  किरात जातिनै भएकाले नै किरात हरूलाई भुमि पुत्रहौ भनेर भनेका हौ  भन्दै आफ्ना भनाई राख्नु भएको थियो  ।कार्यक्रममा किरात राई यायोक्खा बुद्धशान्ति ४ का अध्यक्ष राजेन्द्र राईले कार्यक्रमको र्औचित्य माथि प्रकास पार्नु भएको  थियो ।त्यस्तै कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष  शेरवहादुर राय, स्थानिय समाज सेवि करण थेबे  पुर्ण सुहाङ लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो ।त्यस्तै कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई किरात राई यायोक्खा  बुद्धशान्तिका  ४ उपाध्यक्ष मणिकुमार राईले स्वागत गर्नुभएको  थियो भने कार्यक्रमको संयोजन किरात राई यायोक्खा बुद्धशान्तिका  ४ कोषाध्यक्ष  बिमला राईले गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन किरात राई यायोक्खा  बुद्धशान्तिका  ४ सचिव मनकुमार राईले गर्नु भएको थियो।

बुद्धशान्ति गाउँपालिका वडा नं ४ को कार्यलयको आर्थिक सहयोग साथै नेपाल रेड्रक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको आयोजना र नेपाल परिवार नियोजन सघं जिल्ला शाखा झापाको प्राविधिक सहयोगमा बिहिबार १ दिने निशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ ।बुद्धशान्ति वडा नं ४ मा रहेको आधारभुत स्वाथ्य सेवा केन्द्रमा सञ्चालन भएको शिविरमा परिवार नियोजन संघको जिल्ला शाखाको  प्राविधिक सहयोगमा सेवा प्रदान गरिएको थियो ।शिविरमा परिक्षण गरिएका विरामिहरुमा केहि जटिल समस्या देखिएको हुँदा सुविधा सम्पन्न अस्पताल बाट सेवा लिनकालागि परामर्श समेत दिएको थियोे । बिहिवार सञ्चालन भएको स्वाथ्य शिविरमा ११० जनाले परामर्श लिनु भएको थियो भने  ५३ जना भन्दा माथि महिला आमा दिदी बहिनी हरूले पाठेघरको मुखको क्यान्सर सम्बन्धि सेवा लिनु भएको थियो । 

 शिविरमा विरामीहरूलाई आवस्यक अनुसार निशुल्क अौषधि समेत वितरण गरिएको थियो ।

शिविरमा पाठेघर मुखको क्यान्सरको  सङ्खास्पद ३ जनामा देखिएको थियो । त्यसै गरी २०% आङ खस्ने समस्या र परिक्षणमा सहभागि मध्ये ५० प्रतिसतमा योन जन्य संक्रमण समस्या भएको पाईएको बताईएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको आधारभुत स्वाथ्य सेवा केन्द्रमा सञ्चालन भएको शिविरमा रेडक्रस सोसाइटि उपशाखा बुधबारेका पुष्पराज भट्टराईको अध्यक्षता बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेरवहादुर रायको प्रमुख आतिथ्यता साथै अतिथिहरुमा बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य दुर्गा ढुङ्गेल आधारभुत स्वास्थ्य केन्द्र बुद्धशान्ति ४ का डाक्टर अर्जुन कुईकेल लगायत सम्पुर्ण स्वाथ्यकर्मी ,वडा नं १ का सम्पुर्ण जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । शिविरमा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय, नेपाल रेडक्रस सोसाइटि उपशाखा बुधबारेका अध्यक्ष ,पुष्पराज भट्टराई,नेपाल परिवार नियोजन सघं जिल्ला शाखाका कार्यलय प्रमुख कमल सुवेदी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । विहान १० बजे देखि ४ बजे सम्म सन्चालन भएको शिविमा नेपाल रेड्रक्रस सोसाइटी बुद्धशान्ति उपशाखाका सचिव जितबहादुर श्रेष्ठले उपस्थित सम्पुर्ण अतिथिहरूलाई साब्दिक स्वागत गर्नु भएको  थियो भने कार्यक्रमको सन्चालन संस्थाका कार्यसमिति सदस्य टंक निरौलाले गर्नुभएको थियो ।

झापा बुद्धशान्ति स्थित बालबाटिका मन्टेसरी प्रि स्कुलले बिहिबार २५८६ औं बुद्ध जयन्तीको अवसर पारेर १० औं वार्षिकोत्सव साथै बालबाटिका मन्टेसरी प्रि स्कुलमा अध्ययन पूरा गरेका विद्यार्थीहरुको दीक्षान्त समारोह कार्यक्रमको सम्पन्न गरेको  छ ।
विद्यालयका संरक्षक केदार कोइरालाको अध्यक्षता, बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका सामाजिक व्यक्तित्वहरूको आतिथ्य रहेको थियो ।

कार्यक्रममा बालबाटिकामा अध्ययनरत ससाना बालबालिकाहरूले गीत, नृत्य, राइम्स लगायतका सुन्दर प्रस्तुति दिएका थिए।

प्री स्कुलको शिक्षण पद्धतिलाई सामुदायिक विद्यालयहरूले पनि अपनाउनु पर्ने र एक अर्का बिचको कमि कमजोरीलाई केलाउन प्रि स्कुलहरू बिच स्वास्थ्य प्रतिस्पर्धा हुन आवश्यक रहेको भन्दै प्रमुख अतिथि अनिल वाग्लेले बालबाटिका मन्टेसोरीको कार्यक्रमलाई प्रोत्साहन गर्नु भएको थियो  । अभिभावकको तर्फबाट कृष्ण खतिवडाले मन्टेसोरी पद्धतिद्वारा शिक्षा प्रदान गरिएको बालबालिकाहरूको प्रस्तुतिले स्पष्ट झल्काएको बताउनु भयो । कार्यक्रममा संचालक कृष्ण ढकालले स्वागत गर्दै साना बालबालिकाहरूलाई अध्यापन, अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन र क्षमता बिकाशका निमित्त कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।

कार्यक्रममा सितारमेश क्याम्पस प्रमुख पुष्प रिजाल, मानन्ध शिक्षा सदनका प्रमुख भिम श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रमको सन्चालन विद्यालयका संचालक नवीन कोइराला र शिक्षिका सिमरन राईले संचालन गर्नु भएको कार्यक्रममा २०० बढी अभिभावक तथा अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।
बुद्धशान्ति १ स्थित बालबाटिका मन्टेसोरी प्रि स्कुल २०७२ सालबाट सञ्चालनमा आएको हो । बालबाटिका मन्टेसोरीमा हाल पिजी देखी कक्षा दुई सम्म अध्यापन गराइन्छ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको अमर युवा क्लब बुद्धशान्ति -४ को आयोजना तथा बुधबारे स्पेश केवल नेटवर्क प्रा.लि. बुद्धशान्ति -३ को सह-आयोजनामा बुद्धशान्ति ४ सट्टाभर्नामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।बिहिवार सट्टाभर्ना स्थित गणेश माद्यमिक विद्यालयको सभाहलमा भएको निःशुल्क स्वास्थ्य शिविरमा १७९ जनाले आँखाको जाँच गराएका थिए भने १०२ जनाले दाँत सम्बन्धि चेक गराएको थिए ।
प्रतिमा जमुना मेडिकल हल मेची न.पा.-१०, रजक आइ केयर अप्टिकल मेची न.पा.-१० र पाथिभरा एपोलो डेन्टल क्लिनिक मेची न.पा.-१०  प्राबिधिक सहयोगमा जाँच गराईएको थियो ।  विहान १० बजे बाट सन्चालन भएको स्वास्थ्य शिविरमा वडा नं ४ का वडा अध्यक्ष शेरवहादुर रायले शिविरमा आँखा जाँच गराएर उत्घाटन गर्नु भएको थियो ,।

शिविरमा ३० जना भन्दाबढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निशुल्क चस्मा वितरण गरिएको थियो ।

शिविरमा सम्पूर्ण विरामीहरुलाई आवश्यक अनुसार औषधि समेत निसुल्क  वितरण  गरिएको थियो । शिविरमा विहानै बाट आखा दाँत र फिजिसियन सम्बन्धी सेवा लिन स्थानिय हरूको बाक्लो उपस्थिति रहेको आयोजक अमर युवा कल्बका अध्यक्ष  रोषन कटुवालले जानकारी दिनु भयो ।