June 24, 2024

धर्म संस्कृति

झापाको बुद्धशान्तिमा ३ मा  प्रकृति पुजक किरात राईहरूको उभौली साकेला पर्व धुमधामको साथ सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं १,२,३ सम्युक्त किरात राई यायोक्खा व्यवस्थापन समितिको आयोजनामा  बुद्धशान्ति ३ स्थित किरात राई यायोक्खाको  निर्माण हुँदै गरेको संस्थाको प्राङ्गणमा आईतबार भव्य रुपमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शुभकामना आदानप्रदान, जातीय सांस्कृतिक नृत्य:  साकेला, सिल्लि लगायतको कार्यक्रम आयोजना गरिएको थियो ।किरात राई यायोक्खा सम्युक्त १,२,३, बुद्धशान्तिका अध्यक्ष हरि कुलुङको अध्यक्षतामा भएको कार्यक्रममा  किरात राई यायोक्खा जिल्ला सहसचिव चिजा राईको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै  कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ वडा सदस्य लिला परियार,
किरात राई यायोक्खा बुद्धशान्तिका अध्यक्ष  राजेन्द्र राई,आदर्श सामुदाहिक वन उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र आचार्य विभिन्न ठाउँवाट आफ्नो नित्य लिएर आउने  प्रतिनिधि स्थानिय बासी संन्चारकर्मी  सुरक्षाकर्मी लगायतको आतिथ्यतामा कार्यक्रम  सम्पन्न भएको थियो  l

कार्यक्रममा  प्रमुख अतिथि  किरात राई यायोक्खा जिल्ला सहसचिव चिजा राईले साकेला पर्वको बारेमा प्रष्ठ पार्दै परा पुर्खा बाट मनाउदै आएको साकेल पर्व यसलाई कुल देवाताको रूप मानेर हामिले मनाउदै  आएको पर्वले हामिलाई परिवारमा शुख शान्ति हुने अन्न बालि फस्टाउने जन विस्वासले गर्दानै यो पर्व मनाउदै आएको बताउनु भयो । उहाले ,भन्नू ,भयो भुमिमा सबै भन्दा पाईला टेक्ने  किरात जातिनै भएकाले नै किरात हरूलाई भुमि पुत्र भन्ने गरेको  बताउनु भयो  ।

कार्यक्रममा किरात राई यायोक्खा  मेचिनगर १२ पारूहाङ टोल काकरभिट्टा बुद्धशान्ति ४ अर्नुजधारा लगायत विभिन्न ठाउँवाट आएका टोलिले आफ्नो भेषभुसा सहितको  जातीय सांस्कृतिक साकेला,सिल्लि नृत्य प्रस्तुत गरेका थिए । बुद्धशान्ति सम्युक्त १,२,३ किरात राई यायोक्खा  अध्यक्ष हरिकुमार राईले औचित्य माथि प्रकास पार्नु भएको कार्यक्रममा  वडा नं ३ का अध्यक्ष  पर्शुराम चेम्जोङ  बुद्बशान्ति वडा नं ४ किरात राई यायोक्खाका अध्यक्ष  राजेन्द्र राई आदर्श सामुदाहिक वन उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो।त्यस्तै कार्यक्रममा  जेष्ठ अामा बुवा  बुद्धशान्ति वडा नं ३ का ८४ वर्षिय खम्ब बहादुर राई  साथै  बुद्धशान्ति ३ कै ८३ वर्षिय  फुलमाया राईलाइ  फुलमाला दोसल्ला ओढाएर मायाको चियो  सहित सम्मान समेत गरिएको थियो । त्यस्तै कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई किरात राई यायोक्खा सम्युक्त बुद्धशान्ति १,२,३ का उपाध्यक्ष युवराज राईले स्वागत गर्नुभएको  थियो भनेउक्त कार्यक्रमको सञ्चालन किरात राई यायोक्खा सम्युक्त बुद्धशान्ति १,२,३ का सचिव  पदम राईले गर्नु भएको थियो  ,

झापाको बुद्धशान्तिमा  ४ मा प्रकृति पुजक किरात राईहरूको उभौली साकेला पर्व धुमधामको साथ सम्पन्न भएको छ ।बुद्धशान्ति गाउपालिका वडा नं  ४  किरात राई यायोक्खा व्यवस्थापन समितिको आयोजनामा  बुद्धशान्ति ४ स्थित  किरात राई यायोक्खाको  प्राङ्गणमा शुक्रबार भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रममा शुभकामना आदानप्रदान, जातीय सांस्कृतिक नृत्य:  साकेला, सिल्लि लगायतको कार्यक्रम आयोजना गरिएको थियो । किरात राई यायोक्खा बुद्धशान्ति ४ का अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा किरात राई यायोक्खा जिल्ला उपाध्यक्ष केबल राम राईको प्रमुख आतिथ्यता रहेको थियो । साथै बिशिस्ठ अतिथि किरात राई यायोक्खा जिल्ला सदस्य गौरिमान राई, बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय, सम्पुर्ण राजनितक दलका पाटि प्रतिनिधि स्थानिय बासी संन्चारकर्मी  सुरक्षाकर्मी लगायतको आतिथ्यतामा कार्यक्रम  सम्पन्न भएको थियो  lकार्यक्रममा  प्रमुख अतिथि किरात राई यायोक्खा जिल्ला  उपाध्यक्ष केबल राम राईले  साकेला पर्वको बारेमा प्रष्ठ पार्दै परा पुर्खा बाट मनाउदै आएको साकेल पर्व  बालिनानि फस्टाउने परिवारमा सान्ति हुने पशु चौपायमा राम्रो हुने  भएकाले यसलाई कुल देवाताको रूप मानेर राखि दिएको यश ढुङ्गालाई हामिले  साकेलाको रूपमा मनाउदै आएको  बताउनु भयो ।कार्यक्रममा किरात राई यायोक्खा मेचिनगर १२ पारूहाङ टोल काकरभिट्टा बुधबारे अर्नुजधारा आएका टोलिले आफ्नो भेषभुसा सहितको  जातीय सांस्कृतिक साकेला,सिल्लि नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा  विषिष्ठ अतिथि किरात राई यायोक्खा जिल्ला सदस्य गौरिमान राईले साकेले सिल्लि गाउदै यो भुमिमा सबै भन्दा पाईला टेक्ने  किरात जातिनै भएकाले नै किरात हरूलाई भुमि पुत्रहौ भनेर भनेका हौ  भन्दै आफ्ना भनाई राख्नु भएको थियो  ।कार्यक्रममा किरात राई यायोक्खा बुद्धशान्ति ४ का अध्यक्ष राजेन्द्र राईले कार्यक्रमको र्औचित्य माथि प्रकास पार्नु भएको  थियो ।त्यस्तै कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष  शेरवहादुर राय, स्थानिय समाज सेवि करण थेबे  पुर्ण सुहाङ लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो ।त्यस्तै कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई किरात राई यायोक्खा  बुद्धशान्तिका  ४ उपाध्यक्ष मणिकुमार राईले स्वागत गर्नुभएको  थियो भने कार्यक्रमको संयोजन किरात राई यायोक्खा बुद्धशान्तिका  ४ कोषाध्यक्ष  बिमला राईले गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन किरात राई यायोक्खा  बुद्धशान्तिका  ४ सचिव मनकुमार राईले गर्नु भएको थियो।

बुद्धशान्ति ३ स्थित एरा एभरग्रीन विद्यालयले नेपाली साहित्यका मूर्धन्य साहित्यकार युगकवि सिद्धिचरण श्रेष्ठलाई सादर स्मरण गरेको छ । युगकविको  जन्मजयन्तीलाई सन्दर्भ पार्दै आज एरा एभरग्रीन अंग्रेजी विद्यालयले काव्य संगोष्ठी आयोजना गरेको हो ।

विद्यालयका प्रबन्ध निर्देशक खगेन्द्र मैनालीको सभापतित्वमा आयोजित कार्यक्रममा साहित्यकार तथा शिक्षक गणेश निरौला प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो ।

प्रिन्सिपल आदर्श राईले  उपस्थित सम्पुर्ण अतिथिहरूलाई  साब्दिक स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा कक्षा ९ कि छात्रा एन्जल खड्काले सिद्धिचरण श्रेष्ठको जीवनी प्रस्तुत गरेकी थिइन् ।

काव्य संगोष्ठीको प्रारम्भिक चरणमा एरा ब्यान्ड द्वारा राष्ट्रगान र गुरु वन्दना प्रस्तुत गरिएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरू टीना तामाङ, प्रगति साह, प्रकृति निरौला, आराध्य लुइटेल, प्रेमक्षा बिमली, प्रतिमा भट्टराई, कृतिका भट्टराई, निनुमा राई, नेहा चापागाईँ साथै पूर्व छात्राहरू अल्का खतिवडा, रुविष्का घिमिरे, अनिशा भुर्तेल लगायतले आ–आफ्नो रचना वाचन गरेका थिए ।

शिक्षक तथा कार्यक्रम सञ्चालक विजय मिश्रले ‘युगकवि किन युगकवि’ भन्ने विषयमा आफ्ना रचना वाचन गर्नुभएको थियो ।

अतिथि दीर्घामा उपस्थित घरदलान साहित्यका अग्रज स्रष्टाहरू  गणेश निरौला, जय भण्डारी, टंक विकल्प, प्रकाश न्यौपाने, पुष्प काफ्ले, धन बहादुर श्रेष्ठ, दिव्या निरौला, उषा अधिकारी, शान्ता श्रेष्ठ लगायतले पनि काव्य वाचन साथै विद्यार्थीहरूलाई साहित्य, कविता, गजल जस्ता विधाबारे जानकारी गराउनु भएको थियो।

आयुषा नेपाल र प्रीतिका गौतमले सांगीतिक कोसेली प्रस्तुत गर्दै गोष्ठीमा थप उत्साह भर्ने काम गरेका थिए ।

विद्यालयका व्यवस्थापक नारायण मैनाली,  शिक्षिका अनिता चिमिरिया, अम्बिका भट्टराई लगायतका उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा विद्यालयले घरदलान साहित्यको साहित्यिक जमर्कोलाई सम्मान गर्दै अभिनन्दन पत्र समेत अर्पण गरेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित सृजनशिल युवा समाजको आयोजना साथै मुना मदन एकाडेमी विद्यालयको सहकार्यमा भोलि शनिबार बुद्धशान्ति ४ स्थित मेचि राजमार्गमा फुलेको भाईरल शिरिसको फुल भएको स्थानमा २५० भन्दा बढी पुराना नेपाली परम्परा झल्काउने एतिहासिक मिनी म्यूजियमबाट सामाग्रीको प्रदर्शनी गर्ने भएको छ ।

धरान- सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ। मेला गत चैत २७ गते सुरु भएको थियाे।

मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवान्को दर्शन गरेका मेला आयोजक समितिका उपाध्यक्ष किसन थापाले बताए। मेला आयोजना गर्न संघीय सरकारले रु ७० लाख र प्रदेश सरकारले रु ५५ लाख प्रदान गरेको थियो। मेलाको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नु भएको थियो ।

कुम्भस्नान गर्न जगतगुरु बालसन्त मोहनशरण देवाचार्य, कोशी प्रदेशसभा सदस्य इस्रायल मन्सुरी, मुख्यसचिव वैकुण्ठ अर्याल, बागमती प्रदेशका सचिव हुमकला पाण्डे, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन पोखरेल, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीलगायत सप्तकोशी नदीमा पुग्नु भएको थियो ।

बुद्धशान्ति ३ स्थित श्री राम जानकी मन्दिरले राम जानकी दर्पण तथा २५ औँ वार्षिक उत्सव स्मारिकाको लोककार्पण गरेको छ ।

२५ औँ वार्षिक उत्सव तथा रगत महोत्सवको अवसरमा आयोजना गरिएको श्री लिङ्गा महापुराणको छैटौँ दिवसीय दिवाकालीन सत्रमा मन्दिरको इतिहासदेखि वर्तमानसम्मको मन्दिरसँग सम्बन्धित तथा आध्यात्मिक विषयसँग सम्बन्धित विषयहरूलाई समेटेर तयार पारिएको राम जानकी दर्पण तथा २५ औँ वार्षिक उत्सव स्मारिकाको लोककार्पण गरिएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टंक काफ्ले विकल्पको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्व गाउँ पञ्चायत प्रधानपञ्च मेघनाथ ढकालको प्रमुख आतित्य रहेको थियो ।
त्यस्तै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई, उपाध्यक्ष भवानीप्रसाद खतिवडाको विशिष्ट आतिथ्यता रहेको थियो भने मन्दिरका पदाधिकारी,चित्रा पौडेल,विभिन्न संघसंस्थाका पदाधिकारी, शिक्षासेवी,सुरक्षाकर्मी, सञ्चारकर्मीको आतिथ्य रहेको थियो ।

मन्दिर समिति सचिव जय भण्डारीले सञ्चालन गरेको कार्यक्रममा मन्दिर समिति सदस्य गंगादेवी आचार्यले शाब्दिक स्वागत राख्नु भएको थियो भने उक्त रामजानकी दर्पण तथा २५ औँ वार्षिक उत्सव स्मारिकाको समीक्षा भने पूर्व शिक्षक गणेश निरौलाले गर्नु भएको थियो ।

कार्यक्रमका सभापति टंक काफ्ले विकल्पले समापन गरेको उक्त कार्यक्रममा विशिष्ट अतिथि मनोज प्रसाई र प्रमुख अतिथि मेघनाथ ढकालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

धार्मिक एवम् पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला आजदेखि सुरु हुँदै छ । महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेल आज बिहान छिन्नमस्ता दर्शन गरेर चतरामा पुग्ने र महाकुम्भ मेला उदघाटन गर्ने कार्यक्रम छ । त्यहाँ करिब तीन घण्टा बिताएर राष्ट्रपति पौडेल उदयपुर हुँदै काठमाडौं फर्किने छन् ।

महाकुम्भ मेला चैत २७ देखि आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ । मेलाको व्यवस्थापन, सुरक्षा प्रबन्ध लगायत सबै तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

हिन्दु धर्मअनुसार अमृतको थोपा खसेको विश्वास गरिने नेपालको सुनसरीस्थित चतराधाम तथा भारतका हरिद्वार, प्रयाग, नासिक र उज्जैन गरी विश्वमा जम्मा ५ स्थानमा १२/१२ वर्षको अवधिमा कुम्भ मेला लाग्छ । जुन सबैभन्दा ठूलो मेलाको रुपमा परिचित छ ।

कुम्भ मेलाका परिकल्पनाकार एवम् जगत् गुरु बाल सन्त मोहनशरण देवाचार्यका अनुसार मेलामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सरकारका मन्त्री, जनप्रतिनिधि लगायतलाई समेत निमन्त्रणा गरिएको छ । मेलामा नेपालका साथै भारत, भुटान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायतबाट धार्मिक अगुवाकोसमेत सहभागिता रहने बताइएको छ ।

भारतका बागेश्वर बाबा भनेर चिनिने धिरेन्द्र शास्त्री पनि आउँदो वैशाख ५ गते चतरा आउने कार्यक्रम तय भएको छ ।

कुम्भ मेलाका आगन्तुकका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्वयंसेवकसमेत गरी दुई हजार बढी सुरक्षाकर्मीहरू खटाइएको छ ।

<span;>मेलामा आउने भक्तजनका लागि पाँच वटा स्थानमा स्नान स्थल निर्माण गरिएको छ । मेला स्थल वरिपरि सरसफाइ, स्नान स्थल निर्माण, पण्डाल, हवन कुण्ड, सहयोग स्थल, सुरक्षा, स्वास्थ्य, भण्डारा, बसपार्क लगायतको व्यवस्था गरिएको छ । भक्तजनका लागि खाने, बस्ने र बिरामी हुँदा उपचार गर्ने व्यवस्थासमेत मिलाइएको आयोजकले जनाएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित तिनतले पर्यापर्यटन पार्कको उद्घाटन साथै सहिदहरूको सालिक अनावरण तथा सेल्फि रोडको शिलान्यास  भएको छ । कार्यक्रममा तिनतले सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष नन्द कुमार याफ्फु राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कोशि प्रदेश पर्यटन तथा वन मन्त्रि माननिय गणेश उप्रेतिले सोमबार तिनतले पर्यापर्यटन पार्कको उद्घाटन साथै सहिदहरूको सालिक अनावरण तथा सेल्फि रोडको शिलान्यास गर्नु भएको हो ।झापाको बुद्धशान्ति गाउँपालिका साथै ईलामको रोङ गाउँपालिकाको सङगम स्थल रोदी डाँडामा निर्माण भएको तिनतले पर्यापर्यटन पार्कको उत्घाटन गर्दै दन्दकालमा मारिएका राम प्रसाद प्रधान, बेद प्रसाद आचार्य, र नारायण आचार्य सहिदहरूको सालिकमा अनावरण गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री उप्रेतिले सामुदायिक वनले जङ्गलत जोगायो तर वन्यजन्तु कहाँ पुर्यो यो विषयमा हामिले सोचेका छैनौ जनबादि कन्सेप्ट त आयो तर जङ्गल भित्रका जिवजन्तु मैन्त्री जङ्गल बनाउन सामुदायीक वनहरूले अब आफ्नो कार्ययोजनामा थप्नु पर्ने बताउनु भयोउहाँले भन्नू भयो पुर्वमा आउँदा जहाँ टेके पनि पर्यटक क्षेत्र  भएकाले अब यसलाई पर्यटन क्षेत्रलाई दिगो गुरूयोजना बनाउनु पर्ने हो तर  प्रदेश सरकार चलेको ६ वर्ष भैसक्तापनि पर्यटनमा कुनैपनि दिर्घकालिन योजना नभएकाले अब हामीले पर्यटनको सन्दर्भमा जङ्गल जिवजन्तु मैन्त्री र प्रयापर्यटन मैन्त्री बनाउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा,वन डिभिजन कार्यलय इलामका प्रमुख दान वहादुर श्रेष्ठ, सहिद राम प्रधानकी धर्मपत्नी इन्द्रमाया प्रधान, वडा नं १का वडा अध्यक्ष  अनिल वाग्ले, विभिन्न पाट्टीका प्रतिनिधी संघ संस्थाका प्रतिनिधी लगायतको बाक्लो उपस्थिति रहेको थियो।  तिनतले सामुदायिक वन उपभोक्ता समितीका कोषाध्यक्ष शिव गिरीले सम्पुर्ण अतिथिहरूलाई साब्दिक स्वागत गर्नुभएको कार्यक्रममा पालिका उपाध्यक्ष  भवानि प्रसाद खतिवडा, वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले, समाज सेवी रोसन तिम्सिना, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । भोैतिक विकासमा पछाडि परेपनि प्राकृतिक रुपमा साँच्चै रमणीय छ प्राकृतिक छटाहरूले भरिएको यस पार्क निर्माणमा तिनतले सामुदायिक वनको ७ लाख ७४ हजार बुद्धशान्ति गाउँपालिका वाट १० लाख ९५ हजार कोशी प्रदेश पर्यापर्यटन वन मत्रालय बाट २० लाख ९८ हजार बिर्ख बहादुर शांसद कोष बाट १० लाख गरि कुल ४९ लाखको लगानिमा पार्क निर्माण भएको साथै चालु आर्थिक वर्ष ८०/ ८१ को बजेटबाट १० लाखको लगानिमा  काम समेत भइरहेको  कार्यक्रमको अौचित्य माथि प्रकाश पार्दै तिनतले सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष नन्द कुमार याफ्फु राईले बताउनु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा न. १ स्थित श्री लक्ष्मीनारायण मन्दिर तिरू दिव्यधाममा यहि फागुन २ गते देखि १० गते समापन हुने गरि श्रीमद,भागवत साप्ताह ज्ञान महायज्ञ भईरहेको छ बुद्धशान्ति गाउँपालिका वडा न. १ स्थित श्री लक्ष्मीनारायण मन्दिर तिरू दिव्यधाममा रहेको गुरूकुल सन्चालन गर्न साथै

समाजमा धार्मिक सहिष्णुता कायम गर्दै समाजको सुख शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन होस, एवं साँस्कृतिक प्रचार प्रसार गर्ने उद्धेश्यले स्थानीय क्षेत्रको धार्मिक बिकासको लागि स्थानीयहरु नै एकजुट भई धार्मिक ,सामाजिक आर्थिक र सास्कृतिक बिकास सम्भब हुन्छ

भन्ने उदेश्यले महापुराणको आयोजन गर्न लागिएको पुराण आयोजक समितिका अध्यक्ष नारद चापागाँईले बताउनु भयो ।

फागुनको २ गते बाट सन्चालन भईरहेको श्रीमद, भागवत,सप्ताह ज्ञान महायज्ञ सम्पन्न गर्न १२ लाख  भन्दा माथि खर्च हुने अनुमान  गरिएको आयोजक समितिका सचिव दुर्गा देवि खतिवडाले बताउनु भयो ,।

 प्रमुख वाचक श्री १००८ स्वामी पन्डित श्री चक्रपाणी आचार्य साथै उपवाचक रामानुज नेपालले मुखाराबृन्द वाट कथा प्रवचन भइरहेको  छ । श्रीमद,भागवत कथामा विभिन्न झाँकी धान्यचल विभीन्न दाता माहानुभाव हरूलाइ सम्मान मुस्टिदान समेतको आयोजना गरिएको बताईएको छ

झापाको बुद्धशान्ति २ स्थित
Ambition Academy विगत वर्ष  झै यश वर्ष पनि माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा सिटौलाको प्रमुख आतिथ्यता तथा इन्द्र राईको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन छात्रा सोफिया खड्काले गरेकी थिइन् भने छात्रा रियन राईले अतिथिहरुलाई शाब्दिक स्वागत गरेकी थिइन्। कार्यक्रममा सरस्वती पूजाको महत्व दर्साउने विविध कार्यक्रमका साथै विद्यार्थीहरुले विभिन्न विधाका नृत्यहरू प्रस्तुत गरेका थिए।

स्थानीय समाजसेवी गुरु ओली, गंगा गौतम, सेमन्त पोखरेल, मुकेश भट्टराई,पूर्ण गौली, इन्द्र अधिकारी, अभिभावकहरु लगायत शैक्षिक तथा सामाजिक व्यक्तित्वहरुको आतिथ्यता रहेको कार्यक्रममा विद्यार्थीहरुले विज्ञान प्रदर्शनी तथा आफूले बनाएका विभिन्न परियोजना कार्यको प्रदर्शनीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ। वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ।

एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठर दिनसम्म भेट गरेका थिए। पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो। यसै समयदेखि वसन्तराग गाउन थालियो।

सरस्वतीलाई नैवेद्यका रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ।

सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ। पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ। यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ। यसपछि सरस्वती कवच पाठ गरिन्छ।

संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ।

आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ। सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ।
विशेषगरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन्। उपत्यकाका पशुपति जयवागेश्वरी, स्वयम्भूको सरस्वतीस्थान, लाजिम्पाटको नील सरस्वती, चाँगु, फर्पिङ, बल्खु, हाँडीगाउँ, लेलेको सरस्वती मन्दिरमा पूजा एवम् दर्शन गर्नेको भीड लाग्दछ।