July 10, 2024

शिक्षा

बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित श्री माध्यमिक विद्यालय बर्नेमा हिजो वाट सुरू भएक वार्षिक उत्सव आज  विभिन्न कार्यक्रम गर्दै सम्पन्न हुने भएको छ ।

विद्यालय व्यवस्थापन समिति कार्यवाहक अध्यक्ष दुर्गा पोख्रेल ढुङ्गेलको सभापतित्वमा  हिजो उत्घाटन गरिएको ५६ औं वार्षिक उत्सव समारोह कार्यक्रममा बुद्धशान्ति गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्राविधिक सहायक झल्का अधिकारी भट्टराईको प्रमुख आतिथ्यतामा  उत्घाटन गरिएको कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालय संस्थापक, विद्यालय सल्लाहकार समिति पदाधिकारी, अक्षयकोषदाता, अभिभावक, समाजसेवी, बुद्धिजीवी लगायत सञ्चारकर्मीको आतिथ्यता रहेको थियो ।

कक्षा १० मा अध्ययनरत विद्यार्थी सुनैना मगरले उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक राज अर्याल र डम्बर शिवाकोटीले गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा ५० वर्ष भन्दा माथिका पदाधिकारीहरूको सहभागितामा ट्रयाक उद्घाटन, विद्यार्थीहरूबीच विभिन्न विधामा प्रतियोगिता, बाल विकासदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको दौड, भलिबल, अन्तरआमा समूहको हाजिरिजवाफ प्रतियोगिता, अन्तरटोल पुरुष लठ्ठातान प्रतियोगिता, विविध अक्षयकोषका छात्रवृत्ति वितरण जस्ता कार्यक्रम गरी उद्घाटन समारोह सम्पन्न गरिएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित गणेश माध्यमिक बिद्यालयले ३४ औं वार्षिक उत्सव एवम,अभिभावक दिवस समारोह विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ ।
पौष २ गते सोमबार देखि सन्चालन  भएको वार्षिक उत्सवमा कार्यक्रममा विभिन्न सदनात्मक खेलकुद हाजिरी जबाफ वक्तिवकला निबन्ध लेखन चित्रकला जस्ता विभिन्न कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा पालिका स्तरिय हाजिरी जवाफ  समेत गरिएको थियो हाजिरी जवाफ प्रतियोगितामा ६ वटा बिद्यालय हरू सहभागी भएका थिए जस मध्ये शिशु सुधार आधारभुत बिद्यालय प्रथम गणेश मा.वि.दोस्रो र सरस्वती आधारभुत विद्यालय तेस्रो भएको थियो ।

शुक्रबार सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साथै बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेरबहादुर रायको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बिद्यालयका शिक्षक अभिभावक संघ का अध्यक्ष गोपीकृष्ण दाहाल ले उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गर्नुभएको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भवानी प्रसाद खतिवडाले भन्नू,भयो गाउँपालिकाले  बुद्धशान्ति गाउँपालिका भरिका  विद्यालयहरूमा हाम्री आमा राम्री आमा कार्यक्रम बुद्धशान्तिमै पहिलो पटक सूरू गरिएको र यस कार्यक्रमले शिक्षा क्षेत्रमा निकै प्रभावकारी भुमिका खेल्ने बताउदै विद्यालयको थप सुधार र गुणस्तरीय शिक्षाको सहयोग र समन्वय गर्न साथै बुद्धशान्ति गाउँपालिकाको विकास विस्तार र प्रवर्धनमा स्थानीय सरकार सदैव तयार रहेको बताउनु भयो ।त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै बुद्धआदर्श माध्यमिक बिद्यालय का प्रधानाध्यापक कृष्णराज भण्डारीले शिक्षा सुधारमा शिक्षक जिम्मेवार भए पुग्छ भन्ने सोचाई छ । यो गलत सोचाई हो,’ उहाले भन्नु भयो ‘यो गलत बुझाइलाई चिर्नका लागि अभिभावक लागि पर्नुपर्छ । जति शिक्षक जिम्मेवार हुन्छन् त्यति नै विद्यार्थी, र अभिभावक पनि जिम्मेवार हुनुपर्ने बताउनु भयो ।
शुक्रबार भएको समापन कार्यक्रम मा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम साथै सदनात्मक नृत्य समेत प्रस्तुत गरिएको  थियो ।
कार्यक्रममा वडा नं ४ का  वडा सचिब राजकुमार न्यौपाने गाउँपालिका कार्यपालिका सदस्य भिम धमला वडा सदस्य सन्जित कुमार थेबे ,आइत बहादुर साबा बुद्ध आदर्श माध्यमिक बिद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारी , समाज सेवि मनेस दाहाल ,बुद्धआदर्श माद्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र राई समाज सेवि गोपि कृष्ण दाहाल लगायतको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन मन कुमार राई र रबिन मैनालीले गर्नुभएको थियो भने  कार्यक्रमको समापन कार्यक्रमका सभा अध्यक्ष  शेर बहादुर रायले गर्नु भएको थियो ।

बुद्धआदर्शमा मावि २०५४ समकालिन साथि समूहले विद्यालयमा फलैँचा निमार्ण गरिदियो ।

समूह स्थापना भएको १ वर्षको खुशीयालीमा बुद्धआदर्श मावि २०५४ समकालिन समूहले विद्यालय परिषरमा पहिलो पटक फलैँचा तथा बगैँचा निमार्ण गरि शनिबार हस्तान्तरण गरेको छ ।
केही समय अघि देखि बन्न सुरु गरेको बगैँचा तथा फलैँचा शनिबार एक कार्यक्रमको आयोजना गरी विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो ।

समूहका संयोजक राजन दुलालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथ्यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारी रहेको थियो । त्यस्तै विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारी लगायतको आतिथ्यतमा भएको कार्यक्रममा समूहका सदस्य खगेन्द्र मैनालीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका समूहका सदस्य नन्दकुमार याफु राईले जानकारी दिनुभयो ।

यति सुन्दर बगैँचा र फलैँचा निमार्ण गरि विद्यालयलाई हस्तान्तरण गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारी र विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले सम्पूर्णमा हार्दिक आभार प्रकट गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै विद्यालयको विकास, विस्तार र प्रर्वद्धनमा समकालिन समूह २०५४ सदैव प्रतिबद्ध रहने कार्यक्रमका संयोजक राजन दुलालले जानकारी दिनु भयो ।

इलामको रोङ गाउँपालिकाले आर्थिक अभावले बालबालिकाले पढाइ छाड्न नपरोस् भन्ने उद्देश्यले अध्यक्षसँग विद्यार्थी’ कार्यक्रमअन्तर्गत ‘एक रुपैयाँ बचत’ सुरु गरेको छ ।

केही समय लाग्ने भएपनि कोसिस आफैंले गर्ने हो भन्दै गाउँपालिकाले एक रुपैयाँ बचत गर्दा एक जनाले महिनामा पाँच हजार रुपैयाँसम्म बचत गरेको बताईएको छ ।

पालिकाका विद्यार्थीका लागि पालिकाले सबै विद्यार्थीको बैंक खाता खोलिदिँदैछ । यसका लागि प्राइम कमर्सियल बैंकसँग सम्झौता भएको पालिका अध्यक्ष मनीकुमार स्याङ्बो सुवासले जानकारी दिए । उनका अनुसार बैंकले पनि प्रत्येक विधार्थीको खातामा सय रुपैयाँ जम्मा गरिदिने छ ।
यसबाट पालिकाका करिब दुई हजार पाँच सय विद्यार्थी लाभान्वित हुने पालिकाले अनुमान गरेको छ । हरेक वर्ष वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले पालिकासँग सम्झौता गरेको हो । पालिका अध्यक्ष स्याङ्बोले विद्यार्थीको बैंक खाता विद्यालयमै खोलिने बताउनु भयो।

अध्यक्षसँग विद्यार्थी, विद्यालयमा आधारित उद्यमशीलताका लागि १४ सर्तमा बैंकसँग सम्झौता भएको छ,’ उहाले भन्नुभयो  ‘कार्यक्रमका लागि कार्यविधि पारित भएको छ ।’ अहिले यसका लागि निर्देशक समिति र स्कुल–स्कुलमा कार्यान्वयन समितिसमेत गठन गरिएको छ । प्रचारप्रसार र सचेतना विभिन्न माध्यमबाट सम्पन्न गरिएको छ । ‘अभिभावकसँग पालिकाको भेटघाट कार्य तीव्र हुँदैछ, बैंक खाता खोल्ने तयारी हुँदैछ, आइतबार सबै विद्यालयमा यो काम सुरु हुन्छ,’ उहाँले भन्नू भयो  ‘मंसिरमा यो कार्यक्रमअन्तर्गत न्यूनतम् ५० देखि पाँच हजार रुपैयाँसम्म जम्मा भएको जानकारी आएको छ ।’

यसरी बचत गर्दैजाँदा विद्यार्थीलाई उच्च शिक्षाका लागि सहज हुने पालिकाको आशा छ । बचत कार्यक्रमको विवरण व्यवस्थापनका लागि सफ्टवेयर तयार  गरिएको र फोकल शिक्षकलाई सामान्य तालिमसमेत गराउने पालिकाको तयारी छ । ‘हाम्रो पुस्ताले भोगेको समस्या आउँदो पुस्ताले भोग्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो,’ अध्यक्ष स्याङ्बो बताउनु हुन्छ ‘भविष्यको भन्दा वर्तमानको आवश्यकता गति तीव्र हुन्छ तर भविष्य निकै महत्वपूर्ण हुन्छ । भोलिका लागि आजैबाट लगानी सुरु गर्नुपर्छ भनेर यो अवधारणा ल्याइएको हो ।

‘माछा मारेर दिनुभन्दा माछा मार्न सिकाउनु उपलब्धिमूलक हुन्छ,’ उहाँ भन्नू हुन्छ  ‘अनावश्यक खर्च कटौती गरी भविष्यका लागि बचत गर्ने कार्यक्रम हो यो ।’

अहिले गाउँपालिकाको ठूलो बजेट छात्रवृत्ति शीर्षकमा खर्च भइरहेको छ । तर, सबै विद्यार्थीले पर्याप्त छात्रवृत्ति पाउन सकेका छैनन् । छात्रवृत्ति वितरण गर्नु दिगो समाधान नभएको भन्दै छात्रवृत्ति पाउनुपर्ने समस्याको स्थायी समाधान प्रयास थालिएको अध्यक्ष स्याङ्बो बताउनु हुन्छ । यसले बचतको संस्कार स्थापित गर्ने र साक्षरता बढाउने पालिकाको अपेक्षा छ ।
विद्यार्थी बचतका लागि प्राइम कमर्सियल बैंकले दुई लाख ५० रुपैयाँभन्दा बढी सहयोग गर्ने बैंकले जनाएको छ । पालिकामा ३० विद्यालय छन् ।

 

इलामको रोङ गाउँपालिकामा बिज्ञान प्रदर्शनी सम्पन्न भएको छ ।  रोङ ३ को शान्ति निकेतन माध्यमिक बिद्यालयमा भएको प्रदर्शनीमा आधारभूत बिद्यालय तर्फ शकर आधारभूत बिद्यालय रोङ ३ प्रथम, देबीगञ्ज आधारभूत दोश्रो र ज्योति आधारभुत तेश्रो भएका थिए ।

त्यसैगरी माध्यमिक बिद्यालय तर्फ शान्ति निकेतन माबि प्रथम मोतिराम दोश्रो र सरस्वती माबि भालुझोडा तेश्रो भएका थिए । प्रदर्शनीमा ३ वटा आधारभूत बिद्यालय र ९ वटा माध्यमिक बिद्यालयले सहभागीता जनाएका थिए ।

सहभागी बिद्यालयले प्रदर्शनमा राखेको बिज्ञान सामाग्री हेर्दा लाग्दथ्यो अवसर पाए रोङका बिद्यार्थीहरु को प्रतिभा राष्टिय स्तर सम्म पुग्न सक्ने अनुमान गर्न सकिन्थ्यो ।


शान्ति निकेतन माध्यमिक बिद्यालयको सम्योजन तथा रोङ गाउपालिका शिक्षा युवा तथा खेलकुद साखाको आयोजनामा कार्यक्रम भएको कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान गर्ने बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा बिद्यालयका शिक्षक देखि रोङ शिक्षा साखाका कर्मचारी सम्मलाई समेटिएको थियो ।


कार्यक्रमलाई आकर्षक बनाउन गीत नृत्य कबिता तथा गजलले पनि सहयोगी भुमिका निर्वाह गरेको थियो ।  बिभिन्न बिद्यालयबाट नृत्य तथा गायनकलामा सहभागीता जनाएका थिए ।

कार्यक्रममा रोङ गाउपालिका शिक्षा शाखा प्रमुख श्रुतिकुमारी तामाङको अध्यक्षतामा भएको कार्यक्रममा रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङबोको प्रमुख आतिथ्यता रहेको थियो त्यस्तै गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवासको विषिस्ठ आतित्यतामा सम्पन्न कार्यक्रममा  गाउँपालिकाका बिभिन्न साखाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

त्यसैगरी शिक्षक बिद्यार्थी तथा अभिभावकहरुको पनि उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुपाल खड्काले उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गर्नुभएको कार्यक्रममा  रोङगाउँपालिका अध्यक्ष  मणिकुमार स्याङबो गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवास गाउँपालिका शिक्षा साखा प्रमुख श्रुतिकुमारी तामाङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको  कार्यक्रमको सन्चालन  शिक्षक  मेघराज गड्तौलाले सन्चालन गर्नु भएको थियो ।


झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ नमुना विद्यालयको रूपमा विकास गर्न छनौट भएको बुद्वआदर्श माध्यमिक विद्यालयले आइतबार एक कार्यक्रमको अायोजना गरि कक्षा ११ का विद्यार्थिहरूलाई स्वागत साथै कक्षा १२ का विद्यार्थीहरूलाई बिदाई तथा दशै विशेष शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी नव आगन्तुक कक्षा ११का विद्यार्थीलाई स्वागत साथै कक्षा १२ का विद्यार्थिलाई बिदाई गरेको हो

विद्यालयका छात्र नेसनल निरौलाको सभापतित्वमा भएको कार्यक्रममा अौचित्यमाथि प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले भन्नू ,भयो विधालयको नाम उच्च राख्दै देशकै सक्षम नागरिक बन्ने लक्ष्यका साथ अघि बढ्न विधार्थीहरुलाई शिक्षण सिकाइ क्रियाकलापमा विद्यार्थीलाई हरेक क्षेत्रमा अब्बल बनाउन विद्यालयले बाल मैत्री शिक्षण सिकाई क्रियाकलाप ,कंप्यूटर तथा प्रविधी मैत्री शिक्षण सिकाई,सेमी ग्रेडिङ प्रणालीमा आधारित शिक्षण, कक्ष (१-३)
विज्ञान प्रविधी मा ल्याब क्लास को व्यवस्थापन
बाल मैत्री पुस्तकालय को व्यवस्था,
दिवा खाजा खाने व्यवस्था कक्षा (१-५),
त्रैमासिक रुपमा अभिभावक हरु संग छलफल र अन्तर्क्रिया
प्रत्येक हप्ता अतिरिक्त क्रियाकलाप नियमित रूपमा अनुगमन र मूल्याङ्कन, र प्रिस्टपोषण ,बाल मैत्री कक्षा सन्चालन हुँदै अाएको बताउनु भयो ।

त्यस्तै स्वागत तथा विदाई कार्यक्रममा अाफ्ना भनाई राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीले भन्नू ,भयो शिक्षण सिकाइ क्रियाकलापमा विद्यार्थीलाई हरेक क्षेत्रमा अब्बल बनाउनतर्फ विधालय अग्रसर रहेको बताउदै शिक्षा सुधारमा शिक्षक जिम्मेवार भए पुग्छ भन्ने सोचाई छ । यो गलत सोचाई हो,’ उहाले भन्नु भयो ‘यो गलत बुझाइलाई चिर्नका लागि शिक्षक अभिभावक ,विद्यार्थी पनि उतिनै जिम्मेवार हुनुपर्ने बताउदै कार्यक्रममा आफ्ना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शिक्षा शाखा प्रमुख कमल निरौलाले नमुना विद्यालयको रूपमा विकास गर्न छनौट भएको बुद्वआदर्श माध्यमिक विद्यालयलको शिक्षा क्षेत्रमा थप सुधार र गुणस्तरीय शिक्षाको सहयोग र समन्वय गर्ने साथै बुद्धशान्ति गाउँपालिकाको शिक्षा साखाको तर्फबाट गर्नु पर्ने साथ सहयोग सधै रहने बताउनु भयो ।

 

 

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारि, बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख, कमल निरौला,विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारी, वडा नं १ वडा अध्यक्ष अनिल वाग्ले, शिशु सुधार अाधारभुत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नेत्र रिजाल,विद्यालयका अक्षयकोष दाता मदन प्रसाई, अक्षयकोष दाता, मनेस दाहाल,शिक्षक अभिभावक सघका अध्यक्ष राजेन्द्र राई, बुधबारे इलाका प्रहरीकार्यलयका प्रमुख प्रविन भट्टराई , समाज सेवि भगवती न्यौपाने वडा नं १ का वडा सदस्य लक्ष्मी कडेल, विद्यालयका शिक्षक , अभिभावक सम्पुर्ण विद्यार्थी संचारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।

सम्पुर्ण विद्यार्थीहरूलाई शुभकामना दिदै बर्खा स्मृति प्रतिस्ठानका अध्यक्ष साथै विद्यालयका अक्षयकोष दाता मदन प्रसाँइले भन्नुभयो,विद्यार्थीका अभिभावकहरुले पनि विद्यालयले संचालन गरेका राम्रा गतिविधिलाई सफल बनाउन अभिभावकले पनि रचनात्मक भूमिका खेल्नु पर्ने बताउदै अहिलेका विद्यार्थीहरुको जीवनभरको भाषाको स्रोत नै अहिले पढ्दै गरेको विद्यालय हो, यहि उमेर उनीहरुको जीवनको आधार हो त्यसैले उनीहरुले जिवनभर आवस्यक पर्ने आधारभूत सीपहरु पनि विधालयबाट सिक्न र सिकाउन आवश्यक रहेको बताउनु भयो ।

विद्यालयका शिक्षक लक्ष्मी न्यौपानेले उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गर्नुभएको कार्यक्रममा गजल कविता निबन्ध नित्य विभिन्न सांस्कृतिक प्रस्तुतिका साथ नयाँ विद्यार्थीको स्वागत गरिएको कार्यक्रमको सन्चालन विद्यालयका शिक्षक माधब बरालले गर्नु भएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ नमुना विद्यालयको रूपमा विकास गर्न छनौट भएको बुद्वआदर्श माध्यमिक विद्यालयका स्थायी शिक्षक तथा कर्मचारीहरुले अब नेपाल बैंक लिमिटेड बाट बिना धितो कर्जा पाउने भएका छन् ।

नेपाल बैंक लिमिटेड बुधबारे शाखा र बुद्धआदर्श माध्यमिक विद्यालयबीच कर्जा प्रवाह गर्ने विषयमा शुक्रबार सम्झौता भएको हाे । बैंकबाट प्रवाह गरिने अधिकतम रु १५ लाख सम्मकाे सेवा ग्राही कर्जा लिने दिने विषयको उक्त सम्झौता पत्रमा नेपाल बैंक लिमिटेड बुधबारे शाखाकाे तर्फवाट शाखा प्रवन्धक भानुभक्त भण्डारी र बुद्धआदर्श माध्यमिक विद्यालयको तर्फबाट विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको हो ।

नेपाल बैंक लिमिटेड बुधबारे शाखाका कर्मचारी र विद्यालयका शिक्षक, कर्मचारीहरुको उपस्थितीमा भएको कार्यक्रममा विद्यालयको तर्फबाट प्रधानाध्यापक कृष्ण भण्डारीले बैंकले सहुलियतपुर्ण ढंगले बिना धिताे कर्जा प्रदान गरेकाेमा बैंकलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो  भने बैंककाे तर्फबाट शाखा प्रबन्धक भानुभक्त भण्डारीले सेवाग्राही कर्जाकाे विषयमा विस्तृत जानकारी गराउनु भएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको मुनामदन एकाडेमीले कक्षा ९ र १० का विद्यार्थीहरुलाई इलेक्ट्रिसियन र व्युटिसियन तालिम आईतबार बाट संचालनमा गरेको छ ।
२ महिना संचालन हुने तालिम आइतबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ ।


विद्यालयका संचालक चेतन ढुंगेलको सभापतित्वमा भएको कर्याक्रममा शिक्षासेवी तथा विद्यालयका पूर्व शिक्षक अजय खड्का, विद्यालयका सहायक प्रधानाध्यापक दुर्गा ढुंगेल, कोअर्डिनेटर म्याथु बानिँया, प्रशिक्षक प्रेम अधिकारी र सुजता राई लगायतको आतिथ्यतामा रहेको कार्यक्रमको संचालन शिक्षक लक्ष्मण मगरले गर्नुभएको थियो ।


मुनामदन एकाडेमी विद्यालयको प्राङगणमा भएको कार्यक्रममा उपस्थित सम्पूर्णलाई शाब्दिक गर्दै विद्यालयका संचालक चेतन ढुंगेलले पछिल्लो समय १५ देखि १८ वर्ष उमेरका युवाहरू विद्यालय छुट्टिको समय साथै अरू समयमा लागु अौषध लगायत विभिन्न खाले कुलतमा बिग्रदै गएको अवस्थाले गर्दा वा जुनसुकै ठाँउमा अनुशासनको धेरै ठुलो महत्त्व भएकाले प्राबिधिक शिक्षा पनि आजका नानिहरूलाई आवस्यक रहेको बताउनु भयो

यिनिहरू देशका भविष्य हुन अहिले देखिनै यसबारे हामिले सोच्नुपर्छ । आगामी दिनमा पनि विद्यार्थिहरूलाई प्रोत्साहन गर्न विद्यार्थीहरुलाई किताबी ज्ञानका साथै यस्ता व्यवहारिक ज्ञानमा पनि जोड दिनुपर्ने सन्चालक ढुङ्गेलले बताउनु भयो ।

  1. झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ स्थित शान्ती निकेतन अङ्ग्रेजी मा.बि ले हरेक हप्ताको शुक्रवार गुड फ्राईडे”को रुपमा विद्यार्थीहरुको सर्वब्यापी बिकासको लागि अतिरिक्त क्रियाकलाप संचालन गर्दै आईरहेकोमा यस हप्ताको शुक्रवार देखि ब्यवहारिक ज्ञान सिकाउन सुरु गरेको छ।

विद्यालयले मिति भदौ १ गते शुक्रवार बाट कक्षा ८,९,१० का विद्यार्थीहरुलाई दुना टपरी गाँस्न सिकाउन थालिएको बुद्धशान्ति गाउँकार्यपालिका सदस्य तथा विद्यालयका कोअर्डिनेटर दिनेश लेप्चाले जानकारी दिनु भयो।

गाउँ घरका ज्येष्ठ नागरिक तथा आमाहरुले मात्र गाँस्न जान्नुहुने भएकाले अहिलेको पिढीले यस्ता ब्यवहारिक ज्ञान नसिके निकट भबिस्यमा यस्ता ज्ञान लोप भएर जाने साथै आफ्ना घरमा गाउँमा हुने शुभ अशुभ सबै कार्यहरूमा समेत दुना टपरी प्रयोगमा आउने भएकाले आफुसँग भएको सीप जतिबेला पनि प्रयोगमा आउने भएकाले पनि अहिले साना साना नानिहरूलाई पनि यस्तो व्यवहारिक ज्ञान सिकाउन सुरू गरिएको विद्यालयका प्रीन्सिपल उदय चन्द्र कोईरालाले बताउनु भयो ।

यस्तै दुना टपरी हरेक घरको शुभकार्य गर्दा आवश्यकता पर्ने भएकाले र घरवरपर नै सहजै उपलब्ध हुने रुखका पातहरुबाट बनाउन सकिने भएकाले बिनाखर्च आफ्नो सीप प्रयोग गरि यसलाई बनाउन सकिने विद्यालयका भाईस प्रीन्सिपल रबिन कोईरालाले बताउनु भयो।

विद्यालयका बिज्ञान बिषयका शिक्षक सुनिल पौडेल साथै अन्य शिक्षकहरु विशाल शिवाकोटी,भेस चाम्लिङ,कृष्ण घिमिरेद्वारा सहजिकरण गरिएको कार्यक्रममा शिक्षकहरु कबिता भण्डारी,रचना ढुंगाना,भिक्टोरी श्रेस्ठ लगायतले प्रशिक्षकको भुमिका निर्वाह गर्नुभएको थियो।

झापाको बुद्धशान्ति गाउँपालिका वडा न. १ मा रहेको कर्णाली एजुकेशन फाउन्डेसनले रजत महोत्सव सम्पन्न गरेको छ ।
विद्यालय स्थापना भएको २५ औं वर्ष पूरा गरेको अवसरमा रजत महोत्सव मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षतामा आयोजित समारोहमा प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति प्रसाद सिटौलाको प्रमुख आतिथ्य रहेको थियो । समारोहमा उपसभामुख इन्दिरा मगर, पूर्व प्राचार्य गङगाराम गड्तौला तथा विव्यस पूर्व अध्यक्ष ध्रुव कोइरालालगायतलाई अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार गोविन्द लम्साल, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, संचालक, समाजसेवी, शिक्षासेवी, अभिभावकको बाक्लो उपस्थिति थियो । कार्यक्रममा शिक्षक शरद भट्टराई र कर्मचारी हेमबहादुर मगरलाई सम्मान गरिएको थियो ।
२५ वर्ष पार गरेको पावन अवसरमा विद्यालयले रजत महोत्सव स्मारक निर्माण गरेको छ । प्रमुख अतिथि सिटौलाले स्मारकको लोकार्पण गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री सिटौलाले विद्यालयमा पठनपाठनका अतिरिक्त सीपमूलक शिक्षा दिनु आवश्यक रहेको बताए । नेपाली संस्कृतिको संरक्षण गर्ने र जीवनोपयोगी शिक्षा आजको आवश्यकता रहेको उनको विचार थियो ।

कार्यक्रममा आफ्नो विचार राख्दै उप सभामुख मगरले आफूले संसारका विभिन्न देशमा बालबालिकाको सङगत गरेको स्मरण गर्दै नानीहरूलाई सिर्जनशील काम गर्न सझाव दिएकी थिइन् ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार गोविन्द लम्साल, सम्मानित व्यक्तित्व ध्रुव कोइराला लगायतले मन्तव्य राखेका थिए । नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीले नृत्य तथा गायन गरी झन्डै तिस वटा प्रस्तुति दिएका थिए भने शिक्षक, शिक्षिका तथा कर्मचारीको पनि प्रस्तुति रहेको थियो ।