झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको बुद्धशान्ति भागिरथा अस्पतालमा आज बाट तीन जना MBBS डाक्टर हरूबाट सेवा सुरु भएको छ ।
बुद्धशान्ति भागिरथा अस्पतालमा डा.सुमेश चौधरी डा.सुमन शिवाकोटी को सेवा अस्पताल बाट भैइरहेको अवस्थामा डा.आविस दाहाल को पनि आज बाट सेवा सुरु भएको छ ।
साथै बिरामीहरु लाई सहजताको निम्ति अस्पतालले टोकनको सुविधा पनि सुचारु गरेको छ। अस्पतालमा पालो पर्खनु पर्ने लगायत बिभिन्न कारण केही समय कुरेर बस्दा कुरूवालाइ साथै बिरामि हरूलाई पनि सहजै सँग समय बिताउन सजिलो होस, भनेर LED टेलिभिजन को ब्यवस्था गरिएको साथै थप सेवा वृद्धिका निम्ति कार्यहरु समेत भईरहेको रहेको बुद्धशान्ति गाउँपालिकाका स्वाथ्य साखा प्रमुख धिरेन यादबले जानकारि दिनु भयो ।
इलामको रोङ गाउँपालिकाले बर्षादकाे समयमा लामखुट्टेवाट सर्ने डेंगु राेग नियन्त्रणकाे लागि लामखुट्टे खाेजि खाेजि नासगर्ने अभियान थालिएकाे छ ।टाईगर मस्क्युटाे समेत भनिने एडिस एजिप्टाई जातकाे सफापानीमा बसेर दिउँसाेकाे समयमा टाेक्ने लामखुट्टे वाट डेंगु हुने गर्दछ ।डेंगु लागेका बिरामिहरुलाई तिन देखि दश दिनसम्म उच्च ज्वराे अाउने टाउकाे पेट,अाखा दुख्ने,वाकवाकि लाग्ने गर्दछ । पानी जम्मा हुने भाडा गमला फुलदानि टायर रित्तो बट्टाहरू ,अध्याराे काेठा,शाैचालय,टेवल खाटकाे मुनिपट्टि बस्ने लामखुट्टे नास गर्नकाे लागि राेङमा यसकाे बासस्थान खाेजि गरि नास गर्ने अभियान थालिएकाे राेङ स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत युवराज काफ्लेले बताउनु भयो ।
डेंगु नियन्त्रणका यस कार्यकाे लागि गाउँपालिका स्तरमा सराेकारवलाहरुकाे बैठक बसि हरेक वडाहरुमा चेतना हरेक वडाहरुमा जनप्रतिनिधिहरु,स्वास्थ्यकर्मी ,महिला स्वास्थ्यस्वयसेबिका,टाेलबिकाश सस्थाका प्रतिनिधिहरु,राजनितिक दलका प्रतिनिधिहरु सहितकाे अन्तरकृया गरिएकाे र राेगकाे पहिचानकाेे लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर टेस्ट किड समेतकाे ब्यवस्था गरिएकाे शाखा प्रमुख काफ्लेले बताउनु भयो ।
हाल सम्म राेङ गाउँपालिकामा चारजना डेंगु सक्रमित भएकाे शाखाकाे तथ्याङ्क रहेकाे छ ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं -३ बुधबारे तल्लो चोकमा दारी ग्याङ झापाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको समन्वयमा आयोजित कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको छ।
उद्घाटन सत्रमा दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको विशिष्ट आतिथ्य ,बुद्धशान्ति वडा न:१ का अध्यक्ष अनिल वाग्ले,वडा न:५ का अध्यक्ष डेगेन्द्र कार्की ,नेपाल रेडक्रस झापा शाखाका जिल्ला सदस्य हरि पोखरेल ,रेडक्रस बुद्धशान्ति उपशाखा सभापति पुष्प भट्टराई ,ईलाका प्रहरी कार्यालय बुद्धशान्ति प्रमुख प्रविण भट्टराई ,सामाजिक ब्याक्तित्वहरु मनोरथ तिवारी ,चन्द्र प्रकाश कोइराला ,धिरेन्द्र ढकाल सहित संचारकर्मी,दारी ग्याङ झापाका पदाधिकारी तथा सदस्य ,विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थितिमा कार्यक्रम आयोजना भएको थियो।
रक्तदान कार्यक्रममा रक्तदान गर्दै प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले भन्नुभयो , नेपालमा हरेक दिन रगतको समस्याले बिरामी हरू तड्पि रहेको अवस्था छ तेसैले गर्दा तपाईं हामी सबैले सहयोग गर्नु पर्ने अवस्था देखिन्छ,
उहाँले भन्नू,भयो जीवन बचाउन डाक्टर नै हुनुपर्छ भन्ने जरूरी छैन रक्तदान गरेर पनि त कसैको जीवन बचाउन सकिन्छ ।
त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाले भन्नुभयो, दारी ग्याङ झापाले गरेका सकारात्मक काम विभिन्न सामाजिक कार्यलाई आफुहरूले निहाली रहेको बताउदै बुद्धशान्तिको विकास विस्तार र प्रर्वद्धनमा आफु लागि परेको बताउनु भयो ।
दारी ग्याङ झापाका उमेश तिम्सिनाको संयोजकत्वमा आयोजित कार्यक्रमको स्वागत मन्तव्य दारी ग्याङ झापाका सदस्य राम जंग भट्टराईले राखेका थिए भने कार्यक्रमको संचालन दारी ग्याङ झापाका सचीव विवेक सुन्दासले गर्नुभएको थियो वर्षाका कारण निर्धारित समय ९:३० बाट संचालन हुने भनिएको रक्तदान कार्यक्रम दुई घण्टा ढिलो गरि ११:३० बाट मात्रै सुरु हुन सकेको अवस्थामा ५४ पिन्ट रगत संकलन भएको जानकारि गराउदै आगामी दिनमा पनि विभिन्न कार्यक्रम हरूमा दारी ग्याङ झापाले सहयोग गर्ने दारी ग्याङ झापाका अध्यक्ष पौडेलले बताउनु भयो ।
झापाको बुद्धशान्ति गाउँपालिका स्वाथ्य साखाको सहकार्यमा साथै FAI MED र स्वाथ्य कार्यलय झापाले १ दिने डेंगु रोग रोकथाम तथा नियन्त्रणको लागि वहुनिकाय अन्तरक्रिया तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न गरेको छ ।
बुद्धशान्ति गाउँपालिकाको सभाहलमा भएको अन्तरक्रियामा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा, बुद्धशान्ति गाउँपालिका स्वाथ्य साखा प्रमुख धिरेन यादव, कोशी प्रदेश स्वाथ्य मनत्रालय अधिकृत जीवन चौलागाँइ,स्वाथ्य कार्यलय झापाका फोकल पर्शन कुल वहादुर पौडेल, बुधबारे इलाका प्रहरी कार्यलय प्रमुख प्रविन भट्टराई, ससस्त्र प्रहरी टिमाई प्रमुख रामकुमार लिम्बू ,बुद्धशान्ति गाउँपालिकाका सम्पुर्ण वडाका वडा अध्यक्ष वडा सदस्य सम्पुर्ण स्वाथ्य कर्मी लगायतको उपस्थिति रहेको थियो ।
गाउँपालिकाको समन्वयमा डेंगु रोग नियन्त्रणका सम्बन्धमा सरोकारवालाहरु संगको अभिमुखीकरणमा प्रशिक्षकको कोशी प्रदेश स्वाथ्य मनत्रालय अधिकृत जीवन चौलागाँइले डेँगु रोगको अवस्था र यसको नियन्त्रणका लागि गर्न सकिने विभिन्न पक्षका बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले भन्नू भयो ,संक्रमणमा कडा ज्वरो आउने, आँखाका गेडी राता हुने, शरीरमा बिमिरा आउने, आन्तरिक रक्तस्राव हुने, जोर्नी, मांसपेसी दुख्ने, नाक तथा गिँजाबाट रगत बग्नेजस्ता लक्षण देखिन्छ। एउटै मानिसमा डेंगु दोहोरिएमा र समयमै उपचार नभएमा आन्तरिक रक्तस्रावले पनि बिरामीको मृत्यु हुन सक्ने भए पनि यो रोगको संक्रमणबाट हुने मृत्युदर भने कम रहेको बताउनु भयो
कार्यक्रममा स्वाथ्य कार्यलय झापाका फोकल पर्शन कुल वहादुर पौडेलले आफ्नो भनाई राख्दै डेंगु संक्रमण नभएका लामखुट्टेले टोकेमा भने डेंगु सर्दैन। लामखुट्टेले टोकेको ५ देखि ७ दिनभित्र डेंगु संक्रमण हुन्छ। स्क्रब टाइफस र डेंगुका लक्षण करिब एउटै हुने भए पनि स्क्रब टाइफसमा किर्नाले टोकेको वरिपरि शरीरमा रातो बिमिरा देखा पर्नु ज्वरो अत्यधिक आउनु प्रमुख कारण हुने बताउनु भयो ।
प्रशिक्षक पौडेलले भन्नू भयो , डेंगु सार्ने लामखुट्टे सफा तथा स्थिर पानीमा बस्ने भएकाले सर्ने सम्भावना पर्याप्त रहेको छ। ‘अलिअलि पानी जम्यो भने पनि त्यसमै डेंगु लामखुट्टे हुर्कन्छ। पानी जमेको ठाउँमा सफा गरिहाल्नुपर्छ’, उहाँले भन्नू भयो । पछिल्लो समय डेंगु रोगको संक्रमण बढ्न थालेपछि बुद्धशान्ति गाँपालिकाले पनि १०० जनामा चेक गर्दा १० जनामा संक्रमण देखिएको बुद्धशान्ति गाउँपालिका स्वाथ्य साखा प्रमुख धिरेन यादवले बताउनु भयो
इटहरीमा वृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । श्री जनता मा. वि. इटहरी र इटहरी जेसीज को संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रम आज इटहरी ९ स्थित श्री जनता मा. वि. को प्राङ्गणमा सम्पन्न भएको छ ।
आज सम्पन्न सो कार्यक्रममा ८५ पिन्ट रगत संकलन भएको इटहरी जेसिजका अध्यक्ष योगेन्द्र पौडेलले जानकारी दिनु भएको छ ।उक्त कार्यक्रममा सह-आयोजकका रूपमा श्री जनता माध्यमिक बिद्यालय पूर्व विधार्थी समाज, नेपाल रेडक्रस सोसाइटी इटहरी उप-शाखा,रोटरी क्लब अफ इटहरी युगल तथा अन्य संघ संस्था, युवा क्लबहरुको सहयोग समेत रहेकोे जनकारी रक्तदान कार्यक्रमका संयोजक होमराज थपलियाले दिनु भएको छ ।
रगत अभाबको समस्यालाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ ईटहरीका अध्यक्ष, ईटहरी जेसीजका अध्यक्ष, नेपाल जेसीजका पूर्व अध्यक्ष, विभिन्न संघ संस्थाका व्यत्तित्व, विद्यालयका शिक्षक विद्यार्थी तथा स्थानीयहरुको संलङ्गता रहेको जानकरीे विद्यालयका सूचना अधिकारी ज्योति कोइरालाबाट प्राप्त भएको छ ।रगत संकलनका लागि नेपाल रेडक्रस सोसाइटीको समन्वयमा वि. पि. कोइराला स्वस्थ्य बिज्ञान प्रतिस्ठानको टोलिले सहयोग गरेको थियो ।
इलाम स्थित राेङ ६ काे सरस्वती माध्यामिक बिद्यालयमा अध्ययनरत वालवालिकाहरुकाे रगत समुह पहिचान गराईएकाे छ ।
जुनियर रेडक्रस सर्कल बिद्यालय ईकाईकाे अायाेजना,राेङ गाउपालिका स्वास्थ शाखाकाे प्राबिधिक सहयाेग र बिद्यालयकाे ब्यवस्थापनमा गरिएकाे साे रगत समुह पहिचान कार्यक्रमा राेङ गाउपालिका स्वास्थ्य शाखा प्रमुख युवराज काफ्ले,ल्याव टेक्निसियन स्वास्थ्यकर्मी द्वय सन्ध्या राई र साेनिका खाम्दाकले प्राबिधिक सहयाेग गरि १ सय ५८ जनाकाे रगत समुह पहिचान गराईएकाे थियाे ।
हरेक नागरिकले अाफ्नाे रगत कुन समुहकाे छ भनेर जान्नै पर्ने र बिद्यालयमा त अभिलेख समेत राख्नु पर्ने हुदा बिद्यालयले गरेकाे प्रस्तावकाे अाधारमा सामुदायिक बिल्यालयमा पहिलाे पटक गाउपालिकाले प्राबिधिक सहयाेग गरेकाे राेङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।
शहर र सुबिधासम्पन्न स्थानहरुमा सामान्य रहेपनि दुर्गम गाउका बालबालिकाहरुकाे रगत समुह पहिचान गराउदा कतिपय अभिलेखहरु चुस्त दुरुस्त राख्न र प्रमाणिकरणकाे लागि सहज हुने बिद्यालयका प्रधानाध्यापक गाेबिन्द पाैडेलकाे भनाईहेकाे छ ।
४ पुस, काठमाडौं । मेसी इज गोट । जी ओ ए टी अर्थात् गोटकोअर्थ हुन्छ ग्रेटेस्ट अफ अल टाइम । जसले सर्वकालीन महान् भन्ने बुझाउँछ ।
अर्जेन्टिनालाई कतार विश्वकप जिताउन फाइनलमा २ गोल गरेका सुपर स्टार फुटबलर लिओनल मेसी पनि अब सर्वकालीन महानको सूचीमा समावेश भएका छन् । ३५ वर्षको उमेरमा पनि जबरजस्त प्रदर्शन गर्दै मेसीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप दिलाएका छन् ।
विश्वकपको आफ्नो अन्तिम खेलमा साविक विजेता फ्रान्सलाई हराएर करिअरको पहिलो विश्वकप उपाधि जिते । मेसीले विश्वकपमा अन्तिम खेल खेले पनि पहिलो पटक उपाधि जित्दै बिदाइलाई सुखद बनाए । कतारमा विश्वकप ट्रफी उचालेसँगै विश्वकप जित्न नसकेको खेलाडी भन्ने ट्याग उनले हटाएका छन् ।
यो पुस्ताका दुई उत्कृष्ट खेलाडी हुन् मेसी र क्रिस्टियानो रोनाल्डो । क्लब लेभलमा यी दुईले सम्भव भएसम्म सबै उपाधि जिते व्यक्तिगत अवार्डहरु पनि उत्तिकै जिते । राष्ट्रका लागि पनि एकाध उपाधि जिते । तर फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता वा महान खेलाडीको मानकका रुपमा रहेको विश्वकप जितेका थिएनन् । विश्वकप नजित्दासम्म दुवै खेलाडीलाई महान भन्ने वा नभन्नेमा मतमतान्तर देखिएको थियो ।
३ पुस, काठमाडौं । भारतमा नेपालबाट भइरहेको विद्युत निर्यात रोकिएको छ । सुख्खायाम लागेर नेपालमा उत्पादित बिजुली र माग बराबर भएपछि नेपाल विद्युत् प्राधिकरणले विद्युत निर्यात बन्द गरेको हो ।
अब सम्भवतः २०८०को असार पहिलो सातासम्म विद्युत निर्यात बन्द हुने प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिए । गत १ जेठबाट प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे-अहेड बजारमा निर्यात थालेको थियो । त्यसयता करिब ११ अर्ब रुपैया बराबरको विद्युत भारत निर्यात गरेको भट्टराईले बताए ।
४ पुस, काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो ।
यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।
४ पुस, काठमाडौं । मेसी इज गोट । जी ओ ए टी अर्थात् गोटकोअर्थ हुन्छ ग्रेटेस्ट अफ अल टाइम । जसले सर्वकालीन महान् भन्ने बुझाउँछ ।
अर्जेन्टिनालाई कतार विश्वकप जिताउन फाइनलमा २ गोल गरेका सुपर स्टार फुटबलर लिओनल मेसी पनि अब सर्वकालीन महानको सूचीमा समावेश भएका छन् । ३५ वर्षको उमेरमा पनि जबरजस्त प्रदर्शन गर्दै मेसीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप दिलाएका छन् ।
विश्वकपको आफ्नो अन्तिम खेलमा साविक विजेता फ्रान्सलाई हराएर करिअरको पहिलो विश्वकप उपाधि जिते । मेसीले विश्वकपमा अन्तिम खेल खेले पनि पहिलो पटक उपाधि जित्दै बिदाइलाई सुखद बनाए । कतारमा विश्वकप ट्रफी उचालेसँगै विश्वकप जित्न नसकेको खेलाडी भन्ने ट्याग उनले हटाएका छन् ।
यो पुस्ताका दुई उत्कृष्ट खेलाडी हुन् मेसी र क्रिस्टियानो रोनाल्डो । क्लब लेभलमा यी दुईले सम्भव भएसम्म सबै उपाधि जिते व्यक्तिगत अवार्डहरु पनि उत्तिकै जिते । राष्ट्रका लागि पनि एकाध उपाधि जिते । तर फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता वा महान खेलाडीको मानकका रुपमा रहेको विश्वकप जितेका थिएनन् । विश्वकप नजित्दासम्म दुवै खेलाडीलाई महान भन्ने वा नभन्नेमा मतमतान्तर देखिएको थियो ।