October 8, 2024

अर्थ

बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार रामजानकी मन्दिरको सभाहलमा संस्थाका अध्यक्ष पुष्प प्रसाद रिजालको सभापतित्वमा आयोजित साधारण सभाको प्रमुख अतिथिका रुपमा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल रहेका थिए ।

त्यस्तै बचत तथा ऋण सहकारी संघ झापाको कोषाध्यक्ष गोविन्द पौडेलको विशेष आतिथ्य, मेची आँखा अस्पतालका प्रशासन प्रमुख आलोक श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधी, संचारकर्मी सहितको आतिथ्यमा सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव चन्द्र अधिकारीले गरेका थिए ।

यता संस्थाका उपाध्यक्ष नारायण बरालले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गर्नुभएको कार्यक्रममा ‘आँखा दान, महादान’को इच्छापत्रमा हस्ताक्षर गर्ने महानुभावलाई सम्मानपत्रद्वारा सम्मान समेत गरिएको थियो ।

साधारण सभामा संस्थाले ७ जना जेष्ठ नागरिक, ५ जना उत्कृष्ट बचतकर्ता, ५ जना उत्कृष्ट ऋणी सदस्य र संस्थाकी उत्कृष्ट वर्ष कर्मचारीको रुपमा संगीता पौडेल भुजेललाई सम्मान समेत गरेको थियो ।

साथै सोही कार्यक्रममा एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने संस्थाका सदस्यका २ छोरा जना २ जना छोरीहरुलाई पनि नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले छोटो समयमा उल्लेख्य प्रगति गर्ने सहकारीको रुपमा बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था रहेको बताउनु भयो ।

त्यस्तै विशेष अतिथि गोविन्द पौडेलले सहकारीको छाता संगठनहरुले संस्थाको विकास, विस्तार र प्रर्वद्धनमा जिम्मेवार भएर अघि बढ्ने हो भने सहकारी क्षेत्रमा कुनै समस्या नआउने समेत बताउनु भयो  ।

संस्थाले गत वर्ष २५ लाख ३३ हजार कुल नाफा गरेको र हाल सम्म कुल वसालत ८ करोड भन्दा बढि रहेको प्रतिवेदनमा उल्लेख छ ।

गिद्द संरक्षण तथा सचेतना दिवस “-
रोङगाउपालिका को आयोजना र BCN को संयोजनमा आज गिद्दको सालिक अनावरण भएको छ।

रोङगाउपालिका र UNDP को सहलगानीमा करसोङ पदमार्गमा सचेतनाको लागि निर्माण गरिएको गिद्दको सालिक राेङ गाउलिका अध्यक्ष मनिकुमार स्याङ्वाेले अनावरण  गरेको  हुन ।

समान्यतया गिद्धलाई हिंसक, फोहोरी र घिनलाग्दो चराको रूपमा हेर्ने गरिन्छ। तर सिनोमा गिद्ध लुछाचुँडी गरिरहेको गिद्धको चर्तिकला, आकासमा कावा खाँदै उडिरहेका बथान र पर्यावरणिय महत्त्वलाई हेर्यौभने त्यस्तो कदापि लाग्दैन तसर्थ पनि गिद्धलाई प्रकृतिकाे कुचिकार मानिन्छ ।

शिकारी चरा भएपनि गिद्ध आफैले शिकार नगरी केवल मरेका जनावरका मासु अर्थात सिनो मात्र खान्छन त्यसैले गिद्धहरु अहिंसाका पुजारी हुन्।

सिनो खाई हाम्रो वातावरण प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्ने गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिन्छ पर्यावरणिय चक्र सनातन, खाद्यसृङ्खलाको सन्तुलन र गतिशीलताको संवाहक पनि हो।
सिनोको कुशलतापुर्वक छोटो समयमै दोहन गर्ने गिद्धको अभावमा सिनोमा भुस्याहा कुकुर, स्याल, मुसा लगायत खानेछ फलस्वरुप मानिसमा रेलिजन, प्लेन, हैजा , आउँ, झाडापखाला र पशुचौपायाहरूमा एन्थ्रेक्स, ब्रुसेलोसिस् र क्षयरोग जस्ता रोगहरूको संक्रमणले महामारीको रूप लिनसक्छ।

एक अध्ययन अनुसार एउटा गिद्धले करीब ११ हजार अमेरिकी डलर बराबर सिनो सफाइमा योगदान पुर्याउँछ। गिद्ध पर्यावरणीय चक्र र सनातन खाद्धसृङ्खला सन्तुलन र गतिशीलताको संवाहकका साथै पारिस्थितिकीय स्वस्थताको सूचक पनि हो।

धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनि देवताको वाहनको रूपमा पुजिन्छ। रामायणमा रावणले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउँन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ। नेपालमा माथिल्लो हिमाली क्षेत्रमा बस्ने तिब्बतीय मूलका लामा समुदाय मृत आफन्तको शव गिद्धलाई सुनाउँछन् र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुर्याउने दूतका रूपमा पुज्ने गर्छन्।

विश्वमा २३ प्रजाति र नेपाल लगायत दक्षिण एसियामा ९ प्रजातिका गिद्धहरु पाइन्छन्।

राेङ गाउपालिकाकाे करसाेङ करिडाेरमा गिद्धकाे वाससस्थान रहेकाे पहराे रहेकाे कारण गिद्धेपहराे भनिने र हरेक बर्ष गिद्धकाे अध्ययन र अवलाेकन गर्न  धेरै पर्यटकहरु अाउने गरेका छन् ।

झापाको बुद्धशान्तिमा सहारा नेपाल बचत तथा ऋण शहकारी संस्थाले सदस्य तथा पुर्व सदस्य हरूलाई एक दिने अभिमुखिकरण कार्यक्रम साथै सदस्यहरूलाई प्रमाण पत्र वितरण गरेको छ । सहारा नेपाल बचत तथा ऋण शहकारी संस्था बुधबारे सेवा केन्द्र सन्चालन उपसमितीका संयोजक विष्णु प्रसाद सापकोटाको अध्यक्षतामा बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित उद्योग बाणिज्य संघको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

बुधबारे सेवा केन्द्र उपसमित संयोजक विष्णु सापकोटाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै यो संस्था सबै नेपालीले गर्व गर्ने संस्था रहेको बताउदै उहाँले भन्नू भयो नेपाल भरिका शहकारी संस्था मध्येको सदस्यताको आधारमा पहिलो शहकारी संस्थाको रहेको बताउनु भयो ।

बुधबारे सेवा केन्द्रका सदस्य चुडामणि न्यौपानेले उपस्थित सम्पुर्ण अतिथिरूलाई साब्दिक स्वागत गर्नु भएको कार्यक्रममा बुधबारे सेवा केन्द्रका सदस्य टीका पाठक सदस्य दिपेन्द्र संगौला सहारा नेपाल साकोष अनुगमन कार्यलय चारआलिका प्रमुख गोमा वस्नेत लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि स्थानिय वासि संचारकर्मी लगायतको आतिथ्यतामा सम्पन्न भएको कायक्रमको सन्चालन सहारा नेपाल बचत तथा ऋण शहकारी संस्था बुधबारे सेवा केन्द्रका प्रमुख अरूण श्रेष्ठ ,साथै सदस्य दुर्गा ढुङ्गेल गर्नु भएको थियो  ।

अस्मिता वर्देवा /

झापाको  बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा हिमालयन लाइफ इन्स्योरेन्स काँकडभिट्टा शाखा को आयोजनामा १ दिने बिमा जागरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स काँकडभिट्टा शाखाका  प्रमुख रमेश तिम्सिना को अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ती गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष शेर बहादुर रायको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रम मा प्रमुख अतिथी बुद्धशान्ती गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष शेर बहादुर रायले जीवन बिमा को महत्त्व धेरै रहेको र सम्पुर्ण लाई यस विषयमा राम्रो अध्यन गरि जीवन बिमा गर्न अनुरोध गर्दै आफ्नो धारणा राख्नु भएको थियो। बिहिवार वडा कार्यलयको सभाहलमा भएको कार्यक्रममा<span;> हिमालयन लाइफ इन्स्योरेन्स कम्पनिकी एजेन्सी म्यानेजर मन्जु बराइलिको समन्वय भएको कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कोशी प्रदेश उपप्रमुख नवीन मिश्रले २०८० फाल्गुन ४ बाट हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले देश ब्यापी जीवन बिमा सम्बन्धि जनचेतन कार्यक्रम झापाको बिर्तामोडमा उत्घाटन गरि सुरु गरेको बताउनु भयो । कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका कोशी प्रदेश उपप्रमुख नवीन मिश्रले जीवन बिमा किन गर्ने कस्को गर्ने भन्ने बिषयमा  गाँस बास कपास स्वास्थ्य शिक्षा जसरी मानिस को आधारभूत आवस्यकता भित्र पर्छ त्यसरी नै जीवन बिमा लाई आधारभूत आवश्यकता भित्र राख्नु पर्छ भन्दै प्राशिक्षण गराउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स  काँकडभिट्टा शाखा प्रमुख  रमेस तिम्सिनाले जीवन बिमाको महत्त्वको विषयमा उपस्थित सम्पुर्ण लाई प्राशिक्षण गराउनु भएको थियो ।

कार्यक्रममा वडा नं ४ का वडा सचिव राजकुमार न्यौपाने कार्यपालिका सद्स्य दुर्गा पोख्रेल समाज सेवि भक्त विस्वकर्मा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड काँकडभिट्टाकि एजेन्सी म्यानेजर मन्जु बराइली साथै स्थानिय वासिहरूको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको कार्यक्रमको सन्चालन स्थानिय समाज सेवि दिपक शेर्माले गर्नु भएको थियो ।

अस्मिता वर्देवा / झापाको बुद्धशान्तिमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बुद्धशान्ति महासंघ झापाको प्रथम परिषद,सभा सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित नवज्योति सामुदायिक वनको सभाहलमा मंगलबार एक कार्यक्रमको आयोजना गरि बुद्धशान्ति महासंघ झापाले प्रथम परिषद, सभा सम्पन्न गरेको हो । सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष बेद प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका भित्रका ५ वटा सामुदायिक विद्यालयहरूको सहभागितामा आजको सन्दर्भ सामुदायिक वनको भूमिका” विषयक वक्तृत्व कला प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
प्रतियोगितामा गडिगाउँ माध्यमिक विद्यालय बुद्धशान्ति -५ कक्षा -१० की छात्रा प्रनिशा खतिवडा प्रथम साथै शान्ति आदर्श माध्यमिक विद्यालय बुद्धशान्ति -६ कक्षा -१२ की छात्रा मनिता राना द्वितीय भएका थिए । प्रतियोगितामा बुद्ध आदर्श मा. वि. शान्ति आदर्श मा .वि .गडिगाउँ मा .वि .नवज्योति आधारभुत विद्यालय र गणेश माध्यमिक विद्यालयको सहभागिता रहेको थियो , कार्यक्रममा प्रमुख अतिथी बेद प्रकाश भण्डारीले जिल्ला महासंग झापाले पहिलो पटक क्यालेन्डर विमोचन गर्दै प्रतेक सामुदायिक बनका कार्यलयमा वन एैन र नियम वलिका पुस्तक पुगुन र सामुदायिक वनले झेल्नु परेका समस्या सवधानको होस भनेर एैन कानुको पुस्तक पठाई सकेको बताउनु भयो त्यस्तै कार्यक्रममा आफ्नाहरू राख्दै वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर रायले वनको विकास सँगै वैकल्पिक आम्दानीको बाटो खोज्नुपर्ने बताउँदै सिमसार क्षेत्र लाई सुन्दर पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नु पर्ने बताउनु भयो । बुद्धशान्ति महासंघका अध्यक्ष प्रकाश साम्सोहाङको अध्यक्षतामा भएको कार्यक्रममा नवज्योति सामुदायिक वनका अध्यक्ष मान वहादुर सावा ज्यामिरे भन्ज्याङ समुदायिक वनका अध्यक्ष खेम राज कुईकेल पाँच पोखरि सामुदायिक वनका उपाध्यक्ष स्याम धिमाल बर्ने स्किम खानेपानी संस्थाका अध्यक्ष फौदराज शेर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बुद्धशान्ति महासंघका कोषाध्यक्ष लक्ष्मी प्रसाद निरौलाले स्वागत मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ बुद्धशान्तिका अध्यक्ष प्रकाश साम्सोहाङले कार्यक्रमको आौचित्यमाथि प्रकाश पार्दै उहाँले भन्नू भयो  नेपालको  पुर्वी जिल्लामा रहेका सम्पुर्ण सामुदायिक वनहरू  प्राय जसो सबै पर्यटक क्षेत्र भएकाले अब यसलाई पर्यटन क्षेत्रलाई दिगो गुरूयोजना बनाउनु पर्ने हो तर प्रदेश सरकार चलेको ६ वर्ष भैसक्तापनि सामुदायिक वनसगको सँगको सहकार्यमा पर्यटनमा कुनैपनि दिर्घकालिन योजना बनाएको देखिदैन त्यसैले अब सम्पुर्ण  सामुदायिक वनहरू एक भएर सामुदायिक वन उपभोक्ता महासंघ झापा साथै स्थानिय सरकार सगको सहकार्यमा अब हामीले वनलाई जङ्गलका जिवजन्तु मैन्त्री र प्रर्यापर्यटन मैन्त्री बनाउन सके बुद्धशान्तिको विकास विस्तार र प्रबर्धनमा समेत वल पुग्ने बताउनु भयो ।
कार्यक्रममा वडा नं ४ वडा सदस्य सन्जित कुमार थेवे मानव हात्ती द्वन्द न्यूनीकरण मेचिनगर बुद्धशान्ति संयोजक सुमन खालिङ सदस्य डम्बर लावती, सरन लिम्बू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको कार्यक्रमको सन्चालन बुद्धशान्ति महासंघकी सचिव मन्दिरा दनुवारले गर्नुभएको थियो ।

झापाका अग्रज पत्रकार तथा सूर्योदय टेलिभिजनका कार्यक्रम निर्माता टिकाराम नेपालकी श्रीमती मञ्जु नेपालको नाममा जम्मा गरेको एक करोड १९ लाख रुपैयाँ हिनामिना गरेर प्रभु बैंक बिर्तामोड शाखाका कर्मचारी प्रमोद सिटौला बुधबारदेखि बेपत्ता भएका छन्। पत्रकार नेपाल श्रीमती मञ्जुका साथ केही समय अघि आफ्ना छोराहरूलाई भेट्न अमेरिका जानू भएको  थियो।

अमेरिका जान अघि आफ्नो श्रीमतीको नाममा जम्मा भएको पैसाको निस्सा माग्दा सिटौलाले निकै बहानाबाजी गरेको पत्रकार नेपालले बुधबार उहाँले आयोजना गरेको पत्रकार सम्मेलनमा बताउनु भयो ।

अन्ततः सिटौलाले एक करोड १९ लाख रुपैयाँ जम्मा भएको लिखित निस्सा उपलब्ध गराएका थिए। उक्त रकममध्ये एक करोड १० लाख रुपैयाँ फिक्स्ड डिपोजिट गराएर त्यस्को पनि प्रमाण लिएर नेपाल अमेरिका जानू भएको  थियो छ महिनाको फिक्स्ड डिपोजिट म्याच्योर्ड भएपछि रकम निकाल्न जाँदा खातामा २ लाख रुपैयाँ मात्र छ भनेर बैंकले जवाफ दिँदा आफू तिकछक परेको नेपालले बताउनु भयो ।

त्यसपछि बैंकका कर्मचारी सिटौलासंग पैसा फिर्ताबारे कुरा गर्दा ‘म मिलाइहाल्छु’ भन्ने जवाफ दिएको नेपालले जानकारी दिए। बुधबार बिहान मात्र बिर्तामोड शनिश्चरे रोडमा रहेको ‘द मोमो फ्याक्टोरी’मा आएका सिटौला ग्यासट्राइटिसको औषधि किन्ने भन्दै उनको झोला त्यहीँ छोडी फरार भएका थिए।

त्यसपछि उनको फेसबुक एकाउन्ड डिएक्टिभेट छ भने मोबाइल फोन अफ रहेको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली आएर झोला खानतलासी गर्दा विभिन्न व्यक्तिका नाममा रहेका चेकहरू, डेविट/क्रेडिट कार्डहरू, बैंक भौचरहरू फेला परेको छ।

पत्रकार नेपाल र उनका दाजु अधिवक्ता स्वागत नेपालले सिटौलासंग कुरा गर्दा आफूले अन्य ग्राहकलाई पनि त्यसरी नै झुक्याउने गरेको खुलासा गरेका छन्। उनले खुलासा गरेको उक्त भिडियो देशसञ्चारसंग सुरक्षित छ।

आफ्नो त्यत्रो रकम हिनामिना भएपछि बैंकका कर्मचारी सिटौला र बैंकमाथि पत्रकार नेपालले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएको बताउनु भयो ।

यस्तो किसिमको बैंकिङ अपराध आफूले यस अघि नदेखेको अधिवक्ता स्वागत नेपालले बताउनु भयो । उहाँले भन्न,ु भयो  ‘यो अपराध सानोतिनो अपराध होइन।’

सिटौलाको झोलाबाट बरामद भएका चेक र बैंक भौचरले उनले धेरै ग्राहकको पैसा बिगारेको अनुमान लगाउन सकिन्छ।

सोही घटनाबारे बैंकका शाखा प्रवन्धक गणेशबहादुर बरालसंग सम्पर्क गर्दा घटनाको छानबिन गर्न टोली चाँडै आउने बताउनु भयो । आफ्नो कर्मचारीबाट भएको अपराध उनले फोनमा स्वीकार गरेका छन्।

झापाको बुद्धशान्तिमा रहेको आदर्श युवा क्लबले स्थानीय एक विद्यालयलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

आज एक कार्यक्रमका बीच बुधबारे बजारको बुद्ध आदर्श माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

क्लबका अध्यक्ष मातृका श्रेष्ठका अनुसार विद्यालयको शैक्षिक सुधार, अध्ययन र अध्यापनका लागि क्लबले प्रतिबद्धता जनाएअनुसार रकम प्रदान गरिएको हो ।

क्लबले २०८१ बैशाख १५ गतेदेखि २२ गतेसम्म आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा ३० लाख ५२ हजार ७८८ रुपैयाँ आम्दानी तथा २५ लाख ३० हजार ८६६ रुपैयाँ खर्च भएर ५ लाख २१ हजार ९२२ रुपैयाँ बचत भएको थियो ।

झापाको बुद्धशान्तिमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम सञ्चालनका लागि बुद्धशान्ति गाउँपालिका र करुणा फाउण्डेसनविच आइतबार सम्झौता भएको हो ।

सम्झौतामा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई, उपाध्यक्ष भवानि प्रसाद खतिवडा, प्रमुख प्रशासकीय अधिकृत विनोद पोख्रेल, योजना शाखा प्रमुख मदन कणेल, महिला विकास शाखा प्रमुख मिना विष्ट, स्वास्थ्य शाखा प्रमुख धिरेन यादव, प्रसाशन शाखा प्रमुख देवेन्द्र कटुवाल, शान्ति अपाङ्गता समाजका अध्यक्ष सावित्रा ढुंगेल, अपाङ्गता सहायता कक्षका जय प्रकाश खाती र साझेदार संस्था करुणा फाउण्डेसनको तर्फबाट व्यवस्थापक सन्तोष घिमिरेलगायतले हस्ताक्षर गर्नु भयो ।

गाउँपालिका अध्यक्ष प्रसाईले कार्यक्रमलाई सफल बनाउन बुद्धशान्ति गाउँपालिकाका आम नागरिक, कर्मचारी सञ्चारकर्मीलगायतले सकारात्मक सहयोग गर्न सम्पूर्ण पक्षलाई आग्रह गर्नुभयो । उहाँले अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि संस्था र पालिकाविच भएको सम्झौताले एउटा परिणाममुखी नविन प्रयासको सुरुवात हुने विश्वास ब्यक्त गर्नुभयो । पहिलो एक वर्षको कार्य प्रगतिको मुल्याङ्कन गरेर कार्यक्रमलाई थप परिस्कृत गर्दै अगाडि बढाइने समेत उहाँले बताउनुभयो ।

अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि करुणा फाउण्डेसनले कोशीका १४ वटै जिल्लामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने जनाएकोछ । बुद्धशान्तिसहित झापाका १२ वटा पालिकामा सम्झौता सम्पन्न भएको करुणा फाउण्डेसनले जनाएको छ ।

गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत विनोद पोख्रेलले पालिकामा रहेका अपाङ्गता भएका नागरिकहरुलाई आत्मनिर्भर बनाउन कार्यक्रम प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम सञ्चालका लागि सामाजिक विकास मन्त्रालय, पालिका र करुणाको लागत त्रिपक्षिय साझेदारी रहनेछ । अपाङ्गता हुनबाट जोगाउन जन्मजात रोकथाम, भएका व्यक्तिहरुको पुनःस्थापना र सेवा प्रवाह गर्ने संस्थाहरुको सुदृढिकरणका विषयमा प्रमुखरुपमा काम गर्ने संस्थाले जनाएको छ ।

कोशी प्रदेशका अन्य जिल्लाहरु मध्ये अपाङ्गता भएका व्यक्तिहरुको संख्या झापामा उच्च छ । बुद्धशान्तिमा मात्रै राष्ट्रिय जनगणना २०६८ अनुसार १ हजार २ सय ९९ उनान्सय जना अपांगता भएका व्यक्ति रहेको तथ्याङ्कमा उल्लेख छ ।

जस मध्ये ५ सय ६८ जनाले गाउँपालिका बाट परिचयपत्र लिएकाछन् । जसमा रोतो परिचय पत्र प्राप्त गर्नेको संख्या १ सय २६, निलो परिचय पत्र प्राप्त गर्ने ३ सय १०, पहेँलो परिचय पत्र प्राप्त गर्ने ९३ र सेतो परिचय पत्र प्राप्त गर्ने ३९ जना रहेकाछन । जसमा २ सय ५५ जना महिला रहेका छन भने ३ सय १३ जना पुरुष रहेको महिला तथा बालवालिका शाखा प्रमुख मिना बिष्टले जनाकारी दिनुभयो ।

करुणासंगको सम्झौता अवधि ३ वर्षको रहेको छ । बुद्धशान्तिमा कार्यक्रम सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयको ३९ लाख, बुद्धशान्ति गाउँपालिकाको ३५ लाख र करुणा फाउण्डेसनको ३५ लाख रुपैयाँ बजेट रहेको जनाईएको छ । सम्झौता आगामी साउन १ गतेदेखि लागूहुने छ । प्रत्येक पालिकामा आवश्यकताको आधारमा सहजकर्ता नियुक्त गरेर कार्यक्रम अघि बढाउने करुणा फाउण्डेसनले जनाएको छ । कार्यक्रमले अपाङ्गता भएका ब्यक्ति साथै भावि पुस्तामा अपाङ्गता निर्मुल पार्ने लक्ष अनुसार सन्तान जन्माउने योजना बनाएका दम्पतिलाईनै फोलिक एसिड जस्ता स्वास्थ्यवर्धक खाद्यतत्वको प्रयोगका लागि सहयोग गर्ने जनाइएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ मा प्रथम जयपुर भेन्ट्रास फुटबल कल्बको आयोजनामा भएको टोल स्तरिय नकआउट फुटबल प्रतियोगिता २०८० को  हिसाब सार्बजनिक भएको  छ ।
फागुन १ गते वाट सन्चालन भएर ७ गते सम्पन्न भएको टोल स्तरिय नकआउट फुटबल प्रतियोगिता २०८० को आयोजक समितिले ११ गते शक्रवार  समितिका सम्पुर्ण सदस्यहरूको उपस्थितिमा आय तर्फ ९९,६००  व्यय तर्फ ९९,६०० साथै उठ्न बाकी रकम १५,००० हिसाब सार्बजनिक गरेको हो ।स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको संस्थाका अध्यक्ष  सेमन्त पोख्रेलले बताउनु भयो ।श्री आदर्श माविको जयपुरको खेल मैदानमा फागुन १ गते बाट सन्चालन भएको टोल स्तरिय फुटबल
प्रतियोगितामा जम्मा १० वटा टिमको सहभागीता रहेको थियो भने

प्रतियोगिताको बिजेताले नगद रु १५ हजार, मेडल र ट्रफि प्राप्त गरे भने  उपविजेताले नगद रु १० हजार र मेडल र ट्रफि  पाएका थिए ।

खेललाई थप रोचन र आक्रर्शक बनाउन विभिन्न मनोरन्जनात्मक कार्यक्रम समेत भएको  बताईएको छ ।

सहकारी क्षेत्रको नियमन तथा अनुगमनमा कडाइ नभएको फाइदा सञ्चालकहरूले लिँदा जोखिम निम्त्याएका छन् ऐन र नियमावलीमा भएको खुकुलो व्यवस्थाको दुरुपयोग गर्दै सञ्चालकहरूले जथाभाबी लगानी गर्दा सहकारी क्षेत्रमा जोखिम बढेको हो ।

सञ्चालकहरूले ऐन, नियम र कानुनमा नभएको व्यवस्था अनुसार, घरजग्गा र सेयरमा लगानी गर्दा सर्वसाधारण बचतकर्ताको लगानी जोखिममा परेको छ ।

सहकारीले लाखौँ लाख बचत गर्ने र त्यो रकम अनुत्पादक क्षेत्रमा लगानी गर्दा त्यसको असर देखा परेको छ । सञ्चालकहरूले छिटो पैसा कमाउन अनेकौँ कम्पनी खडा गर्ने, जग्गा तथा सेयरमा लगानी गर्दा पनि सहकारी क्षेत्रप्रति नै अविश्वास बढ्दै गएको छ ।

क्षणिक फाइदा मात्र हेरेर सहकारीका सञ्चालकहरूले लगानी गर्नाले समस्या निम्तिएको अध्ययन प्रतिवेदनहरूले देखाएका छन् ।

केही महिनाअघि राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदनले पनि सहकारीमा समस्या आउनुमा सञ्चालककै बदमासी औँल्याएको छ ।

“निश्चित समुदायमा केन्द्रित रहेर संस्था सञ्चालन नगरिएको, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा व्यवस्थपनमा समेत एकाघरका व्यक्तिहरूको संलग्नता भई सदस्यहरूबाट संकलित बचत रकमलाई घरजग्गा, अपार्टमेन्ट, डिपार्टमेन्टल स्टोर तथा विभिन्न कम्पनीहरूमा प्रत्यक्ष लगानी गरेका कारण समस्या सिर्जना भएको हो,” प्रतिवेदन भनिएको छ ।

सहकारी ऐन, २०७४ को दफा ३ को उपदाफा १ मा कम्तीमा तीन नेपाली नागरिक आपसमा मिलेर विषयगत वा बहुउद्देश्यीय सहकारी संस्था गठन गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थामा रहेर टाठाबाठाहरूले आफन्त राखेर सहकारी गठन गरी सहकारीको मान्यताविपरीत लगानी गर्दै नागरिकका बचत जोखिममा पारेका हुन् ।सहकारी एक समुदाय वा समूहले निश्चित सदस्यहरूलाई केन्द्रमा राखेर सेवा दिने उद्देश्यले सञ्चालन गरिन्छ । तर, बैंक तथा वित्तीय संस्थाले गर्ने काम सहकारीले गरेपछि समस्या निम्तिएको हो । सहकारीका बेथितिहरूको अनुगमन र सुपरीवेक्षण गर्ने निकाय नहुँदा सहकारीका सञ्चालकहरूले मनपरी गरेका छन् ।

सहकारीलाई स्वनियमनको अधिकार दिइएको छ । यसको फाइदा लिँदै सहकारीहरूले बचतकर्ताको सम्पत्ति जथाभाबी दुरुपयोग गरेका छन् ।

बलियो नियमन निकाय नहुँदा सञ्चालकहरूले जथाभाबी लगानी गरे । यतिखेर अर्थतन्त्रमा आएको मन्दीका कारण सहकारीका साना बचतकर्तादेखि लाखौँ बचत गर्नेहरू समस्यामा छन् । यी समस्याका समाधान गर्न बेलाबेलामा अध्ययन पनि भएका छन् । तर, अध्ययन प्रतिवेदनले दिएको सुझाव कार्यान्वयन हुन सकेका छैनन् ।

यसरी सुझाव कार्यान्वयन नहुनुमा सहकारी क्षेत्रमा भएको राजनीतिकरणलाई मुख्यरूपमा लिइएको छ । सहकारी क्षेत्रमा नै काम गर्नेहरूसँग अनौपचारिक कुरा गर्दा सहकारीलाई राजनीति गर्ने थलोका रूपमा विकास गरिएको बताउँछन् । सहकारी ऐन, २०७४ मा भएको सहज व्यवस्थालाई सञ्चालकहरूले दुरुपयोग गरेका छन् ।

त्यस्तै, सहकारी नियमावली, २०७५ को नियम १० मा सहकारी संस्थाको कार्यक्षेत्रसम्बन्धी व्यवस्था गरिएको छ । उक्त नियममा सहकारी संस्थाको कार्यक्षेत्र, सदस्यका सिप, पेसा र प्रकृति समेतबाट फराकिलो क्षेत्र आवश्यक पर्ने देखिएमा स्थानीय तहसम्म हुने उल्लेख छ ।

उत्पादनको संकलन, सञ्चय, प्रशोधन सुविधाका दृष्टिले न्यूनतम आयातन (भोल्युम) कायम गर्न आवश्यक भएको पनि उल्लेख छ । तर, सहकारीले यी मान्यताभन्दा बाहिर बसेर काम काम गरेका छन् ।

सहकारी व्यवस्थापन समितिको कार्यालयका अध्यक्ष काशीराज दाहाल पनि सहकारी आफ्नो मूल्य मान्यताबाहिर गएर कारोबार गर्दा समस्या निम्तिएको बताउँछन् ।

“बचतकर्ताको बचत सुरक्षण गर्नेभन्दा पनि त्यसको लापरबाही नियतवश काम गर्ने प्रवृत्ति सहकारीमा देखियो,” उनले एक सार्वजनिक कार्यक्रममा भने, “कागजपत्रमा ऋण प्रवाह आफ्नै परिवारलाई गरेको छ । अध्यक्ष आफू उपाध्यक्ष श्रीमती, सचिव फलानो सालो, जुवाइ, ससुरो आदि इत्यादि ।”

मुद्दा चलाउँदा श्रीमतीले थाहा नपाएको जस्ता बयान दिएको उनी बताउँछन् । राज्य, सरकार र सहकारी सञ्चालकले नै समस्या समाधान गर्न सक्ने उनी बताउँछन् ।

पहिले नै मूल्यांकन र सुपरीवेक्षण गर्ने मेकानिजम बनाउनुपर्ने उनको भनाइ छ ।

सहकारी ऐन, २०७४ ले विभागका रजिस्ट्रारलाई अधिकार दिएको छ । कुनै पनि सहकारीका पाँच प्रतिशत सदस्यले सदस्यको हितविपरीत काम भएको भनी छानबिनका लागि निवेदन दिएमा रजिष्ट्रार वा रजिस्ट्रारबाट अधिकारप्राप्त अधिकारीले त्यस्तो संस्थाको छानबिन गर्न या गराउन सक्ने व्यवस्था पनि गरिएको छ । तर, त्यो अभ्यास भने विभागले गरेको पाइएको छैन ।

सहकारीलाई बिगार्न केही व्यक्ति लागेको पूर्वसचिव गोपीनाथ मैनाली बताउँछन् । उनका अनुसार, सहकारीले सदस्यमा मात्र कारोबार गर्नुपर्छ । तर, सहकारीले फाइदा बढी खोज्दा समस्या निम्तिएको मैनाली बताउँछन् ।

“सहकारी भनेको सदस्यकेन्द्रित संस्था हो । सदस्यको क्षमता विकासका लागि र आर्थिक सवलीकरणका लागि सहकारीले काम गर्नुपर्छ,” मैनालीले भने, “तर, सहकारीमा राजनीतिकण धेरै छ । सहकारी क्षेत्र सुधार गर्ने हो भने राजनीतिकरण हुनुहुँदैन ।”

नियमन गर्दा पनि सहकारी अभियानमा लागेकाहरूले आलोचना गर्ने गरेको पाइएको छ । सहकारी विभागलाई बढी अधिकार दिएको भए पनि सहकारीमा सहकारी बुझेका जनशक्ति नहुँदा पनि समस्या निम्तिएको छ । कतिपय अवस्थामा विभागका कार्मचारीलाई प्रलोभनमा पनि राखिन्छ ।

सहकारी ऐनमा व्यक्तिगत बचतको सीमा तोकिएको छैन । यसले पनि सहकारी क्षेत्रम कालोधन आउने गरेको आँकलन गरिएको छ ।

यसलाई संशोधन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सीमा तोक्न सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ मार्फत प्रस्ताव लगिएको थियो ।

तर, प्रतिनिधिसभाअन्तर्गतको कानुन समितिले यो सीमा नराख्ने निर्णय गरेको छ । विज्ञहरू भने यसको सीमा तोकिनुपर्ने बताउँछन् । सीमा नतोक्न सहकारी अभियानकै अभियन्ताहरूले चलखेल गरेको पनि आरोप छ ।