October 2, 2023

खेल

युवा आवाज बुद्धशान्तिको आयोजनामा जिल्ला स्तरीय जयपुर भेट्रान्स नकआउट कप फुटबल प्रतियोगिताको आज भएको खेलमा भद्रपुर भेट्रान्स र कनकाई भेट्रान्स सुरूङ्गा बिच प्रतिस्पर्धा भएको थियो । जस्मा भद्रपुर भेट्रान्स लाई १ का विरुद्ध २ गोल अन्तरले हराउदै कनकाई भेट्रान्स सुरूङ्गा विजयी भएको थियो ।

शनिबार बाट सुरु भएको खेलमा विभिन्न ८ वटा टिम सहभागि रहेका छन् । भने भोलि हुने खेलमा विर्तामोड भेट्रान्स क्लब र पाराबारी भेट्रान्स क्लब शिवसताक्षी बिच खेल हुने युवा आवाज बुद्धशान्तिका खेल संयोजक सुनिल भण्डारीको जानकारी दिनुभयो ।

जिल्ला स्तरीय जयपुर भेट्रान्स कप नकआउट कप फुटबल प्रतियोगितामा खेल संयोजक सुनिल भण्डारीको सभापतित्व प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर २ का वडाध्यक्ष डिल्ली अोलि, अतिथिहरूमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले बुद्धशान्ति गाउँ पालिकाका वडा नं २ का वडासदस्य विक्रम बोहोरा, झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेष दाहाल,बर्खा स्मृति प्रतिष्ठानका सदस्य दिपेन्द्र संग्रौला,नवज्योति युवा क्लबका पुर्व अध्यक्ष नवीन पोख्रेल, समाज सेवि कमल श्रेष्ठ, लगायतको आतिथ्यता रहेको थियो।

त्यस्तै कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं २ का वडा अध्यक्ष डिल्लि अोलिले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन संस्थाका अध्यक्ष शेमन्त पोख्रेलले गर्नु भएको थियो ।


प्रतियोगिताको फाइनल खेल यही असोज २० गते हुनेछ । प्रतियोगिताको विजेतालाई ५० हजार नगद, ट्रफि र मेडल त्यस्तै दोस्रो हुनेलाई ३० हजार नगद, ट्रफि र मेडल प्रदान गरिने जयपुर भेट्रान्स फुटबल क्लबका अध्यक्ष सेमन्त पोख्रेल जानकारी बताउनु भयो छ ।

आज भएको खेलमा कनकाई भेट्रान्स सुरूङ्गाका खेलाडी पालुङ फिप्गेन म्यान अफ द म्याच घोषित भएका थिए ।

त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषणा गरिने र म्यान अफ द म्याच भएका खेलाडीलाई पछिल्लो समय सामाजिक कार्यमा सक्रिय हुँदै अाएको बर्खा स्मृति प्रतिष्ठानको तर्फबाट पुरस्कृत गरिने बताइएको छ ।

 

युवा आवाज बुद्धशान्तिको आयोजनामा जिल्ला स्तरीय जयपुर भेट्रान्स कप नकआउट कप फुटबल प्रतियोगिताआज बाट सुरु भएको छ । आज भएको खेलमा आयोजक र पाथिभरा भेट्रान्स क्लब रोङ बिच प्रतिस्पर्धा भएको थियो । जस्मा आयोजकले १ का विरुद्ध २ गोल गर्दै विजयी भएको थियो ।

आज देखि सुरु भएको प्रतियोगिताको उद्घाटन सत्र युवा आवाज बुद्धशान्तिका खेल संयोजक सुनिल भण्डारीको सभापतित्व, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आलेको प्रमुख आतिथ्यता, बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर १ का वडाध्यक्ष अनिल वाग्ले, ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ, ६ का वडाध्यक्ष शिवराज पौडेल, बुद्धशान्ति २ का वडासदस्य विक्रम बोहोरा, अमिर श्रेष्ठ, सन्जु पौडेल, विमला विक, बर्खा प्रतिष्ठानका अध्यक्ष मदन प्रसाई, झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेष दाहाल, साना सहरी खानेपानीका अध्यक्ष ध्रुव ओली,।

आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक करुण कुमार पराजुली, बुधबारे जेसीजका पूर्व अध्यक्ष प्रकाश भण्डारी, जयपुर तेक्वान्दो डोजाङका संचालक अन्तराष्ट्रिय तेक्वान्दो खेलाडी चन्द्र गौतम, आदर्श युवा क्लब बुद्धशान्तिका अध्यक्ष मात्रिका श्रेष्ठ लगायतको आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष सेमन्त पोख्रेलले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गरेका थिए ।

त्यस्तै कार्यक्रममा वडाध्यक्ष वाग्ले र चेम्जोङले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष रमेश नेपालले गरेका थिए ।

आज देखि सुरु भएको खेलमा विभिन्न ८ वटा टिम सहभागि रहेका छन् । भोलि हुने खेल भने भद्रपुर भेट्रान्स क्लब र कनकाई भेट्रान्स क्लब सुरुङ्गा बिच हुने बताइएको छ ।


प्रतियोगिताको फाइनल खेल यही असोज २० गते हुनेछ । प्रतियोगिताको विजेतालाई ५० हजार नगद, ट्रफि र मेडल त्यस्तै दोस्रो हुनेलाई ३० हजार नगद, ट्रफि र मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ । त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषणा गरिने र म्यान अफ द म्याच भएका खेलाडीलाई पछिल्लो समय सामाजिक कार्यमा सक्रिय हुँदै अाएको छ ।

बर्खा स्मृति प्रतिष्ठानको तर्फबाट पुरस्कृत गरिने बताइएको छ । आज भएको खेलमा आयोजक तर्फबाट गोल रक्षक रुपक गुरुङ म्यान अफ द म्याच घोषित भएका छन् ।

झापाको बुद्धशान्ति न्यु स्टार युथ क्लब रामचोक भोटेटारको आयोजनामा विश्वकर्मा पुजा विशेष ४ दिवसीय खुल्ला नकअाउट फुटबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

बुद्धशान्ति १ स्थित भोटेटारकोे खेलमैदानमा शुक्रबार बाट सुरू भएको प्रतियोगितामा स्थानीय २२ वटा टिमको सहभागिता रहेको थियो । बजार ब्यवस्थापन साथै बजारको विकास विस्तार र प्रबर्धन गर्नका लागी यो खेलको आयोजना गरिएको शुक्रबारे बजार ब्यवस्थापन समितिका अध्यक्ष इन्द्र लिम्बुले बताउनु भयो ।
सोमबार भएको फाइनल खेलमा चेप्टि फुटबल क्लब र सृजनशिल युवा क्लब बुद्धशान्ति ४ बिच भएको खेलमा चेप्टि फुटबल क्लबले सृजनशिल युवा क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै चेप्टि फुटबल क्लब विश्वकर्मा पुजा विशेष नकअाउट फुटबल प्रतियोगिताको ट्रफि उचाल्न सफल भएको थियो ।

फाईनल खेलका विजेता टिमलाई ट्रफी, मेडल सहित नगद २०.००० हजारले सम्मान गरिएको थियो भने उपविजेता टिमलाई ट्रफी, मेडल सहित नगद १० हजारले सम्मान गरिएको थियो ।
त्यस्तै फाइनल खेल अघि भएको सो म्याच नेपाल खेलकुद पत्रकार मंच झापा र आयोजक भोटेटार फुटबल क्लब बिच भएको थियो जस्मा ३–० गोल अन्तरले पराजित गर्दैै अायोजक भोटेटार फुटबल क्लबले जित हासिल गरेको थियो।
सोही फाइलन खेलमा महिला तर्फ भएको सो म्याचमा भने भोटेटार महिला फुटबल क्लब र अर्जुनारा महिला फुटबल क्लब बिच भएको खेलमा समय अवधी भर कुनै पनि गोल नभएपछि ट्राईबेकरमा अाधारमा अर्जुन धारालाई हराउदै भोटेटार महिला फुटबल क्लब विजयी भएको कल्बका सचिव गजुहाङ योङहाङले जानकारि दिनु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिकमा बुधबारे युनिटी द्वारा आयोजित ३ दिने प्रथम बुधबारे युनिटी नकआउट च्यालेन्ज कप फुटबल प्रतियोगितामा अाज भएको पहिलो सेमि फाईनल खेलमा नवज्योति युवा क्लब जयपुर र बुट्टाबारी युनाइटेड बिच भएको खेलमा निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि ट्राइबेकरमा ४/५ गोल अन्तरले बुट्टाबारी युनाइटेड लाई हराउदै  नव ज्योति युवा क्लब  जयपुर फाइनलमा पुगेको थियो ।

आईतबार भएको दोस्रो सेमिफाईनल खेलमा आदर्श युवा क्लब बुद्धशान्ति र हात्ती किल्ला फुटबल क्लब अर्जुनधारा बिच भएको खेलमा १/० गोलको अन्तरले आदर्श युवा क्लब लाई हराउदै हात्ती किल्ला फूटबल क्लब फाइनलमा प्रबेश गरेको थियो ।

केहि समय पछि बाट सुरू भएको फाईनल खेलमा नव ज्योति युवा क्लब जयपुर र हात्ती किल्ला फुटबल क्लब अर्जुनधारा बिच भएको खेलमा ३/० गोल अन्तरले नव ज्योति युवा क्लबलाई हराउदै हात्ती किल्ला फुटबल क्लब अर्जुन धाराले प्रथम बुधबारे युनिटी नकआउट च्यालेन्ज कपको ट्रफि उचाल्न सफल भएको हो ।

आईतबार भएको प्रथम बुधबारे युनिटी नकआउट च्यालेन्ज कपको फाईनल खेलमा प्रतियोगिताको विजेता टिमले नगद रू २०००० , ट्रफी, मेडल र प्रमाणपत्र पाएका थिए

त्यस्तै उपविजेता  टिमले नगद १०००० हजार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको प्रथम बुधबारे युनिटी नकआउट च्यालेन्ज कप समितिका अध्यक्ष समीर श्रेष्ठले जानकारी दिनु भयो ।

फाइलन खेल हुनु अघि भएको महिलाहरूको सो म्याचमा जयपुर र आयोजक बिच भएको खेलमा १-० गोल अन्तरले जयपुरलाई पराजित गर्दै आयोजकले जित हासिल गर्न सफल भएको थियो ।

झापाको बुद्धशान्ति न्यु स्टार युथ कल्ब भोटेटारले आयोजना गरेको दुई दिवसीय बुद्धशान्ति भेट्रान्स नकआउट च्यालेन्ज कप फुटबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।

बुद्धशान्ति १ स्थित भोटेटारकोे खेलमैदानमा भएको प्रतियोगितामा स्थानीय ८ टिमको सहभागिता रहेको थियो । जसमध्ये शुक्रबार भएको सेमिफाइनल खेलमा जयपुर फुटबल कल्ब र दामा फुटबल कल्ब भिडेका थिए । सो खेलमा जयपुरले १–० गोल अन्तरले दामा फुटबल कल्बलाई पराजित गर्दै जयपुर फाइनलमा प्रवेश गरेको थियो ।

यता शनिबार भएको दोस्रो सेमिफाइनल अर्जुनधारा फुटबल कल्ब र मानेबुङ बिच भएको खेलमा ४/० गोल अन्तरले हराउदै अर्जुनधारा फाईनलमा प्रवेश गरेको थियो ।

सोही दिन भएको फाईनल खेलमा जयपुर फुटबल कल्ब र अर्जुनधारा फुटबल कल्ब बिच भएको खेलमा जयपुर फुटबल कल्बलाई ४/१ गोल अन्तरले हराउदै अर्जुन धारा फुटबल कल्बले बुद्धशान्ति भेट्रान्स कपको ट्रफि उचाल्न सफल भएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद रू १०००० , ट्रफी, मेडल र प्रमाणपत्र पाएका थिए भने उपविजेता टिमले नगद रू ७००० ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त वितरण गरिएको शुक्रबारे बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्र लिम्बुले जानकारि दिनु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित सृजनशिल युवा बुद्धशान्ति -४ ले १५ गते सोमबार बाट सुरू गरेको ४ दिने खुल्ला नकआउट च्यालेन्ज कप फुटबल प्रतियोगिता बिहिवार सम्पन्न भएको छ

शुक्रबार भएको सेमिफाइनल खेलमा अमर बस्ति फुटबल कल्ब र किरात युवा कल्ब बिच भएको खेलमा किरात युवा कल्बलाई ३–० गोल अन्तरले हराउदै अमर बस्ति फाइनलमा प्रवेश गरेको थियो ।
सोही दिन भएको फाइनल खेलमा भने सृजनशिल युवा कल्ब र अमर बस्ति बिच भएको खेलमा खेलको निर्धारित समयमा बराबर भएपछि ट्राईबेकरमा सृजनशिल युवा कल्बलाईल ५-४ गोल अन्तरले पराजित गर्दै बुद्धशान्ति नकआट च्यालेन्ज कपको ट्रफि उचाल्न सफल भएको थियो ।

विजय भएको खुसि व्यक्त गर्दै अमर बस्ति युवा कल्बका अध्यक्ष रोसन कटुवालले भन्नू भयो ,खेलकुदको माध्यमबाट बुद्धशान्ति गाउँपालिकालाई चिनाउन र पछिल्लो समय सानै उमेरका युवा युवती हरू लागू अौषध जस्ता विभिन्न कुराहरूमा लागेर विग्रदै गरेको अवस्थामा खेल पट्टि समय र रुचि राख्न सके राम्रो हुने बताउनु भयो ।

प्रतियोगिताको विजेता टिमले नगद रू १५००० , ट्रफी, मेडल र प्रमाणपत्र पाउएका थिए भने उपविजेता टिमले नगद रू १०००० ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गरेका थिए । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोल किप्पर श्रीजन बर्देवा भए । उच्च गोलकर्ता अमर बस्तिका निरज कार्की भएको थिए ।

शुक्रबार भएको फाइनल खेलमा सृजनशिल युवा कल्बका अध्यक्ष निर्मल पराजुलीले भन्नू भयो, बुद्धशान्तिमा आगामी दिनमा खेलकुद क्षेत्र र खेलाडीको विकास विस्तार र प्रर्वद्धनका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु यस कल्बले आयोजना गरिने बताउनु भयो ।

 

झापाको बुद्धशान्ति गाउँपालिका बुधबारे युनिटी द्वारा आयोजनामा ३ दिने प्रथम बुधबारे युनिटी नकआउट च्यालेन्ज कप फुटबल प्रतियोगिता १६ टिमको सहभागिता रहेको थियो । जसमध्ये बिहिबार भएको पहिलो खेलमा रम्याङ एफ -सि र नवज्योति युवा कल्ब बिच भएको खेलमा १-० को अन्तरले नवज्योती युवा कल्बले जित हासिल गरेको थियो ।

दोस्रो खेलमा विर्तामोड युनाइटेड कल्ब र के. वाइ .सि . बिच भएको खेलमा २/१ गोल अन्तरले विर्तामोड युनाइटेड कल्ब बिजयी भएको थियो । त्यस्तै अर्को खेलमा एम.वाई सि दुधेलाई र ए.वाई सि.आईतबारेले बिच भएको खेलमा ३/० को अन्तरले ए. वाई. आईतबारे बिजयी भएको थियो

चौथो खेलमा डि. जि. एफ. सि.र हात्ती किल्ला बिच भएको खेलमा २/४ गोलको अन्तरले हात्ति किल्ला एफ. सि. बिजयी भएको हो त्यस्तै अन्तिम खेलमा गुराँस युथ कल्ब र युनाटेड युथ कल्ब विर्तामोड बिच भएको १/ १ को बराबरी भएको खेलमा ट्राईबेकरमा ३/४ गोल अन्तरले गुँरास युथ कल्ब बिजयी भएको हो ।

साथै शनिबार हुने फाईनल खेल प्रतियोगिताको विजेता टिमले नगद रू २०००० , ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद १५००० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गर्ने आयोजक समितिका अध समीर श्रेष्ठले जानकारी दिनु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित सृजनशिल युवा बुद्धशान्ति -४ ले १५ गते सोमबार बाट सुरू गरेको खुल्ला नकआउट प्रतियोगितामा मंगलबार ४ वटा टिमले खेलेका थिए पहिलो खेलमा अमर बस्ति युवा समाज र भोटेटार फुटबल कल्ब खेलेका थिए त्यस खेलमा भोटेटारलाई ०-१ गोल अन्तरले पछिपार्दै अमरबस्ति बिजयी भएको थियो ।

दोस्रो खेलमा सृर्जनशिल युवा समाज र दुधे युवा समाज सगँ भएको खेलमा दुधे युवा समाजलाई ०-५ गोल अन्तरले पछि पार्दै सृजनसिल युवा समाज बिजयी भएको हो । सोही दिन भएको तेस्राे खेलमा हात्तिकिल्ला फुटबल कल्ब र खुट्टेडागी फुटबल कल्ब बिच भएको खेलमा खुट्टेडाँगी फुटबल कल्बलाई टाइबेकरमा आधारमा ५-६ गोल अन्तरले हात्ती किल्ला बिजयी भएको थियो ।

मंगलबार भएको चौथो खेलमा आईतबारे युवा कल्ब र होक्से  फुटबल कल्भब बिच भएको खेलमा होक्से फुटबल कल्बलाई  ०/१ अन्तरले पछि पार्दै आईतबारे युवा कल्ब बिजयी भएको थियो । त्यस्तै पाचौ खेलमा आद्रश युवा कल्ब र किरात युवा कल्ब बिच भएको खेलमा आदर्श युवा कल्बलाई ०/१ गोल अन्तरले हराउदै किरात युवा कल्ब बिजयी भएको थियो ।

सृजनशिल युवा समाज बुद्धशान्ति -४ आयोजना गरेको खुल्ला नकआउट प्रतियोगिता प्रथम पुरस्कार नगद रू १५००० स्थित सृजनशिल युवा समाजका संस्थापक सदस्य बिकाश गुरुङ बाट सहयोग प्राप्त भएको र उहाँ हाल अमेरिकामा रहनु भएको आयोजकले जानकारि दिनु भयो ।
साथै दोस्रो पुरस्कार नगद रू १०००० यसै संस्थाका संस्थापक अध्यक्ष शुक्रराज कार्कीबाट प्राप्त भएको आयोजकले बताएका छन,।

 

सृजनशिल युवा समाजको आयोजनामा बुद्धशान्ति ४ को गणेश मा. वि. खेल मैदानमा भएको खुल्ला नकआउट प्रतियोगिताको फाईनल खेल १८ गते बिहिबार ४ बजे बाट सुरू हुने साथै फाइनल खेल अघि सो म्याच समेत रहने आयोजक समितिका अध्यक्ष निर्मल पराजुलीले जानकारी दिनु भयो ।

प्रतियोगिताको विजेता टिमले नगद रू १५००० , ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गर्नेछ । त्यस्तै, विधागत पुरस्कारको पनि व्यवस्था गरिएको बताईएको छ ।

 

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित सृजनशिल युवा समाज बुद्धशान्ति -४ ले आयोजना गरेको खुल्ला नकआउट प्रतियोगिता सोमबार बाट सुरू भएको छ ।

सृजनशिल युवा समाजको आयोजनामा श्री गणेश मा. वि. बुद्धशान्ति ४ को खेल मैदानमा सोमबार ५ वटा टिमले खेलेका थिए भएको पहिलो खेलमा होक्से फुटबल क्लब र ब्रदर FC बुद्धशान्ति ६ भिडेका थिए । सो खेलमा होक्सेले ३–१ गोल अन्तरले पराजित गर्दै होक्से फुटबल कल्ब बिजयी भएको थियो । सोही दिन भएको अर्को खेलमा किरात युवा क्लब र आयोजक B भिडेका थिए सो खेलमा आयोजक B लाई २/० गोल ले अन्तरले पराजित गर्दै किरात युवा कल्बले जित हासिल गरेको छ ।

त्यस्तै शुक्रबार भएको अर्को खेलमा आईतबारे युवा क्ल्ब र बार्हदशी शनिश्चरे बिच भएको खेलमा बार्हदशी शनिश्चरेलाई १/० गोल अन्तरले पराजित गर्दै आईतबारे युवा कल्बले जित हासिल गरेको थियो ।
सोही दिन भएको अर्को खेलमा रोङ फुटबल कल्ब र नयाँ बस्ति फुटबल कल्ब बिच भएको खेलमा नयाँ बस्ति फुटबल क्ल्बलाई ३/१ गोल अन्तरले पराजित गर्दै रोङ फुटबल क्ल्बले जित हासिल गरेको थियो

आदर्शयुवा बल्ब र न्यु जेनेरेसन फुटबल कल्ब बिच भएको अन्तिम खेलमा न्यु जेनेरेसन फुटवल कल्ब लाई ०/१ अन्तरले हराउदै आदर्शयुवा कल्बले जित हासिल गरेको थियो ।

स्थित सृजनशिल युवा समाज बुद्धशान्ति -४ आयोजना गरेको खुल्ला नकआउट प्रतियोगिता प्रथम पुरस्कार नगद रू १५००० स्थित सृजनशिल युवा समाजका संस्थापक सदस्य बिकाश गुरुङ बाट सहयोग प्राप्त भएको र उहाँ हाल अमेरिकामा रहनु भएको आयोजकले जानकारि दिनु भयो । साथै दोस्रो पुरस्कार नगद रू १०००० यसै संस्थाका संस्थापक अध्यक्ष
शुक्रराज कार्कीबाट प्राप्त भएको आयोजकले बताएका छन,।

बुद्धशान्ति ४ को गणेश मा. वि. खेल मैदानमा प्रतियोगिताको विजेता टिमले नगद रू १५००० , ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गर्नेछ । त्यस्तै, विधागत पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

शहीद रंगशाला विराटनगरमा आयोजना हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने आठवटै टिमको टुंगो लागेको छ। चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने प्रतियोगितामा गत संस्करणको च्याम्पियन विभागीय क्लब नेपाल एपीएफसहित आठ टिमको टुंगो लागेको हो ।
विराट गोल्डकपका लागि भारतबाट दुईवटा टिम आउने पक्का भएको गोल्डकपका कार्यकारी निर्देशक सुवाशीस कोइरालाले जानकारी दिए । भारतमा जारी आई लिगको दोस्रो डिभिजन खेलिरहेको दिल्ली एफसी र केरलामा रहेको लुका सकर क्लब विराट गोल्डकप खेल्न आउने छन् ।त्यसैगरी नेपालका तीन विभागीय क्लब नेपाल एपीएफ, त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिसका साथै घरेलु टोलीको रुपमा विराटनगर सिटी फुटबल क्लबले सहभागिता जनाउने छ । विभागीय क्लबबाहेक ए डिभिजन खेलिरहेका संकटा क्लब र जावलाखेल युथ क्लबले पनि प्रतियोगितामा सहभागिता जनाउने छ ।

यस सिजन प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने कार्यकारी निर्देशक कोइरालाले जानकारी दिए । गत संस्करणको उपाधि विजेता एपीएफले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो । यसैगरी उपविजेता हुने टिमले सात लाख ५१ हजार प्राप्त गरेको थियो ।

यस सिजन विजेताले कम्तिमा २० लाख र उपविजेताले १० लाख नगद पुरस्कार पाउने छन् । त्यसैगरी प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार प्राप्त गर्ने पनि बताइएको छ । यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता खेलाडी र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

खेलहरू रातिको समयमा फलर्ड लाइटमा सञ्चालन हुने छन् । सात टिमले सहभागिता जनाउने प्रतियोगितामा सात खेलबाट उपाधिको छिनोफानो हुने छ । अहिले शहीद रंगशाला मर्मतको काम अन्तिम चरणमा पुगेको छ ।