October 29, 2024

Uncategorized

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ मा रहेको  पाँच पाेखरी सामुदायिक वन उपभोक्ता समूहको ३९ औं वार्षिक साधारण सभा    बुधबार सम्पन्न भएकोे छ ।पाँच पाेखरी सामुदायिक वनको सभाहलमा आयोजित साधारणसभाको उद्घाटन सामुदायिक वन जिल्ला महासंघ झापाका अध्यक्ष बेद प्रकाश भण्डारीले गमलाको विरुवामा पानी हालेर गरेका उत्घाटन गर्नु भएको हो ।कार्यक्रमका प्रमुख अतिथि भण्डारीले सामुदायिक बनले जनताकाे भावना अनुसार काम गरेकाे भए पनि  स्थानिय  सरकारले बनमा अकुश लगाउने काम गरेकाे बताउनु भयो  उहाँले भन्नू भयो सामुदायिक वनकाे अधिकार कटाउन केहि व्यक्ति पछि आराेप लगाउँदै सामुदायिक वनकाे अधिकारका लागि जिल्ला महासंघ झापाका सधै लागिरहेकाे बताउनु भयो ।कार्यक्रममा बुद्वशान्ति गाउँपालिका-५ का वडा अध्यक्ष डेगेन्द्र कार्की, वनका पुर्व अध्यक्षदाेय विष्णुप्रसाद न्याैपाने, विक्रम खालिङ, मेची सव-डिभिजन कार्यालयका अधिकृत डिल्लीराम खरेल, पुर्व डिभिजन वन कार्यालय झापा अधिकृत ओमनाथ भट्टराई लगायतले सामुदायिक वनकाे विकास र प्रवद्र्धनका लागि समितिले राम्रो काम गरेकाे बताउदै शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सामुदायिक वनका अध्यक्ष चेतन आचार्यको अध्यक्षता भएको कार्यक्रममा अध्यक्ष आचार्यले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका गर्नु भएको थियो भने लेखा समिति संयाेजक भाेगेन्द्र बस्नेतले आथिक प्रतिबेदन  प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा डिभिजन वन कार्यालय झापामा लामाे समय रहेर काम गर्नु भएका तर हाल अवकाश रहेका वन अधिकृत ओमनाथ भट्टराई साथै वनमा हेरालाेकाे रुपमा काम गर्ने ३ जना कर्मचारी पुर्ण बहादुर मास्की, कृष्ण ठाडा र बिर्थ धिमाल सहित ४ जनालाई सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा बहुवन सामुदायिक वनका उपाध्यक्ष काजी मेचे, गाैतम बुद्व आधारभूत विधालयका प्रअ प्रधुम्न भट्टराई, बुद्धशान्ति-५ का वडा सदस्यहरु रिता चाैधरी, राम लगन चाैधरी र नर बहादुर कुमाल, टिमाइ बेस क्याम्पका ससस्त्र प्रहरी प्रमुख विजय यादव लगायतकाे आतिथ्यता रहेकाे थियाे ।कमर्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई संस्थाकी सचिव बबिता चाैधरीले स्वागत गर्नु भएको  कार्यक्रमको सञ्चालन संस्थाकी काेषाध्यक्ष मन्दिरा दनुवारले गर्नु भएको थियो ।

नेपालको संविधान २०७२ घोषणा भएको दिन असोज ३ गतेको खुसियालीमा नेपाल विद्यार्थी संघ बुद्धशान्ति गाउँसमिति र नेपाल तरुण दल बुद्धशान्तिको संयुक्त आयोजनामा बुद्धशान्ति -३ स्थित बुधबारे तल्लो चोकमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ।

नेपाल तरुण दल बुद्धशान्तिका सभापति करण लाबुङको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेस झापा जिल्ला सदस्य लिला ढकालको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा नेपाली काङ्ग्रेस झापा क्षेत्र न:२ क्षेत्रीय सभापति खगेन्द्र मैनाली ,नेपाली काङ्ग्रेस जिल्ला सदस्य मुना भट्टराई ,नेपाली काङ्ग्रेस बुद्धशान्ति सभापति चक्र शेर्मा,नेपाली काङ्ग्रेस झापा क्षेत्र न:१ ख उपसभापति मोहन माबो,झापा क्षेत्र न:२ ख कोषाध्यक्ष विष्णु मैनाली उप्रेती ,नेविसंघ झापा जिल्ला सचीव गोकुल पौडेल ,क्षेत्रीय सदस्य पदम पोख्रेल ,प्रदेश प्रतिनिधि रुद्र प्रसाद चापागाईं, नेपाली काङ्ग्रेस बुद्धशान्ति उपसभापति मनेश दाहाल ,कनकाई क्याम्पस बिर्तामोड स्ववियु सभापति किरण गुरुङ ,नेपाली काङ्ग्रेस बुद्धशान्ति सचीव कृष्ण खतिवडा ,नेविसंघ झापा निवर्तमान सहसचिव मिलन चापागाईं,तरुण दल नेता प्रेम सावा ,सुजन लावती ,नेविसंघ झापा जिल्ला सदस्य राम भट्टराई ,नेविसंघ सीतारमेश क्याम्पस इकाई सभापति सन्तहाङ लिम्बु ,नेविसंघ कमल गाउँपालिका कार्यबाहक सभापति पारस गिरि,त्रिदेव क्याम्पस चाराली स्ववियु सचीव मनिष विश्वकर्मा,तरुण दल बुद्धशान्ति सचिव बिनोद रिजाल लगायत पार्टीका विभिन्न तह र तप्काका नेताहरु,नेविसंघ र तरुण दल नेता लगायत उपस्थिति बिच दीप प्रज्ज्वलन सहित औपचारिक कार्यक्रम सम्पन्न भएको हो। नेविसंघ बुद्धशान्ति सभापति उमेश भट्टराईले शाब्दिक स्वागत गरेको कार्यक्रमको संचालन नेविसंघ बुद्धशान्ति सचीव प्रकाश शेर्माले गर्नु भएको थियो ।

झापाको बिर्तामोडस्थित महानन्द चोकमा आज साँझ एक अपरिचित युवतीमाथि नचिनेका युवकले छुरा प्रहार गर्दा युवतीको मृत्यु भएको छ ।

घटनामा गम्भीर घाइते भएकी युवतीको उपचारका क्रममा मृत्यु भएको हो । एकजना अपरिचित युवकले उनलाई पक्रिएर लगातार छुरा प्रहार गरेका थिए । घटनाको स्थानीयले प्रतिकार गर्दा उनी भागेका थिए । उनलाई अर्जुनधारा –६ मा स्थानीयले पक्राउ गर्न सफल भएका थिए ।

त्यसपछि स्थानीयले प्रहरीलाई बोलाएर युवकलाई जिम्मा लगाएका थिए ।युवक र युवतीको नाम थाहा हुन सकेको छैन । प्रहरीले घटनाको कारण थाहा हुन नसकेको जनाएको छ ।

चार दिनअघि केटीको विषयमा बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट भएको थियो ।
झडपमा एकजना घाइते भएका थिए भने तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो । यस किसिमका घटनाले बिर्तामोड असुरक्षित बन्दै गएको छ ।

झापाको अर्जुनधारामा पुजाको प्रसाद खाँदा विरामी हुनेहरुको संख्या ८४ पुगेको छ ।

डिस्चार्ज भएकाहरु पुनः भर्ना भएका छन् भने नयाँ विरामी पनि थपिएका छन् । शनिश्चरे आधारभूत अस्पतालबाट ३९ जनालाई प्रादेशिक अस्पताल भद्रपुर रिफर गरिएको छ ।

त्यसबाहेक ३८ जनाको शनिश्चरे अस्पतालमै उपचार भइरहेको छ । त्यस्तै बीएण्डसी अस्पतालमा चार र मनमोहन अस्पतालमा तीनजनाको उपचार भइरहेको थियो ।

नगरपालिकाले उपचार खर्च बेहोर्ने भएपछि बीएण्डसीका विरामीहरु उपचारका लागि शनिश्चरे अस्पताल पुगेका छन् ।

शनिश्चरे अस्पतालमा विरामीहरुलाई नगरपालिकाले निःशुल्क उपचार गराइरहेको नगरप्रमुख बलदेवसिंह गोम्देनले बताउनु भयो । उहाँले त्यहाँ लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले बेहोर्ने जानकारी दिनुभयो ।

त्यस्तै बीएण्डसीमा उपचार गराएका एकजना विरामीको उपचार खर्च २५ हजार रुपैयाँ आफूले बेहोरेको बताउनु भयो ।

स्वास्थ्यमा पुनः समस्या देखिएपछि डिस्चार्ज भएकाहरू फेरि अस्पताल भर्नासँगै बिहीबार नयाँ बिरामीहरू पनि थपिएको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाले जानकारी दिनुभयो ।

६ वर्षका बालबालिकादेखि ७७ वर्षसम्मका वृद्धवृद्धालाई फुडपोइजन भएको जनाइएको छ । बिरामीहरूमा १०४ डिग्रीसम्म ज्वरो आउने, बान्ता हुने, पखाला लाग्ने जस्ता स्वास्थ्य समस्या देखा परेको छ ।

१५ शैयाको शनिश्चरे अस्पतालमा जनशक्ति तथा पूर्वाधार अभाव भएका कारण १० वर्षमुनिका र ७० वर्षभन्दा माथिका ३९ जना बिरामीलाई मेची प्रादेशिक अस्पताल भद्रपुर रेफर गरिएको छ ।

यसैबीच ती विरामीमध्ये २५ जना व्यक्तिको दिसा परीक्षण गर्दा १० जनामा इन्टामिवा हिस्टोलाइटिका नामक किटाणु फेला परेको छ । शनिश्चरे अस्पतालले गरेको दिसा परीक्षणबाट किटाणु फेला परेको स्वास्थ्य शाखा प्रमुख चिमरियाले जानकारी दिनुभयो।

यस्तै, थप १५ जना विरामीको दिसाको कल्चर जाँच गर्न प्रादेशिक अस्पताल भद्रपुर पठाइएको चिमरियाको भनाई छ । उहाँका अनुसार इन्टामिवा हिस्टोलाइटिका नामक किटाणु काँचो कचिलो खानेकुरा र पानीको कारण देखा पर्ने गरेको छ ।

विरामीहरु अर्जुनधारा ९ स्थित रिता निरौलाको घरमा पुजाको प्रसाद खाएपछि विरामी भएका थिए ।दिउँसो १२ बजे खानेहरुलाई खासै समस्या नभएको र २ बजेपछि प्रसाद खानेहरु ९९ प्रतिशत विरामी भएको बताइएको छ ।

विरामीहरुलाई २४ घण्टासम्म उपचार नगरी फिर्ता पठाउन नमिल्ने अस्पतालले जनाएको छ । विरामीहरुको स्वास्थ्य अवस्था बुझ्न नगरप्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी,स्वास्थ्य कार्यालयको टोली अस्पताल पुगेको थियो ।

बुद्धशान्ति ४ मा रहेको मुनामदन एकेडेमीले लागुऔषध प्रयोगविरुद्धको जनचेतनामूलक भिडियो निर्माण प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । बुधबारे जेसीजले आयोजना गरेको अन्तरविद्यालय प्रतियोगितामा मुनामदन एकाडेमिले प्रथम स्थान हासिल गरेको हो । मुनामदन एकाडेमीले ट्रफी, प्रमाणपत्र तथा पाँच हजार नगद पुरस्कार प्राप्त गरेको छ। त्यस्तै दोस्रो स्थान ज्योति अंग्रेजी बोर्डिङ स्कुल तथा तेस्रो स्थान एराएभरग्रीन बोर्डिङ स्कुलले हासिल गरेका हुन  । ती विद्यालयहरूले पनि ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार पाएका छन् ज्योतिले तीन हजार तथा एराएभरग्रीनले दुई हजार नगद पुरस्कार प्राप्त गरे ।त्यस्तै, बेस्ट स्पिचको उपाधि सरस्वती आधारभूत विद्यालयका विद्यार्थी संयोग घिमिरेले पाए बेस्ट एक्टरको उपाधि त्रिभुवन माविकी छात्रा प्रेजिसा अर्यालले पाइन् ।

विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं, बुद्धशान्ति १ का वडाध्यक्ष तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष अनिल वाग्लेलगायत अतिथिहरूले पुरस्कार वितरण गर्नु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनोज  प्रसाईंले लागुऔषध दुर्व्यवसनको अवस्था भयावह रहेको अवस्थामा विद्यार्थीहरूले निर्माण गरेका भिडियोले लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना दिने विश्वास व्यक्त गर्नु भयो। प्रतियोगिताको निर्णायकहरूमा बुद्ध आदर्श माविका प्रधानाध्यापक कृष्णराज भण्डारी, अग्रज पत्रकार उमाकान्त खनाल, शिक्षासेवी गणेश निरौला, प्याब्सनबाट बिष्णु सापकोटा तथा बुधबारे जेसीजका उपाध्यक्ष सुरज दंगाल रहनु भएको थियो । बुधबारे जेसीजले लागुऔषध दुर्व्यसनविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको र आगामी दिनमा पनि गर्ने बुधबारे जेसीजका अध्यक्ष दुर्योधनसिंह राजपूतले बताउनु भयो। कार्यक्रमको सञ्चालन बुधबारे जेसीजका महासचिव गजुहाङ योङहाङले गर्नुभएको थियो भने अध्यक्षता बुधबारे जेसीजका अध्यक्ष दुर्योधनसिंह राजपूतको रहेको थियो। बुधबारे जेसीजका उपाध्यक्ष सुरज दंगालले जेसीज आस्था वाचन गर्नुभएको कार्यक्रमको संयोजन कृष्ण ढकालले गर्नुभएको थियो। कार्यक्रममा विशेष अतिथि बुद्धशान्ति १ का वडाध्यक्ष अनिल वाग्ले, सामाजिक कार्यमा क्रियाशील मनेश दाहाल, निर्णायकका तर्फबाट गणेश निरौला, गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमल निरौलाले लगायतले क्रमस शुभकामना मन्तव्य राख्नु भएको थियो ।

अस्मिता वर्देवा ।  झापाको बुद्धशान्ति –४ मा भईरहेको स्थानिय किराँत युथ क्लब बुद्धशान्ति ४ को आयोजनामा मंगलबार बाट सन्चालन भएको टोल स्तरिय नकआउट फुटबल प्रतियोगिताको उपाधि सट्टाभर्ना टोलले उचालेको छ । शनिवार भएको फाइनल खेलमा  किरात युथ क्लब आयोजकलाई  ०/२ गोल अन्तरले हराउँदै सट्टाभर्ना टोलले उपाधि रक्षा गरेको हो ।उपाधि सँगै सट्टाभर्नाले नगद १० हजार ,ट्रफी र मेडल पाएको छ  भने उपविजेता किरात युथ क्लबले नगद ६ हजार, ट्रफी र मेडलमा चित्त बुझायो । खेलको म्यान अफ दि म्याच  सट्टाभर्नाका सिगेब लिम्बू भए  । त्यस्तै, उत्कृष्ट गोल किप्पर गुराँस बस्ति टोलका सुमित राउत भए भने उच्च गोलकर्ता सट्टाभर्ना टोलका आयुस राइ भएका थिए त्यस्तै उत्कृष्ट डिफेन्डर  गुराँस बस्तिका सुमित लिम्बु भएका थिए ।विजेता तथा उपविजेतालाई प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेरवहादुर राय  प्रथम किराँत युथ क्लब  फुटबल प्रतियोगिताका टेक वहादुर लिम्बु लगायत अन्य अतिथि लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।खेललाई थप रोचक बनाउन  सट्टाभर्ना महिला टिम र आईतबारे महिला फुटबल क्लब विच सो म्याच खेल समेत भएको थियो । सो खेलमा सट्टाभर्ना टोललाई ०/२ गोल अन्तरले  हराउदै आइतबारे महिला टिम विजयी भएको थियो । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक किराँत युथ क्लबका अध्यक्ष करण थेबेले बताउनु भयो ।बर्खा यामको समय भएकाले खेललाई मर्यादित र व्यवस्थापन गर्न स्थानीय युवाहरु एक जुट भएर कार्यक्रम सम्पन्न भएको बुद्धशान्ति खेलकुद विकास समितिका समिती बुद्धशान्ति ४ का बुद्धशान्ति ४ खेलकुद विकास समितिका उपाध्यक्ष कासी हाङ चाम्लिङ राईले बताउनु भयो  ।शनिवार भएको फाइनल  झापा जिल्ला फुटबल सघका उपाध्यक्ष  मनेस दहाल ,बुद्धशान्तिका गाउँपालिका कार्यपालिका सदस्य भिम धमला, वडा नं ४ वडा सदस्य सन्जित कुमार थेबे, न्युएभर विद्यालयका शिक्षक संजय लिम्बू , समाज सेवी,विजय लिङ्खिम, प्रकाश साम्सोहाङ समाज सेवि पुर्ण सुहाङ विभिन्न संघसंस्थाका प्रतिनिधि स्थानियहरूको बाक्लो  उपस्थिति रहेको थियो ।

झापाको मेचिनगर नगरपालिका वडा नं ९ मा मेचि वन सब डिवीजन कार्यलयका अधिकृत कुल प्रसाद भट्टराईको अध्यक्षतामा साथै मेचिनगर नगरपालिकाका वडा नं ९ का वडा अध्यक्ष कन्चन तामाको प्रमुख आतिथ्यतामा  मेचिनगर साथै बुद्धशान्ति संयुक्त मानव हात्ती द्वन्द न्यूनीकरणका निम्ति हात्ती आतंक बाट बच्न द्रुत  प्रतिकार्य टोली  गठन गरिएको छ ।

संयोजक होम पौडेल , मेचिनगर , बुद्बशान्ति ४ का सुमन खालिङको उपसंयोजकत्वमा ३० समिति गठन गरिएको छ ।

सदस्यहरूमा , डम्बर लावती, किरण मगर, सरन लिम्बू, लगायत ३० समिति चयन गरिएको बुद्धशान्ती ४ उपसंयोजक सुमन खालिङले बताउनु भयो ।

उपस्थित सम्पुर्ण अतिथीहरूलाई थोप्ले विरान सामुदायिक वनका कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रमको आौचित्यमाथि प्रकाश पार्नु  बुद्धशान्ति वन महासंघका अध्यक्ष  प्रकाश साम्सोहाङले गर्नु भएको थियो ।

कार्यक्रममा मेचिनगर महासंघ अध्यक्ष जानुका ओलि, बुद्बशान्ति महासंघ अध्यक्ष प्रकाश सांसोहाङ,मेचिनगर वडा नं ९ का वडा सदस्य राजन खड्का, नवज्योति सामुदायीक वन उपाध्यक्ष  विनय लावती, बासवारी वनका अध्यक्ष अम्विका प्रसाईं मेचिनगर वन कार्यलय विट १ का अध्यक्ष  अमर फम्बो, विट नं २ का अध्यक्ष विर्ख तामाङ,थोप्ले विरान,वनका अध्यक्ष कृष्ण कोईराला लगायतको उपस्थितिमा भएको कार्यक्रमको सन्चालन मेचीसव वन डिभिजन कार्यलयका सदस्य कर्ण विकले गर्नु भएको थियो

झापाको कचनकवल गाउँपालिकामा ऐलानी जग्गामा रहेको आँपको रुखको विषयलाई लिएर दुई पक्षबीच कुटपिट भएको छ ।

शनिबार बेलुका कचनकबल गाउँपालिका–४ खुट्टामुनी जंगलटोलका मुस्ताक मिँयाले ऐलानी जग्गाको आँपको रुख सम्बन्धी विषयलाई लिएर सोही स्थानका महेदिन मिँयासँग झगडा र कुटपिट हुँदा दुई पक्षका सात जना घाइते भएका छन् ।

कुटाकुटबाट एउटा पक्षको कचनकवल–४ का ४१ वर्षीय मुस्ताक मिँया, २५ वर्षीय सम्सेर मिँया र अर्को पक्षको सोही स्थानका २२ वर्षीय मोहम्मद सेर, ३० वर्षीय लालबाबु मिँया, २० वर्षीय अर्फिन मिँया, ५० वर्षीया लेजिना मिँया र ३९ को सम्शोधिन मिँया घाइते भएका छन् ।

घाइते सबैलाई उपचारका लागि ओमसाई पाथीभारा अस्पताल भद्रपुरमा ल्याएको छ । सबैको अवस्था सामान्य रहेको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय केचनाबाट प्रनानि र बीओपी केचनाबाट सप्रनि समेतको टोली खटिएको जनाइएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको  श्री गणेश माध्यमिक  विद्यालयका विद्यार्थीहरूलाई  शैक्षिक साथै खेलकुद सामाग्री वितरण गरिएको छ ।बुद्धशान्ति ४ मा रहेको सृजनशिल युवा समाजले आज एक कार्यक्रमको आयोजना गरि श्री गणेश माद्यमिक विद्यालयमा अध्यनरत कक्षा नर्सरी देखि कक्षा ५ सम्मका ३० जना गरिव तथा जेहेन्दार बिद्यार्थिहरूलाई  ५५  हजार  बराबरको  शैक्षिक साथै  खेलकुद सामाग्री वितरण गरेको हो  ।सृजनशिल युवा समाजका अध्यक्ष निर्मल पराजुलिको अध्यक्षतामा भएको कार्यक्रममा  बुद्धशान्ति गाउँपालिका वडा नं ४ का अध्यक्ष  शेर वहादुर रायको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा प्रमुख  अतिथि वडा नं ४ का अध्यक्ष शेर बहादुर रायले विद्यार्थीहरूलाई  शैक्षिक साथै खेलकुद सामाग्री वितरण गर्दै यश सृजनशिल युवा समाजले  विगत केही वर्ष अगाडि देखिनै वडा नं ४ मा विभिन्न सामाजिक कार्य गर्दै  समाजमा  छुट्टै छाप छोड्न थालेको  बताउदै संस्थाको खुलेर प्रशंसा गर्दै संस्थाले वडा कार्यलयको समन्वयर सहकार्यमा काम गर्ने र सहयोग समेत गर्दै जाने बताउनु भयो ।त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै सृजनशिल युवा समाजका अध्यक्ष निर्मल पराजुलिले विद्यार्थीहरूलाई पढाइ सङसगै खेलकुदको क्षेत्रमा पनि  उतिकै रुचि राख्ने भएकाले  र अहिले देखिनै यि साना साना  नानिहरूलाइ पढाइ संङसगै खेलकुदको क्षेत्रमा  समेटेर लैजाने हो भने भोलि राष्ट्रिय स्तरमै चिनाउने खेलाडी बन्न पनि थप हौसला हुनेछ  भनेर शैक्षिक सामाग्री संगै खेलकुद सामाग्री समेत वितरण गरेको  बताउदै हाल अमेरिकामा रहेर संस्थालाई आर्थिक सहयोग गर्नुहुने सेतु तामाङ साथै विनय तामाङ लाई धन्यबाद दिदै  आगामि दिनमा  पनि समाजमा विभिन्न समाजिक काम गर्दै जाने बताउनु भयो ।संस्थाका अध्यक्ष  निर्मल पराजुलीले औचित्य माथि प्रकास पार्नु भएको कार्यक्रममा सन्जित कुमार थेबे, न्यु एभर ग्रिन सेकेन्डरी इङ्लिस  स्कुल बुद्बशान्ति ४ का शिक्षक लोक बहादुर कमाल बुद्धशान्ति वडा नं ४  कार्यपालिका सदस्य दुर्गा ढुङ्गेल लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो।संस्थाले लामो समय देखि संस्थामा रहेर अतुलनिय  सहयोग पुर्याउनु हुने  बुद्धशान्ति ४ का रामचन्द्र कोईरालालाई  दोसल्ला साथै सम्मान पत्र द्वारा सम्मान समेत गरिएको थियो ।कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा  सदस्य  सन्जित कुमार थेबे,न्यु एभर ग्रिन अङ्ग्रेजी स्कुलका  शिक्षक सन्जय लिम्बू रास्ट्रिय स्वत्रन्त्र पाटी बुद्धशान्ति ४ का अध्यक्ष रोसन कटुवाल,विद्यालयका शिक्षक अभिभावक विद्यार्थी,स्थानिय बासी संन्चारकर्मी  लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो  lविद्यालयका  प्रधानाध्यापक  डिल्लिराम खतिवडाले सानो संस्था भएपनि  विद्यालयमै आएर सृजनशिल युवा समाजले यसरी शैक्षिक  साथै  खेलकुद सामाग्री दिएर  विद्यालयलाई  विद्यार्थी भाइ बहिनिहरूलाई  पढाइ साथै खेलकुदको क्षेत्रमा थप हौसला थपिदिनु भएकोमा  सृजनशिल युवा समाजलाई  धन्यबाद  दिदै आफ्ना भनाई राख्नु भएको थियो । गणेश माध्यमिक  विद्यालयको सभाहलमा भएको कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई  सृजनसिल युवा समाजका  उपाध्यक्ष नारायण कुमार रेग्मीले स्वागत गर्नुभएको  थियो भने उक्त कार्यक्रमको सञ्चालन संस्थाका सदस्य  साजन तामाङले गर्नु भएको थियो  ,

झापाको बुद्धशान्ति ४ मा  नेपाल तरूण दल  बुद्धशान्ति गाउँसमितको आयोजना साथै  नेपाल रेडक्रस  सोसाईटि  बुधबारे उपसाखाको प्राविधिक सहयोगमा १ दिने रक्तदान सम्पन्न भएको छ ।बढ्दो रक्त अभावको अवस्थालाई मध्यनजर गर्दै  शनिवार   न्यु एभरग्रिन  इंग्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा ४० पाउण्ड रगत जम्मा भएको  तरूण दल बुद्धशान्तिका अध्यक्ष करण लाबुङले जानकारि दिनु भयो ।

शिविरको उत्घाटन बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले गर्नु भएको थियो भने  वडा नं ४ का  वडा अध्यक्ष शेर वहादुर राय  समाज सेवि मनेश दाहाल ,वर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाई, बुधबारे जेसिजका अध्यक्ष  दुर्योधन देव , समाज सेवि मदन मगर , विनोद रिजाल, वडा नं ५ का वडा अध्यक्ष  डेगेन्द्र कार्की  विभिन्न संङ सस्थाका प्रतिनिधि स्थानिय बासी संन्चारकर्मी  सुरक्षाकर्मी लगायतको आतिथ्यतामा शिविर  सम्पन्न भएको थियो  l

शनिवार भएको स्वाथ्य शिविरमा  बर्खा स्मृति प्रतिस्ठानकाले खाने पानि निसुल्क वितरण गरेको थियो । रक्तदान जीवनदान हो, तपाईँ हामीले रक्तदान नगरे आफ्नो आफन्तलाई चाहिएको बेला रगतको अभाव हुन्छ।

स्वास्थ्य व्यक्तिले ३-३ महिनामा रक्तदान गरी रक्त अभावलाई हटाऔँ  भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।  झापाको बुद्धशान्ति ४ स्थित श्री नौलो विहानि उद्यमी महिला समूह  बुद्धशान्ति ४ को अायोजना साथै बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा १ दिने आँखा शिविर साथै दन्त शिविर सम्पन्न भएको छ ।

बुद्धशान्ति ४ स्थित न्यु एभर ग्रिन इङ्गलिस  बोर्डिङ्ग स्कुलको प्राङ्गणमा बृहत, निःशुल्क आँखा शिविर साथै दन्त शिविर शनिबार सम्पन्न भएको हो  ।

उक्त शिविरमा ३०० भन्दा बढीले  मेचि नेत्रालय काकर भिट्टा बाट अाएका  डाक्टरहरू वाट आँखाको निःशुल्क परीक्षण गरेका थिए भने १५० भन्दा वढिलाई चस्मा वितरण गरिएको थियो ।

त्यस्तै शिविरमा ३०० जना भन्दाले दन्त नेशनल डेन्टल केयर सेन्टर विर्तामोड बाट अाएका दन्त प्राविधिक बाट सेवा लिएका थिए ।  शिविरमा सेवा लिएका विरामी हरूलाई  आँखामा देखिएको मोतियाबिन्दु साथै दन्त सेवामा थप उपचारको लागि ५०% छुटमा  स्वास्थ्य परीक्षण गरी चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गर्नु परेमा समेत छुटको व्यवस्था मिलाईएको बताईएको छ ।
यस निःशुल्क आँखा शिविरले समाजमा एउटा सकरात्मक सन्देश दिने मात्र नभएर बिरामीहरुको पहिचान गरी लाभ लिनको लागि सुवर्ण अवसर समेत भएको स्वास्थ्य शिविर आयोजक श्री नौलो बिहानी उद्धमी महिला समूह बुद्धशान्ती ४ अध्यक्ष याम माया नेम्वाङले बताउनु भयो  बताउनु भयो ।