झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको श्री गणेश माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक साथै खेलकुद सामाग्री वितरण गरिएको छ ।बुद्धशान्ति ४ मा रहेको सृजनशिल युवा समाजले आज एक कार्यक्रमको आयोजना गरि श्री गणेश माद्यमिक विद्यालयमा अध्यनरत कक्षा नर्सरी देखि कक्षा ५ सम्मका ३० जना गरिव तथा जेहेन्दार बिद्यार्थिहरूलाई ५५ हजार बराबरको शैक्षिक साथै खेलकुद सामाग्री वितरण गरेको हो ।सृजनशिल युवा समाजका अध्यक्ष निर्मल पराजुलिको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का अध्यक्ष शेर वहादुर रायको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथि वडा नं ४ का अध्यक्ष शेर बहादुर रायले विद्यार्थीहरूलाई शैक्षिक साथै खेलकुद सामाग्री वितरण गर्दै यश सृजनशिल युवा समाजले विगत केही वर्ष अगाडि देखिनै वडा नं ४ मा विभिन्न सामाजिक कार्य गर्दै समाजमा छुट्टै छाप छोड्न थालेको बताउदै संस्थाको खुलेर प्रशंसा गर्दै संस्थाले वडा कार्यलयको समन्वयर सहकार्यमा काम गर्ने र सहयोग समेत गर्दै जाने बताउनु भयो ।त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै सृजनशिल युवा समाजका अध्यक्ष निर्मल पराजुलिले विद्यार्थीहरूलाई पढाइ सङसगै खेलकुदको क्षेत्रमा पनि उतिकै रुचि राख्ने भएकाले र अहिले देखिनै यि साना साना नानिहरूलाइ पढाइ संङसगै खेलकुदको क्षेत्रमा समेटेर लैजाने हो भने भोलि राष्ट्रिय स्तरमै चिनाउने खेलाडी बन्न पनि थप हौसला हुनेछ भनेर शैक्षिक सामाग्री संगै खेलकुद सामाग्री समेत वितरण गरेको बताउदै हाल अमेरिकामा रहेर संस्थालाई आर्थिक सहयोग गर्नुहुने सेतु तामाङ साथै विनय तामाङ लाई धन्यबाद दिदै आगामि दिनमा पनि समाजमा विभिन्न समाजिक काम गर्दै जाने बताउनु भयो ।संस्थाका अध्यक्ष निर्मल पराजुलीले औचित्य माथि प्रकास पार्नु भएको कार्यक्रममा सन्जित कुमार थेबे, न्यु एभर ग्रिन सेकेन्डरी इङ्लिस स्कुल बुद्बशान्ति ४ का शिक्षक लोक बहादुर कमाल बुद्धशान्ति वडा नं ४ कार्यपालिका सदस्य दुर्गा ढुङ्गेल लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो।संस्थाले लामो समय देखि संस्थामा रहेर अतुलनिय सहयोग पुर्याउनु हुने बुद्धशान्ति ४ का रामचन्द्र कोईरालालाई दोसल्ला साथै सम्मान पत्र द्वारा सम्मान समेत गरिएको थियो ।कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा सदस्य सन्जित कुमार थेबे,न्यु एभर ग्रिन अङ्ग्रेजी स्कुलका शिक्षक सन्जय लिम्बू रास्ट्रिय स्वत्रन्त्र पाटी बुद्धशान्ति ४ का अध्यक्ष रोसन कटुवाल,विद्यालयका शिक्षक अभिभावक विद्यार्थी,स्थानिय बासी संन्चारकर्मी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो lविद्यालयका प्रधानाध्यापक डिल्लिराम खतिवडाले सानो संस्था भएपनि विद्यालयमै आएर सृजनशिल युवा समाजले यसरी शैक्षिक साथै खेलकुद सामाग्री दिएर विद्यालयलाई विद्यार्थी भाइ बहिनिहरूलाई पढाइ साथै खेलकुदको क्षेत्रमा थप हौसला थपिदिनु भएकोमा सृजनशिल युवा समाजलाई धन्यबाद दिदै आफ्ना भनाई राख्नु भएको थियो । गणेश माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई सृजनसिल युवा समाजका उपाध्यक्ष नारायण कुमार रेग्मीले स्वागत गर्नुभएको थियो भने उक्त कार्यक्रमको सञ्चालन संस्थाका सदस्य साजन तामाङले गर्नु भएको थियो ,
Uncategorized
झापाको बुद्धशान्ति ४ मा नेपाल तरूण दल बुद्धशान्ति गाउँसमितको आयोजना साथै नेपाल रेडक्रस सोसाईटि बुधबारे उपसाखाको प्राविधिक सहयोगमा १ दिने रक्तदान सम्पन्न भएको छ ।बढ्दो रक्त अभावको अवस्थालाई मध्यनजर गर्दै शनिवार न्यु एभरग्रिन इंग्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा ४० पाउण्ड रगत जम्मा भएको तरूण दल बुद्धशान्तिका अध्यक्ष करण लाबुङले जानकारि दिनु भयो ।
शिविरको उत्घाटन बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले गर्नु भएको थियो भने वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय समाज सेवि मनेश दाहाल ,वर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाई, बुधबारे जेसिजका अध्यक्ष दुर्योधन देव , समाज सेवि मदन मगर , विनोद रिजाल, वडा नं ५ का वडा अध्यक्ष डेगेन्द्र कार्की विभिन्न संङ सस्थाका प्रतिनिधि स्थानिय बासी संन्चारकर्मी सुरक्षाकर्मी लगायतको आतिथ्यतामा शिविर सम्पन्न भएको थियो l
शनिवार भएको स्वाथ्य शिविरमा बर्खा स्मृति प्रतिस्ठानकाले खाने पानि निसुल्क वितरण गरेको थियो । रक्तदान जीवनदान हो, तपाईँ हामीले रक्तदान नगरे आफ्नो आफन्तलाई चाहिएको बेला रगतको अभाव हुन्छ।
स्वास्थ्य व्यक्तिले ३-३ महिनामा रक्तदान गरी रक्त अभावलाई हटाऔँ भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको बताईएको छ । झापाको बुद्धशान्ति ४ स्थित श्री नौलो विहानि उद्यमी महिला समूह बुद्धशान्ति ४ को अायोजना साथै बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा १ दिने आँखा शिविर साथै दन्त शिविर सम्पन्न भएको छ ।
बुद्धशान्ति ४ स्थित न्यु एभर ग्रिन इङ्गलिस बोर्डिङ्ग स्कुलको प्राङ्गणमा बृहत, निःशुल्क आँखा शिविर साथै दन्त शिविर शनिबार सम्पन्न भएको हो ।
उक्त शिविरमा ३०० भन्दा बढीले मेचि नेत्रालय काकर भिट्टा बाट अाएका डाक्टरहरू वाट आँखाको निःशुल्क परीक्षण गरेका थिए भने १५० भन्दा वढिलाई चस्मा वितरण गरिएको थियो ।
त्यस्तै शिविरमा ३०० जना भन्दाले दन्त नेशनल डेन्टल केयर सेन्टर विर्तामोड बाट अाएका दन्त प्राविधिक बाट सेवा लिएका थिए । शिविरमा सेवा लिएका विरामी हरूलाई आँखामा देखिएको मोतियाबिन्दु साथै दन्त सेवामा थप उपचारको लागि ५०% छुटमा स्वास्थ्य परीक्षण गरी चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गर्नु परेमा समेत छुटको व्यवस्था मिलाईएको बताईएको छ ।
यस निःशुल्क आँखा शिविरले समाजमा एउटा सकरात्मक सन्देश दिने मात्र नभएर बिरामीहरुको पहिचान गरी लाभ लिनको लागि सुवर्ण अवसर समेत भएको स्वास्थ्य शिविर आयोजक श्री नौलो बिहानी उद्धमी महिला समूह बुद्धशान्ती ४ अध्यक्ष याम माया नेम्वाङले बताउनु भयो बताउनु भयो ।
झापाको बुद्धशान्तिमा ४ मा प्रकृति पुजक किरात राईहरूको उभौली साकेला पर्व धुमधामको साथ सम्पन्न भएको छ ।बुद्धशान्ति गाउपालिका वडा नं ४ किरात राई यायोक्खा व्यवस्थापन समितिको आयोजनामा बुद्धशान्ति ४ स्थित किरात राई यायोक्खाको प्राङ्गणमा शुक्रबार भव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रममा शुभकामना आदानप्रदान, जातीय सांस्कृतिक नृत्य: साकेला, सिल्लि लगायतको कार्यक्रम आयोजना गरिएको थियो । किरात राई यायोक्खा बुद्धशान्ति ४ का अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा किरात राई यायोक्खा जिल्ला उपाध्यक्ष केबल राम राईको प्रमुख आतिथ्यता रहेको थियो । साथै बिशिस्ठ अतिथि किरात राई यायोक्खा जिल्ला सदस्य गौरिमान राई, बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय, सम्पुर्ण राजनितक दलका पाटि प्रतिनिधि स्थानिय बासी संन्चारकर्मी सुरक्षाकर्मी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो lकार्यक्रममा प्रमुख अतिथि किरात राई यायोक्खा जिल्ला उपाध्यक्ष केबल राम राईले साकेला पर्वको बारेमा प्रष्ठ पार्दै परा पुर्खा बाट मनाउदै आएको साकेल पर्व बालिनानि फस्टाउने परिवारमा सान्ति हुने पशु चौपायमा राम्रो हुने भएकाले यसलाई कुल देवाताको रूप मानेर राखि दिएको यश ढुङ्गालाई हामिले साकेलाको रूपमा मनाउदै आएको बताउनु भयो ।कार्यक्रममा किरात राई यायोक्खा मेचिनगर १२ पारूहाङ टोल काकरभिट्टा बुधबारे अर्नुजधारा आएका टोलिले आफ्नो भेषभुसा सहितको जातीय सांस्कृतिक साकेला,सिल्लि नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा विषिष्ठ अतिथि किरात राई यायोक्खा जिल्ला सदस्य गौरिमान राईले साकेले सिल्लि गाउदै यो भुमिमा सबै भन्दा पाईला टेक्ने किरात जातिनै भएकाले नै किरात हरूलाई भुमि पुत्रहौ भनेर भनेका हौ भन्दै आफ्ना भनाई राख्नु भएको थियो ।कार्यक्रममा किरात राई यायोक्खा बुद्धशान्ति ४ का अध्यक्ष राजेन्द्र राईले कार्यक्रमको र्औचित्य माथि प्रकास पार्नु भएको थियो ।त्यस्तै कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष शेरवहादुर राय, स्थानिय समाज सेवि करण थेबे पुर्ण सुहाङ लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो ।त्यस्तै कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई किरात राई यायोक्खा बुद्धशान्तिका ४ उपाध्यक्ष मणिकुमार राईले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संयोजन किरात राई यायोक्खा बुद्धशान्तिका ४ कोषाध्यक्ष बिमला राईले गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन किरात राई यायोक्खा बुद्धशान्तिका ४ सचिव मनकुमार राईले गर्नु भएको थियो।
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीननम्बर पुलमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु भएको छ ।
सडक विस्तारका लागि भित्तो काट्ने काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा बा २ क ८६५१ नं को स्काभेटर चालक बर्दिया गेडुवा गाउँपालिका–४ स्थायी घर भएका अन्दाजी ३८ वर्षीय मङ्गल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहान पुल निर्माण गर्न भित्तो काट्ने क्रममा माथिबाट पहिरो खस्दा स्काभेटरसहित चौधरी पुरिएका थिए । चालकको उद्धार गरी उपचारका लागि पुरानो मेडिकल कलेज लगिएकामा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
पहिरोमा परी स्काभेटर पूर्णरुपमा क्षति भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख १५११ नं ट्रकमा समेत क्षति पुगेको छ”, प्रनाउ रिजालले भने । अहिले सवारी आवागमन नरोकिएको भन्दै पहिरो पन्छ्याउने कार्य जारी रहेको उनले जानकारी दिए ।
झापाको बुद्धशान्ति गाउँपालेकाले गाउँपालिकाका सबै वडामा र अधिकांश सार्वजनिक स्थल ,चोक बजार क्षेत्रहरूमा गरि जम्मा २९ ठाउँमा सिसि क्यामेरा जडान गरेको छ ।
बुद्धशान्ति गाउँपालिकाले सडक दुर्घटना न्युनिकरण चोरी डकैति लाघु अौषध बेचबिखन लगायत विभिन्न खाले अपराधीक गतिविधि रोक्ने उदेश्यले सिसि क्यामराको मनिटरियन गरि बुद्धशान्ति गाउँपालिका साथै इलाका प्रहरी चौकीबाट हेर्न सकिने र चौविसै घन्टा प्रहरीले गतिविधिको चौकीमा बसेर निगरानी गर्न सकिने सिसि क्यामेरा जडान गरिएको हो ।
बुद्धशान्ति गाउँपालिकाको आर्थिक बर्ष ८०/८१ को ९ लाख १५ हजार ६ सय ७६ रूपयाँको लागतमा २९ वटा क्यामेरा जडान साथै पुरानो लाई मर्मत समेत गरेर गाउँपालिकाको विभिन्न सार्वजानिक ठाउँ हरूमा सिसि क्यामरा जडान गरिएको बुद्धशान्ति गाउँपालिका सूचना प्रविधि अधिकृत तोषराज ठाकुरले बताउनु भयो ।
बुद्धशान्ति गाउँपालिकाका सातै वडा कार्यालय साथै,अधिकांश सार्वजनिक स्थल ,चोक बजार क्षेत्र अब सीसीटिभी क्यामेराको निगरानीमा राखी बुद्धशान्ति गाउँपालिका र ईलाका प्रहरी कार्यालय बुधवारेले बुद्धशान्ति क्षेत्रभित्र सुरक्षा तथा अनिवार्य निगरानि राख्नु पर्ने भएकाले पालिकाले आफ्नै फाईवर नेटवर्क स्थापना गरि CCTV प्रणालि जडान गरिएको र बिद्युत प्रवाह,fiber cable ,network लगायतका विषयहरुले गर्दा यो कार्य आफैमा चुनौति पुर्ण भएकाले आगामि दिनहरुमा देखिएका सम्स्याहरुलाई समाधान गर्दै व्यवस्थित रुपमा अन्य स्थानहरुमा पनि CCTV जडान गरिने बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले बताउनु भयो ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ७ ले बुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीको सहकार्यमा ३ महिने निशुल्क कम्प्युटर तालिम सम्पन्न गरेको छ । बुद्धशान्ति गाउँपालिका महिला बालबालिका शाखा तथा बुद्धशान्ति गाउँपालिका वडा नं ७ को संयुक्त कार्यक्रम अन्तर्गत महिला उद्यमशिलता युवा उद्यमशिलता र दलित उत्थान कार्यक्रम अन्तरगत बुद्धशान्ति वडा नं ७ का ९५ जनालाई ३ महिने निशुल्क कम्प्युटर तालिम सम्पन्न गरेको हो । बुद्धशान्ति गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष चन्द्र भन्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।
बुद्धशान्ति वडा नं ७ को वडाकार्यलयको सभाहलमा भएको ३ महिने निशुल्क कम्प्युटर तालिमको सहजिकरण बुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीका सन्चालक विस्वराज भन्डारीले गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी पालिका अध्यक्ष मनोज प्रसाइँले आफ्ना भनाई राख्दै पछिल्लो समय अहिलेका युवा युवतीहरू लागु अौषध जस्ता विभिन्न खाले गतिविधिहरूमा बिग्रदै गएको अवस्थाले गर्दा बुद्धशान्ति गाउँपालिकाले युवा युवती लक्क्षित कार्यक्रम अन्तर्गत यस अघि पनि विभिन्न कार्यक्रम हरू सन्चालन गरेको बताउनु भयो उहाँले भन्नुभयो युवा भाई बहिनिहरूको लागी
जिवनस्तर सुधारन सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन गाउँपालिकाले आर्थिक सहयोग र समन्वय गरेको र आगामी दिनमा पनि गाउँपालिकाले गर्नु पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै वडा नं ७ का वडा अध्यक्ष चन्द्र भन्डारीले युवा लक्क्षित कार्यक्रमले यहाँका युवा भाई बहिनि हरूलाई सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन वडाले विभिन्न कार्यक्रमको आयोजना गरेको बताउनु भयो । तालिमको समयावधी थप गरेर एड्भान्स तालि सञ्चालनका लागि सहभागिहरुले माग गरेका छन् । तालिम उपलब्धि मुलक भएको तालिममा सहभागि स्थानिय तुलसा गड्तौलाले बताउनु भयो ।
बुद्धशान्ति ७ को वडा कार्यलयको भवनमा भएको समापन कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । वडा नं ७ का वडा सदस्य खगेन्द्र गड्तौलाले उपस्थित सम्पुर्ण अतिथिहरूलाई साब्दिक स्वागत गर्नु भएको कार्यक्रमको सन्चालन तालिममा सहभागी रमिता अधिकारिले गर्नु भएको थियो ।
आईतबार भएको कम्पुयटर तालिम समापन कार्यक्रमको अवसरमा वडा नं ७ को कार्यलय र बुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीको सहकार्य साथै नेपाल रेडक्रस सोसाईटी उपशाखा बुद्धशान्तिको प्रविधिक सहयोगमा १ दिने बृहत रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको थियो । कार्यक्रममा बुद्धशान्ति गाउँपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख मिना विष्ठ,वडा नं ७ का सम्पुर्ण जनप्रतिनिधि,बुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीका सन्चालक
गोविन्द सुवेदी स्थानिय समाज सेवि सन्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।
झापा बुद्धशान्तिका जीवनाथ अधिकारी उमेरले ५२ पुगे।गाउँमा हुने खुल्ला म्याराथनका “एकल बिजेता”।
जीवनभर आफू र आफ्नो ठाउँको नाम राख्न प्रयत्नरत अधिकारी यतिबेला मेची -महाकाली दौडेर छाती चौंडा बनाएर आफ्नो ठाउँ फर्कदैछन्।
उनले २२ दिनमा १०५० किलोमिटर दुरी पार गरेर सशक्त परिचय बनाएका छन् । आधा शताब्दी पार गरेका अधिकारीले दैनिक औसत ४७ किलोमिटरका दरले दौड भरेका हुन् ।
झापा जिल्लाको उत्तरपुर्वी कुनोमा बिभिन्न कालखण्डमा बनेका चर्चा भन्दा उचो परिचय बोकेर फर्कदैछन् जीवनाथ यसपाली।
अहिले सम्झँदा गडिगाउँ माविको त्यो खेल मैदान जीवनाथका लागी साँघुरो रहेछ र उनले आफ्नो उडान मुलकभर भरे।
संन्चारकर्मी विश्णु लामीछाने सग गरिएको केही कुराकानी , जस्ताको तस्तै ,।
विश्रो मगजमा यो संवाद अहिले पनि स्पष्ट छ-
“यस्पालि सक्दिन भाई म” उनले भने।
होइन दाइ, तपाईंले छोड्न हुन्न” मैले भनेको चाँही दाइले मान्लान् जस्तै गरी मैले अनुरोध गरेँ।
यद्यपि उनी आफ्नो विचार र निर्णयमा सधैं कटिबद्ध थिए।
मैले बुझेसम्म उनी निर्णय अन्तिम घडीमा मात्रै गर्थे वा भनौं अन्तिम क्षणमा टुङ्गो लाउने निर्णय उनले पहिल्यै तय गरेर बस्थे।
झल्झली याद छ, गडिगाउँ माविको मैदानमा ७ फन्को लाएपछि बल्ल जीव दाइले रफ्तार लिन्थे। अरु घाँटी र पिँडूलाका नशा तन्काएर थाक्दा उनी तङ्रीएको झैँ देखिन्थे।
जीवन दाइ! जिवन दाइ!! हुटिङ शुरु हुन्थ्यो।
यो जीवेले जवान दौड कहिलै नछोड्ने भो “,उनका सहपाठी र गाउँलेहरु खासखुस कुरा गरेको सुनिन्थ्यो।
साँस्कृतिक र खेलकुदका गतिविधि नियाल्न बनाइएको स्टेजमा बसेका प्रमुख अतिथिलाई हेडसरले कुरा सुनाउथे।
यो मान्छेले जवान दौड जितेको १२ साल भो,कहिल्यै थाक्दैन आघुँदेखि चै कुद्दिन भन्दैछ”।
निकै सालसम्म यस्ता संवादहरु गडिगाउँ माविमा गुन्जिए।
त्यो आवाज गडिगाउँ मावि र साविक शान्तिनगरको घेराले थिचिरह्यो।
म बैकुण्ठ मानन्धरबाट प्रेरणा लिएको मान्छे हु, तर अहिले भेट्रेन म्याराथन हुन्छ भने म सबैलाई उछिन्छु” भन्दै चोकमा गफ गरेको धेरै पटक धेरैले सुनेका छन् ।
तर उनका ती कुराले कसैलाई पनि तबसम्म छोएन जबसम्म उनले मेचीपुलबाट आफ्ना पाइला चालेनन्।बुढेसकालमा गफ लायो जिवेले भन्ने सम्म भेटिए। मेची-माहाकाली कुदेर पार गर्ने कुरा जीवनाथको चियाको कप होइन भन्ने धेरैलाई लागिरह्यो। आखिर अधिकारीले सबैलाई फ्लप खुवाउँदै यो यात्रा तय गरेका छन् ।
उमेरले आधा शताब्दी नाघेसी हेमन्त रानाको गीत जस्तै ४० कटेसी रमाउला भनेर आफ्नो दैनिकी भुल्नेहरु धेरै छन् ।
तर जीवनाथमा रहेको परिचय बदल्ने हुटहुटी आफैंले पुरा गरेका छन् ।
सुगम झापाको दुर्गम भूगोलमा गायन, कलाकारिता, वा केही तरक्की गर्नेहरु नभएका भने होइनन् तर कसैले पनि यो स्थानका लागी स्थायी परिचय बनाउन नसकेको भने पक्का हो।
ठुटेबर ढलेपछि शान्तिनगरले स्थायी परिचय पाउन नसकेको खडेरीमा जीवनाथ नयाँ पाउला बनेर फर्केका छन् ।
बुद्धशान्ति । बुट्टाबारीे युनाइटेड र पहरीगाउ एफसी यहाँ जारी प्रथम अमर नकआउट फुटबल प्रतियोगिताकोउपाधीबा लागी आज भिड्दै छन् ।
बुद्धशान्ति ४ स्थित गणेश माविको खेल मैदानमा आज हुने फाइनल खेलमा दुवै टिम पहिलो अमर नकआउट फुटबल प्रतियोगिताका् ट्रफी उचाल्ने दाउमा छन ।
अमर युवा क्लबको आयोजनामा फागुन १२ गतेदेखी १९ गतेसम्म जारी प्रतियोगितामा झापा र इलाम गरी ८ वटा टिमले सहभागी जनाएका प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, मेडल र ट्रफी रहेको छ ।
त्यस्तै उपविजेताले ३० हजार नगद र मेडल र ट्रफि पाउने उपाध्यक्ष गणेश बहादुर डाँगीले बताएका छन् । प्रत्येक खेलको म्यान अफ दि म्याच, उत्कृष्ट गोल किप्पर, खेलाडीलाई समेत पुरस्कृत गरिने छ ।
झापाको बुद्धशान्तिमा मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो, जेसीज आस्थाको यो एक अंशलाई आत्मसाथ गर्दै बुधबारे जेसीज तथा जेसीज सदस्यहरुले समाजमा विभिन्न सेवामूलक कार्य गर्दै उदाहरण बन्दै आएका छन् ।यसै सन्दर्भमा आज एक कार्यक्रमको आयोजना गरि बुद्धशान्ति १ दामा अधेरीका अतिविपन्न दिल बहादुर साम्पाङ राइको परिवारलाई बुधबारे जेसीजले खाद्यान्य तथा लत्ता कपडा सहयोग प्रदान गरेको छ ।बुधबारे जेसीज वर्ष २०२४ का अध्यक्ष दुर्योधन सिंह राजपुत (देव) को अध्यक्षता, तार्केश्वर गुप्ताको संयोजक्त्व तथा बुद्धशान्ति वडा नं. १ का वडाध्यक्ष तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यतामा साम्पाङकै घरमा आयोजित कार्यक्रममा सो सामाग्री हस्तान्तरण गरिएको हो ।चुहिने टिनले छाएको घरमा आफ्नी बिरामी श्रीमतीलाई एक्लै स्यहार गर्दै बसेको ७० वर्षिय साम्पाङको आर्थिक अवस्था कम्जोर रहेको, खानलाउन समेत समस्या रहेकोले थोरै भएपनि सहजहोस् भन्ने उद्धेश्यले सहयोग गरेको बुधबारे जेसीज अध्यक्ष सिंहले बताउनु भयो ।साम्पाङलाई लत्ताकपडा र खाद्यान्न गरी चौध हजार ३४० बराबरको सामग्री हस्तान्तरण गरिएको कार्यक्रम संयोजक तार्केश्वर गुप्ताले जानकारी दिए । सो सामाग्रीहरु जेसीज सदस्यहरु द्वारा आर्थिक तथा जिन्सी संकलन गरि हस्तान्तरण गरिएको थियो ।सहयोग हस्तान्तरणका क्रममा बोल्दै प्रमुख अतिथि वाग्लेले वडा नं. १ को कार्यालयले साम्पाङकी बिरामी श्रीमतीको उपचारका लागि आवश्यक सहजीकरण र स्थानीय युवा तथा संघसंस्थासँगको सहकार्यमा आवश्यक सहयोग गर्ने कुरामा सकारात्मक भुमिका निर्वाह गर्ने प्रतवद्धता साथै आज गरिएको सहयोग प्रति बुधबारे जेसीजलाई सम्पूर्ण वडा कार्यालयको तर्फबाट आभार व्यक्त गर्नु भयो ।
बुधबारे जेसीज वर्ष २०२४ महासचिव गजुहाङ योङुहाङले संचालन गरेको कार्यक्रममा बुद्धशान्ति गाउपालिका वडा न.१ का वडा सदस्य मोहन कुमार राई, बुधबारे जेसीज पूर्व अध्यक्ष क्लबका अध्यक्ष प्रकाश भण्डारीको विषेश आतिथ्यता तथा न्यु स्टार युथ क्लबका अध्यक्ष एकराज भुजेल, बुधबारे जेसीजका निवर्तमान अध्यक्ष जेसी अर्जुन ढकाल लगायत जेसीज सदस्यहरुको उपस्थिती रहेको थियो ।कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष सिंहले सहयोग प्रदान गर्ने अवसर प्रदान गर्नका लागि बुधबारे जेसीजलाई सम्झनु भएकोमा स्थानीय युवा तारा याफु राई, सहयोगी दाता, वडा कार्यालय तथा वडाध्यक्षलाई धन्यबाद दिदै आगामी दिनमा बुधबारे जेसीजले यस्ता सकारात्मक र रचनात्मक कार्यहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।