काठमाडौंको बुढानीलकण्ठमा केही दिनअघि चार्जिङमा राखिरहेको बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको विद्युतीय गाडीमा आगलागी भएको छ । गत ९ पुसमा सुदीप लामिछानेको एमजी गाडीमा रातको १ बजे आगलागी भएको महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले पुष्टि गरेको छ ।
चार्जमा हालेको अवस्थामा आगलागी भएको भन्दै गाडी धनीले फोन गरेर बोलाएपछि प्रहरी घटनास्थल पुगेर आगो निभाएको एक प्रहरी अधिकारीले जानकारी दिए । ‘हामी पुग्दा विद्युतीय सवारीको चारवटै टायर बलिसकेको थियो । आगलागी नियन्त्रण भए पनि सवारी साधन पूर्ण क्षति भएको देखिन्छ,’
जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा अवतरणका क्रममा जापान एयरलाइन्सको यात्रुवाहक विमान कोस्ट गार्डको विमानसँग ठोक्किँदा भीषण आगलागी भएको छ।
एनएचके र रोयटर्स समाचारसंस्थाले जापान एअरलाइन्सलाई उद्धृत गर्दै विमानमा सवार सबै ३७९ यात्रुको उद्धार गरिएको जनाएका छन्।
जापानी प्रसारक टीबीएस र एनएचकेका अनुसार ठोक्किएको ठानिएको तटरक्षक निकायको सानो विमानबाट एक व्यक्ति बाहिर निस्किएका छन् भने त्यसमा सवार अरू पाँच जनाको अवस्था अझै थाहा हुन सकेको छैन।
विमानस्थलको धावनमार्गमा समेत आगो देखिएको छ। दुई घण्टा हुँदा पनि जापान एअरलाइन्सको विमान र त्यसको भग्नावशेषमा आगो लागिरहेको छ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित जनकल्याण बहुउद्देशीय सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुद्धशान्ति उद्योग वाणिज्य संघको सभाहलमा भएको साधारण सभामा संस्थाका अध्यक्ष चन्द्र प्रकाश कोइरालाको अध्यक्षतामा रहेको थियो । कार्यक्रममा माननीय सांसद कोशी प्रदेश प्रदेशसभा सदस्य चिन्तन पाठकको प्रमुख आतिथ्यता रहेको थियो ।सहकारी समन्वय समिति झापाका कार्यवाहक अध्यक्ष गोविन्द पौडेल, संस्थाका सल्लाहकार संयोजक मनोरथ तिवारी, ग्रामिण सहकारी अध्यक्ष नेत्र रिजाल,साना शहरि खानेपानी सचिव पुर्ण कुमार संजेल,उद्योग, बाणिज्य संघका अध्यक्ष चन्द्र प्रकाश उप्रेति,स्थानिय समाज सेवी संस्थाका सम्पुर्ण कर्मचारी विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी,स्थानिय समाजसेवी,सञ्चारकर्मीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थाले विभिन्न बिदामा कर्मचारी साथै संस्थाका सदस्यहरूलाई सम्मान समेत गरेको थियो । सम्मानित हुने अरूमा असल बचत कर्तामा डिल्लीप्रसाद नेपाल, असल बाल बचतकर्तामा मार्यन पौडेल, असल ऋणीमा रत्नमणि अधिकारी, असल कर्मचारी र पूर्व कर्मचारीतर्फ रजिना धिमाल र प्रमिला दाहाललाई फुलमाला अविर साथै दोसल्लाह अोढाएर सम्मान पत्र सम्मान गरिएको थियो ।
त्यस्तै जेष्ठ सेयर सदस्य सम्मान तर्फ तुलसीप्रसाद खतिवडा र पद्मा देवी बजगाईंलाई सम्मान गरिएको थियो
शनिबार सम्पन्न भएको साधारण सभामा कक्षा १२ उत्तीर्ण उत्कृष्ट विद्यार्थीतर्फ प्रशान्त भट्टराईलाई पनि सम्मान गरिएको थियो ।
संस्थाका सहसचिव मेनुका खड्का तिवारीले कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई शाब्दिक स्वागत गर्नुभएको कार्यक्रममा माननीय सांसद कोशी प्रदेश प्रदेशसभा सदस्य चिन्तन पाठक,सहकारी समन्वय समिति झापाका कार्यवाहक अध्यक्ष गोविन्द पौडेल, संस्थाका सल्लाहकार संयोजक मनोरथ तिवारी, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
संस्थाकी सचिव मनिषा चम्लागाई दाहालले सञ्चालन गर्नुभएको साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
सभालेसापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
अध्यक्ष: मेनुका तिवारी
उपाध्यक्ष: मेघराज आचार्य
सचिव: विनोद न्यौपाने
सह- सचिव: जानुका घमला गौतम
कोषाध्यक्ष: उषा अधिकारी निर्विरोध चयन हुनुभएको छ ।
त्यस्तै धरनि पोख्रेलको संयोजकमा तीन सदस्य समिती समेत चयन गरेको छ , सदस्यमा मनिषा चौलागाँइ ,सदस्य इस्वरी खतिवडा रहने गरि लेखा समिति समेत चयन गरेको हो ।
झापाको बुद्धशान्तिमा आयोजित चासोक तङनाम (उधौली पर्व) धुमधामका साथ मनाइएको छ । बुद्धशान्ति गाउपालिका वडा नं ४ चासोक तङनाम व्यवस्थापन समितिको आयोजनामा बुद्धशान्ति ४ स्थित टिमाइ सिविरमा नजिकै चासोक तङनाम पर्व बिशेष ७ दिने कार्यक्रम मंगलबार भव्य रुपमा सम्पन्न भएको हो । कार्यक्रममा शुभकामना आदानप्रदान, जातीय सांस्कृतिक नृत्य: युमालाङ, येबालाङ, साम्बालाङ, झाक्रीनाच, पालाम, केलाङ, साकेला, तामाङ सेलो, भलिबल आदि प्रतियोगिता लगायतको कार्यक्रम आयोजना गरिएको थियो ।
चासोक तङ्नाम समितिका अध्यक्ष महेश मेन्याङ्बोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय शमशेर राइ बिशिस्ट अतिथि प्रदेश सभा सदस्य माननीय मैया श्रेष्ठ,बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय सिरिजङ्घा भासा लिपि संरक्षण समितिका अध्यक्ष लक्ष्मी माबो,चासोक तङ्नाम समितिका उपाध्यक्ष प्रकाश साम्सोहाङ ने. क. पा. माओबादि केन्द्र प्रेम नेम्बाङ जानपा सङ्घ झापा जिल्ला अध्यक्ष पुर्ण प्रसाद तबेबुङ फेदाङ्गे ने. का. बुद्धशान्ति अध्यक्ष चक्र शेर्मा किरात याक्थुङ चुम्लुङ बुद्धशान्ति अध्यक्ष फौदराज शेर्मा सम्पुर्ण राजनितक दलका पाटि प्रतिनिधि स्थानिय बासी संन्चारकर्मी सुरक्षाकर्मी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो l कार्यक्रममा जातीय सांस्कृतिक नृत्य: युमालाङ, येबालाङ, साम्बालाङ, झाक्रीनाच, पालाम, केलाङ, साकेला, तामाङ सेलो,मौलिक नृत्य प्रस्तुत गरेका थिए ।
त्यस्तै कार्यक्रममा चासोक तङ्नाम समितिका उपाध्यक्ष प्रकाश साम्सोहाङ ले औचित्य माथि प्रकास पार्नु भएको कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष शेरवहादुर राय शिरिजङघाभासा लिपि संरक्षण समितिका अध्यक्ष लक्ष्मी माबो,चासोक तङ्नाम समितिका उपाध्य क्षप्रकाश साम्सोहाङ ने. क. पा. माओबादि केन्द्र प्रेम नेम्बाङ जानपा सङ्घ झापा जिल्ला अध्यक्ष पुर्ण प्रसाद तबेबुङ फेदाङ्गे ने. का. बुद्धशान्ति अध्यक्ष चक्र शेर्मा किरात याक्थुङ चुम्लुङ बुद्धशान्ति अध्यक्ष फौदराज शेर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई चासोक तङ्नाम समितिका उपाध्यक्ष प्रकाश साम्सोहाङले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन चासोक तङ्नाम समितिका सचिब मोहन माबोले गर्नु भएको थियो ।
वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।
उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।
किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् ।
वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।
उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।
किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् ।
पूर्णिमामा उभौली चाड मनाइन्<span;>वैशाख<span;>छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।
उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।
किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् ।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा धनगढी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा झापा एफसी र एफसी चितवनबीच भिडन्त हुनेछ
दशरथ रङ्गशालामा हुने आजको दुबै खेल क्रमशः दिउँसो १ बजे र साँझ ५ बजे सुरु हुने छ।
आजको पहिलो खेल लिग चरणकै बहुप्रतिक्षित मानिएको छ। लिग चरणको अन्तिम खेलमा भिड्दै गर्दा पोखरा शीर्ष स्थानमा रहँदै लिग चरणको यात्रा सकाउन चाहन्छ। पोखरा प्लेअफमा भने पुगिसकेको छ।
शीर्ष स्थानको पोखराले ७ खेलबाट १४ अङ्क जोडेको छ।
यस्तै धनगढीले आजको खेलमा जित निकाल्दै वा बराबरी गर्दै प्लेअफमा पुग्न चाहन्छ। धनगढी पोखरालाई हराउँदै शीर्ष स्थानमा उक्लिन चाहन्छ र पोखरासँगै पहिलो क्वालिफायर पक्का गर्न चाहन्छ। पोखरासँग हारेको खण्डमा धनगढीको अरु खेलको नतिजामा निर्भर रहनुपर्नेछ। धनगढी ७ खेलबाट १२ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ ।
आजको दोस्रो खेलमा भिड्न लागेको झापा प्लेअफको यात्रा सहज बनाउने लक्ष्यसहित मैदान उत्रने छ। चौथों स्थानमा रहेको झापा आजको खेलमा जित निकाल्दै प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ। झापाको बराबरी वा हारको नतिजाले उसको प्लेअफ खेल्ने सम्भावना अरु खेलको नतिजामा निर्भर रहनेछ।
तालिकाको पुछारमा रहेको चितवन प्रतियोगिताको सुखद अन्त्य गर्ने कोशिश गर्नेछ।
रोङ – शहर बजार केन्द्रीत हुने रक्तदान कार्यक्रम पहाडी तथा ग्रामीण भेगमा खासै आयोजना भएको पाईदैन् । रक्तदाताको अभाव र भौगोलिक विकटता त्यसको मुख्य कारण बनेको छ । रगत दान गर्दा शरिरलाई कुनैपनि किसिमको बेफाइदा हुँदैन् भन्ने ज्ञानको अभाव दुरदराजमा अहिले पनि भेटीन्छ ।
तर आज इलामको रोङ गाउँपालिकाको ग्रामिण भेगमा आयोजना भएको एक रक्तदान कार्यक्रममा भने रगत दान गर्नेहरुको उल्लेख्य उपस्तिथि रहेको थियो । सबैभन्दा खास कुरा चै विवाहकै दिन दुई जना बेहुला एकैसाथ रक्तदान गर्न सहभागि भएपछि कार्यक्रमको परिवेश नै फेरीएको थियो ।
पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर १ पिरुवाका धनकुमार बेघा बेहुली लिन भनेर इलामको रोङ गाउँपालिकको २ नम्बर वडा स्थित बदमटार आइपुगेका थिए । ससुराली घरबाट नजिकै रक्तदान भईरहेको थाहाँ पाएपछि उनी बिहे कर्म चल्दा–चल्दै थोरै समय निकालेर कार्यक्रम स्थलमा आईपुगे । रोङ–२ स्थित शशि मा.वी.मा चलिरहेको रक्तदान कार्यक्रममा उनी मात्रै आएन्न उनीसंगै एकै लगनमा विवाह बन्धनमा बाधिएका बिरकुमार राई पनि रक्तदानमा सहभागि हुन् आइपुगे ।
धनकुमार र बिरकुमार दुवै जना एकैघरका जुवाई हुन् । उनिहरुले एकै घरका दिदि–बहिनी आज एकैचोटी, एकै लगनमा विवाह गर्दै थिए । आफ्नै सामाजिक रिती अनुसार विवाह बन्धनमा बाधिएका बिरकुमार साईनोमा धनकुमारका साडुदाई पर्ने रहेछन् । पाँचथरका बिरकुमार र इलामकै धनकुमार बेहुला बनेर बसेकै अवस्थामा रक्तदान गर्न आएपछि कार्यक्रमको रौनक बढेको थियो ।
उनिहरुलाई कार्यक्रममा सबैले विवाहको शुभकामना सहित धन्यवाद ज्ञापन गरेका थियो । रक्तदानपछि सृजना सामुदायीक वनले दुबै बेहुलालाई बिरुवा हस्तनान्तरण गरेको थियो ।
रक्तदानलाई नेपाल रेडक्रस सोसाईटी हाँसपोखरी उपशाखा इलामले आयोजना गरेको थियो । सृजना सामुदायीक वन उपभोक्ता समितिको सह–आयोजना र नेपाल रेडक्रस सोसाइटी दमकको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ३० जना पुरुष र ५ जना महिला गरि जम्मा ३५ जनाले रक्तदान गरेका थिए ।
रक्तदानमा सहभागि सम्पूर्ण दाताहरुलाई समुदायीक वनको तर्फबाट कागती, अम्ब लगायतका जातको बिरुवा बितरण गरिएको थियो ।
नेपाल रेडक्रस सोसाईटी हाँसपोखरी उपशाखाका अध्यक्ष नेत्रप्रसाद पोखरेलको अध्यक्षता र रोङ–२ का वडाअध्यक्ष चन्द्रशेखर घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सृजना सामुदायीक वनका अध्यक्ष खुम्बा तामाङ, उपाध्यक्ष प्रिती प्रधान, सचिव सन्तबहादुर तामाङ, कोषध्यक्ष दलमाया राई, रेडक्रस इलाम जिल्ला सदस्य श्याम कार्की, रोङ सचिव गणेश अर्याल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरु लगायतको उपस्तिथि थियो ।
रक्तदान कार्यक्रममा रेडक्रस दमकका रक्तसंचार प्रमुख सिदार्थ दाहाल नेतृत्वको ५ जनाको टोलिले प्राविधिक सेवा प्रदान गरेको थियो ।
इलाम अस्पतालको क्वाटरसँगै रहेको भान्सा घरमा आगलागी भएको छ । जिल्ला स्वास्थ्य कार्यालयभन्दा माथि रहेको अस्पतालको क्वाटरसँगै जोडिएको भान्साघरमा आगलागी भएको हो ।
भान्साघरमा कोही नभएको अवस्थामा मङ्गलबार दिउँसो दुई बजेतिर धुवाँ आएको देखिएपछि त्यहाँ पुग्दा भित्र आगो लागिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन् ।
आगो सुरु भएलगतै इलाम नगरपालिकाको दमकलाई खबर गरे पनि दमकल जाने बाटो साँघुरो हुँदा आगो नियन्त्रण हुन सकेको छैन । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो निभाउन प्रयास गरिरहेका छन् । आगोका कारण उक्त भान्साघरमा राखिएका पाँच वटा ग्यास सिलिण्डर पड्किएको आवाज आएको स्थानीयले बताएका छन् ।
आगलागीबाट भान्साघरमा राखिएका अन्य सामग्री जलेर नष्ट भएको अनुमान गरिएको घटनास्थलमा रहेको प्रहरी टोलीले जनाएको छ । आगोबाट कुनै मानवीय क्षति भने हुन पाएन । नजिकै आगो लागेपछि अस्पतालको प्रसूति वार्डमा रहेका बिरामीलाई भने अस्पतलाको इमरजेन्सी कक्षमा सारिएको बताइएको छ । यो समाचार तयार पार्दासम्म आगो नियन्त्रणमा आएको छैन ।
बुद्धशान्ति। बुद्ध आदर्श माध्यमिक विद्यालय बुद्धशान्ति १ मा नवनिर्मित पुस्तकालय तथा प्रयोगशाला भवनको उद्घाटन गरिएको छ।
संघीय सांसद सचिवालय प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा झापा क्षेत्र नं २ ख का प्रदेश सांसद चिन्तन पाठकले उद्घाटन गर्नुभएको हो ।
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट नमूना विद्यालयको रुपमा विकास गर्न छनोट गरिएको यस विद्यालयलाई आर्थिक वर्ष २०७९–०८० मा प्राप्त भौतिक निर्माण अनुदान तर्फ १ करोड रुपैँया तथा विद्यालयको आन्तरिक श्रोतबाट ४० लाख लगानीमा आठ कोठे दुईतले प्रयोगशाला तथा पुस्तकालय भवनको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीले गर्नु भएको थियो भने उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले गर्नु भएको थियो ।
कार्यक्रममा संघीय सांसद सचिवालय प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा झापा क्षेत्र नं २ ख का प्रदेश सांसद चिन्तन पाठक लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी खतिवडा, शिक्षा बिकास तथा समन्वय ईकाइ झापाका प्रमुख राजकुमार विक, बुद्धशान्ति गाउँपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय , शिक्षक, विद्यार्थी लगायतको उपस्थित रहेको कार्यक्रमको सञ्चालन शिक्षक माधव वरालले गर्नु भएको थियो
झापाको बुद्धशान्ति ५ सम्पन्न दोस्रो शान्तिनगर जागृति नकआउट फुटबल प्रतियोगिताको उपाधि बहुबन एफसी रोङले उचालेको छ ।
आईतबार भएको फाईनलमा आयोजक जागृती क्लब र बहुबन एफसी रोङ भिडेका थिए । यसअघि आयोजकले छिमेकी क्लब बिर्तामोड र बहुबनले खुदुनाबारिलाई पराजित गर्दै उपाधी भिडन्त तय गरेको थिए । आयोजक जागृती क्लबलाई बहुबन एफसी रोङले २ गोल लगाएको थियो भने आयोजक जागृती क्लबले १ गोल मात्र फर्काउन सफल भएको थियो ।
प्रतियोगिताको विजेता बहुबन एफसी रोङले नगद ५० हजार, ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गर्यो भने उपविजेता जागृती क्लबले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।