May 10, 2024

स्वास्थ्य

रोङ गाउँपालिकामा अाजवाट पूर्ण खाेप सुनिश्चितता पालिका घाेषणा भएकाे छ ।

स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता-हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ रोङ  गाउँपालिकालाई “पूर्ण खोप गाउँपालिका घोषणा कार्यक्रम” सम्पन्न गरिएकाे हाे।स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार घोषणा गरिएको हो।खोप पाए/नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ।

राष्ट्रिय खाेप कार्यक्रम अनुसार बिभिन्न एधार प्रकारका खाेपहरु दिइने गरेकाेमा गाउपालिका भित्र खाेज अभियान अन्तरगत ९ सय साठि घर धुरीमा सभेक्षण गर्दा अाठजना वालवालिकाहरुमा खाेप छुटेकाे पाईएकाे र उनिहरुलाई सबै खाेप मापदण्डअनुसार  लगाइए पछि अब खाेप लगाउन काेहि नरहेकाे कारण सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका बनेकाे राेङ स्वास्थ्य  शाखा प्रमुख समेत रहेकाे जनस्वास्थ्य  अधिकृत युवराज काफ्लेले बताउनु भयो ।

कार्यक्रमका अवसरमा आफ्नो मन्तव्य राख्दै पूर्ण खोप गाउँपालिका घोषणा कार्यक्रम सम्म आईपुग्दा सहयोग गर्नुहुने सबै संघ संस्था, स्वास्थ्य क्षेत्रका कर्मचारी र विशेष गरि महिला स्वास्थ्य स्वयंसेविकाहरू सबैलाई गाउँपालिकाको तर्फबाट हार्दिक आभार प्रकट गर्दै गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले आगामी दिनहरूमा स्वास्थ्य क्षेत्रका समस्याहरूलाई प्राथमिकताका साथ गाउँपालिकाका नीति तथा योजनाहरूमा समेटिने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि, गाउँपालिकाका उपाध्यक्ष लगाएत अन्य अतिथिहरूले पूर्ण खोप घोषणा कार्यक्रम सम्बन्धि आ-आफ्नो मन्तव्य राखेका कार्क्रममा व्यक्त कार्यक्रमका अवसरमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गाउँपालिका क्षेत्रभित्रका ३ जना उत्कृष्ट स्वास्थाकर्मी पुरस्कृत तथा राेङमा सेवागरेर बाहिरिएका चार जना स्वास्थ्यकर्मिहरुलाई  बिदाई  गरिएकाे थियाे ।

उत्कृष्ट स्वास्थ्यकर्मी   लाई जनहि रू१००००/- का दरले नगद पुरस्कार सहित प्रमाणपत्र ,दोसल्ला ,खादा लगाई सम्मान गरिएको  थियो । यसरी सम्मानित हुनेहरुमा स्वास्थ शाखा राेङका सुनिता लिम्वु,काेल्बुङ स्वास्थ्य केन्द्रका सबिना अर्याल र रम्भ्याङ अाधारभुत स्वास्थ्य  ईकाईका रुपा राई रहनु भएको  थियो ।

रोङ गाउँपालिकाका वडा नं ३ का वडा अध्यक्ष मात्रिका बरालको अध्यक्षता रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि पालिका खोप समन्वय समिति संयोजक एवं गाउँपालिका अध्यक्ष श्री मनिकुमार स्याङ्बो , कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री बिष्णुमाया खवास,  गाउँपालिकाका अन्य निर्वाचित पदाधिकारीहरू, कर्मचारीहरू, सबै वडाका स्वास्थ्य चौकीका कर्मचारीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, संघ संस्थाका प्रतिनिधि, विभिन्न पार्टीका पार्टी प्रतिनिधिहरू लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमरोङ गाउँ कार्यपालिकाका स्वास्थ्य शाखा नर्सिङ्ग कर्मचारी  श्री सुनिता लिम्बुले स्वागत मन्तव्य राख्नु भएको थियो ।

उहाँले रोङ गाउँपालिका पूर्ण खोप गाउँपालिका घोषणा भएकोमा खुसी व्यक्त गर्दै नेपाल सरकारको स्वास्थ्य क्षेत्रको प्राथमिकता प्राप्त कार्यक्रमको रूपमा रहेको पूर्ण खोप स्थानीय तह घोषणा कार्यक्रमलाई घोषणामा मात्र सिमित नराखि यसको दिगोपना सुनिश्चितताका लागि गाउँपालिकाले ध्यान दिनुपर्ने विचार व्यक्त गर्नु भएको थियो ।

पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले  बताउनु भयो 

झापाको बुद्धशान्ति १ स्थित छलिमाया स्मृति जेसीज सचिवालय भवनमा बुधबारे जेसीजले बालबालिकाको निशुल्क स्वास्थ्य परिक्षण, आवश्यक ल्याब टेष्ट र औषधी वितरण सम्बन्धी शिविर संचालन गरेको छ ।बुधबारे जेसीजको आयोजना, होक्से पोलिक्लिनिक एन्ड डाइगन्ष्टिक सेन्टरको सहआयोजना र विर्तामोड चिल्ड्रेन अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको हो ।शिविरमा बुद्धशान्ति गाउँपालिकाका ५१ बालबालिकाको निशुल्क स्वास्थ्य परिक्षण, ५० जनालाई औषधी तथा १५ जनाको निशुल्क ल्याब टेष्ट गरिएको बुधबारे जेसीजका निवर्तमान अध्यक्ष तथा होक्से पोलिक्लिनिक एन्ड डाइगन्ष्टिक सेन्टरका प्रबन्ध निर्देशक अर्जुन ढकालले जानकारी दिनु भयो । बुधबारे जेसीज वर्ष २०२४ का अध्यक्ष दुुर्योधन सिंह राजपुत (देव) को अध्यक्षता तथा कार्यक्रम संयोजक कुशल अधिकारीको संयोजकत्वमा संचालन गरिएको शिविर उद्घाटन कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्षहरु शेमन्त पोखरेल, हेमन्त बराल, मुकेश भट्टराई, नन्दकुमार याफू राई, बुधबारे जेसीजका मानार्थ सदस्य दिपेन सिटौला, बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धिरेद यादवको अतिथ्यता रहेको थियो । त्यस्तै बुधबारे जेसीज पूर्व अध्यक्ष क्लबका अध्यक्ष प्रकाश भण्डारी, विर्तामोड चिल्ड्रेन अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. सुजना मैलानी, प्रबन्ध निर्देशक तथा बाल रोग विशेषज्ञ डा. रुपक आचार्य र विर्तामोड चिल्ड्रेन अस्पतालका अध्यक्ष लिला मैनालीको विषेश अतिथ्यता र बुद्धशान्ति गाउँपालिका वडा नं. १ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यता शिविर उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
शिविर उद्घाटन कार्यक्रममा बुधबारे जेसीज पूूर्व अध्यक्ष क्लबका अध्यक्ष प्रकाश भण्डारी, विर्तामोड चिल्ड्रेन अस्पतालका अध्यक्ष लिला मैनाली र प्रमुख अतिथि वडाध्यक्ष अनिल वाग्लेले शुुभकामना मन्तव्य राख्नु भएको थियो । बुधबारे जेसीज वर्ष २०२४ का उपाध्यक्ष सुरज दंगालले संचालन गरेको कार्यक्रममा, वर्ष २०२४ थिम डाइरेक्टर कृष्ण ढकालले जेसीज आस्था वाचन गर्नु भएको थियो भने कार्यक्रम संयोजक कुशल अधिकारीले कार्यक्रमको औचित्यमा प्रकाश पारदै उपस्थित सम्पूर्णलाई स्वागत गर्नु भएको थियो  । कार्यक्रममा उपस्थित तथा सहयोगी सम्पूर्णमा धन्यवाद तथा स्वास्थ्य सेवा व्यवसायिक मात्र नभएर सेवामुलक हुनुपर्छ भन्ने कुराको विचार व्यक्त गर्दै बुधबारे जेसीजले आगामी दिनमा थप रचनात्मक कार्यहरु गर्दै जाने प्रतिबद्धता सहित अध्यक्ष सिंहले कार्यक्रमको समापन गर्नु भएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित श्री बुद्धआदर्श माध्यमिक विद्यालयको सभाहलमा १ दिने निःशुल्कआँखा शिवीर सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं १ जुनियर/ युवा रेडक्रस सर्कल श्री बुद्धआदर्श माध्यमिक विद्यालय बुद्धशान्ति १ को आयोजना तथा मेचि नेत्रालय आँखा अस्पताल मेचिनगर काकरभिट्टा झापाको प्राविधीक सहयोगमा शुक्रवार १ दिने  निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।शिविरमा युवा रेडक्रस सर्कलका अध्यक्ष सहिद गजमेरको अध्यक्षता साथै नेपाल रेडक्रस सोसाइटी झापा सदस्य हरि प्रसाद पोख्रेलको
प्रमुख आतिथ्यतामा भएको शिविरमा बुद्धआदर्श विद्यालयका बालविकास देखि कक्षा १२ सम्मका  ८५९ जना विद्यार्थिले आँखा परीक्षण गराएका थिए । साथै शिविरमा जटिल समस्या भएका ७० जना चस्मा लगाईरहेका २२ जना, हस्पिटल सिफारिस भएका ४८ जना र सामान्य समस्या भई अौषधि प्राप्त गर्ने ४५ जना  रहेका थिए ।विद्यालयको सभाहलमा शुक्रबार भएको शिविरमा आँखाको एलर्जि आँखा रातो हुने आँखामा मुसा पलाएको आँखाको दृष्टीमा अल्छिपना दृष्टिकमजोर भई चस्मा लगाउनु पर्ने जस्ता समस्याहरू देखा परेका थिए ।शिविरमा अौसधि खानु पर्ने र लाउनु पर्ने भएका विरामीहरूलाई  आवश्यक अनुसार औषधि समेत निशुल्क  वितरण  गरिएको थियो ।
स्वास्थ्य शिविरमा मेचि नेत्रालय आँखा अस्पताल मेचिनगर काकरभिट्टाका स्वास्थ्य कर्मीहरुले प्राविधिक सेवा प्रदान गरेका थिए ।

  अायोजक

 

समितिका स्वाथ्य संयोजक मनिता पुरिले उपस्थित सम्पुर्ण अतिथिहरूलाई शाब्दिक स्वागत गरेको कार्यक्रममा विद्यालय जुनियर/ युवा रेडक्रस सर्कल शिक्षक नायक मिना नेपालले कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्नु भएको थियो  भने 

नेपाल रेडक्रस सोसाईटी उपशाखा बुद्धशान्तिका सभापति पुष्पराज भट्टराई, संस्थाका सचिव जित बहादुर श्रेष्ठ, संस्थाका कोषाध्यक्ष देवेन्द्र निरौला, शिक्षक अभिभावक संघका अध्यक्ष  राजेन्द्र कुमार राई  विद्यालयका सहायक प्रधानाध्यापक दिपक वुढाथोकी, मा. वि. इन्चार्ज हेमेन्र्द खतिवडा आधारभुत इन्चार्ज टिकाराम खवास, प्रा. वी. इन्चार्ज,ज्ञान बहादुर धिमाल, संस्थाका सम्पुर्ण कर्मचारि  विद्यार्थी शिक्षक अभिभावक  लगायतको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सन्चालन आयोजक समितिका सचिव पुजा कार्कीले गर्नु भएको थियो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित श्री आदर्श नमुना सामुदायीक वन उपभोक्ता समुहको सभाहलमा १ दिने निःशुल्कआँखा शिवीर सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं ३ को कार्यलय साथै नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको आयोजना र मेचि आँखा अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा आज १ दिने  निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

शिविरमा नेपाल रेडक्रस सोसाइटी  बुद्धशान्ति उपशाखाका अध्यक्ष  पुष्पराज भट्टराईको अध्यक्षता साथै बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङको
प्रमुख आतिथ्यतामा भएको शिविरमा १७२ जनाले आँखा परीक्षण गराउनु भएको संस्थाका सदस्य टंक निरौलाले जानकारि दिनु भयो ।

साथै शिविरमा ३० जना भन्दाबढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निशुल्क चस्मा वितरण गरिएको थियो ।
मंगलबार भएको शिविरमा सम्पूर्ण विरामीहरुलाई आवश्यक अनुसार औषधि समेत निसुल्क  वितरण  गरिएको थियो । शिविरमा ५ जनाको मोतिया विन्दुवाट अप्रेशन गर्नु पर्ने समस्या देखिएको छ । उनिहरूलाइ प्राविधिकको सल्लाह अनुसार अप्रेशन गर्ने बताईएको छ ।स्वास्थ्य शिविरमा मेचि आँखा अस्पताल विर्तामोडका स्वास्थ्य कर्मीहरुले प्राविधिक सेवा प्रदान गरेका थिए ।
शिविरमा आदर्श नमुना सामुदायिक वन कार्यलयका सचिब भोजराज बास्तोला, वडा नं ३ कार्यपालिका सदस्य नर्वदा चापागाँइ सदस्य लिला परियार,आदर्श सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष वसन लिम्बू ,उपाध्यक्ष खगेन्द्र आचार्य,
संस्थाका सम्पुर्ण कर्मचारि स्थानिय सेवा ग्राही लगायतको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सन्चालन संस्थाका सदस्य केसव खुलालले गर्नु भएको थियो ।

कोशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू गरेको छ ।

मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश अस्पताल र चारवटा निजी अस्पतालसँग आइतबार सम्झौता गरेर बालबालिकाको निःशुल्क उपचार सुरू गरेको हो ।
मन्त्रालयले नोबेल शिक्षण अस्पताल बिराटनगर, हाम्रो अस्पताल बिराटनगर , विराट शिक्षण अस्पताल बिराटनगर , काठमाडौं इन्टिच्यूट अफ चाइल्ड हेल्थ दमकसँग सम्झौता गरी निःशुल्क उपचार सुरू गरिएको हो ।

दुई पक्षीय सम्झौता पत्रमा मुख्यमन्त्री कार्कीको उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा, काठमाडौं इन्टिच्यूट अफ चाइल्ड हेल्थ दमकका डा. भगवान कोइराला, नोबेल अस्पतालका निर्लेशक डा. राजेश नेपाल लगायतले हस्ताक्षर गरेका थिए ।
त्यस अवसरमा मुख्यमन्त्री कार्कीले बच्चा अस्पतालमा भर्ना गरेर अभिभावकले ऋण खोज्न जाने दिनको आजबाट कोशी प्रदेशमा अन्त्य भएको बताए ।
बालबालिका बिरामी भएपछि अस्पतालमा भर्ना गरेर ऋण खोज्न जाने, उपचार शुल्कमा छुट गराउनका लागि नेताको घर धाउने र उपचार खर्च तिर्न नसकेर मसानघाट लग्न फेरि नेताको घर धाउने र उपचारमा सबै सम्पति सकेपछि अन्त्यमा कात्रो किन्ने पैसा माग्नु पर्ने दिनको आजबाट कोशी प्रदेशमा अन्त्य भएको छ,’ उनले भने, ‘अस्पताल प्रमुखहरूलाई सबै बालबालिकालाई आफ्नै छोराछोरी सम्झेर उपचार गरेर कुनैपनि बालबालिकाको उपचार अभावमा ज्यान जान नदिन आग्रह छ ।’

निजी अस्पताल पनि प्रदेश सरकार मातहतको नै भएकाले यसमा बच्चाको उपचारको लागि जुनसुकै उपकरण बिग्रिएको अवस्थामा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता उनले जनाए ।
कोशी प्रदेशमा ५ वर्षमुनिका एक हजार बालबालिकामध्ये ३४ जनाको मृत्यु हुने गरेको बाल मृत्यु दर कोशी प्रदेशमा रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य बिमामा आबद्ध भएकाहरुले आगामी माघ १ गतेदेखि २५ शय्यामाथिका स्वास्थ्य संस्थाबाट उपचार सेवा लिँदा १० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने भएको छ ।

कुनै पनि स्वास्थ्य संस्थाबाट आकस्मिक सेवा लिनुपरेमा भने यो नियम लागु नहुने स्वास्थ्य बिमा बोर्डले जनाएको हो ।

पछिल्लो समय बिमितले जथाभावी उपचार गराउने गरेकाले सहभुक्तानीको व्यवस्था लागु गर्नुपरेको दाबी बोर्डको छ । स्वास्थ्य बिमामा हाल पाँच जनासम्मको परिवारले ३५ सय तिरेमा एक लाखसम्मको उपचार सेवा पाउने गरेकामा बोर्डले भुक्तानीको रकममा पुनरवलोकन गरी सुविधाको दायरा बढाउन लागेको हो ।

बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाका अनुसार स्वास्थ्य संस्थाहरुलाई असारसम्मको भुक्तानी भइसकेको छ । हाल नेपालमा करिब ७५ लाख मानिस स्वास्थ्य बिमामा आबद्ध छन् ।

इलामको राेङ गाउपालिका वडा न ६ काे सरस्वती माध्यामिक बिद्यालयमा क्रियाशिल रहेकाे जुनियर रेडक्रस सर्कलकाे आयाेजना र नेपाल रेडक्रस साेसाईटि हाँसपाेखरी उपशाखाकाे समन्वयमा भएकाे रक्तदान कार्यक्रममा ८ महिला सहित ५० जनाले रक्तदान गरेका छन,।हरेक शुक्रवारलाई सृजनात्मक शुक्रवार बनाउन वालसहभागिता कार्यक्रम गर्ने गरेकाे बिद्यालयमा अाज भएकाे रक्तदान कार्यक्रममा गाउपालिका अध्यक्ष मनिकुमार स्याङ्वाे,वडा न ६ का अध्यक्ष सत्यम राई चाैरासे,प्रधानाध्यापक गाेबिन्द पाैडेल,बिब्यास अध्यक्ष प्रेम साङपाङ लगायतले पनि रगतदान गरेका थिए ।

जुरेस सभापति बिन्या प्रधानकाे अध्यक्षतामा भएकाे कार्यक्रम गाउपालिका अध्यक्ष मनिकुमार स्याङवाेले मैनबत्ती वालेर उद्घाटन गर्नु भएकाे थियाे ।गाउपालिका अध्यक्ष स्याङ्वाे,वडाध्यक्ष चाैरासे हासपाेखरी उपशाखा अध्यक्ष नेत्र पाेखरेलले शुभकामना दिनुभएकाे कार्यक्रममा गाउपालिका स्वास्थ्य  शाखाले पठाएकाे शुभकामना सहित सहयाेगि सघसस्था,दाता सचारमाध्याम,रगत दाता सबैमा बिद्यालयका प्रअले स्वागत र धन्यवाद दिनु भएकाे थियाे ।

“म रगत दान गर्छु” भनेर स्बेचि्छक घाेषणा  र हस्ताक्षर गर्दै सहभागिता हुने गाउमा पहिलाे पटक रक्तदानहुदा बिसभन्दा बढि नहुने  आकलन भएपनि ५० जनाले रगत दान गर्दा अपेक्षाकृत सफल भएकाे कार्यक्रमकाे सचालन बिद्यार्थी सजाेग राईले गरेका थिए ।

स्वस्थ खानपानको कुरा आउनासाथ फाइबर छुट्दैन । फाइबरयुक्त खानेकुरा खानुपर्छ भन्ने धेरै सुनिन्छ । फाइबर एक प्रकारको कार्बोहाइड्रेट हो, जुन वनस्पतिजन्य खानेकुराबाट पाइन्छ । यो मुख्यतया फलफूल गेडागुडी, ड्राइ फुट्स तथा हरियो सागसब्जीमार्फत पाइन्छ ।

फाइबरले कसरी पेट सफा गर्छ ?

फाइबरलाई पेट सफा गर्ने ब्रस समेत भनिन्छ । यसले आन्द्रामा टाँसिएर बसेका खानेकुरालाई धक्का दिएर पेटलाई सफा गर्ने काम गर्छ । फाइबरले पाचन प्रक्रियामा सुधार ल्याई कब्जियत, पायल्स, पेटको समस्या वा मलद्वारको समस्या हुनबाट जोगाउँछ ।

फाइबर घुलनशील र अघुलनशील गरी दुई प्रकारको हुन्छ । घुलनशील फाइबर पानीमा घुल्छ, जुन पानीसँग मिसिएर हाम्रो पाचन प्रणालीमा जेलजस्तो पदार्थ बनाउँछ । यसले रगतमा कोलेस्टेरोल र ग्लुकोजको मात्रा कम गराउँछ । गेडागुडी, स्याउ, गाँजर, जौ लगायतमा पाइने घुलनशील फाइबरले तौल घटाउन पनि मद्दत गर्छ ।

त्यस्तै अघुलनशील फाइबर पानीमा घुल्दैन । पेट भर्न अर्थात् भोक शान्त गर्न भूमिका खेल्ने अघुलनशील फाइबरले दिसाको मात्रा बढाउँछ । जसकारण कब्जियत, पायल्सको समस्या हुन दिंदैन । अघुलनशील फाइबर गहुँको चोकर, नट र तरकारी इत्यादि पर्छन् ।

फाइबरले पेटमा राम्रो ब्याक्टेरियालाई उत्पादन गरेर खानालाई राम्रोसँग पचाउन मद्दत पुर्‍याउँछ ।

फाइबरको मुख्य स्रोत के के हुन् ?

तरकारी, फलफूल, ड्राइ फ्रुट, गेडागुडी, बोक्रासहितको फलफूल, सलाद, सम्पूर्ण अन्न, ओट्स, चियासिड र आलस फाइबरका राम्रा स्रोत हुन् । ब्रो काउली, गाँजर, हरियो सागसब्जी, काउली, च्याउ, कुरिलो, हरियो केराउ पनि फाइबरका राम्रा स्रोत हुन् ।

एभोकाडो, स्याउ, काफल, केरा, सुन्तलाजस्ता फलफूलमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । बदाम, ओखर, पेस्टा, बाबरी, सौफ, राजमा, सोयाबिन, दालका विभिन्न परिकारमा पनि फाइबर पाइन्छ । मकै, गहुँ, जीरा, ज्वानो र खैरो चामलमा पनि अत्यधिक मात्रामा पाइन्छ । अन्य खानेकुरामा पनि धेरैथोरै फाइबरको मात्र हुने गर्छ ।

फाइबर किन पेट र पाचनका लागि महत्वपूर्ण छ ?

फाइबरको मुख्य काम पेटमा खाना पचाउन मद्दत पुर्‍याउनु हो । यसले कब्जियतको समस्याबाट टाढा राखेर कब्जियतको समस्या हटाउँछ ।

अन्य फाइदा
फाइबरले कोलेस्टेरोल, रक्तचाप र सुगरको समस्यामा प्रभावकारी काम गर्छ । फाइबरयुक्त खानेकुराले रक्तचापलाई नियन्त्रणमा राखी हृदयघात हुने जोखिम कम गराउँछ ।

फाइबर तौल घटाउन पनि प्रभावकारी हुन्छ । यसैकारण तौल घटाउनका लागि चिकित्सक र पोषणविद्हरुले रेसादार सागसब्जी र सलाद खान सल्लाह दिन्छन् । तपाईं आफ्नो खानामा फाइबरयुक्त फल र सागसब्जी समावेश गर्न सक्नुहुन्छ । यसले तौल घटाउन निकै मद्दत गर्नेछ ।

फाइबरले शरीरमा कोलेस्टेरोलको मात्रा नियन्त्रण गरी मुटुरोगबाट समेत बचाउँछ । यदि शरीरमा कोलेस्टेरोलको मात्रा बढी भएमा मुटुका लागि निकै खतरनाक हुन सक्छ ।

फाइबर नखाए के हुन्छ ?

फाइबर खाँदै नखाने भन्ने हुँदैन । हामीले दैनिक उपभोग गर्ने खानेकुरामा थोरै मात्रामा भए पनि फाइबर भएकै हुन्छ । यदि फाइबरयुक्त खाना कम खाएमा कब्जियत, मलद्वार र पेटको समस्या हुन्छ ।

फाइबर दैनिक कति खाने ?

फाइबर मानिसको उमेर र लिंगअनुसार खानुपर्छ । सामान्यतया ५० वर्षमुनिका महिलाले २५ ग्राम सेवन गर्नुपर्छ भने पुरुषले ३८ ग्राम । त्यस्तै ५१ वर्षमाथिका महिलाले दैनिक २१ ग्राम फाइबर सेवन गर्नु राम्रो हुन्छ भने ३० ग्राम खानुपर्छ ।

इलामको माईजोगमाई गाउँपालिका र नेपाल नेत्र ज्योती संघ इलामको आयोजना तथा बिराटनगर आखा अस्पतालको प्रबिधिक सहयोगमा माइजोमाई गाउँपालीकाको सबै बिद्यालयहरुका बिद्यार्थी तथा ५० वर्ष माथिका नागरीकहरुलाई निशुल्क आँखा जाँच कार्यक्रम आइतबार बाट संचालन गरेको छ ।

आइतबार भएको सिबिरमा माईजोगमाई गाउंपालिका वडा नं. ४ नेपाल ज्योति मा बि नामसालिङमा १ सय १४ जनाले सेवा लिएको गाउंपालिका उपाध्यक्ष प्रबिना राईले बताउनु भयो

गाउंपालिकाको सबै वडामा भएका बिद्यालयहरुमा सिबिर संचालन गर्ने र सबै बिद्यार्थी तथा ५० वर्ष माथिका नागरिकहरुलाई पूर्ण सेवा प्रवाह गर्ने गाउंपालिका अध्यक्ष कुस बहादुर थेबेले बताउनु भयो  । यो कार्य सूरु भएको र सबै वडाहरुमा आंखा जांच सिबिर नसकिउन्जेल सम्म निरन्तर संचालन भईरहने त्यहाँ वाट पत्रकार डम्बर निरौलाले जानकारि दिनु भयो ।

स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण (रेफर) भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने व्यवस्था गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक डा।मदनकुमार उपाध्यायले कुनै रोगका लागि एकपटक रेफर गरेपछि फलोअपमा अर्को कुनै रोगका लागि फरक अस्पतालमा जानका लागि रेफर लिन नपर्ने निर्णय गरेको हो ।

यसअघि अस्पताललाई फओअपमा आउँदा पुनः रेफर गरेर आउनु भन्ने गरेको थियो । सो रोगका उपचार गर्न आउने बिरामीलाई सहजीकरण होस् भनेर एक पटक रेफर गरेपछि रोग निक्र्योल नहुँदासम्म फलोअपका लागि आउँदा पुनः रेफर पूर्जी लिई रहननपर्ने व्यवस्था मिलाउने गरेका छौँ”, उहाँले भन्नुभयो ।

यसअघि सोही रोगका लागि पुनः उपचार गर्नका लागि रेफर पूर्जी लिएर आउनुपर्ने व्यवस्था थियो । बोर्डले असारसम्मको भुक्तानीलाई शून्यमा झार्नेका लागि विज्ञ समूह बनाएको पनि उहाँले जानकारी दिनुभयो । स्वास्थ्य संस्थाले दाबी गरेका भुक्तानीलाई असारमसान्तसम्म शून्यमा झार्नका लागि पाँच सदस्यीय विज्ञ समूह गठन गरिएको छ । समूहले सेवा प्रदायक स्वास्थ्य संस्थाबाट पेस भएका दाबीलाई पुनरावलोकन गर्नका लागि सातै प्रदेशमा परिचालन भई अनुगमन गर्ने छन् ।

विज्ञ समूहमा चिकित्साशास्त्रमा स्नातकोत्तर गरेको विशेषज्ञ चिकित्सक, एकजना मेडिकल अधिकृत, एकजना फार्मेसी अधिकृत, बोर्डको दाबी व्यवस्थापन शाखाबाट एकजना र आइटी शाखाबाट एकजना रहन जनाइएको छ । एक महिनाभित्र दाबी पुनरावलोकन गर्ने छन् । यस्तै बोर्डले नियमित औषधि सेवन गरिरहेका दीर्घरोगीले अब तीन(तीन महिनाको औषधि पाउने भएको उहाँले बताउनुभयो । यसअघि दीर्घरोगीलाई बीमा कार्यक्रममार्फत एक(एक महिनाका लागि औषधि दिने गरिन्थ्यो । बोर्डले स्वास्थ्य बीमाको सुविधा थैलीअन्तर्गतको औषधिको शूल्क समयानुकूल समायोजन गर्न समिति बनाई एक महिनाभित्र प्रतिवेदन पेस गर्नेसमेत निर्णय गरेको छ ।

औषधिको शुल्क तीन वर्षमा समायोजन गर्ने भनिए पनि अहिलेसम्म गरिएको थिएन । वि।सं।२०७२ चैत २५ गते गुणस्तरीय स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्याउनका लागि स्वास्थ्य बीमा बोर्ड स्थापना गरिएको थियो । बीमाअन्तर्गत हाल एक लाखसम्म बीमित परिवारले निः शुल्क उपचार सेवा पाउँछन् । एकदेखि पाँच जनासम्मको परिवारले प्रत्येक वर्ष बीमितवापत तीन हजार पाँच सय र पाँच जनाभन्दा बढी भएको खण्डमा प्रत्येक एक जना बराबर थप सात सय थप्नुपर्छ । बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार हालसम्म ७४ लाख बीमित भए पनि करिब ४७ लाख मात्रै सक्रिय छन् ।