April 28, 2024

खेल

बुद्धशान्ति । झापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुुबतारा स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले हराउँदै आयोजकले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

आयोजकका लागि खेलको १७ औ मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रस पासमा डि–बक्समा अनमार्क रहेका थापाले गोललाई पोष्टको दिसा दिएका थिए ।

खेलको ७० औं मिनेटमा मैदानको मध्यभागबाट सिंगल खेल्दै आयोजक टिमका प्रदीप बुढाथोकीले अग्रता दोब्बर बनाए ।

बिपक्षी खेलाडी बिट भइसकेको समयमा बुढाथोकीले सुन्दर गोल गर्दै आयोजकको जित सुनिश्चित पारेका थिए ।

खेलको इन्ज्युरी समयमा ध्रुुबताराका सञ्जय धिमालले सान्त्वना एक गोल फर्काएपनि जितका लागि त्यो पर्याप्त हुन सकेन । अनमार्क धिमालले वान टुवानको स्थितिमा गोल फर्काएका थिए ।

खेल अवधिभर आयोजक आदर्शले ध्रुुब्तारामाथि दवाब कायम राखेको थियो । ध्रुुबताराले निर्धारित ८० मिनेटको खेलमा बिपक्षी टिमबिरुद्ध खासै मुुभ बनाउन सकेको थिएन ।

खेलको ४५ औं मिनेटमा ध्रुुबताराका रजिन माझीले गरेको फ्रि किक आयोजकका गोल रक्षक उपेन्द्र लुहागुनले उत्कृष्ट बचाउ गरेका थिए ।
खेलको २३ औं मिनेटमा आयोजक आदर्शका उमेश याङवाले दिएको पासलाई प्रदीप बुढाथोकीले गोल गर्न सकेनन् । उनको प्रहार बिपक्षी गोलरक्षक आयुश लिम्बुले नियन्त्रणमा लिए ।

खेलको म्यान अफ द म्याच आयोजक आदर्श युवा क्लबका पहिलो गोलकर्ता पुजन थापा घोषित भए । उनले नगद तीन हजार रुपैंयाँ पुरस्कार पाए ।

भोलीको खेलमा बिर्तामोड युनाइटेड एफसीले भारतको नर्थ बंगाल एफसीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नेपाल र भारतका आठवटा टिमको सहभागिता रहेको छ ।

२०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो । दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो वर्ष तेस्रोपटक भएको क्लबका अध्यक्ष मातृका श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले लामो समय स्थगित भएको प्रतियोगिता सुरु गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।

उहाँले आगामी बर्षदेखि प्रतियोगितालाई निरन्तरता दिन आग्रह गर्दै गाउँपालिकाले सहयोग जारी राख्ने आश्वासन दिनुभयो ।

बैसाख १५ गतेदेखि सञ्चालन हुने तेस्रो आदर्श च्यालेञ्ज कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नं १ मा रहेको श्री बुद्धआदर्श माध्यमिक विद्यालयको  खेलमैदानमा  हुने प्रतियोगिताको मैदान व्यवस्थापन, प्याराफिट निर्माण लगायतका मुख्य काम सम्पन्न भएको तेस्रो आदर्श च्यालेञ्ज कप फुटबल कल्बका
सचिव दुर्योधन सिंह (देव) ले जानकारी दिनु भयो ।

फुटबल प्रतियोगिताका लागि खेल मैदान सजिसजावटको काम समेत अन्तिम चरणमा पुगेको छ ।

प्रतियोगिताका लागि खेल मैदान सम्याउने काम भईसकेको छ । दर्शकको सुविधाका  लागि अस्थायी प्यारापिट निर्माण गर्ने काम भएको छ । भोलि बाट हुने तेस्रो आदर्श च्यालेञ्ज कप फुटबल प्रतियोगितामा नेपाल र भारतका आठ वटा टिमको सहभागिता रहने बताइएको छ ।
२०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो।

दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो बर्ष तेस्रो पटक प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगितामा आदर्श युवा क्लब बुद्वशान्ति, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, मानेभञ्ज्याङ एफसी भारत, धरान एफसी, बिर्तामोड युनाइटेड, नर्थ बंगाल एफसी भारत, रेड हर्ष एफसी इलाम र बेलबारी एफसी मोरङको सहभागिता रहने आयोजक आदर्श युवा क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले जानकारी दिनु भयो ।प्रतियोगिताको बिजेताले नगद २ लाख, उपबिजेताले १ लाख ट्रफी र मेडल पाउने छन । प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद ३ हजार रुपैया पुरस्कार पाउने छन् ।

फाईनल खेलका उत्कृष्ठ ग‍ोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र उदियमान खेलाडीले जनही ५ हजार रुपैया पुरस्कार पाउने छन् ।

प्रतियोगितामा २१ लाख ९६ हजार रुपैया खर्च हुने अनुमान प्रतियोगिता संयोजक मनेष दाहालले बताउनु भयो ।

प्रतियोगितालाई भब्य बनाउन हरेक दिन सांस्कृतिक कार्यक्रम, विभिन्न जात जातीका झाँकी प्रदर्शन गरिने तयारी रहेको बताईएको छ ।

बुधबारेको इन्दिरा फाउन्डेसनको प्रायोजन रहने प्रतियोगिताको प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघले गर्नेछ । प्रतियोगितालाई बुद्धशान्ति गाउँपालिकाले मुख्य सहयोग गरेको छ ।

झापा बुद्धशान्तिका जीवनाथ अधिकारी उमेरले ५२ पुगे।गाउँमा हुने खुल्ला म्याराथनका “एकल बिजेता”।
जीवनभर आफू र आफ्नो ठाउँको नाम राख्न प्रयत्नरत अधिकारी यतिबेला मेची -महाकाली दौडेर छाती चौंडा बनाएर आफ्नो ठाउँ फर्कदैछन्।
उनले २२ दिनमा १०५० किलोमिटर दुरी पार गरेर सशक्त परिचय बनाएका छन् । आधा शताब्दी पार गरेका अधिकारीले दैनिक औसत ४७ किलोमिटरका दरले दौड भरेका हुन् ।

झापा जिल्लाको उत्तरपुर्वी कुनोमा बिभिन्न कालखण्डमा बनेका चर्चा भन्दा उचो परिचय बोकेर फर्कदैछन् जीवनाथ यसपाली।

अहिले सम्झँदा गडिगाउँ माविको त्यो खेल मैदान जीवनाथका लागी साँघुरो रहेछ र उनले आफ्नो उडान मुलकभर भरे।

संन्चारकर्मी विश्णु लामीछाने सग गरिएको केही कुराकानी ,  जस्ताको तस्तै ,।

विश्रो मगजमा यो संवाद अहिले पनि स्पष्ट छ-
“यस्पालि सक्दिन भाई म” उनले भने।

होइन दाइ, तपाईंले छोड्न हुन्न” मैले भनेको चाँही दाइले मान्लान् जस्तै गरी मैले अनुरोध गरेँ।

यद्यपि उनी आफ्नो विचार र निर्णयमा सधैं कटिबद्ध थिए।
मैले बुझेसम्म उनी निर्णय अन्तिम घडीमा मात्रै गर्थे  वा भनौं अन्तिम क्षणमा टुङ्गो लाउने निर्णय उनले पहिल्यै तय गरेर बस्थे।

झल्झली याद छ, गडिगाउँ माविको मैदानमा ७ फन्को लाएपछि बल्ल जीव दाइले रफ्तार लिन्थे। अरु घाँटी र पिँडूलाका नशा तन्काएर थाक्दा उनी तङ्रीएको झैँ देखिन्थे।
जीवन दाइ! जिवन दाइ!! हुटिङ शुरु हुन्थ्यो।

यो जीवेले जवान दौड कहिलै नछोड्ने भो “,उनका सहपाठी र गाउँलेहरु खासखुस कुरा गरेको सुनिन्थ्यो।

साँस्कृतिक र खेलकुदका गतिविधि नियाल्न बनाइएको स्टेजमा बसेका प्रमुख अतिथिलाई हेडसरले कुरा सुनाउथे।
यो मान्छेले जवान दौड जितेको १२ साल भो,कहिल्यै थाक्दैन आघुँदेखि चै कुद्दिन भन्दैछ”।

निकै सालसम्म यस्ता संवादहरु गडिगाउँ माविमा गुन्जिए।
त्यो आवाज गडिगाउँ मावि र साविक शान्तिनगरको घेराले थिचिरह्यो।

म बैकुण्ठ मानन्धरबाट प्रेरणा लिएको मान्छे हु, तर अहिले भेट्रेन म्याराथन हुन्छ भने म सबैलाई उछिन्छु” भन्दै चोकमा गफ गरेको धेरै पटक धेरैले सुनेका छन् ।

तर उनका ती कुराले कसैलाई पनि तबसम्म छोएन जबसम्म उनले मेचीपुलबाट आफ्ना पाइला चालेनन्।बुढेसकालमा गफ लायो जिवेले भन्ने सम्म भेटिए। मेची-माहाकाली कुदेर पार गर्ने कुरा जीवनाथको चियाको कप होइन भन्ने धेरैलाई लागिरह्यो। आखिर अधिकारीले सबैलाई फ्लप खुवाउँदै यो यात्रा तय गरेका छन् ।

उमेरले आधा शताब्दी नाघेसी हेमन्त रानाको गीत जस्तै ४० कटेसी रमाउला भनेर आफ्नो दैनिकी भुल्नेहरु धेरै छन् ।
तर जीवनाथमा रहेको परिचय बदल्ने हुटहुटी आफैंले पुरा गरेका छन् ।
सुगम झापाको दुर्गम भूगोलमा गायन, कलाकारिता, वा केही तरक्की गर्नेहरु नभएका भने होइनन् तर कसैले पनि यो स्थानका लागी स्थायी परिचय बनाउन नसकेको भने पक्का हो।
ठुटेबर ढलेपछि शान्तिनगरले स्थायी परिचय पाउन नसकेको खडेरीमा जीवनाथ नयाँ पाउला बनेर फर्केका छन् ।

झापाको बुद्वशान्तिमा बैशाख १५ गतेदेखि तेस्रो आदर्श च्यालेञ्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

आदर्श युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहने आयोजकले सोमबार पत्रकार सम्मेलन गरेर जनाएको छ । २०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो । दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो बर्ष तेस्रो पटक प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको बिजेताले नगद २ लाख, उपबिजेताले १ लाख ट्रफी र मेडल पाउने छन ।

प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद ३ हजार रुपैया पुरस्कार पाउने छन् । फाईनल खेलका उत्कृष्ठ गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र उदियमान खेलाडीले जनही ५ हजार रुपैया पुरस्कार पाउने छन् ।प्रतियोगितामा २२ लाख ५० हजार रुपैया खर्च हुने अनुमान गरिएको आयोजक क्लबका नि बर्तमान अध्यक्ष मनेष दाहालले जानकारी दिनु भयो  । प्रतियोगितालाई भब्य बनाउन हरेक दिन सांस्कृतिक कार्यक्रम, विभिन्न जात जातीका झाँकी प्रदर्शन गरिने तयारी रहेको आयोजक समितिका दुर्योधन सिंह (देव)ले जानकारी दिनु भयो  ।

झापाको बुद्धशान्ति गाउँपालिकामा आगामी २०८१ बैशाख १५ देखि २२ गते सम्म तेस्रो आदर्श च्यालेन्ज कप अन्तर्राष्ट्रिय आमन्तत्रण नकआउट फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।

आदर्श युवा क्लब बुद्धशान्तिले आयोगना गर्ने सो प्रतियोगितामा नेपाल र भारत सहित ८ टोलीको सहभागिता रहने छ ।

आदर्श युवा क्लबका पूर्व अध्यक्ष मनेश दाहालको संयोजकत्वमा हुन लागेको यो प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि दुई सय १ सदस्य मुल आयोजक समिति, २५ सदस्य सचिवालय समिति र १० वटा विभागिय उपसमितिहरु निर्माण गरि तिब्र रुपमा तयारी भइरहेको क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले जानकारी दिनु भयो  ।

स्थानीय बुद्ध आदर्श मा.वि.को खेल मैदानमा आयोजना हुने प्रतियागिताका लागि खेल मैदानको तयारी अन्तिम चरणमा पुगेको, दाता तथा प्रायोजक संघ संस्था तथा सहभागी टीमहरुसँग समन्वय भइ रहेको संयोजक दाहालले बताउनु भयो  ।

प्रतियोगिताको विजेता टोलीले नगद दुई लाख र उपविजेताले एक लाख नगद सहित ट्रफी, मेडेल तथा प्रमाण प्रत्र प्राप्त गर्नेछन् भने प्रत्येक खेलमा म्यान अफ द म्याच, तथा प्रतियोगिताको उत्कृष्ट गोलकिप्पर, हाई स्कोरर, म्यान अफ द टुर्नामेन्ट र फेयर प्ले टीम बिधामा नगद तथा अन्य पुरस्कार प्रदान गरिने दाहालले जानकारी दिनु भयो ।

चर्च ब्याइजसँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै आयोजक झापा ११ एफसी छैटौँ झापा गोल्डकपको सेमिफाइनलबाट बाहिरिएको छ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटमा आयोजक झापा ११ लाई ४–३ गोल अन्तरले पराजित गर्दै चर्च ब्याइज फाइनलमा प्रवेश छ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्याइज झापा गोल्डकपमा पहिलोपटक सहभागी हुँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो। झापा यसअघिका पाँच पटक फाइनलमा पुगेर पनि उपाधि जित्नबाट टाढा रहँदै आएको छ। यो पटक सेमिबाटै बाहिरिँदा समर्थक मैदानमा निराश देखिए। उपाधिका लागि फागुन २८ गते हुने फाइनलमा चर्च ब्याइज विभागीय टोली सशस्त्र प्रहरीको एपिएफसँग भिड्नेछ। पेनाल्टी सुटआउटमा चर्च ब्याइजको लागि सुरज जिउ ठकुरी, विजय भुजेल, अबयोमी अलुवासेउन फकुन्ले र गोलकिपर तथा कप्तान दीप कार्कीले गोल गरे। चर्च ब्याइजका सर्ज डिकाको प्रहार विपक्षी गोलकिपर सुदिप लिम्बूले बचाए। झापाको लागि आदित्य शाक्य, विवेक पौडेल, आशिष् चापागाईंले गोल गरे। प्रदीप बुढाथोकीको प्रहार क्रस वारमा लागेर फर्कियो। विदेशी खेलाडी मार्क जुनियर ह्यारिसनको प्रहार चर्च ब्याइजका गोलकिपर दीप कार्कीले बचाए। खेल बराबरी भएपछि १४ मिनेटको अतिरिक्त समय थप गरिएको थियो। सो समयमा विजय भुजेलको प्रहार पोस्टमा लागेर फर्किएको थियो। अतिरिक्त समयको दोस्रो हाफमा मार्क जुनियर ह्यारीसनले बक्सबाहिरबाट हानेको शक्तिशाली प्रहार गोलकिपर दीप कार्कीले बाहिर फ्याल्दै चर्च ब्याइजको संकट टारेका थिए।यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। घरेलु समर्थन पाएको झापाको तुलनामा चर्च ब्याइज बलियो देखिएको थियो। उसले बल पकड राख्दै दबाब बनाए पनि फाइनल थर्डमा चुकेको हो। पहिलो हाफमा भने दुवै टोली फिक्का रहे। खासै गतिलो अवसर बनाउन सकेनन्। खेलको ५१औँ मिनेटमा चर्चका अबायोमी अलुवासेउन फकुन्लेले हानेको शक्तिशाली प्रहार गोलकिपर सुदिप लिम्बूले बचाए। ५३औँ मिनेटमा सुरज जिउ ठकुरीले करिब २५ यार्ड टाढाबाट हानेको प्रहार गोलकिपर सुदिपले पन्च गरेर बाहिर फ्यालेको हुन्। ६३औँ मिनेटमा सुरजको पासमा विजय भुजेल बक्सभित्र बल पाए पनि सदुपयोग गर्न सकेनन्। एक मिनेट बाँकी रहँदा चर्च ब्वाइजका फाकुन्लेको प्रहार गोलकिपर सुदिपले उत्कृष्ट बचाउ गरे।  झापाले भने केही मात्र राम्रा अवसर बनाउन सक्यो। खेलको २६औँ मिनेटमा आशिष् चापागाईँले हानेको प्रहार गोलकिपर दीप कार्कीले बचाए। ६२औँ मिनेटमा कप्तान पेमा तामाङले बनाएको सुन्दर अवसरमा झापा गोल गर्न चुक्यो। आशिष् चापागाईंले मिलाएको सुन्दर पासमा विदेशी खेलाडी मार्क जुनियर ह्यारिसन गोल गर्न चुक्दा घरेलु समर्थक स्तब्ध बनेका थिए। सेमिफाइनल खेलको प्लेयर अफ दि म्याच चर्च ब्वाइजका गोलकिपर दीप कार्की घोषित भए।उनले मेडलसहित ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। फागुन १९ बाट सुरु भएको गोल्डकपको विजेताले नगद १३ लाख तथा उपविजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसैगरी विधागततर्फका खेलाडीले २५ हजार प्राप्त गर्ने गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनु भयो ।

देवान फुटबल क्लब र नामसालिङ फुटबल क्लब शिवरात्री गोल्डकपको फाईनलमा प्रवेश

माईजोगमाई गाउपालिका वडा नं ६ प्याङमा प्याङ खेलकुद बिकास समितिको आयोजनामा संचालन भईरहेको शिवरात्री गोल्डकपको सेमिफाईनल खेल सम्पन्न भएको छ ।

आज भएको सेमिफाईनल खेल अन्तरगत जौवारी फुटबल क्लव र देवान फुटबल क्लव बिच भएको खेलमा खेल अवधिभरमा दुवै टिमबाट कुनै पनि गोल गर्न नसकी खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा ३ का बिरूद्द ५ गोल गर्दै देवान फुटबल फाईनलमा प्रवेश गरेको छ ।त्यसैगरी इडेन भ्यालि र नामसालिङ फुटबल क्लब बिच भएको खेलमा खेल अवधिभरमा दुवै टिमबाट १-१ गोल भई खेल ट्राईब्रेकरमा पुगेको हो । ट्राईब्रेकरमा ३ का बिरूद्द ४ गोल गर्दै नामसालिङ फुटबल क्लब फाईनलमा पुगेको छ ।

खेलको फाईनल खेल फागुन २७ गते आईतबार प्याङ माबिको खेलमैदानमा हुने छ । खेलको बिजेता टिमले नगद रू ५०००० साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने छ भने उपबिजेता टिमले नगद ३०००० साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पार्ने छ ।

फाईनल खेलको दिन माईजोगमाई गाउपालिका र संदकपुर गाउपालिका बिच मैत्रीपूर्ण महिला फुटबल खेल साथमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत  रहने आयोजकले जनाएको छ ।
फाईनल खेलको प्रत्यक्ष प्रसारण माईजोगमाई खवरको फेसबुक पेजमा हेर्न सकिने छ ।

चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब छैटौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मच्छिन्द्र फुटबल क्लबविरुद्ध २-१ को जित निकाल्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीका लागि खेेेलको ६१ औं मिनेटमा नवयुग श्रेष्ठ र ८० औं मिनेटमा बसन्त जिम्बाले गोल गरे ।

दुईपटकको ए डिभिजन लिग बिजेता मच्छिन्द्रले खेलमा सुरुवाती अग्रता लिएकाे  थियो । मच्छिन्द्रका लागि खेलको ११ औँ मिनेटमाा हिसुब थपलियाको उत्कृष्ट पासमा विदेशी खेलाडी स्टेफन्स विनोङ्सले गोल गरे ।

तर, अग्रतालाई जोगाउन नसक्दा मच्छिन्द्रले पराजय भोग्न पर्यो । पहिलो आफमा केही कमजोर देखिएको आर्मीले दोस्रो हाफमा मच्छिन्द्रलाई दबाबमा राख्न सक्यो । दोस्रो हाफमा मच्छिन्द्रले राम्रो फिनिसङ गर्न सकेन ।

आर्मी झापा गोल्डकपको उपाधि दाबेदार मानिन्छ । जितसँगै आर्मीले फाइनल प्रवेशका लागि अर्को विभागीय टोली एपीएफ फुटबल क्लबसँग शुक्रबार खेल्नेछ । खेलअफ द म्याच आर्मीका बसन्त जिम्बा भए । उनले नगद ११ हजार प्राप्त गरे ।i

भाेलि बिहीबार आयोजक झापा-११ र एन्फा मकवानपुरबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।

२८ गतेसम्म चल्ने झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टिमले सहभागिता जनाएका छन् । छैटौं संस्करणको झापा गोल्डकपको विजेता टिमले नगद १३ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले नगद सात लाख रुपैयाँ पाउने अध्यक्ष बिनाेद बस्नेतले जानकारी दिनु भयाे। प्रतियोगिताका मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिनेछ ।

उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै एपिएफ फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ ।

एपिएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।

एपिएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदिप लामाले गोल गर्न सफल भए । बागमतीका अभि लामा, विमल घिसिङ, र दिवस लिम्बूले गोल गरे भने निर्मल घिसिङ र अनिल राना मगरको प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले विफल बनाएका थिए ।

एपिएफ ए डिभिजन लिगबाट रेलिगेसनमा परेको छ । यद्यपि, एपिएफले अर्को क्लबमाथि गरेको उजुरी छानबिन नभएसम्म यसको निर्णय भएको छैन । एपिएफले पहिलो चरणको खेलमा टाइब्रेकरमा संकटा फुटबल क्लबलाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको थियो ।
सि डिभिजनको बागमती युथ क्लबले झापा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको हो । बाई पाएर क्वार्टर फाइनल खेलेको बागमतीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्धारित समयमा स्कोर गर्न भने सकेन ।

खेलको १० औँ मिनेटमा पेनाल्टी एरियाबाट बागमतीका अनिल राना मगरले गरेको कडा प्रहार फ्रेममा पर्न सकेन । २६ औँ मिनेटमा सनम धिमालले पेनाल्टी एरियाबाट गरेको प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए ।

पहिलो हाफको इन्ज्युरी समयमा अग्रता बनाउने अवसर बागमतीले गुमाएको थियो । बागमतीका निर्मल घिसिङको फ्रिकिक बारको नजिकैबाट बाहिरिएको थियो । खेलको ५४ औँ मिनेटमा एपिएफका दिपेश धिमालले गरेको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । खेलको अधिकांश समय बल नियन्त्रणमा लिए पनि एपिएफको फिनिसिङमा कमजोरी देखिएको थियो ।

खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा प्रतिक्रिया दिँदै विजेता टिम प्रशिक्षक सुनिल श्रेष्ठले रणनीतिअनुसार खेल प्रदर्शन गर्न नसकेको बताए l

उनले झापा जस्तो प्रतिष्ठित गोल्ड कपमा जर्सीमा टेपिङ गर्नुपर्ने अवस्था आउनु लज्जास्पद भएको स्वीकारे । टेपिङका कारण खेलाडीले अपेक्षाकृत खेल्न नसकेको बताए ।

जर्सी अभावका कारण एपिएफले टेप टाँसेर खेल खेलाएको थियो । बागमती युथ क्लबका प्रशिक्षक सुनिल श्रेष्ठले पाएको अवसर सदुपयोग गर्न नसकेको बताए । अवसर सदुपयोग गर्न सकेको भए निर्धारित समयमा नै स्कोर हुन सक्ने अवस्था रहेको उनले बताए । खेल अवधिभर एपिएफलाई बागमतीले दबाबमा राखेको थियो ।

खेलको प्लेयर अफ द म्याच एपिएफ फुटबल क्लबका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ नगद पुरस्कार पाए । पहिलो चरणको खेलमा पनि श्रेष्ठ प्लेयर अफ द म्याच भएका थिए ।

मंगलबारको दोस्रो क्वार्टर फाइनल खेल एनआरटी फुटबल क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुनेछ ।