October 2, 2023

Uncategorized

झापा । नागरिक समाजका अभियन्ता, समाजसेवी दुर्गा प्रसाईँले दलका नेता भ्रष्ट भएकाले आज देशको  यो अवस्था भएको बताएका छन ।


युवा नागरिक समाज झापाको प्रथम वार्षिकोत्सव तथा साधारणसभा लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने क्रममा प्रसाईले नेपाली जनताले भ्रष्ट नेताहरूलाई दिएको भोटकै कारण यस्तो हुन पुगेको दावी गरेका हुन  । अब नेपाली जनताले विचार र सोचलाई परिवर्तन गर्नु पर्ने भन्ने आसयमा नेपाली समाज देखेपछि घिन लागेर आउने भन्ने अभिव्यक्ति दिएका हुन । उनले आफ्नो अभियानमा साथ दिन देशलाई सही बाटोमा डोर्याउन आफूले मात्र सक्ने दावी गरेका छन् । प्रसाईँले सम्बोधनको क्रममा राष्ट्रिय राजनीति र वर्तमान विषयहरूमा तिखो प्रतिक्रिया व्यक्त गरेका छन् ।


तपाईँहरू देखे पछि घिन लागेर आउछ, यहाँ मान्छेले मान्छेलाई चिनेनन्, देश टाट पल्टियो देश बचाउने मान्छे भनेको ढाका टोपी खोलेर भन्छु  म दुर्गा प्रसाईँ हो ।’  उनले ऋण तिर्न नसकेर अभियान चलाएको भन्ने विषय  सन्दर्भमा भने ‘ म सँग ५ देखि ७ हजार करोड सम्पत्ति होला, मलाई सम्पत्तिको आवश्यकता छैन, छोरा छोरी डाक्टर छन्, नाति पढाउने आफ्नै स्कुल छ मलाई किन पैसा चाईयो, मेरो काठमाडौंको १०० रोपनी जग्गा बेचे भने ५ सय करोड ऋण तत्कालै तिर्न सक्छु ।’


विगतका दिनमा नेकपा माओवादीका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीको एकदमै निकटतम व्यक्ति रहेको बताउने प्रसाईँले आज भने केपी ओलीको नियत र कार्यशैली  ठिक नलागेको आरोप लगाएका छन् । प्रसाईँले आक्रोश पोख्दै आफ्नो सम्बोधनलाई निरन्तरता दिदै भने ‘ओली, प्रचण्ड र शेरबहादुर देशको सबैभन्दा भ्रष्टाचारी हुन, यिनीहरूको कसैको सुनको, कसैको चाँदीको, कसैको किट र माटोको भाँडा छ पाक्ने भनेको भष्ट्राचार नै हो । ओलीले दलाललाई खुशी बनाउन दमकमा भ्युटावर बनाउन राज्यको पैसा लगानी गरे ।’

समाजलाई भ्रष्टाचार मुक्त र सुसाशन युक्त बनाउने उद्देश्यका साथ झापाको बिर्तामोडमा स्थापन भएको यूवा नागरिक समाजको प्रथम वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न भएको छ । आज (आइतबार)  विर्तामोड –२ स्थित जय ड्रिमल्याण्ड पार्कमा सभा सम्पन्न भएको हो ।समाजका अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन सत्रमा नागरिक अभियानका अगुवा दुर्गा प्रसाईँको प्रमुख आतिथ्यता रहेको थियो ।
यूवाहरुको चाहना, सुशासनयुक्त नगरको परिकल्पना भन्ने नारा अघि सारेर विभिन्न सचेतनामूलक तथा खबरदारी अभियानमा सक्रिय रहँदै आएको संस्थाको पहिलो साधारणसभा उपस्थितको संख्या उल्लेखनीय रहेको थियो ।

समाजले स्थापनाको पहिलो वर्ष बिर्तामोड नगरपालिकाले स्थानीय सरकारको चरम दुरुपयोग गर्दै कुनै अमुख प्राइभेट कम्पनीमा जनताको करमार्फत उठेको पैसा लगानी गर्ने निर्णय विरुद्ध खरो खबरदारी, मेची प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणमा भएको कमजोरी विरुद्ध सशक्त खबरदारी, बिर्तामोड नगरपालिकामा नातावाद र कृपावाद आधारमा नगर प्रहरीहरूले गरेको आर्थिक चलखेल विरुद्ध लिखित उजुरीको आधारमा छानविन गर्दा प्रहरीले गलत देखिए पछि दोषी उपर कारवाही  स्वरुप निलम्बन गराउन बाध्य पारिएको, बिर्तामोड नगर अस्पतालमा देखिएको लापरबाहीको पटक पटक खबरदारी गरेको, बताए ।

भद्रपुर नगर समितिको आयोजनामा हप्ताको शनिबारलाई श्रमबार घोषणा गरेर सचेतना कार्यक्रमहरू गर्दै आएको, हलुवागढ सामुदायिक वन समितिमा देखिएको चरम लापरबाही र भ्रष्ट्राचारको भण्डाफोर गरेर करोडौं मूल्यको सखुवा काठहरू सडिएर जाने अवस्थाबाट जोगाएका लगायत १० वटा जनदवाव तथा खबरदारी कार्यक्रम गरिएको अध्यक्ष केशव भण्डारीले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा विशेष अतिथि डा। लक्ष्मी मैनाली, जयनारायण ढुङ्गाना, सुजु बुढाथोकी लगायतले मन्तव्य राखेका थिए ।कविता ओलीले स्वागत गरेकी थिइन भने रिना ओडारीले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

इलामको रोङ गाउँपालिकाले पछिल्लो समय कृषि र पर्यटन विकासका क्षेत्रमा स्थानीय तहहरुबाट लोभ लाग्दो प्रगति थाले पछि यहाँका स्थानीय यसबाटै आत्मनिर्भर बन्ने बाटोमा लागेका छन् ।

गाउँपालिकाले पर्यटन प्रवर्धनको लागि सामुदायिक होमस्टे सञ्चालनमा ल्याएको छ । २२ वटा घरलाई सामुदायिक होमस्टेमा रुपान्तरण गरेर सञ्चालनमा ल्याएपछि पर्यटक आगमन पनि वढेको गाउँपालिकाले जनाएको छ ।

विगत ५ वर्षदेखि ‘दशकेलो सामुदायिक होमस्टे’ सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले बताउनु भयो कालिदास नेपाल, अष्ट्रेलियन सरकारको सहयोगमा सामुदायिक होमस्टे सञ्चालन गरिएको उहाँको भनाई छ ।

थोरै पैसामा प्रकृति सजाएर पर्यटन विकासको काम रोङ गाउँपालिकाले गरिरहेको उहाँले बताउनु भयो । पालिकाभित्र पर्ने सानो पाथीभरा मन्दिर व्यवस्थापन समितिले अनियमितता गरेको भेटिएपछि सो मन्दिरको समेत पालिका आफैँले व्यवस्थापन थालेपछि धार्मिक पर्यटक मात्रै वढेका छैनन्, मन्दिरको आम्दानी पनि वढेको छ ।

पालिकाले सानो पाथीभरादेखि मेचीसिद्धी दोभानसम्म १९ किलोमिटर लामो करसोङ पदमार्ग समेत सञ्चालनमा ल्याएको छ । पालिकामा रहेको सानो पाथीभरमा वार्षिक डेढदेखि २ लाखसम्म पर्यटक आउने गरेका छन्।

पालिकाले स्थानीयवासीलाई गुन्द्रुक र सिस्नो उत्पादनमा समेत प्रोत्साहन गर्दै आएको छ । गाउँपालिकाले रोङको पहिचानका रुपमा गुन्द्रुक र सिस्नुको प्रचारप्रसार र बिक्री वितरणको व्यवस्था मिलाइदिएपछि स्थानीयहरुको आयाआर्जनको श्रोतसमेत वढेको पालिका अध्यक्ष बताउनु हुन्छ ।

पालिकाकी सूचना अधिकृत श्रुती कुमारी तामाङका अनुसार पालिकाले मौरी पालनलाई समेत प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

गत बैशाखयतामात्र कृतिम रानी मौरी उत्पादनका लागि पालिकाभित्रका १० जना कृषकलाई ३ साता लामो तालिम दिइएको छ भने पालिकाले यो अवधिमा मात्र ३५ हजार फलफूलको विरुवा वितरण गरेको छ ।

कागती, एभोकाडो र कफीका विरुवासमेत दिदै आएको पालिकाले स्थानीय कृषकलाई ६०० वटा मौरीका आधुनिक घार वितरण गरेको कुमारी तामाङ बताउनु हुन्छ ।

मौरी विकास कार्यक्रम अन्तर्गत १७० जना कृषकलाई मौरीपालन तालिम दिएको पालिकाले स्थानीयले पालेका गाईको कृतिम गर्भाधानमा समेत लगानी गर्दै आएको छ ।

बाख्रा साना व्यवसायिक पकेट कार्यक्रम अन्तर्गत पालिकाका ५ वटा वडामा ५० प्रतिशत अनुदान दिएर बाख्राको खोर बनाउने कामसमेत सम्पन्न भएको पालिका अध्यक्ष बताउनु हुन्छ ।

इलामको रोङ गाउँपालिकास्थित सानो पाथीभरा मन्दिरको विषयमा गठित छानबिन समितिले आधिकारिक प्रतिवेदन सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय इलाममा शुक्रबार पत्रकार सम्मेलन गरी प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले छानबिन प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

छानबिन समितिले प्रतिवेदन बुझाएको दुई सातापछि प्रजिअ पोख्रेलले प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदनमा ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ बराबरको हिसाव नदेखिएको उल्लेख छ । त्यस्तै १७ लाख ६६ हजार ९ सय ९ रुपैयाँ बैंक मौज्दातमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
छानबिन समितिले आर्थिक वर्ष ०७५/७६ देखि ०७९ माघ मसान्तसम्म मन्दिरको आम्दानी ३ करोड १४ लाख ६२ हजार नौ २९ रुपैयाँमध्ये दुई करोड २० लाख ९१ हजार दुई ४२ रुपैयाँ मात्र खर्च देखिएको जनाएको छ ।

प्रतिवेदनमा आव ०७५/७६ मा ८६ लाख ६ हजार ६ सय ६४, ०७६/७७ मा ७१ लाख ४३ हजार ३ सय ४५, ०७७/७८ मा ४२ लाख ३ हजार ५ सय ३४, ०७८/७९ मा ८२ लाख १ हजार ७ सय ७३ र ०७९ माघसम्म ३३ लाख ७ हजार ६ सय १२ रुपैयाँ आम्दानी भएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै खर्चतर्फ आव ०७५/७६ मा ९१ लाख ९१ हजार १ सय ९५, ०७६/७७ मा ५० लाख २५ हजार ७ सय ७०, ०७७/७८ मा ३६ लाख ५० हजार ६ सय २२, ०७८/७९ मा २८ लाख १३ हजार ७ सय ७८ र ०७९ माघसम्म १८ लाख ९ हजार ८ सय ७७ रुपैयाँ देखिएको प्रतिवेदनमा उल्लेख छ ।
प्राप्त कागजातका आधारमा ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ पाथिभरा संरक्षण संस्थासँग मौज्दात देखिएपनि त्यो रकम कहाँ छ भन्ने पत्ता लाग्न नसकेको छानबिन समितिको भनाई छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गत ३१ भदौमा प्रजिअलाई प्रतिवेदन बुझाएको थियो । तर प्रजिअले अध्ययनका लागि भन्दै तत्काल प्रतिवेदन सार्वजनिक नगर्ने बताएपछि गाउँपालिकाले ४ असोजमा पत्रकार सम्मेलन अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । सो अध्ययन प्रतिवेदनमा उल्लेखित विवरण र छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनको विवरणमा एकरुपमा देखिएको छ ।
छानबिन समितिमा रोङ गाउँपालिकाको तर्फबाट प्रतिनिधिका रुपमा चार्टर एकाउन्टेन प्रज्वल अधिकारी सदस्य थिए । गाउँपालिको अध्ययन प्रतिवेदन समेत उनै अधिकारीले तयार गरेका थिए । त्यसैले दुवै प्रतिवेदनमा भाषिक भिन्नता भएपनि आम्दानी र खर्चको विवरणमा एकरुपता छ ।


पाथिभरा मन्दिरमा भेटी हिनामिना भएको व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले गत २३ जेठमा सहायक प्रजिअ कोइरालाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । पाथीभरा संरक्षण संस्थाको मातहतमा रहेको सानो पाथिभरा भन्दिरको नामले चिनिएको मन्दिरको संचालन तथा व्यवस्थापनको जिम्मेवारीसहित गत १ फागुनदेखि गाउँपालिकाले लिएको छ ।
पुरानो समितिले विगत ५ वर्षमा ३ करोड मात्र भेटि संकलन गरेको देखिएको छ । पालिकाको मातहतमा आएपछि फागुनयता मात्र १ करोड ६ लाख भन्दा धेरै भेटी संकलन भएको रोङ गाउँपालिकाले जनाएको छ ।

कारवाही गर्ने प्रजिअको प्रतिवद्धता

यता प्रजिअ पोख्रेलले पाथीभरा संरक्षण संस्थालाई कानुनी कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् । ‘अब हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयसँग छलफल र परामर्श गर्छौं’ प्रजिअ पोख्रेलले पत्रकारहरुसँग भने, ‘संस्था तथा संस्थाका पदाधिकारी र सदस्यहरुलाई कानुन बमोजिम कारवाही गर्छौं ।’

प्रजिअ पोख्रेलले कहिलेसम्म कारवाही गर्ने भन्ने यकिन गर्न भने नसकिने बताए । उनले तालुकदार निकायसँगको छलफल र परामर्शका आधारमा कानुनी कारवाही गर्ने बताउँदै समयको भने यकिन गर्न नसकिने बताए ।

झापाको बुद्धशान्तिमा करिब तीन साता अघि पानीमा डुबेर एक युवकको मृत्यु भएको घटना सम्बन्धमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । गत भदौ १९ गते बुद्धशान्ति १ स्थित कुलोमा डुबिरहेको अवस्थामा बुद्धशान्ति गाउँपालिका २ निवासी १९ वर्षीय मनोज तामाङ भेटिएका थिए ।

उनलाई प्रहरीले तत्काल उद्धार गरी बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाए पनि उपचारको क्रममा मृत्यु भएको थियो । सो घटना सम्बन्धमा मृतक मनोजसंगै पौडी खेल्न गएका चार जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १९ वर्षीय सन्देश परियार, रोशन मगर, उनका भाइ १८ वर्षीय सुजन मगर र १९ वर्षीय प्रशन सिवा रहेका छन् ।

मृतकका बुवा तीर्थ तामाङले पाँच दिनअघि उनीहरुविरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरीपछि अदालतबाट पक्राउ पूर्जी ल्याएर उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक रोहितकुमार शर्माले बताए ।

उनले पोस्टमार्टम रिपोर्टमा कारण नखुलेपछि भिसेराका लागि काठमाडौं पठाएको पनि जानकारी दिएका छन् । पाँच जनासंगै नुहाउन गएकोमा तामाङ नुहाएको ठाउँभन्दा ५ सय मिटर दक्षिण भेटिएका थिए । उनको शरीरमा विभिन्न चोट देखिएको मृतकका बुवा तीर्थ तामाङले बताए । ‘कुलोमा पानी नभएको अवस्थामा कसरी बगेर ५ सय मिटर दक्षिण पुग्यो’, उनले भने, ‘डुब्दा पानी खानु पथ्र्यो त्यो पनि पाइएन ।’ संगै नुहाउन गएका साथीहरुले आफ्नो छोरा घटनामा पर्दा जानकारी नगराएको तामाङको दुःखेसो छ । मृतक परिवारले जाहेरी दिएपछि पक्राउ गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले भिसेरा रिपोर्ट आएपछि घटनाको कारण खुल्न सक्ने जानकारी दिएका छन् ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं.२ स्थित साहारा साकोस वरपिपल जेष्ठ नागरिक चौतारी नवनिर्मित भवनको उत्घाटन गरिएको छ ।


विहिबार उत्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई साथै विषिष्ठ अतिथि पालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा वाट संयूत्त रुपमा रिवन काटी शिलालेख खोलेर उत्घाटन गरिएको हो ।

बुद्धशान्ति गाउँपालिका साहारा नेपाल साकोसको साथै जन सहभागिताको आर्थीक सहयोगमा भवन निमार्ण भएको हो । संस्थाका अध्यक्ष सुदर्शन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं २ का वडा अध्यक्ष डिल्लि अोलि, साहारा नेपाल जेष्ठ नागरिक उप समिति संयोजक राम रोक्का, गाउँ कमिटि जेष्ठ नागरिक अध्यक्ष कृष्ण प्रसाद फुयेल, वडा नं २ का वडा सदस्य विक्रम बोहोरा,स्थानिय सामाज सेबि लगायतको अातिथ्यता रहेको थियो ।

भवन निर्माणका लागि बुद्धशान्ति गाउँपालिका बाट १० लाख, साथै साहारा नेपाल साकोस बाट १० लाख साथै स्थानिय जन सहभागिता बाट ३ लाख २० हजार गरि २३ लाख २० हजारको लागतमा भवन निर्माण सम्पन्न गरिएको छ ।

कार्यक्रममा संस्थाकी कोषाध्यक्ष रत्नकला फुयेलले उपस्थित सम्पुर्णलाई शाब्दिक स्वागत गर्नु भएको कार्यक्रममा प्रमुख अतिथी प्रसाइले साहारा साकोस वरपिपल जेष्ठ नागरिक चौतारी नवनिर्मित भवनको उत्घाटन हुँदै गर्दा भवनको घेरा बारा बिजुलि नजिकै रहेको विरिङ खोलाको छेउमा ढुङ्गा जालिवाल लगाउने लगायको अझै काम बाकि रहेकाले पालिका बाट गर्नु पर्ने सहयोगमा क्रमागत रूपमा गर्दै जाने बताउनु भयो ।

जेष्ठ जागरिक वडा समिति सचिब दिननाथ गौतमले प्रगति विवरण प्रस्तुत गर्नु भएको कार्यक्रममा विषिष्ठ अतिथि गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा,साहारा नेपाल जेष्ठ नागरिक उपसमिति संयोजक राम रोक्का, वडा नं २ का वडा अध्यक्ष डिल्लि अोलि, लगायले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 


विहिबार बुद्धशान्ति २ मदनपुर स्थित साहारा साकोस वरपिपल जेष्ठ नागरिक चौतारी भवनको उत्घाटन कार्यक्रमको संचालन संस्थाका सचिब नारायण प्रसाद लुइँटेलले गर्नु भएको थियो ।

राेङ गाउँपालिकाका सामुदायिक बिद्यालयहरु प्रबिधिमैत्रि बन्दै
अाधुनिक सचार प्रबिधिकाे कारण ससारकाे भूगाेल नै सागुराे बन्दै गएकाे र प्रबिधि युक्त शिक्षा धेरै पैसा तिरेर शहरका स्कुलमा मात्र पाईन्छ भन्ने धारणालाई चिर्दै पालिका भित्रका सामुदायिक बि्यालयहरुलाई अाधुनिक सुचना र सचार प्रबिधिमा ढालिन लागिएकाे हाे ।
पालिका भित्रका तिसवटा सामुदायिक बिद्यालयहरुमा ईन्टरनेटकाे पहुच पुगेपछि गत बर्ष मात्रै करिव पाचकराेडकाे ईलाेक्टाेनिक डिभाईस हरु जडान गरिएकाे छ ।
जसका लागि हरेक माबिहरुमा दुईवटा स्मार्ट बाेड पुर्याउन वीसवटा स्मार्ट बाेड,१ सय पचास वटा ल्यापटप,१ सय साठि बटा डेक्सटप,एघार वटा प्रिन्टर,नाै वटा माध्यामिक बिद्यालयहरुमा एघारवटा का दरले सि सि क्यामेरा,तिसबटै बिद्यालयहरुमा ई हाजिरिका उपकरणहरु खरिद र जडान गरिसकिएकाे राेङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङबाेले बताउनु भयो ।

प्रबिधिकाे जडान पछिसिकाईका नयाँ सामाग्रिहरु खाेज गरि शिक्षण सिकाई गर्न सहज हुने र महंगाे शुल्क तिरेर शहरका बिद्यालयहरुमा दिएने शिक्षा गाउका बिद्यालयहरुवाट नै दिन सकिने गाउपालिकाकाे अपेक्षा रहेकाे छ । यसैगरि उपकरणकाे बितरण पछि उपकर सचालनमा अभ्यस्त बन्न गाउपालिकाले प्रयास गरेकाे छ । हरेक बिद्यालयबाट अाई सि टि फाेकल पर्सन मागेर २०८० काे जेठ मासन्त सम्ममा सबै शिक्षकहरुलाई अनुराेध गरि भदाे २० सम्म कसले कति जान्याे भनेर सुनिश्चितता पत्र मागेर बिबरण संकलन गरिसकेकाे गाउँपालिकाले अव केहि दिनपछि शिक्षकहरुकाे प्रयाेगात्मक स्किल टेस्ट गर्ने तैयारी गरिरहेकाे छ । प्राय सबै बिद्यालयबाट शिक्षकहरुले अाफुले सिकेकाे सिपकाे विवरण पठाई सकेकाे र नजानेकाे कुरा समय अवधि राखेर नै सिक्ने प्रतिबद्धता अाएकाेमा थप दक्ष बनाउन गाउँपालिकाले सहयाेग गर्ने अध्यक्ष स्याङ्वाेले बताउनु भयो ।


उक्त कम्प्युटर सामाग्रीहरु प्राप्त गरेपछि यसै बर्षभित्र सबै बालबालिकाहरुलाई कम्प्युटरका बेसिक कुराहरु सिकाउन कतिपय बिद्यालयहरुले थालिसकेका छन् ।

मोटरसाइकलको एयर फिल्टरमा ब्राउन सुगर लुकाएर ल्याउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका-२ बस्ने ४२ वर्षीय दीपक प्रसाईँ रहेका छन् ।हिजो साँझ ५.३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.६ स्थित काँकडभिट्टा भन्सार गेट अगाडी इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.५.प. ५७०९ को मोटरसाइकलमा सवार प्रसाईँलाई शङ्का लागेर चेकजाँच गर्दा मोटरसाइकलको एयर फिल्टरमा लुकाई छिपाई ल्याउँदै ४ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मोरङको पथरीशनिश्चरे २ मा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा एक पुरुसको बेबारिसेशव फेला परेको छ ।

अनुहार सडिएको अवस्थामा भेटिएको बेबारिसे शव को पहिचान खुल्न नसकेपछि जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरीकार्यालय पथरिले सहयोगका लागि अपिल गरेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिकाले नजिकिँदै गरेको चार्डवाडलाई मध्यनजर गर्दै बुद्धशान्ति गाउँपालिकाले गाउँपालिका अन्र्तरगत रहेका सरोकारवाला पक्षहरुसंग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षतामा भएको थियो । नजिकिँदै गरेको बडा दशैँ, शुभ दिपावली तथा छठ लगायत चाडपर्वलाई कसरी व्यवस्थित , मर्यादित र शान्तिपूर्ण तवरबाट बुद्धशान्तिमा सम्पन्न गराउने विषयमाथी सम्बन्धित सरोकारवाला पक्ष, सर्वदलीय ,सर्वपक्षीय भेलामार्फत छलफल गरिएको छ।
बुद्धशान्ति गाउँपालिकाका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि , प्रतिनिधिमुलक संघसंस्थाका प्रमुख , ईलाका प्रहरी कार्यालय ,सशस्त्र प्रहरी बेस क्याम्प टिमाई ,सामुदायिक प्रहरी बुद्धशान्ति , ट्राफिक प्रहरी बुद्धशान्ति, बुद्धशान्ति उद्योग वाणिज्य संघ , बजार ब्यवस्थापन समिति, उपभोक्ता हित संरक्षण मन्च ,बुधबारे जेसीज, आदर्श युवा क्लबका प्रमुख, गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडा , प्रमुख प्रशासकीय अधिकृत, सम्पुर्ण वडाका वडाध्यक्ष , गाउँकार्यपालिका सदस्यहरु, संचारकर्मीहरु सहित व्यापक अन्तरक्रिया सम्पन्न भएको छ।

बिशेषगरि चाडपर्वको समय बजार अनुगमन लाई चुस्त बनाइने, जुवातास, डाइस, मादक पदार्थ तथा लागु पदार्थ सेवन, चोरी डकैती , सवारी साधनमा क्षमता भन्दा बढी यात्रु, होहल्ला, रात्रीकालिन प्रहरी गस्ती लगायत विविध विषयमा छलफल भएको थियो ।
सम्पुर्णको साझा छलफल र निष्कर्ष बाट बुद्धशान्तिका मुख्य बजार क्षेत्रमा बजार अनुगमन लाई तीब्रता दिई कैफियत देखिएमा उपभोक्ता संरक्षण ऐन र गाउँपालिका बजार अनुगमन निर्देशिका बमोजिम कार्वाही गरिने, चाडपर्वको समय अवधिभर विशेष गरि होटल ब्यवसाय रातको ९ः ३० बजे बन्द गराइने र बुद्धशान्तिमा शान्ति सुरक्षा लाई मध्यनजर गरि रात्रिकालिन मेला, महोत्सव लाई अनुमति नदिइने विषयमा साझा निर्णय भएको बताइएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित जयपुरमा प्रथम जिल्ला स्तरीय भेट्रान्स नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित युवा आवाज बुद्धशान्ति २ जयपुरले प्रतियोगिताको आयोजना गर्ने भएको हो ।


जयपुरको आदर्श माविको खेल मैदानमा आज पत्रकार सम्मेलन गरेर आयोजकले प्रतियोगिताबारे जानकारी गराइएको हो ।
संस्थाका अध्यक्ष शेमन्त पोख्रेलका का अनुसार दशैँको अवसरमा यही असोज १३ देखि २० गते सम्म बुद्धशान्ति २ स्थित आदर्श माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन बताउनु भयो ।

प्रतियोगितामा झापाको मेचीनगर, भद्रपुर, बिर्तामोड, कनकाई, दमक , शिवसताक्षी, आयोजक जयपुर भेट्रान्स साथै इलामको टिम सहित आठ वटा टिमको सगभागिता रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले नगद ३० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष पोख्रेलले बताउनु भयो ।

यस संस्थाले ज्येष्ठ नागरिक सँग युवा कार्यक्रम संचालन गर्ने द्रुव्यसन मुक्त समाज निर्माण गर्न जनचेतना मुलक कार्यक्रम संचालन गर्ने युवाहरूको क्षमता विकासको लागि विविध कार्यक्रम सन्चालन गर्ने संस्थाको उद्येश्य रहेको बताउदै असोज १३ गते देखि २० गते सम्म सन्चालन हुने प्रतियोगितामा २ लाख ५० हजार खर्च अनुमान गरिएको संस्थाका सचिब देबेन्द्र भन्डारीले बताउनु भयो ।

आज भएको पत्रकार सम्मेलन मा अाफ्ना भनाई राख्दै वडा नं २ का वडा सदस्य बिक्रम बोहोराले भन्नुभयो खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै अावस्यक रहेको हुदा फुटबल भलिबल ,कराते ,क्रिकेट लगायतका सबै खेललाई आउदो दिनमा उत्तिकै चासो दिएर खेलाउन अावस्यक रहेको बताउनु भयो ।

प्रत्येक खेलबाट म्यान अफ द म्याचलाई आकर्षक पुरस्कार प्रदान गरिने बताइएको छ । प्रतियोगिताको उच्च गोलकर्ता, उत्कृष्ट गोलकिपर र म्यान अफ द सिरिजलाई समेत ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिने संस्थाका सदस्य सुनिल भन्डारीले जानकारी दिनुभयो ।