
इलाम । अपांगता भएका व्यक्तिहरुका लागि चार दिने क्षमता अभिवृद्धि तालिम मंगलवारदेखि रोङ गाउँपालिकामा शुरु भएको छ
रोङ गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा रोङ ३ कुटीडाँडामा तालिम शुरु भएको हो ।
रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्वोले तालिमको उद्घाटन गर्दै अपांगता भएका व्यक्तिहरुलाई सवल र सक्षम बनाउन त्यस किसिमको तालिम संचालन गरिएको बताउनु भयो ।
उहाँले अधिकारको खोजीसंगै दायित्व बोधसमेत गर्न आग्रह गर्नु भयो ।
कार्यपालिका सदस्य तथा अपांगता समन्वय समिति सदस्य इन्दिरा सिलवालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष स्याङ्वोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रोङ ३ का वडा अध्यक्ष मातृका बराल , संयुक्त अपांगता संघका अध्यक्ष रमेश बराल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सि.वि.आर. सहजकर्ता भवानी राईले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य अपांगता सहायता कक्ष सहजकर्ता झुमा फलालीले गरेकी थिइन् । कार्यक्रममा वडा सदस्य लिला राउतको पनि आतिथ्यता रहेको थियो ।
१६ जना सहभागी रहेको तालिमको सहजकर्ता प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी रहेका छन् ।