इलामको सूर्योदय नगरपालिकामा मालपोत र नापी कार्यालय स्थापना हुने भएको छ । मन्त्री परिषदको आजको निर्णयले सूर्योदयमा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
नापी र मालपोत कार्यालय स्थापना गर्ने मन्त्रीपरिषदको निर्णय संगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी दरबन्दी तेरिजको सूचना समेत प्रकाशन गरेको छ ।मन्त्रालयले मालपोत तर्फ मालपोत अधिकृत सहित ९ जना कर्मचारी दरबन्दी तेरिजको सूचना प्रकाशन गरेको छ । यस्तै नापी तर्फ नापी अधिकृत सहित ८ जना कर्मचारीको दरबन्दी तेरिजको सूचना प्रकाशन गरेको छ । मन्त्रालयका अनुसार चार्ड कार्यलय स्थापना हुने छ ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले नापी र मालपोत कार्यालय स्थापना भएपछि अव सूर्योदय सहितको ठूलो जनसंख्यालाई राहत मिलेको बताउनु भयो ।
तीन बर्ष अघि देखि नगर प्रमुख राई , उप–प्रमुख दुर्गाकुमार बराल सहितले पहल गर्नु भएको थियो । नगर उप–प्रमुख बरालले कार्यालय ब्यवस्थापन सहितको ब्यवस्था भएपछि तत्काल कार्यालय स्थापना हुने जानकारी दिनु भयो ।
मन्त्रालय स्रोतले १५ दिन भित्रमा कार्यालय स्थापना हुने जनाएको छ । मन्त्रालयका अनुसार कार्यक्षेत्र( अन्य पालिका) भने कार्यालयले नै तोक्ने जनाएको छ ।इलाम बजारमा मालपोत र नापी भए पनि धेरै टाढाबाट धाएर जादा स्थानीयले काममा हैरानी ब्यर्होर्नु पर्ने बाध्यता थियो ।
सूर्योदयनगरपालिकाले मालपोत र नापी कार्यालय स्थापनाका लागि पहल गरीरहदा इलामकै केहि नेता भने उक्त कार्यालय स्थापना गर्न नदिन पटक पटक मन्त्रालय समेत धाएका थिए ।
झापाको बुद्धशान्तिमा बुधबारे जेसीजको १३ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
वर्ष २०२५ का अध्यक्ष जेसी सुजित बरालले नव–निर्वाचित अध्यक्ष जेसी कुसल अधिकारिलाई जेसीज चेन लगाएर पद हस्तान्तरण गर्नु भएको हो । अध्यक्षको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष कुसल अधिकारिले आफ्नो कार्यकालमा बुधबारे जेसीजलाई नयाँ उचाईमा पुर्याउने उद्घोष गर्नु भयो उहाँले बुधबारे जेसीजलाई माटोले सुहाउने जेसीज बनाउने बताउँदै वर्ष २०२६ को बोर्ड समितिलाई पूर्णता दिँदै विभिन्न पदाधिकारीलाई मनोनयन समेत गर्नु भएको थियो । बुधबारे जेसीज वर्ष २०२५ का अध्यक्ष सुजित बरालको (पहिलो सत्र ) साथै जेसि कुसल अधिकारी दोस्रो सत्रको अध्यक्षतमा तथा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।
स्थानीय तेन्जिङ नोर्गे होमस्टेको प्राङ्गणमा सन्चालन गरिएको कार्यक्रममा ५ सय वढिको उपस्थिति रहेको कार्यक्रममा वर्षभरी जेसीज अभियानमा जोडिने सदस्यहरुलाई समेत सम्मान गरिएको थियो भने कार्यक्रममा वर्ष उत्कृट सञ्चारकर्मीमा भावना भट्टराई, र बर्ष उत्कृष्ट जेसीका रुपमा धन बहादुर लिम्बूलाई सम्मान गरिएको थियो ।
हरेक महिना उत्कृष्ट कार्य गर्ने जेसीहरुलाई समेत जेसीज अफ द मन्थ अवार्डले सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष तथा पदाधिकारी पूर्व अध्यक्ष <नेपाल जेसीजका राष्ट्रिय पदाधिकारी विभिन्न शाखाका पदाधिकारी, स्थानीय सम्पुर्ण वडाका जनप्रतिनिधि संघसंस्थाका प्रतिनिधि, जग्गादाता,जेसीजका सदस्य, सञ्चारकर्मी सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।
जेसी गजेन्द्र योङ्हाङको संयोजकत्वमा भएको कार्यक्रममा जेसी अनिल घिमिरेले जेसीज आस्था पाठ गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन वर्ष २०२५ का महासचिव कष्ण ढकाल र वर्ष २०२६ का महासचिव जेसि विनोद रिजाल साथै निर्वाचन आयुक्त तथा निवर्तमान अध्यक्ष जेसि दुर्योधन सिहँ राजपुतले गर्नु भएको थियो ।
कार्यक्रममा पुर्व अध्यक्ष जेसी प्रकाश भन्डारी बुधबारे जेसिजका निरूपित राष्ट्रिय उपाध्यक्ष जेसी अनिस भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
वि एण्ड वि क्याट्रिङ एण्ड टेन्ड हाउसका सन्चालक सोमनाथ भट्टराईले सेवा प्रदान गर्नु भएको थियो ।
बुद्धशान्ति गाउँपालिका–१ का तीनवटा सामुदायिक विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने उद्देश्यसहित नौ स्थानमा ‘क्लोज क्याम्प’ सञ्चालन गरिएको छ।
वडाको पहलमा सञ्चालन गरिएको उक्त क्याम्पमा विहानी सत्रमा कक्षा सञ्चालन गरी विद्यार्थीमा पढ्ने संस्कृतिको विकास गरिनेछ। विशेषगरी अङ्ग्रेजी, गणित र विज्ञान विषयमा केन्द्रित रहेर कक्षा सञ्चालन हुने वडाले जनाएको छ।
क्याम्पमा सिकाइमा कमजोर रहेका विद्यार्थीलाई सहभागी गराई उनीहरूको शैक्षिक उपलब्धि सुधार्ने लक्ष्य राखिएको छ।
क्लोज क्याम्प सञ्चालनसँगै योग्यता प्राप्त नौ जना शैक्षिक व्यक्तित्वलाई तीन महिनाका लागि अल्पकालीन रोजगारीसमेत प्रदान गरिएको छ।
यसले सामुदायिक विद्यालयको नतिजा सुधार गर्नुका साथै विद्यार्थीप्रति वडाको अभिभावकत्व झल्काउने अपेक्षा गरिएको छ।
वडा अध्यक्ष अनिल वाग्लेका अनुसार सामुदायिक विद्यालयका विद्यार्थीमा क्षमता भए पनि उपयुक्त वातावरण र समय व्यवस्थापनको अभावले सिकाइ उपलब्धिमा असर परिरहेको देखिएको छ।
यस समस्याको समाधानका लागि विद्यालयमै थप अध्ययन समय ९न्गष्मभम क्तगमथ० तथा अभिभावक शिक्षा कार्यक्रमजस्ता पहल आवश्यक रहेको निष्कर्ष निकालिएको बताए।
वडाले क्लोज क्याम्पलाई अझ प्रभावकारी बनाउँदै नियमित रूपमा सञ्चालन गरिने जनाएको छ।
साथै सम्बन्धित विद्यालय र विषयगत शिक्षकहरूलाई कार्यक्रमको दिगो र प्रभावकारी कार्यान्वयनका लागि सहयोग र समन्वय गर्न विशेष अनुरोध गरिएको छ।
कार्यक्रममार्फत ‘सबै मिले सम्भव छ, हामी सिकाइ उपलब्धि हासिल गर्न सक्छौँ’ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य लिइएको वडा अध्यक्ष वाग्लेले बताएका छन् ।
क्लोज क्याम्पका लागि वडाले ३ लाख रूपैयाँ विनियोजन गरेको छ । वडाका नमूना आधारभूत, त्रिभूवन मावि र बुद्ध आदर्श माविलाई १र१ लाख रूपैयाँ बजेट विनियोजन गरिएको वाग्लेले वताए । क्लोज क्याम्प वडाको नियमित कार्यक्रम हो ।
झापाको बुद्धशान्ति गाउँपालिकाको आयोजनामा भएको बुद्धशान्ति गाउँपालिका दोश्रो अन्तर मावि ( कक्षा १० सम्म ) T-10 छात्र नकआउट क्रिकेट प्रतियोगिताको उपाधि कर्णाली एजुकेसन फाउन्डेसनले उचालेको छ ।कर्णाली एजुकेसन फाउन्डेसनले ज्योति अंग्रेजी मावि लाई २५ रनले पराजित गर्दै लगातार दोश्रो पटक उपाधी हात पारेको हो ।
उपाधी उचाले संगै कर्णाली एजुकेसन फाउन्डेसनले नगद १५ हजार ट्रफी,मेडल , प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको ज्योति अङ्ग्रेजी माविले नगद १० हजार, मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी कर्णाली एजुकेसन फाउन्डेसनका साजन गदाइली,भए भने फाइनल खेलको म्यान अफद म्याच बिजेता टिमका साजन गदाइली ,उत्कृष्ट ब्याटर ज्योति अङ्ग्रेजी माविका बिलभ दाहाल उत्कृष्ट बलर कर्णाली एजुकेसन फाउन्डेसनका रिकेश आङ्देम्बे ,उत्कृष्ट विकेट किपर श्री गडिगाउँ माविका अनिश सुनुवार घोषित भएका छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी साजन गदाइलीले रु:१० हजार मुल्यको आकर्षक रेन्जर साइकल प्राप्त गर्न सफल भए।
बुद्धशान्ति ३ स्थित, पेट्रोल पम्प अगाडिको खेल मैदानमा हिजो बाट सन्चालन भएको प्रतियोगितामा गाउँपालिका भित्रका ५ वटा संस्थागत र ६ वटा सामुदायिक गरि ११ वटा विद्यालयले सहभागी जनाएका थिए । बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको अध्यक्षता आयोजित समापन सत्र कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडा, गाउँपालिका खेलकुद विकास समितिका संयोजक पर्शुराम चेम्जोङ,सम्पुर्ण वडाका वडाध्यक्ष , विभिन्न विद्यालयका शिक्षक ,सामाजिक संस्थाका प्रमुख ,क्लबका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
विद्यालय स्तर बाटै खेलाडी उत्पादन ,प्रोत्साहनको उदेश्य ले गाउँपालिका बाट आयोजित यस प्रतियोगिता बाट नयाँ खेलाडी उत्पादनमा महत्त्वपूर्ण टेवा पुगेको देख्न सकिन्छ।
बुद्धशान्ति गाउँपालिका को आयोजनामा मिति २०८२ पौष २२ र २३ गते बुद्धशान्ति -३ स्थित पेट्रोल पम्प पश्चिमको मैदानमा संचालन भईरहेको बुद्धशान्ति गाउँपालिका दोश्रो अन्तर मावि ( कक्षा १० सम्म ) स्तरीय T-10 छात्र क्रीकेट प्रतियोगिता २०८२ को पहिलो दिन पाँच खेल सम्पन्न भएका छन् ।मंगलबार उद्घाटन सत्र संगै दस विद्यालय बिच पाँच खेल सम्पन्न भएको हो। पहिलो खेलमा महानन्द शिक्षा सदन लाई पराजित गर्दै कर्णाली एजुकेसन फाउन्डेसन बिजयी भएको थियो भने दोश्रो खेलमा श्री नवकिरण मावि लाई पराजित गर्दै श्री त्रिभुवन मावि बिजयी भएको छ।
त्यसैगरी तेस्रो खेलमा एम्बिसन एकेडेमी लाई पराजित गर्दै श्री गडिगाउँ मावि बिजेता बनेको थियो ।
दिनको चौथो खेलमा श्री राष्ट्रिय बिजय मावि लाई पराजित गर्दै ज्योति अंग्रेज़ी मावि बिजेता बनेको छ भने पहिलो दिनको अन्तिम तथा पाचौं खेलमा न्यु एभरग्रीन इ.बो.स्कुल लाई पराजित गर्दै श्री बुद्धआदर्श मावि बिजयी बनेको छ।
खेलाडी उत्पादन ,छनौटको उदेश्यले संचालन भएको यस प्रतियोगिताको दोश्रो दिन पौष २३ गते सेमिफाइनल र फाइनल सहित पाँच खेल संचालन हुने छन् ।विद्यालय स्तर बाटै प्रतिस्पर्धा बाट खेलाडी छनौटको उदेश्यले बुद्धशान्ति गाउँपालिका बाट संचालन भएको यस प्रतियोगिताले धेरै खेलाडी लाई अवसर एवम् प्रोत्साहन प्रदान गरेको छ।
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित श्री बुद्ध आदर्श माद्यमिक विद्यालयको ६५ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
पुस १९ गतेदेखि सुरु भएको वार्षिक उत्सव विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रम अन्तर मा वि सामुदाहिक विद्यालय हाजिर जवाफ तथा मनोरञ्जनात्मक खेलकुद गतिविधि आयोजना गर्दै सोमबार औपचारिक रूपमा सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीको अध्यक्षतामा सम्पन्न समारोहमा विद्यालयले विभिन्न दाताहरूले राखेको २० वटा अध्यक्षकोषबाट ५४ जना विद्यार्थीलाई नगद पुरस्कार वितरण गरेको थियो ।
त्यस्तै विद्यालयले स्थापना गरेको अध्यक्षकोष बाट कक्षा १ देखि १२ सम्मका कक्षा प्रथम, द्वितीय र तृतीय,अनुशासित तथा जेहनदार ३३१ जना विद्यार्थिहरूलाई न्यानो कपडा साथै शैक्षिक पुरस्कार वितरण गरिएको थियो।
सोही अवसरमा विद्यालयले वर्षोत्कृष्ट शिक्षक सम्मान र वर्षोत्कृष्ट विषयगत शिक्षक सम्मानमा शिक्षक हरूलाई सम्मान गरिएको थियो ।सम्मानित शिक्षकहरूमा वर्षोत्कृष्ट शिक्षक सम्मानबाट लक्ष्मि देवि न्यौपाने र ज्ञान बहादुर धिमाललाई सम्मान गरेको थियो
त्यस्तै विषय गत वर्षोत्कृष्ट शिक्षक सम्मानमा अर्थ शास्त्रमा दिपक बुढाथोकी , समाज शास्त्रमा हरि प्रसाद प्रसाईं ,अैक्षिक अङ्ग्रेजीमा शुसिला काफ्ले ,व्यवसाहिक अध्यनमा देवि प्रसाद मैनाली ,नेपाली विषयमा क्षत्रमणि आचार्य र माधब प्रसाद बराल ,स्वाथ्य शारिरिकमा टिकाराम खवास ,शैक्षणिक विधि र मुल्याङकमा गोबिन्द प्रसाद ढुङ्गाना जीवविज्ञान विषयमा उर्मिला कोईराला रिजाल सम्मानित हुनुभएको थियो ।कार्यक्रमका सभा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मनोरथ तिवारीले विद्यालयले विगतका वर्षहरूको तुलनामा उल्लेखनीय प्रगति गर्दै आएको बताउनुभयो, स्थानिय सरकार प्रदेश सरकार,केन्द्र सरकारको सहयोगमा यश विद्यालयको स्तरउन्नतिमा निकै राम्रा काम भइरहेको बताउनु भयो,उहाँले शिक्षा शुधार गर्न अब ५ पक्क्षिय सरकार शिक्षक विद्यार्थी व्यावस्थापन समिती अभिभावक विचको सहकार्य आवश्यक रहेको बताउनु भयो ।अतिथी र अभिभावकले विद्यालयले गरेको ६५ औँ वार्षिकोत्सवले विद्यालयको उज्यालो भविष्य र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने विश्वास लिएका छन ।कार्यक्रममा वडा भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, विभिन्न संघ–संस्थाका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमको सन्चालन विद्यार्थी आरोग्य खतिवडा ,आकृति सुवेदी आरब खतिवडा र रिदिमा कुँवरले ग जनाले गरेका थिए ।
मोरङको पथरी शनिश्चरेनगरपालिका–४ मा रहेको महारानी ट्युसन सेन्टरका ३१ जना अनाथ, विपन्न तथा आर्थिक रूपमा अति नै कमजोर अवस्थामा रहेका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ।
जाडो मौसमलाई मध्यनजर गर्दै विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा तथा अध्ययनमा सहजता ल्याउने उद्देश्यले उक्त सहयोग कार्यक्रम आयोजना गरिएको हो।सहयोगी मनहरू नेपालको आयोजनामा तथा नासिर आउटसोर्सिङ कञ्चल टेन्सी प्रालिको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरिएको हो। कार्यक्रममा महारानी ट्युसन सेन्टर, न्यु बराल फेन्सी स्टोर दमक तथा पाथिभरा ट्रेडर्स गौतम स्टोरको विशेष सहयोग रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका पूर्व नगर प्रमुख दिलिपकुमार राई रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता सहयोगी मनहरू नेपालका अध्यक्ष भीमप्रसाद आचार्यले गर्नुभएको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले समाजका अनाथ तथा आर्थिक रूपमा कमजोर बालबालिकाहरूको शिक्षामा सबैको साझा दायित्व रहने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “यस्ता विद्यार्थीहरूलाई समयमै गरिएको सानो सहयोगले पनि उनीहरूको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। सामाजिक संघसंस्थाहरूको यस्तो प्रयास प्रशंसनीय छ।”त्यसैगरी आयोजक संस्थाका अध्यक्ष भीमप्रसाद आचार्यले सहयोगी मनहरू नेपालले निरन्तर रूपमा शिक्षा र मानवीय सेवाको क्षेत्रमा काम गर्दै आएको बताउनुभयो। उहाँले भन्नुभयो, “आर्थिक अभावका कारण कुनै पनि बालबालिकाको पढाइ नरोकिन् भन्ने हाम्रो उद्देश्य हो। आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिनेछौं।”
उक्त अवसरमा सामग्री वितरणमा विशेष योगदान पुर्याएका वीरेन्द्रकुमार राउत तथा उनकी धर्मपत्नी विष्णुमाया राउतलाई सम्मान गरिएको थियो।
कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका–४ का वडाध्यक्ष लोक किरण न्यौपाने, वडा सदस्य मीना विश्वकर्मा, महारानी ट्युसन सेन्टरका सम्पूर्ण पदाधिकारीहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले सहयोगदाताप्रति आभार व्यक्त गर्दै यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेका थिए।
देव बास्कोट । नेपाली समाजमा एउटा प्रचलित उखान छ— “कागले कान लग्यो” भन्दैमा आ कान नछामी कुद्नु हुँदैन। आजको समाज झन् शिक्षित हुँदै गएको छ, तर त्यससँगै जटिल पनि बन्दै गएको छ। यसको प्रत्यक्ष उदाहरण आजको नेपाली पत्रकारिता हो, जुन गम्भीर संकटको चरणमा पुगेको देखिन्छ।
समाजलाई आज भ्रम होइन—सत्य, तथ्य र निष्पक्ष समाचार चाहिएको छ। तर पछिल्लो समय पत्रकारिताको नाममा अफवाह, अड्कलबाजी र अपुष्ट सूचनाको व्यापार बढ्दै गएको छ। विशेषगरी सामाजिक सञ्जालमा फेसबुक मोनेटाइजेसन बाट लाखौँ कमाइने भ्रम फैलाइएको छ, जुन व्यवहारमा सम्भवजस्तै देखिँदैन। जस्तै—शेयर बजारमा लगानी गर्ने सबैले कमाउँदैनन्, व्यवसाय गर्ने सबै धनी हुँदैनन्।
दुःखद पक्ष के छ भने, राज्यको चौथो अङ्ग मानिने पत्रकारिता पेशामै पित पत्रकारिता मौलाउँदै गएको छ। सुनेको भरमा, तथ्य जाँच नगरी, भ्युज र लाइकको लोभमा गलत सूचना प्रवाह भइरहेका छन्। यसले समाजलाई भ्रमित बनाइरहेको छ। यस्तो अवस्थामा प्रश्न उठ्छ— यसको जवाफदेहिता कसले लिने ?मनलाग्दी गर्ने छुट कसैलाई छैन। समाजलाई भाँड्ने, नकारात्मक प्रभाव पार्ने भ्रमित समाचार प्रकाशन वा प्रसारण गर्नु अपराध सरह हो। विडम्बना, यस्ता सूचनाहरू पत्रकार वा आफूलाई बौद्धिक ठान्ने व्यक्तिहरूबाटै चुहावट भइरहेको छ। नभएको कुरालाई “भयो” भन्ने, पछि फेरि “हैन” भन्ने प्रवृत्ति खतरनाक छ।
पत्रकारिताको धर्म समाजलाई सूचित गर्नु हो—नकारात्मक कुरालाई जरैदेखि निर्मूल गर्नु र सकारात्मक पक्षलाई प्रोत्साहन गर्नु हो। तर जबसम्म विषयगत दक्षता र गहिरो ज्ञान हुँदैन, तबसम्म हामी पढेलेखेका त हुन्छौँ, शिक्षित हुँदैनौँ। पत्रकारहरू सबै विषयमा कम्तीमा आधारभूत दक्षता राख्नैपर्छ, ताकि उनीहरूले सोधेका प्रश्नलाई समाजले “वेकार” वा “बोर” नठानोस्।
यदि कसैले दिएको अभिव्यक्तिले समाजमा नकारात्मक असर पार्छ भने, त्यसलाई जस्ताको तस्तै प्रसारण गर्नु पत्रकारिताको धर्म होइन। तर प्रतिस्पर्धा र भ्युजको होडमा सत्य–तथ्य जाँच नगरी समाचार प्रकाशन गर्ने प्रवृत्तिले आम जनमानसमा मिडियाप्रतिको विश्वास घट्दै गएको छ। यदि यही क्रम चलिरह्यो भने परिणाम अत्यन्तै भयावह हुन सक्छ।
राम्रो, सत्य र निष्पक्ष समाचार मानिस आफैं खोजेर पढ्छ। जबरजस्ती बिरामीलाई भातको माड कोच्याएजस्तो समाचार कोच्याउनु पर्दैन। पत्रकारहरू सधैं सन्तुलित, जिम्मेवार र नैतिक हुनुपर्छ। हल्ला र अफवाहका भरमा परिचालित हुनु हुँदैन, न त अभाव र दबाबमा बिक्नु नै।
सत्यको सधैं विजय हुन्छ, झुट लामो समय टिक्दैन। स्वतन्त्रताको नाममा आफू नै असुरक्षित हुने अवस्था कसैले चाहँदैन। पत्रकारहरू राजनीतिक दलप्रति अत्यधिक आस्थावान वा चाकडीबाज हुनु हुँदैन। धेरै चिनी हालिएको चिया तितो हुन्छ—यो सबैले बुझ्न जरुरी छ।
आज मिडियावाजीका नाममा मानिसको व्यक्तिगत
गोपनीयतामाथि आक्रमण भइरहेको छ। के पत्रकारिताको उद्देश्य अरूको जीवन बर्बाद गर्नु हो ? यदि यही क्रम जारी रह्यो भने यसको परिणाम गम्भीर हुनेछ।अब समय आएको छ—पत्रकारहरूले समाज र राष्ट्रलाई सही मार्गदर्शन दिनुपर्ने। मोबाइल, क्यामेरा वा पिन–माइक बोकेर हिँड्दैमा कोही पत्रकार हुँदैन। दक्षता, अनुभव र नैतिकता अनिवार्य छ। धेरै कुकुर भेला भएर मृग नमारिएजस्तै, आजको पत्रकारिता आपसी द्वन्द्वमा अल्झिएको देखिन्छ।
नयाँ पुस्ता दुई कदम अगाडि छ। ठग्ने, छल्ने र सत्य लुकाउने पत्रकारितालाई समाजले अब स्वीकार्दैन। विश्वास कामबाट जित्न सकिएन भने पत्रकार र नेताहरू दुवैले विश्वास गुमाउनेछन्।
अन्ततः पत्रकारिताको धर्म सधैं सत्य र तथ्यमा केन्द्रित हुनु हो। अड्कलबाजी पित पत्रकारिता हो। अब ढिला नगरी सत्मार्ग रोज्ने, जिम्मेवार पत्रकारिता गर्ने र समाजको विश्वास पुनः जित्ने बेला आएको छ।
पौष २०, झापा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च , संघीय लिम्बुवान प्रान्तीय मञ्च बुद्धशान्ति गाउपालिकाले आज एक छलफल मार्फत माघ १० गते शनिवार अधिवेशन गर्ने निर्णय गरेको गापा अध्यक्ष पुर्ण प्रसाद तबेबुङले जानकारी दिनु भयो । बैठकमा लिम्बुवान प्रान्तीय मञ्चका उपमहासचिव मान बहादुर साँवा, सचिव काजिमान ओख्राबो, सचीवालय सदस्य मान बहादुर माबो , केन्द्रिय सदस्य इन्द्रहाङ योङ्हाङ र झापा जिल्ला उपाध्यक्ष करण योङ्हाङ , उपाध्यक्ष राम योङ्हाङ र जिल्ला कोषाध्यक्ष प्रदिप राई समेतको उपस्थिति रहेको थियो ।
माघ १० गते बुद्धशान्ति ३ स्थित ग्रिन रिसोडको सभाहलमा हुने धिवेशन गर्नको लागि संघीय सचिवालय सदस्य मान बहादुर माबोको संयोजकतामा सदस्यहरु मान बहादुर साँवा, काजिमान ओख्राबो , इन्द्र योङ्हाङ , राम योङ्हाङ, प्रदिप राई र जिल्ला महिला उपाध्यक्ष बबिता कोहिबा सहितको अधिवेशन आयोजक समिति बनेको बुद्धशान्ति गाउँपालिका सचिब नन्दु राईले जानकारी दिनु भएको छ ।
झापा, पाैष १६ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ काे समन्वयमा २ दिवसीय युवा नेतृत्व विकास तालिम (लिडरशिप एकेडमी) बुधबार बुद्धशान्तिमा सम्पन्न भएकाे छ ।सहारा नेपाल केन्द्रीय कार्यालय बिर्तामोडको आयोजनामा ग्लोबल लर्निङ ल्याब इन्टरनेसनलकाे सहयाेगमा तालिम संचालन भएकाे हाे ।बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अनिल वाग्लेको अध्यक्षतामा भएकाे तालिमकाे सहजिकरण सहजकर्ता विनाेद दाहाल र कुशुम उप्रेतीले गर्नुभएकाे थियाे ।सहारा नेपालका संचालक समिति सदस्य ध्यान बहादुर भारतीले कार्यक्रमकाे औचित्यमाथि प्रकाश पार्नुभएकाे थियाे ।
उहाँले यो उमेरका युवा भाइ बहिनिहरू लाई सही दिशामा डोर्याउन नसक्दा र साथीभाइको दबाब, अभिभावकसँग संवादको कमी, डिजिटल माध्यममार्फत सहज पहुँच र पढाइ एवं जीवनको बढ्दो मानसिक तनावले विद्यार्थीलाई गलत बाटो रोज्न बाध्य समेत बनाइ रहेको बताउनु भयो ।कार्यक्रममा बुद्धशान्ति १ का वडा अध्यक्ष वाग्लेले कार्यक्रम दिएर वडालाई सहयाेग गर्ने संस्था सहारा नेपाललाई धन्यवाद दिनुभयाे । उहाँले युवा समस्या देखाउने भन्दा पनि समस्या समाधान गर्न सक्ने हुनुपर्ने बताउनु भयाे ।उहाँले दिगाे विकास लक्ष्यसँग सम्बन्धित तालिम अहिलेकाे समयमा अति नै आवश्यक भएकाे समेत वताउनु भयाे ।
तालिममा वडा नम्बर १ सहित बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका, राेङ गाउँपालिका र सुर्योदय नगरपालिकाका १८ देखि ३५ बर्ष उमेर समूहका ४० जनाकाे सहभनगिता रहेकाे थियाे।कार्यक्रममा वडा नम्बर १ का वडा सदस्य सुमित्रा रसाइली, वडा नम्बर २ की सदस्य विमला बिस्वकर्मा, सहाराका प्रेम उप्रेती लगायतकाे आतिथ्यता थियो । तालिम एकदमै फलदायी रहेकाे सहभागीले बताएका छन् ।तालिममा सहभागी हुनु भएका सहभागिहरूलाई कार्यक्रममका सभा अध्यक्ष वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले, वडा नम्बर १ का वडा सदस्य सुमित्रा रसाइली, वडा नम्बर २ की सदस्य विमला बिस्वकर्मा, सहाराका प्रेम उप्रेती, सहजकर्ता कुशुम उप्रेती, विनाेद दाहाल लगायतले सहभागीलाई प्रमाणपत्र वितरण गर्नु भएको थियाे ।