April 23, 2024

मनोरञ्जन

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित बुद्धआदर्श  माध्यमिक विद्यालयको समकालीन साथी समूह-२०५४ ले वनभोज तथा  पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार बुद्धशान्ति ३ स्थित आदर्शनमुना धार्मिक तथा पर्यापर्यटन  क्षेत्रमा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमका संयोजक राजन दुलालको अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ शिक्षक चन्द्र प्रसाद अधिकारिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २० जना शिक्षक हरूलाई सम्मान समेत गरिएको थियो ।
सम्माननित हुनेहरूमा शिक्षक महेन्द्र संगौला,वेनु पनेरू, गणेश निरौला,भक्त वहादुर खपाङ्गी, धन वहादुर श्रेष्ठ,दिपक कुमार वुढाथोकी,टिकाराम पोख्रेल,केदार कोइराला,कुमार गिरी,चन्द्र प्रसाद अधिकारी,देवेन्द्र प्रसाद अधिकारी,लाल प्रसाद रेग्मि,लक्ष्मणआचार्य,सुमित्रा बास्कोटा, उर्मिला ढकाल,डिल्लि राम काफ्ले,हाल कार्यरत बुद्धआदर्श माद्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारी, त्यस्तै लेखा शाखा ,विश्व नाथ ढकाल,कार्यलय सहयोगी  हरि प्रसाद भन्डारी,गंगाराम अर्याल, लगायतलाई खदा लगाई मिस्ठान परिकारको साथै मायाको चिनो उपहार सहित सम्मान गरिएको थियो ।बुद्धआदर्श मावि समकालीन साथी समूह-२०५४ले  आयोजना गरेको वनभोज तथा पुनर्मिलन कार्यक्रम माघको महिना चिसो समय भएपनि आआफ्नो  पेशा र व्यवसायले निकै टाढा भएपनि समकालीन साथीहरू सबैजना यसरी भेलाभएर कार्यक्रममा आफ्ना तितामिठाअनुभवहरू साटासाट गर्न पाएकोमा सबैले खुशि व्यक्त गर्नु भएको थियो ।
शिक्षकहरूलाइ सम्मान सँङसँगै कार्यक्रममलाई थप रोचक बनाउन शिक्षकहरू बाट हाँडी फुटाउने कविता,गजल, मुक्तक,मटरको दाना गेस गर्ने लगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । मटरको दाना गेस गर्नेमा शिक्षक धनबहादुर श्रेष्ठ ,साथै हाँडी
फुटाउनेमा शिक्षक कुमार गिरी विजेता हुनुभएको थियो ।
त्यस्तै कार्यक्रममा सगरमाथा आधार शिविरमा समकालीन साथि समूह २०५४ को झण्डा फहराएर हाम्रो समुहको साथै अध्ययन गरेको विद्यालयको नाम उच्च राख्न सफलएकोमा समकालिन साथि समुहका पुर्णबहादुर गौलीलाई पनि खदा अविर लगाई प्रशंसा पत्र र  मायाको चिनो द्वारा सम्मान गरिएको थियो ।

समूहका सदस्य चन्द्र कटुवालले उपस्थित सम्पुर्ण अतिथिहरूलाई शाब्दिक स्वागत गर्नु भएको कार्यक्रममा नारायण न्यौपाने,भक्त खपाङ्गी, गणेश निरौला,धन बहादुर श्रेष्ठ,लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन समकालीन साथि दुर्गानाथ ढकालले गर्नु भएको थियो ।

झापाको बुद्धशान्ति-६ स्थित ठुटेबर परिसरमा लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला मंसिर ५ गते देखि ११ गते सम्म लाग्ने भएको छ ।

आज पत्रकार सम्मेलन मार्फत जानकारी गराउदै समितिका अध्यक्ष खड्ग पंधाक सुब्बाले बर्षको दुई पटक बैसाख पूर्णिमा र कात्तिक पूर्णिमाको दिन ठुटेवर परिषरमा मेला लाग्ने गरेको बताउदै स्थानीय स्तरमा उपलब्ध कृषि सामाग्रीको प्रोत्साहन तथा त्यहाँको साँस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न मेला लगाउने तयारि भएको बताउनु भयो ।

परापूर्वकालमा बिहेमा जन्ती, न्याय अन्यायको छिनोफानो,आत्मीयता र सद्भाव साटासाट गर्दा–गर्दै मेलाको रुपमा परिणत भएको थियो
यश भुमीको बारेमा अघिल्लो पुर्खाले सिकाएको र भावि सन्ततीका लागि पनि जोगाएर राख्न आवश्यक रहेको उहाँको भनाई छ ।

कुनैबेला पर्यटकहरूको प्रमुख रोजाईमा पर्ने गरेको भएपनि पछिल्लो समय पर्यटकहरुको कमी हुन थालेपछि पर्यटकको संख्या बढाउन महोत्सवको तयारी गरिएको  सल्लाकार समिति सदस्य दिपक गौतमले बताउनु भयो

इलाम र झापाको संगम स्थलमा रहेको ठुटेवर, आसपासका क्षेत्रमा जनसंख्याको चाप बढ्दै जाँदा मेलाको स्वरुप पनि बेग्लै हुदै जाने गरेको र मेला लाग्न थालेपछि झापा, इलाम, मोरङ र भारतको दार्जिलिङबाट समेत मानिसहरु मेला भर्न आउने गरेको स्थानिय शिक्षा सेवी केशव भट्टराइले बताउनु भयो ।

ठुटेवर मेलामा स्थानीय स्तरमा पाईने, उखु, तरुल, सुन्तला, बासँबाट बनिने सामाग्री डोको, नाम्लो, थुन्से लगायतका सामाग्री सो मेलामा किनवेच हुने गरेको आयोजक समितिका सदस्य निलमणि न्यौपानेले बताउनु भयो
तर आधुनिकता संगसंगै ती सामाग्रीको विक्रि–वितरणमा कमी आउन थालेको दिननाथ काफ्लेले बताउनु भयो ।

ठुटेवर मेलामा ,बिभिन्न साहित्यिक कार्यक्रम, अन्तर बिद्यालय र क्लव स्तरीय साँस्कृतिक कार्यक्रम, बिभिन्न खेलहरु र हरेक साँझ स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साँगीतिक कार्यक्रम रहने मेला आयोजक समितिले जनाएको छ ।

कोरोना कहरले गर्दा दुई वर्ष एता लाग्न नसकेको ठुटेवर मेला यहि मंसिर ५ गते देखि ११ गते सम्म लाग्ने भएको छ । यसबर्ष पनि झापा, इलाम, लगायत छिमेकि मुलक भारतको दार्जिलिङ सहित करिव ५० हजार जनाले मेलाको अवलोकन गर्ने आयोजक समितिले अपेक्षा राखेको छ ।

त्यहाँको सौन्दर्य र यहाँको पहिचान संरक्षण गर्न, बिभिन्न लोक साँस्कृतिक कार्यक्रम आयोजना गर्ने मेला आयोजक समितिका सचिव कृष्ण आचार्यले बताउनु भयो

सो स्थानमा समितिले आन्तरिक तथा बाह्रय पर्यटक भित्राउन विभिन्न कृषि सामाग्रीहरूको स्टल र स्थानिय र राष्ट्रिय स्तरका कलाकार साथै साहित्यकार गजलकार हरूको समेत प्रस्तुति रहने आयोजकले समितिले जानकारि दिनु भयो ।

मंसिर ५ गतेदेखि ११ गतेसम्म संचालन हुने मेला सम्पन्न सम्पन्न गर्न ३ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको समितीका सचिव कुष्ण अाचार्यले बताउनु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिकामा बुधबारे बोइजले होलिको अवसर पारेर आज सांगितिक कार्यक्रम सम्पन्न गरेको छ । धरान बाट आउने डिजे कन्सड मेडमको प्रस्तुति रहेको थियो कार्यक्रमा उपस्थित सम्पुणमा बुधबारे बोईजका अध्यक्ष पंकज शेर्पाले धन्यबाद दिएका छन, कार्यक्रमको सन्चालन दिपेस भट्टराईले गरेका थिए ।

होलि पर्व किन मनाईन्छ त ?

हिरण्य कश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने अनेक उपाय लगाउदा पनि केहि सिप नचलेपछि अन्तिम उपाय रची बिष्णु भक्त प्रल्हादलाई मार्नको लागी आफ्नी बहिनी होलिकालाई अह्राएका थिए जुन होलिका स्त्री थियिन उनलाई आगोले नजलाउने वरदान प्राप्त थियो । उनि मार्फत प्रल्हादलाई मर्नकालागी होलिकालाई प्रयोग गरियो । आगोको धुनि लगाइयो र आगोमा होलिका बसिन होलिकाले भक्त प्रल्हादलाई काखमा लिईन आगोले होलिका जलिन तर प्रल्हादलाई केहि भएन । यसरि दैबी भक्ति मार्फतबाट आशुरी शक्ति पराजित भएको बिजय दिवसको खुशियालिमा मनाइने होली नेपालको एक बिशिष्ट पर्ब रहेको छ । एउटा अर्को प्रसँगपनि रहेछ द्वापर युगमा ईन्द्रद्वारा गरिएको भारी बर्षाबाट भगवान कृष्णले नागरिकलाई बचाएको खुशीयालिमा गोकुलबासिले मनाएको पर्ब हो र यसैको समझना स्वरुप हरेक बर्ष होली मनाइन्छ । यस दिन आगोको धुनि लगाइ होलिको पुत्ला दहन गरी वाध्यवादनसहित खुशीयालिका साथ बिभिन्न रङ छ्यापी रमाइलो गर्ने पर्ब हो ।
तर हामिले मनाउने पर्वलाई खाली हाँसो र मजाको रुपमा मात्र लिने चलन छ वास्तविक महत्व नबुझी पर्ब मनाउदा बिकृती आउनु स्वभाविक हो । पर्व र जात्राको बिदा दिइन्छ भने त्यसदिनको बिदा किन दिएको र बिदा दिनुको महत्व के छ भनेर राज्यद्वारा सबै नगरिकलाई जानकारी दिनु उपयुक्त देखिन्छ । कतिपय बिदा दिइन्छ तर त्यो बिदा कसरी मनाउने भन्ने जानकारी जनमानसमा नहुँदा समाजमा असुरक्षा, भाडभैलो र बिकृती आएको देखिन्छ ।

विराटचाेक, मोरङ । लामो समय देखी बन्द रएको सुन्दरहरैंचा-९ स्थित सुकुना चलचित्र मन्दिर नयाँ नामका साथ पुन सञ्चालनमा आएको छ। उक्त हल बिराट सिने नामबाट पुन सञ्चालनमा आएको छ।

हलका एक सञ्चालक चिरञ्जिवी बस्नेतका अनुसार हिजो शुक्रबार देखी बिराट सिने नाम दिएर सञ्चालनमा आएको सो हलमा पहिलो फ्लिम का रूपमा नेपाली चलचित्र छक्का पञ्जा ४ प्रर्दशन गरिएको थियो।शुक्रबार साँज ६ बजे फ्लिम हलमा पहिलो शो भएकाे र शनिबारबाट भने निरन्तर शो रहने वहाँले जानकारी दिनुभएकाे छ ।

उक्त सुविधा सम्पन्न हलमा १३० सिट क्षमता रहेको छ ।

 

झापाको मेचीनगर १२ का युवा समुहको आयोजनामा लागू औषध विरुद्ध साङगीतिक कार्यक्रम सम्पन्न भएको छ संस्थाका अध्यक्ष अनुप दाहाल को अध्यक्षता मेचीनगर नगरपालीकाकाढ मेयर गोपाल बुढाथोकीको प्रमुख आथित्यता मेचीनगर भूमी सुधार प्रमुख अमीत खम्बु ईलाका प्रहरी कार्यलय धुलाबारी प्रमुख अनिल माबो ,smart jim संचालक रबिन मेचे को आथित्यता रहेको कार्यक्रममा समाजसेबीहरु राजेन्द्र सापकोटा ,राम कुमार कार्कीको अाथित्यतामा भएको कार्यक्रममा उपस्थित सम्पुर्ण लाई धन्यबाद दिदै प्रमुख अतीथी मेचीनगर नगरपाली मेयर गोपाल बुढाथोकिले शुभकामना मन्तव्य राखेका थिए । मेचीनगर मा युवाहरुले एस्तै राम्रा र युवाहरु लक्षित सचेतना मुलक कार्यक्रम राखेकोमा खशि व्यक्त गर्दै नगरपालीकाको सधै साथ र सहयोग रहने पनी उनले बताए ।
कार्यक्रम को संचालन मेचीनगर १२ युवा समुहका सचीब रमिर श्रेष्ठ ले गरेका थीऐ भने विभिन्न ब्यान्ड हरुको प्रस्तुती समेत रहेको थियो ।कार्यक्रममा दार्जीलिङ बाट आउनु भएका motivational speaker प्रिमीयम भुटीया ले आफुपनी पहीला लागू औषध सेवन गर्ने ब्यक्ति भएको र पछी लागू औषध छाडेपछी आफुले नया जीबन पाएको बताउदै चारआली लाई लागू औषध मुक्त बनाउन पनीजोड दिएका छन, ।आशिर्बाद प्रतिष्ठान सुधार केन्द्र का सन्चालक प्रेम साँबा लिम्बू ले पनी मन्तब्यको क्रम मा लागु औषध रोग न भई खराब बानी हो यसलाई सुधार्न आफै बाट सीक्नु पर्छ भन्दै आग्रह समेत गरेका छन ा   

(more…)

४ पुस, काठमाडौं । मेसी इज गोट । जी ओ ए टी अर्थात् गोटकोअर्थ हुन्छ ग्रेटेस्ट अफ अल टाइम । जसले सर्वकालीन महान् भन्ने बुझाउँछ ।

अर्जेन्टिनालाई कतार विश्वकप जिताउन फाइनलमा २ गोल गरेका सुपर स्टार फुटबलर लिओनल मेसी पनि अब सर्वकालीन महानको सूचीमा समावेश भएका छन् । ३५ वर्षको उमेरमा पनि जबरजस्त प्रदर्शन गर्दै मेसीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप दिलाएका छन् ।

विश्वकपको आफ्नो अन्तिम खेलमा साविक विजेता फ्रान्सलाई हराएर करिअरको पहिलो विश्वकप उपाधि जिते । मेसीले विश्वकपमा अन्तिम खेल खेले पनि पहिलो पटक उपाधि जित्दै बिदाइलाई सुखद बनाए । कतारमा विश्वकप ट्रफी उचालेसँगै विश्वकप जित्न नसकेको खेलाडी भन्ने ट्याग उनले हटाएका छन् ।

यो पुस्ताका दुई उत्कृष्ट खेलाडी हुन् मेसी र क्रिस्टियानो रोनाल्डो । क्लब लेभलमा यी दुईले सम्भव भएसम्म सबै उपाधि जिते व्यक्तिगत अवार्डहरु पनि उत्तिकै जिते । राष्ट्रका लागि पनि एकाध उपाधि जिते । तर फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता वा महान खेलाडीको मानकका रुपमा रहेको विश्वकप जितेका थिएनन् । विश्वकप नजित्दासम्म दुवै खेलाडीलाई महान भन्ने वा नभन्नेमा मतमतान्तर देखिएको थियो ।

Credit: Online Khabar

३ पुस, काठमाडौं । भारतमा नेपालबाट भइरहेको विद्युत निर्यात रोकिएको छ । सुख्खायाम लागेर नेपालमा उत्पादित बिजुली र माग बराबर भएपछि नेपाल विद्युत् प्राधिकरणले विद्युत निर्यात बन्द गरेको हो ।

अब सम्भवतः २०८०को असार पहिलो सातासम्म विद्युत निर्यात बन्द हुने प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिए । गत १ जेठबाट प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे-अहेड बजारमा निर्यात थालेको थियो । त्यसयता करिब ११ अर्ब रुपैया बराबरको विद्युत भारत निर्यात गरेको भट्टराईले बताए ।

Credit: Online Khabar

४ पुस, काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो ।

यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।

Credit: Online Khabar

४ पुस, काठमाडौं । मेसी इज गोट । जी ओ ए टी अर्थात् गोटकोअर्थ हुन्छ ग्रेटेस्ट अफ अल टाइम । जसले सर्वकालीन महान् भन्ने बुझाउँछ ।

अर्जेन्टिनालाई कतार विश्वकप जिताउन फाइनलमा २ गोल गरेका सुपर स्टार फुटबलर लिओनल मेसी पनि अब सर्वकालीन महानको सूचीमा समावेश भएका छन् । ३५ वर्षको उमेरमा पनि जबरजस्त प्रदर्शन गर्दै मेसीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप दिलाएका छन् ।

विश्वकपको आफ्नो अन्तिम खेलमा साविक विजेता फ्रान्सलाई हराएर करिअरको पहिलो विश्वकप उपाधि जिते । मेसीले विश्वकपमा अन्तिम खेल खेले पनि पहिलो पटक उपाधि जित्दै बिदाइलाई सुखद बनाए । कतारमा विश्वकप ट्रफी उचालेसँगै विश्वकप जित्न नसकेको खेलाडी भन्ने ट्याग उनले हटाएका छन् ।

यो पुस्ताका दुई उत्कृष्ट खेलाडी हुन् मेसी र क्रिस्टियानो रोनाल्डो । क्लब लेभलमा यी दुईले सम्भव भएसम्म सबै उपाधि जिते व्यक्तिगत अवार्डहरु पनि उत्तिकै जिते । राष्ट्रका लागि पनि एकाध उपाधि जिते । तर फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता वा महान खेलाडीको मानकका रुपमा रहेको विश्वकप जितेका थिएनन् । विश्वकप नजित्दासम्म दुवै खेलाडीलाई महान भन्ने वा नभन्नेमा मतमतान्तर देखिएको थियो ।

Credit: Online Khabar