
झापाको बुद्धशान्ति गाउँपालिका ४, बाझो खेतस्थित बिमला घिमिरेको आगलागीबाट आफ्नै घरसहित सर्वस्व गुमाएकी बिमला घिमिरेको परिवारलाई सहयोग जुट्ने क्रम निरन्तर जारी रहेको छ ।
सहयोग कै क्रममा बुद्धशान्ति १ बुधबारे स्थिति कर्णाली एजुकेसन फाउन्डेसनको टोली पीडितको घरमा पुगेर अवस्थाबारे जानकारी लिएको छ। आगलागी पछि घर पुनर्निर्माणको कार्य भइरहेको पाइएको छ।
संस्थाका प्रतिनिधिहरूले आवश्यक सामग्री र सहयोगका विषयमा बुझ्दा पीडित पक्षले तत्काल पानी ट्यांकीको आवश्यकता रहेको जानकारी गराएका थिए।
सोही आवश्यकतालाई मध्यनजर गर्दै कर्णाली एजुकेसन फाउन्डेसनले एक थान पानी ट्यांकी तुरुन्तै उपलब्ध गराएको छ। संस्थाले विपद्को समयमा मानवीय सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
स्थानीयवासीहरूले संस्थाको यस सह्राहनीय कार्यको प्रशंसा गरेका छन्। समाजको साझा प्रयासले आगलागीपीडित घिमिरे परिवारको पुनर्निर्माणमा आशा र भरोसा थपिएको स्थानीयले बताएका छन






