मानवीय सेवाको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नेपाल रेडक्रस सोसाइटी अन्तर्गत नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखा बुधबारे को २५ औँ उपशाखा सभा तथा प्रथम पालिका शाखा अधिवेशन सम्पन्न भएको छ।
मानवता, निष्पक्षता, स्वेच्छा सेवा तथा सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात् गर्दै समाजमा निरन्तर सेवा पुर्याउँदै आएको रेडक्रसको योगदानलाई स्मरण गर्दै कार्यक्रम आयोजना गरिएको हो ।
बुद्धशान्ति गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति पालिका शाखाका संयोजक पुष्पराज भट्टराईको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा सशस्त्र प्रहरी टिमाई बेस क्याम्पका प्रमुख, ट्राफिक प्रहरी कार्यालय बुधबारेका इन्चार्ज, मङ्गलद्वीप बचत तथा ऋण सहकारी संस्था लिमिटेड का अध्यक्ष लोकनाथ गौतम, पूर्व अध्यक्ष हरिप्रसाद पोख्रेल, सीता निरौला लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा रेडक्रसकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिलाई पालिका शाखाका सचिव जितबहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने उपशाखाका सचिव टंक निरौलाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रमको अवसरमा अध्यक्ष पुष्पराज भट्टराईले उपशाखाले हालसम्म सञ्चालन गरेका मानवीय सेवा, विपद् राहत, स्वास्थ्य तथा सामाजिक गतिविधिहरू समेटिएको प्रगति प्रतिवेदन तथा भावी नीति तथा योजना सार्वजनिक गर्नुभएको थियो । त्यसैगरी सचिव टंक निरौलाले आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष हरिप्रसाद पोख्रेल, मङ्गलद्वीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष लोकनाथ गौतम, ट्राफिक प्रहरी बुधबारेका इन्चार्ज चन्द्र राहुत तथा प्रमुख अतिथि मनोज प्रसाईले नेपाल रेडक्रस सोसाइटीको स्थापना, इतिहास तथा मानव सेवामा पुर्याउँदै आएको योगदानबारे चर्चा गर्नुभएको थियो ।
उहाँहरूले रेडक्रसले विपद्, महामारी, रक्तदान, स्वास्थ्य सेवा तथा सामाजिक सहयोगका क्षेत्रमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।
शुभकामना मन्तव्यका क्रममा वक्ताहरूले संस्थालाई आवश्यक सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
गाउँपालिका अध्यक्ष मनोज प्रसाईले पनि गाउँपालिकाले रेडक्रससँग समन्वय गर्दै विभिन्न मानवीय तथा सामाजिक कार्यक्रमहरूमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा समेत सहकार्यलाई थप सशक्त बनाइने बताउनुभयो ।
मानवता र सेवाभावलाई केन्द्रमा राखेर समाजमा क्रियाशील रहेको नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरिएको थियो ।






















वडा कार्यालयले जारी गरेको अपिलमा संघीय सरकार तथा जिल्ला प्रशासन कार्यालय झापाबाट सरकारी तथा ऐलानी जग्गामा बसोबास गर्ने व्यक्तिहरूको विवरण माग गरिएको सूचना र काठमाडौंका विभिन्न सुकुम्बासी बस्तीमा डोजर चलाइएको घटनापछि स्थानीय नागरिकमा त्रासको वातावरण सिर्जना भएको उल्लेख गरिएको छ।
गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास)का अनुसार गाउँपालिकामा एक हजार ८५७ घरपरिवार अव्यवस्थित रहेकामा हालसम्म १५२ घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण सम्पन्न भइसकेको छ । बाँकीलाई पनि प्रमाणपत्र वितरणको काम अन्तिम चरणमा पुगेको छ ।
प्रचलित कानुनबमोजिम जग्गाधनी प्रमाणपत्र वितरण कार्यले निरन्तरता पाउनेछ । मापदण्ड पुगेका ऐलानी तथा अन्य जग्गामा बसोबास गरिरहेका नागरिकलाई हटाउने वा संरचना भत्काउने कुनै योजना छैन । भ्रमपूर्ण प्रचारमा नलाग्न आग्रह छ”, गाउँपालिकाले एक सूचना जारी गरी आश्वस्त पारेको छ ।
सभाको उद्घाटन पश्चात बोल्दै प्रमुख अतिथि तामाङले पछिल्लो समय सरकारले मिडियामा नाकाबन्दी लगाउने किसिमको निर्णय गरेकाले पत्रकारिता क्षेत्रमा दिनानुदिन चुनौतीहरु थपिदै गइरहेको बताएका छन् । उनले सरकारले सरकारी विज्ञापन सरकारी पत्रिकामा मात्रै प्रकाशित गर्नुपर्ने निर्णय गरेकाले सरकारको उक्त निर्णय तत्काल फिर्ता गर्नुपर्ने धारणा राखेका थिए ।
संस्थाका अध्यक्ष तिम्सिनाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै अघिल्लो बर्ष जस्तै आगामी आ.वमा बुद्धशान्तिका सबै पत्रकारहरुको दुर्घटना विमा गर्ने, अक्षयकोष खडा गर्ने, कार्यसम्पादनका आधारमा मुल्यांकन गरी बार्षिक रुपमा पत्रकारीता पुरस्कार प्रदान गर्ने साथै पत्रकारहरुलाई क्षमता अभिवृद्धि गराउने किसिमका विभिन्न तालिम, उद्घोषण, व्यक्तित्व बिकास तालिम जस्ता कार्यक्रम गर्ने बताएका छन् ।
कार्यक्रम बुधबारे स्थित दीर्घायु होटल एण्ड लजमा भएको थियो । २०७६ सालमा स्थापना भएको क्लबमा स्थापना हुँदा १६ जना सदस्य रहेका थिएभने हाल २३ जना सदस्य रहेका छन् ।
बुधबारे जेसीजका अध्यक्ष जेसी कुशल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव बिनोद रिजालले गर्नुभएको थियो। कार्यक्रम संयोजक बिबेक खुलाल रहनु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा श्रमजीवी वृद्ध नागरिक मोहम्मद मुस्लिमको उपस्थिति रहेको थियो भने इलाका इन्चार्ज चन्द्र राउत अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
कार्यक्रमको औचित्य अध्यक्ष कुशल अधिकारीले प्रकाश पार्नुभएको थियो। प्रमुख अतिथिबाट क्यालेन्डर हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो।
कार्यक्रममा पूर्व अध्यक्षहरू दुर्योधन सिंह राजपुत (अध्यक्ष वर्ष २०२४), प्रकाश भण्डारी (अध्यक्ष वर्ष २०१८) तथा निवर्तमान अध्यक्षबाट शुभकामना मन्तव्य व्यक्त गरिएको थियो।
कार्यक्रममा बुधबारे जेसीज बोर्डका पदाधिकारी, जेसीज सदस्यहरू, पूर्व अध्यक्षहरू तथा मानार्थ सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अहिले देशमा आन्तरिक रूपमा (जनताकाे जनमत अर्थात् यसबारे जनताकाे धारणा के छ? नबुझि/ नलिई) एउटा तयारी हुँदैछ । त्यो हो, स्थानीय तहकाे संख्या घटाउने । म यसकाे विपक्षमा छु र म संघ र प्रदेशको निर्वाचन क्षेत्र चाहिँ घट्नुपर्छ भन्ने पक्षमा छु, जसका संक्षिप्त कारण र आवश्यकताका बारेमा मेरा धारणा तल उल्लेख गरेकाे छु ताकि पूरापूर यसबारे बहस हाेस् भन्ने छ र हुनुपर्छ ।
किनकि जनताकाे सहजताकाे लागि, कार्य अधिकार थप गरि अझ बढी जनपक्षीय काम पालिका र मातहतका वडाबाट दिन सकिन्छ । जनताले गुनासाे राख्ने, समस्या राख्ने र कार्यान्वयनका लागि गरिने खवरदारीकाे नजिककाे विकल्प नै स्थानीय तह हाे ।
समितिका सदस्यहरूमा शन्तोष शर्मा (अमर), सरिता किसान, सिमा परियार, राजकुमारी लिम्बू र उर्मिला ढुङ्गेल रहनुभएको छ। वडा प्रतिनिधिका रूपमा शेरबहादुर राय, सदस्य सचिवका रूपमा प्रधानाध्यापक टंकनाथ घिमिरे तथा शिक्षक प्रतिनिधिका रूपमा राज अर्याल चयन हुनुभएको छ।

( चैत ८ गते आइतवार) दिनको १ बजेको समयमा सोही स्थानका कमल खड्काको मकै बारीमा घाइते अवस्थामा रहेको चितुवाले आक्रमण गरेको हो ।
थियो भने झापा बुद्दशान्ति–६ का ५० बर्षीय कृष्ण गजमेर, सोही स्थानका ५४ बर्षीय दुर्गा बबहादुर कटुवाल, र मेचीनगर नगरपालिका–१० का २६ बर्षीय बिशाल कार्की समेतलाइ आक्रमण गरेर घाइते बनाएको थियो ।

उद्घाटन कार्यक्रम चैत १२ गते चन्द्रगढीस्थित मेची रंगशालाअगाडि खुला मैदानमा हुनेछ। कार्यक्रममा संस्थाका संस्थापक उपाध्यक्ष तथा पूर्वमन्त्री रकम चेम्जोङ प्रमुख आतिथ्य रहने बताइएको छ।