July 15, 2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाको दमकमा आफ्नो कार्यक्रममा ‘गुन्डागर्दी’ शैलीमा हस्तक्षेप गर्ने प्रहरी निरीक्षक नविन राईमाथि कारबाहीको माग गरेको छ।

रास्वपा झापाका कार्यवाहक जिल्ला सभापति प्रकाश पाठकले हिजो (आइतबार) एक प्रेस विज्ञप्ति जारी गर्दै सत्ताको उन्मादमा लोकतान्त्रिक दलमाथि गरिने यस्ता ‘दादागिरी प्रवृत्ति’ को घोर भत्सर्ना गरेका छन्।

विज्ञप्तिमा उल्लेख भएअनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा कुनै पनि विरोधका कार्यक्रम नगरी दमक–४ स्थित क्याम्पस मोड अगाडि रास्वपा दमक नगर समितिको आयोजनामा नगर सभापति तिर्थप्रसाद लामिछानेको नेतृत्वमा करिब १० जनाको उपस्थितिमा पार्टी सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको विरुद्ध जनताको हस्ताक्षर संकलन गरिरहेका बेला घटना भएको थियो।

सोही क्रममा इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक राईले आएर माइक खोसेर तोडफोड गरेका थिए।

उनको ‘दादागिरी र गुन्डागर्दी’ शैलीमा माइक फुटाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसको धेरैले आलोचना गरेका छन्।

कार्यवाहक सभापति पाठकले स्थानीय प्रहरीलाई जानकारी गराएरै दमक नगरमा सञ्चालन भइरहेको हस्ताक्षर अभियानमा प्रहरीले गरेको दमनपूर्ण हस्तक्षेपले लोकतन्त्रको धज्जी उडाएको बताएका छन्।

उनले चालु रहेको माइक खोसेर भाँचिदिनुलाई ‘सरकारमा रहेका मानिसले सरकारी संयन्त्रको प्रयोगबाट गरिएको दादागिरी र हस्ताक्षर अभियानबाट डराएको’ भन्दै प्रश्न गरेका छन्।

पाठकले विज्ञप्तिमा लेखेका छन्, “प्रधानमन्त्रीले आफूलाई एउटा दलको मात्र ठान्ने, आफू हिँडेको बाटोमा अरु नहिँडून्, आफू उभिएको भूमिमा अरुले गतिविधि नगरुन् भन्ने तानाशाही चरित्र आफैँले संघर्ष गरेर हासिल गरेको भनिएको लोकतन्त्रको विरुद्ध मात्र छैन, सुरक्षा सबैका लागि हो भन्ने समान कानुनी अधिकारको खिल्ली उडाएको छ।

यसरी सत्ता र शक्तिको उन्मादमा लोकतान्त्रिक अभिव्यक्ति स्वतन्त्रता बिरुद्ध जो कोहीबाट हुने यी र यस्ता गतिविधि कदापी सह्य हुने छैन।”
प्रहरी निरीक्षक राईमाथि यसअघि पनि ‘दादागिरी’ देखाउँदै आएको आरोप छ।

गत माघमा दमक–६ स्थित आकाशे पुलनजिक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन (मिराक) को नेतृत्वमा बन्दकर्ताहरूले शान्तिपूर्ण आन्दोलन गरिरहँदा राईको उक्साहटमा उनीहरू आन्दोलित भएका थिए।

इलाममा सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ भने अर्का एकजना पुरुष सिकिस्त भएका छन् । सर्पलडसेर चुलाचुली गाउँपालिका १ तीनतले बस्ने चित्रबहादुर राईकी छोरी १३ वर्षीया प्रिया राईको मृत्यु भएको हो ।

आफ्नै घरको कोठामा सुतिरहेको बेला उनलाई बिषालु सर्पले टोकेको थियो । बालिकाको हातमा सर्पले डसेकोे डाम देखिएपछि दमकस्थित नेपाल रेडक्रस सोसाइटीको सर्पदंश केन्द्रमा लगिएको थियो ।

सर्पदंश उपचार केन्द्र दमकमा उपचारका क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनी चुलाचुली १ कमलस्थित जनता माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् ।

सहारा नेपालका कर्मचारीलाई अभद्र व्यवहार गर्ने विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

असार २८ गते मोरङको मिक्लाजुङस्थित मधुमल्ला सेवा केन्द्र अन्तरगतका कर्मचारी रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछाने विश्वकर्मालाई ऋण असुली तागेत ागर्न जाने क्रममा अपशब्द , गाली गलौज, हातपात, जुत्ताको माला समेत लगाई अभद्र व्यवहार गरिएको थियो ।

सो कार्यमा सम्लग्न चन्द्रलाल मगरकी पत्नी माया मगर, नैनप्रसाद लिम्बूकी छोरी दुर्गा माया लिम्बू उपर पक्राउ पूर्जी जारी भएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले दिएको जानकारी अनुसार उनीहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । सादा पोशाकका प्रहरी परिचालन भएसंगै उनीहरु फरार रहेको बताइएको छ ।मंगलवार सहारा नेपाल केन्द्रीय कार्यालयले जिल्ला प्रशासन कार्यालय झापामा पनि ध्यानाकर्षण पत्र बुझाएको छ । सहारा नेपालका उप निर्देशन दिनेश निरौलासहित सञ्चालक समितिसहितका पदाधिकारीले प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सहारा नेपालको केन्द्रीय कार्यालय झापा बिर्तामोड २ स्थित चारपानेमा रहेको छ । संस्थाको सेवाकेन्द्रहरु झापामा धेरै रहेकाले त्यस्ता घटनाहरु हुन सक्ने भन्दै प्रजिअको ध्यानाकर्षण गराइएको हो ।
संस्थाले कोशी प्रदेशका ६ जिल्लामा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ६ खेलकुद बिकास समितीले एक कार्यक्रमको आयोजना गरि पर्यटकीय क्षेत्र जोर साँघु  सरसफाइ गरेको छ । हाम्रो वातावरण, हाम्रो जिम्मेवारी भन्ने  कुरालाई मध्यनजर गर्दै सञ्चालन गरिएको सरसफाई अभियानमा स्थानिय युवा विभिन्न संघ सस्थाका प्रतिनिधि अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।पछिल्लो समय पर्यटकको रोजाईमा परेको जोरसाँघुमा घुम्न आउने साथै पौडी खेल्न आउनेको चाप बढेसँगै त्यस क्षेत्र वरपर वियरका बोतल पाल्टिकजन्य बिभीन्न खाले फोहरमैला बढेपछि सार्वजनिक स्थलको सरसफाई गरिनुका साथै आफुले गरेको फोहर आफैले समाल्नु पर्छ भन्ने वातावरणीय सचेतना सन्देश सहित सरसफाई गरिएको वडा नं ६ खेलकुद विकास समितिका अध्यक्ष अशोक लाखेले बताउनु भयो ।त्यस्तै आफ्ना भनाईहरू राख्दै जोर साँघु संरक्षण समितीका सचीव साथै घट्टे होमस्टेका संचालक बिमल दाहालले सरसफाई वातावरण संरक्षणमा तपाई हामी सबैको भूमिका महत्वपूर्ण हुने बताउँदै यस्ता कार्यक्रमले सामाजिक उत्तरदायित्वको भावना विकास गराउने बताउदै उहाँले संस्थालाई आगामी दिनमा थप पनि सामाजिक  क्षेत्रमा यस्ता कार्यक्रम गर्दै जान हौसला र लगनशीलताका साथ अगाडि बढ्न शुभकामना दिदै आफ्ना भनाईहरू राख्नु भएको थियोवडा नं ६ खेलकुद बिकास समितीका सचिव खेम राईले सन्चालन गर्नु भएको कार्यक्रममा स्थानिय समाज सेवी होइसल लामा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्थानिय समाज सेविहरू अरुण खतिवडा, बिक्रम पङ्धाक लिम्बू,गणेश मगर पेशल न्यौपाने कमल ढकाल सुजन लिम्बू लगायतको उपस्थितिमा सरसफाई सम्पन्न गरिएको थियो ।

झापाको बुद्धशान्तिमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउाँपालिका वडा नम्बर ३ सयपत्री टोलका ३९ बर्षिय रोशन जिमिको आज साँझ ७ बजे करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

रोपाईका लागि पानिको मोटर जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडको बिएण्सी अस्पताल ल्याइएको  थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुद्धशान्ति गाउँपालिका भागिरथा न्यौपाने बुद्धशान्ति अस्पतालमा फिजियोथेरापी सेवा सुरू भएको छ । त्यस्तै बुद्धशान्ति वडा नं ३ स्थित भागिरथा न्यौपाने बुद्धशान्ति अस्पतालमा यहि श्रावण १ गते बाट आम नागरिकको चाहना ,सुझाव अनि हालको आवश्यकता लाई मध्यनजर गरि बुद्धशान्ति गाउँपालिका ,अस्पताल ब्यवस्थापन समिति मार्फत २४ सै घण्टा सेवा संचालन गर्ने भएको छ ।

पालिका अध्यक्ष  मनोज प्रसाईका अनुसार तयारीको लागी काम धमाधम भईरहेको रहेको बताउनु भयो ।

झापाका ४७१ अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गरिने भएको छ ।

मदन अधिकारीको अध्यक्षतामा गठन भएको भूमि समस्या समाधान आयोग झापाले पहिलो पटक ४७१ अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गर्न लागेको हो । भूमि समस्या समाधान आयोग झापाको बुधबार बसेको बैठकले बुद्धशान्तिका १९५, अर्जुनधाराका १२८, गौरीगञ्जका ११, कन्काईका १३५ र दमकका २ भूमिहीन दलित÷ सुकुम्बासी र अब्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने कार्यबिधि २०८१ को दफा ९६० र भूमिसम्बन्धी नियमहरु २०२१ को २० औँ संशोधन को दफा ५ को बमोजिम जग्गाधनी प्रमाणपुर्जा बितरण गर्ने निर्णय गरिएको आयोगका विज्ञ लक्ष्मी आचार्यले बताए ।

बुद्धशान्ति , अर्जुनधारा , कन्काई , गौरीगञ्ज र दमकका ५४१ अव्यवस्थित बसोबासीका लागि सात दिने सूचना जारी गरिएकोमा ४७१ जनाले नियम अनुसार राजश्व दाखिला गरेकाले उनीहरुलाई असार मसान्तभित्र धनीपुर्जा वितरण गरिने आचार्यले जानकारी दिए ।

त्यस्तै कन्काई नगरपालिकाका भूमिहीन , दलित र भूमिहीन सुकुम्बासी ७१ परिवारलाई समेत पुर्जा तयार गरी वितरण गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

यसका अलावा बाह्रदशी , शिवसताक्षी , मेचीनगर , कमल र दमकका विभिन्न वडाहरुको फायल बनाउने काम भइरहेको छ । सम्बन्धित पालिका र राजनीतिक दलहरुसंग समन्वय गरी धनीपुर्जा वितरण कार्यक्रम तय गरिने भएको छ ।

असार २६ देखि २९ गतेभित्र धनीपुर्जा वितरणको कार्यक्रम हुनसक्ने जनाइएको छ ।

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा इलाम माई नगरपालिका–२ का खेमराज ढकाल प्रहरीले पक्राउ गरेको छ ।

५२ वर्षीय ढकाल राती ८ बजे  घरबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मानबहादुर राईले जानकारी दिए ।

ढकालले स्थानीय दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप रहेको प्रहरीको भनाइ छ । उनी नेकपा (एमाले) जिल्ला कमिटी सल्लाहकार परिषद सदस्य, बुद्धिजीवी परिषद जिल्ला सदस्य, माई नगरपालिका १३ नम्बर इलाका सचिव तथा माई नगरपालिका शिक्षा समिति सदस्यसमेत रहेको बताइएको छ ।

ढकाल हरियाली रेसम शैक्षिक सार्वजनिक गुुठी स्कुलका संस्थापक, शिक्षक पनि हुन् । घटनाबारे  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीयले ढकालमाथि कानुनी कारबाही गर्न माग गर्दै उनलाई नियन्त्रण गरी राखिएको दानाबारीस्थित लोदिया प्रहरी चौकी परिसरमा नाराबाजीसमेत गरेका थिए

इलामको सूर्योदय नगरपालिका वडा नं ७, एकता टोलका लेखनाथ खतिवडा वैदेशिक भुमिमा विरामी परेपछि उपचारका लागि परिवारले सहयोगको अपिल गरेका छन् ।

हाल दुवैस्थित मिडल इस्टको एफजेठ मास्ट इन्जिनियरिङ कम्पनीमा कार्यरत रहँदै आएका उनि गत असार ८ देखि शिकिस्त रहेको परिवारका लिलाधर खतिवडाले बताउनुभयो।

रोजगारको सिलसिलामा नेपालबाट २०८२ जेठ ५ गते विदेश पुगेका खतिवडाको उपचार हाल एआई रोसिड अस्पतालमा भइरहेको छ।सुरुमा सेतो रक्तकोष (White Blood Cell) को कमी देखिएपछि अस्पताल भर्ना गरिएका उनमा अहिले निमोनिया (pneumonia) समेत देखिएको र अवस्था गम्भीर बन्दै गएपछि आईसीयूमा राखेर उपचार भइरहेको जनाइएको छ।

उनको उपचारमा लाग्ने खर्च अत्यधिक भएकाले परिवारले आर्थिक सहयोगका लागि अपिल गरेका हुन् ।

घरमा बुवा, आमा, श्रीमती र दुई छोराहरू रहेका खतिवडा वैदेशिक रोजगारीबाट परिवारको गुजारा चलाउँदै थिए ।

अहिले उपचार खर्च व्यहोर्न परिवारको क्षमता नपुगेको हुँदा जो–सुकैले सकेको आर्थिक सहयोग गरेर साथ दिन अनुरोध गरिएको छ।

सहयोग गर्न चाहने महानुभावहरूले तलको सम्पर्कमा सम्पर्क गर्न सक्नुहुनेछः
📞 सम्पर्क नं.: [९८४२६९८६९१-लिलाधर खतिवडा]

माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २९ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा लिएको परीक्षाको नतिजा शुक्रबार साँझ प्रकाशित गर्दै पूरक परीक्षाको मिति पनि तय गरेको हो । पूरक परीक्षाको कार्यतालिका भने पछि प्रकाशित गरिने बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले जानकारी दिए ।

यसपटक एसईईमा समग्रमा ६१.८१ प्रतिशत परीक्षार्थी ‘ग्रेडेड’ भएका छन् । बोर्डले शुक्रबार साँझ प्रकाशित गरेको नतिजाअनुसार गत वर्षभन्दा यसपालि बढी विद्यार्थीले सफलता पाएका हुन् ।

बोर्डका अनुसार नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७ छन् । ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना छन् ।

यसैगरी, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना रहेको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । अवर्गीकृत परीक्षार्थीको संख्या १ लाख ६७ हजार ५९७ छ । २०८१ को एसईई ७ चैतदेखि सञ्चालन भएको थियो ।