April 23, 2024

प्रदेश १

झापाको बुद्धशान्ति गाउँपालिकामा प्रथम बुद्धशान्ति उपाध्यक्ष तेक्वान्दो प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ।

जयपुर तेक्वान्दो डोजाङ झापाको आयोजनामा जयपुर तेक्वान्दो डोजाङको हलमा सम्पन्न भएको प्रतियोगितामा झापाका १५ डोजाङ को सहभागिता रहेको थियो।

जयपुर तेक्वान्दो डोजाङका अध्यक्ष चन्द्र प्रकाश गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको प्रमूख आतिथ्यता साथै वडा नं २ का वडाअध्यक्ष डिल्ली प्रसाद ओलि समाजसेवि नेत्र गौतम,नवज्योति युवा क्लबका अध्यक्ष गोपाल पोख्रेल चन्द्र सूर्य युवा क्लब अध्यक्ष मेदनी घिमिरे, खेलकुद विकास समिति बुद्धशान्ति का अध्यक्ष भरत खतिवडा, झापा तेक्वान्दो संघ कार्यकारिणी अध्यक्ष बाबुलाल सुब्बा, वरिष्ठ तेक्वान्दो प्रशिक्षक तथा प्रतियोगिता निर्णायक जितेन मेचे, जिल्ला तेक्वान्दो कार्यकारिणी समिति पूर्व सदस्य दिपेन मेचे तथा पत्रकारको आतिथ्यता रहेको थियो ।

प्रतियोगिता तर्फ टीम पहिलो जयपुर तेक्वान्दो डोजाङ, टीम दोश्रो बुधबारे तेक्वान्दो डोजाङ र टीम तेश्रो झोलुङ्गे तेक्वान्दो डोजाङ भएको थियो भने Best फाइटर केटी तर्फ खुसी गौतम जयपुर डोजाङ र वेस्ट फाइटर केटा तर्फ कुसल राई झोलुङ्गे डोजाङ ले हात पार्न सफल भएको थियो।


प्रतियोगिता तर्फ टीम पहिलो जयपुर तेक्वान्दो डोजाङ, टीम दोश्रो बुधबारे तेक्वान्दो डोजाङ र टीम तेश्रो झोलुङ्गे तेक्वान्दो डोजाङ भएको थियो भने Best फाइटर केटी तर्फ खुसी गौतम जयपुर डोजाङ र वेस्ट फाइटर केटा तर्फ कुसल राई झोलुङ्गे डोजाङ ले हात पार्न सफल भएको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाले भन्नूभयो,आगामी दिनमा खेलकुद क्षेत्र र खेलाडीको विकास विस्तार र प्रर्वद्धनका लागि विभिन्न खेलकुदका कार्यक्रमहरु समेत आयोजना गरिने जानकारी दिनुभयो। खेलकुदको माध्यमबाट बुद्धशान्ति गाउँपालिकालाई चिनाउन आगामी दिनहरुमा खेलकुदका हरेक क्षेत्रका खेलाडीहरुलाई गाउँपालिकाले सहयोग गर्ने बताउनु भयो।

ज्ञानु भट्टराई  ।  झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित बर्ने चिया कमानमा काम गर्ने मजदुरलाई शुक्रबार रेनकोट वितरण गरिएको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ ले ३३० थान रेनकोट वितरण गरेको हो ।

बर्खाको समयमा परेको पानीमा मजदुरहरूले भिज्दै काम गरेको देखिएका कारण १ लाख ७० हजार बराबरको रेनकोट वितरण गरिएको वडा नम्बर ४ का वडाध्यक्ष शेरबहादुर रायले बताउनु भयो । गाउँपालिका अध्यक्ष मनोज प्रसाईँको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा उपाध्यक्ष भवानी खतिवडाको विशिष्ट आतिथ्यता रहेको थियो।


चिया कमानमै गएर रेनकोट वितरण गरिएको कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य दुर्गा ढुङ्गेलले सञ्चालन गर्नुभएको थियो बर्खायाममा भिज्दै काम गर्नु पर्ने र बिरामी हुने समस्या आइरहने हुन्थ्यो तर अब यो समस्या काम हुन्छ भन्दै रेनकोट वितरण गर्ने बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष शेरबहादुर रायलाई मजदुरहरुले धन्यबाद दिएका छन् । रेनकोट पाएपछि मजदुरहरू हर्सित भएका छन् ।

केही समय अघि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईँले सोही स्थानका मजदुरलाई गमबुट बितरण गरिएको बताईएको छ । अबको केही दिनमा वगानका काम गर्ने मजदुरहरूलाई पालिकाको सहकार्यमा स्वाथ्य सिविर सन्चालन गर्ने गाउँपालिका अध्यक्ष मनोज प्रसाईले बताउनु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा सञ्चालन भएको १० दिने मुढा बनाउने साथै ५ दिने उद्घोषण तथा माईन्युट लेखन तालिम शुक्रबार समापन भएको छ ।

बुद्धशान्ति वडा नम्बर–४ को आर्थिक सहयोग साथै दलित समन्वय उपभोक्ता समितिको आयोजनामा मुढा बनाउने साथै उद्घोषण माईन्युट लेखन तालिमको समापन भएको हो ।


तालिममा वडाभरिका ३१ जना प्रशिक्षार्थी सहभागी भएका थिए त्यसमा मुढा बनाउने १६ जना र उद्घोषण तथा माईन्युट लेखनमा १५ जनालाई प्रशिक्षक नरेश खाति र शिंह बहादुर विश्वकर्माले प्रशिक्षण प्रदान गरेका थिए ।

समापनका अवसरमा प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष शेर वहादुर रायले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीलाई अनुरोध गर्नुभयो , सीप भए आत्मनिर्भर हुन सकिने उहाको भनाई थियो । हातको सीप सवैभन्दा ठुलो सम्पति हुने भएकाले यो कहिले नाश नहुने हुँदा सीप सिक्न जरूरी रहेको बताउदै स्थानीय स्तरमा उत्पादन भएका सामाग्रीको बजारको उचित व्यवस्थापनमा स्थानीय सरकार लाग्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो।

यस्ता सीपमुलक कार्यक्रममा गाउँपालिका र वडाले समेत बजेट विनियोजन गरेर वडामा दक्ष जनशक्ति उत्पादन गरेर रोजगारको अवसर प्रदान गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

दलित समन्वय उपभोक्ता समिति बुद्धशान्ति ४ काअध्यक्ष बालकृष्ण गजमेरको सभापतित्वमा भएको समापन कार्यक्रममा दलित समन्वय समतितिका सहसचिब अस्मिता वर्देवाले उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गरेकी थिईन, कार्यक्रममा सहभागीकातर्फबाट मनोज कुमार विश्वकर्मा कर्ण वहादुर लोहार र एन्जल नेपालिले आफ्नो धराणा राखेका थिए ।


बुद्धशान्ति गाउँपालिका वडा नं ४ को वडा कार्यलयको भवनमा भएको कार्यक्रमको सञ्चालन समन्वय समितिका सचिव उमा विश्वकर्माले गरेकी थिईन।

समापन समारोहमा प्रमुख अतिथि र शेर वहादुर राय विशेष अतिथि पुर्व जि• वि• स• शुर्य वहादुर विश्वकर्मा बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य भिम धमला, सदस्य शशिकला विश्वकर्मा,आईत वहादुर सावा संजिव कुमार थेवे लगायतको उपस्थितिमा तालिममा सहभागिहरूलाई प्रमाण पत्र प्रदान गरीएको थियो ।

ज्ञानु भट्टराई  १२ असार , झापा  । पछिल्लो समय निर्वाचन आयोगले निर्वाचन आयोगको नाममा चरम भ्रष्टाचार गरिरहेको भन्दै यस बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित श्री बर्ने स्किम खानेपानी तथा सरसफाई समितिको २०८० /३/९ गते सम्पन्न निर्वाचनमा आर्थिक पक्षको मितव्ययीता प्रति खुसि व्यक्त गर्दै बुद्धशान्ति वडा नं ४ का युवाहरूले निर्वाचन समितिका ५ जनालाई सम्मान गरेका छन।

                    सबक सिकौँ
 आयोगको नाममा भइरहेको भ्रस्टाचार निर्मुल गरौँ

भन्ने उद्येस्यले निर्वाचन समितका
संयोजक :- Laxmi Mabo
सह-संयोजक : Nar Bahadur Thebe सदस्य :- Narendra Mishra
सदस्य :- Prakash Samsohang सदस्य :- मान बहादुर कालिकोटे लगायत ५ जनालाई सम्मान गरिएको थियो ,उनिहरूलाई खदा अविर साथै सम्मान पत्र द्वारा सम्मान गरिएको संयुक्त युवा परिवारका बुद्धशान्ति ४ का संयोजक अरून कुमार थेबेले बताका छन।

बुद्धशान्ति गाउँपालिका वडा नं ४ भोगोलिक अवस्था र जनसंख्याको आधारले पनि विभिन्न सङ संस्था मा प्रतिनिधि छान्नलाई चुनाब नै गर्नु पर्ने भएकाले चुनाबको खर्च निकै बढेर गएको अवस्थामा श्री बर्ने स्किम खानेपानी तथा सरसफाई समितिलाई १ हजार १ सय ८ जना मतदाता उपभोक्ता रहेको संस्थाको चुनाव खर्च जम्मा ५० हजारमै निर्वाचन सम्पन्न गरेको भन्दै निर्वाचन समितिका ५ जनालाई सम्मान गरेको संयुक्त युवा परिवार बुद्धशान्ति ४ का सह संयोजक पुर्ण सुहाङले बताएका छन ।

पछिल्लो समय संयुक्त युवा परिवार बुद्धशान्ति ४ सामाजीक कार्यमा निकै अगाडी देखिन्छ।

 के के गरे सामाजिक कार्य  ?

बिगत केही बर्ष देखि वडा नं ४ परिसर भित्रका सार्वजानिक स्थल मठ मन्दिर गुन्बाहरूमा सरसफाई , स्थानिय युवाहरूलाई लागू अौषध दुर्व्यसनि बाट टाढा राख्न जनचेतना मुलक कार्यकमको पहल,

लकडाउनको समयमा बुद्धशान्ति स्काउटले आयोजना गरेको कोरोना पिडितहरुलाई पौष्टिक आहार वितरण गर्ने कार्यमा उहाँहरु सँगै घर घर गएर वितरण गर्ने कार्यमा सहयोग, ४ नम्बर वडा भरिका अव्यवस्थित बिजुलीका पोलहरुलाई सम्बन्धित निकायमा ध्यानाकर्षण गराई चाँडो भन्दा चाँडो फेरबदल गराउने कार्यमा सहयोग ।

स्थानीय युवाहरुलाई लागू अौषद दुर्व्यसनबाट टाढा राख्न विभिन्न सामाजिक कार्यहरुमा जोड्ने पहल, २०७९/११/२७ गते ४ नं वडा कार्यलयको सहयोगमा नि:शुल्क आँखा शिविर गुराँस बस्तीमा सञ्चालन गरि १०१३ जनालाई सेवा प्रदान ।

खेलाडिहरूलाई प्रोत्सानहन गर्ने उद्येस्यले वडा नं ४ भित्रका विभिन्न युथ क्लबहरुलाई खेलकुद सामाग्री वितरण,
२०८०/२/२६ गते नं ४ वडा कार्यलयको सहयोगमा श्री नवज्योति सामुदायिक बन परिसर भित्र कुम्बिखाल नवज्योति सिमसार क्षेत्र सरसफाइ तथा रङरोगन गरि आन्तरिक पर्यटकिय स्थलहरुलाई थप आकर्षक बनाउने लगायतको कार्य गर्दै आएको संयुक्त युवा परिवारका संजोजक अरून कुमार थेबेले बताएका छन।

युवा कल्बको भावी योजना के छ  ?

वडा नं ४ का विभिन्न सामाजिक संघ-संस्थाहरुमा भईरहेको अनियमितता र भ्रष्टाचार विरुद्ध साङ्केतिक कार्यक्रमहरु गरि सचेत गराउने ,

हरेक टोलका विभिन्न दलमा आवद्ध युवा युवतीहरुलाई एक ढिक्का बनाई सामाजिक गतिविधिहरुमा सरिक बनाउने ,

सकरात्मक सोच भएका र सक्षम युवाहरुलाई नेतृत्व गर्ने गरि अगाडि बढाई थप युवाहरुलाई प्रोत्साहन गर्ने ,

४ नम्बर वडा भित्रका बन्दै गरेका आन्तरिक पर्यटक स्थलहरुलाई व्यवस्थित बनाउन विभिन्न निकायमा पहल गरि प्रवर्द्धन गर्ने,

गरिब दुःखी र असहायहरुका निमित्त अग्रजहरुको सुझाव अनुरुप विभिन्न कार्यक्रम मार्फत सहयोग जुटाउने
कल्बका संयोजक अरून कुमार थेबेले बताएका छन, ।

इलामको रोङ गाउँपालिका वडा नं ६ ले शैक्षिक अन्तरक्रिया सगै बिद्यार्थीलाई अभ्यास पुस्तिका नया आर्थिक बर्षकाे शुरु हुन लाग्दा शैक्षिक क्षेत्रका समस्या र समाधानका बारेमा सराेकारवला सँग अन्र्तरकिया गरिनुकाे साथै वालबालिका हरुकाे लागि निशुल्क अभ्यास पुस्तिका बितरण गरिएकाे छ ।

सामुदायिक बिद्यालयमा रहेका बिध्यमान समस्याहरुलाई कसरी सम्बाेधन गर्न सकिन्छ भनेर राेङ गाउपालिका वडा न ६ ले वडा शिक्षा समिति सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरु जनप्रतिनिहरुकाे सामुहिक भेला गरेर समाधानकाेलागि आगामि दिनमा चालिने कदमकाे बारेमा गहन छलफल गरेकाे वडाध्यक्ष सत्यम राई चाैरासेले बताए ।


वालबालिका हरुकाे लागि सामुदायिक शिक्षामा आकर्षण र पहुच पुर्याउनकाे लागी चालु शंक्षिक बर्षमा वडाका सामुदायिक बिद्यालयमा अध्ययनरत कक्षा चारदेखी सातसम्मका बिद्यार्थीहरुकाे लागि प्रति बिद्यार्थी तिन वटा अभ्यास पुस्तिका समेत बितरण गरिएकाे वडा सचिव खगेन्द्र खतिवडाले बताए ।

छलफलबाट वडाका हरेक बिद्यालयमा कृषि प्राबिधिक सहितकाे करेसावारी शिक्षा,निशुल्क अभ्यास पुस्तिकाकाे बितरणलाई निरन्तरता,वडा भित्रकाे परिक्षा प्रणालीमा एकरुपता जस्ता सुधारात्मक कार्यक्रम सचालन गरिने निर्णय गरिएकाे शिक्षासेवि तथा माेतिराम माबिका पुर्व प्रअ दलबहादुर माेक्तानले बताए ।

वडाभित्रका हरेक बिद्यालयका समान र फरक प्रकृतिकाे समस्या रहेकाे भएपनि स्थानिय सरकारले निति कार्यक्रम र बजेटकाे पुर्वसन्ध्यामा समस्याकाे पहिचान गरि निराकरणकाे लागि पहिलाे पटक प्रयास गरेकाेमा अत्यान्तै खुसि लागेकाे माेतिराम माबिका प्रधानाध्यापक कुमार मगरले बताए ।

झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको बुद्धशान्ति महिला मन्च बुधबारेको आयोजनामा महिला हरूलाई सिपमुलक तालिम दिई आत्मनिर्भर बनाउने उद्धेश्यले महिला स्वरोजगार अन्तरगत ५ दिने पोते उन्ने तालिम मङ्गलबार बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित नेपाली कांग्रेस गाउँ समितिको सभाहलमा सम्पन्न भएको छ ।

नेपाली कांग्रेस बुद्धशान्ति गाउँ समितिको सभाहलमा भएको कार्यक्रममा बुद्धशान्ति महिला मन्चकी अध्यक्ष विष्णु मैनाली उप्रेतिको अध्यक्षता साथै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बिशिष्ठ अतिथि खगेन्द्र मैनालिको आतिथ्यता साथै अतिथिहरूमा वाड नं ६ महिला सदस्य प्रमिला परियार, वडा नं ७ वडा सदस्य डिकुरा अर्याल , वडा नं ३ वडा सदस्य लिला परियार ,वडा नं ७ वडा सदस्य मन्जु परियार,वडा नं ३ वडा सदस्य दिपक सापकोटा समाजसेवी मनेस दहाल,मदन प्रसाईं, बुद्धशान्ति महिला बाल विकास शाखा प्रमुख मिना विष्ठ बुद्धशान्ति गाउँपालिकामा कार्यरत पुर्व स्वाथ्य कर्मि साथै समाज सेवी मुना भट्टराई, समाज सेवी सुर्य ढुङ्गाना तालिममा सहभागिहरूलाई प्रशिक्षण गराउनुहुने रिता सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

मन्चकी उपसभापति तिलमाया पौडेल ले उपस्थित सम्पूर्ण अतिथिहरुलाई शाब्दिक स्वागत गर्नु भएको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले महिला हरूको जिवनस्तर सुधारका लागि यहाँका महिला हरूलाई सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन पालिकाले गर्नुपर्ने सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रसाईले यो तालिमले पक्कै पनि धेरै महिला दिदी बहिनी हरू रोजगार बन्नेमा विस्वास रहेको बताउदै पछिल्लो समय निकै चर्चा कमाउदै गएको भाईरल सिरिसको फुल भएको स्थानमा तपाईहरूले यहाँ उत्पादन गरेको माला पोते लगायत महिला हरूको स्रिङ्गारको समान बेचेर देश बिदेश सम्म तपाई हरूको सिपलाई चिनाउन अनुरोध समेत गर्नु भयो ।

प्रमुख अतिथि प्रसाईले गाउँपालिकाले यस अघि पनि महिला हरूलाई आर्थिक अवस्था सबल बनाउने कार्यक्रम सँगै लैगिक हिंसा न्युनिकरणको सवालमा पनि विभिन्न कार्यक्रम संचालन गरेको बताउनु भयो।

त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बुद्धशान्ति गाउँपालिका महिला बाल विकास शाखा प्रमुख मिना बिष्ठले तालिमले महिलाहरूको आर्थिक गतिबिधि सँगै रोजगारमुलक व्यवसाय सन्चालन गर्ने महिलाको हक अधिकार प्राप्तिका लागि आवाज उठाउने हिंसा न्युनिकरणका लागि सहयोग पुग्ने बताउनु भयो ।
महिलाहरूको जीवन स्तर सुधारको लागि जेष्ठ ४ गते बाट सुरू गरिएको तालिममा उपस्थित सहभागी हरूलाई प्रशिक्षक रिता सापकोटाले सहजिकरण गर्नु भएको थियो।

समापन कार्यक्रममा समाज सेवी मनेस दहाल मदन प्रसाईं, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

जेष्ठ ४ गते बाट बुद्धशान्ति गाउँपालिकाका ७ तै वडालाई समेटेर गरिएको तालिम समापन कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथि हरूलाइ तालिममा सहभागि हरूले बनाएका पोते माला अौठि मायाको चिनोको रूपमा वितरण गरिएको थियो ।

 

बुद्धशान्ति गाउँपालिका वडा नं ३ को नेपाली कांग्रेस गाउँ समितिको सभाहलमा भएको तालिममा समापन कार्यक्रममा सहभागि हरूलाई ५ दिनको तालिम कस्तो रहयो र सिकाईको बारेमा सहभागिको तर्फबाट आरती डागी र प्रमिला परियाले आफ्नो भनाई राख्नु भएको थियो ।

मन्चकी सचिव गिता ढुङ्गानाले सन्चालन गर्नु भएको समापन कार्यक्रममा तालिममा सहभागि ४६ जनालाई प्रमाण पत्र समेत वितरण गरिएको बुद्धशान्ति महिला मन्चकी सदस्य धनकला अधिकारीले बताउनु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको बुद्धशान्ति महिला मन्च बुधबारेको आयोजनामा महिलाहरूलाई सिपमुलक तालिम दिई आत्मनिर्भर बनाउने उद्धेश्यले महिला स्वरोजगार अन्तरगत ४ दिने पोते उन्ने तालिम बिहिबार बाट सुरू भएको छ ।

नेपाली कांग्रेस बुद्धशान्ति गाउँ समितिको सभाहलमा भएको कार्यक्रममा बुद्धशान्ति महिला मन्चकी अध्यक्ष विष्णु मैनाली उप्रेतिको अध्यक्षता साथै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस गाउँ सभापति चक्र शेर्मा, नेपाली कांग्रेस महाधिवेसन प्रतिनिधि चन्द्रकला भट्टराई , समाजसेवी मनेस दहाल , बुद्धशान्ति महिला बाल विकास शाखा प्रमुख मिना विष्ठ बुद्धशान्ति गाउँपालिकामा कार्यरत पुर्व स्वाथ्य कर्मि साथै समाज सेवि मुना भट्टराई, तालिममा सहभागिहरूलाई प्रशिक्षण गराउनुहुने रिता सापकोटा (खनाल) लगायतको आतिथ्यता रहेको थियो ।

मन्चकी सदस्य धनकला अधिकारिले उपस्थित सम्पूर्ण अतिथिहरुलाई शाब्दिक स्वागत गर्नु भएको कार्यक्रममा बुद्धशान्ति महिला मन्चकी अध्यक्ष विष्णु मैनालीले तालिममा सहभागि हरूलाई धन्यबाद दिदै तपाँइहरूले सिकेको सिपलाई व्यबहारमा प्रयोग गरि आत्मनिर्भर बन्नु पर्ने बताउदै कार्यक्रमको अौचित्य माथि प्रकास प्रार्नु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले महिला हरूको जिवनस्तर सुधारका लागि यहाँका महिला हरूलाई सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनि हरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन पालिकाले गर्नुपर्ने सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रसाईले गाउँपालिकाले यस अघि पनि महिला हरूलाई आर्थिक अवस्था सबल बनाउने कार्यक्रम सँगै लैगिक हिंसा न्युनिकरणको सवालमा पनि विभिन्न कार्यक्रम संचालन गरेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बुद्धशान्ति गाउँपालिका महिला बाल विकास शाखा प्रमुख मिना बिष्ठले तालिमले महिलाहरूको आर्थिक गतिबिधिसँगै रोजगारमुलक व्यवसाय सन्चालन गर्ने महिलाको हक अधिकार प्राप्तिका लागि आवाज उठाउने हिंसा न्युनिकरणका लागि सहयोग पुग्ने बताउनु भयो ।

महिलाहरूको जीवन स्तर सुधारको लागि जेष्ठ ४ गते बाट सुरू गरिएको तालिममा उपस्थित सहभागि हरूलाई प्रशिक्षक रिता सापकोटाले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस पाटि सभापति चक्र शेर्मा, चन्द्र कला भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

बुद्धशान्ति महिला मन्चकी सदस्य धनकला अधिकारिले यो तालिम बुद्धशान्ति गाउँपालिकाका सबै वडाहरूलाई समेटेर गर्न लागिएको र शुक्रबार बाट बुद्धशान्ति गाउँपालिका वडा नं ५ र ६ का आमा दिदिबहिनि हरूको लागि जेष्ठ नागरिको सभाहमा समेत तालिम सुरू गरिने बताउनु भयो।

बुद्धशान्ति वडा नं ३ स्थित नेपाली कांग्रेस गाउँ समितिको सभाहलमा भएको कार्यक्रमको संन्चालन बुद्धशान्ति महिला मन्चकी सचिव गिता खतिवडा ढुङ्गानाले गर्नुभएको थियो ।

बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित हेप्पी जयपुर क्लबले नेपाल रेडक्रस सोसाइटी उपसाखा बुद्धशान्तिको समन्वयमा शनिबार जीवन र मृत्युको दोसाँधमा लडिरहेका सम्भावित मृत्युहरूलाई नयाँ जीवन प्राप्त होस,भन्ने उदेस्यले रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित क्लबको आफ्नै भवनमा भएको रक्तदान कार्यक्रमा ३० जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस साेसाइटी उपशाखा बुद्धशान्तिकाे समन्वयमा भएको रक्तदान कार्यक्रममा हेप्पि जयपुर क्लबका अध्यक्ष विशाल नेपालीको, संयोजकत्वमा बुद्धशान्ति गाउँपालिका वडा नं २ का वडा सदस्य अमिर श्रेष्ठ,नवज्योति युवा क्लबका अध्यक्ष गोपाल पोख्रेल नेपाल रेडक्रस साेसाइटी उपशाखा बुद्धशान्ति सभापति पुष्प भट्टराई बुद्धशान्ति रेडक्रस सोसाईटी उपशाखा समिति सदस्य रूकमिणा पाठक कार्यलय सचिब सुशिला रिसाल झापा विर्तामोड बाट प्राबिधिक सहयोगी रिमा खड्का,रूपा लावती,सरिता बिस्वर्कमा लगायतको उपस्थिति रहेको थियो ।

रक्तदान शिविरमा रक्तदान गर्दै बुद्धशान्ति गाउँपालिका वडा नं २ का वडा सदस्य अमिर श्रेष्ठ भन्नू हुन्छ ,नेपालमा हरेक दिन रगतको समस्याले बिरामी हरू तड्पि रहेको अवस्था छ तेसैले गर्दा तपाईं हामी सबैले सहयोग गर्नु पर्ने अवस्था देखिन्छ,।
उहाँले भन्नू,भयो जीवन बचाउन डाक्टर नै हुनुपर्छ भन्ने जरूरी छैन रक्तदान गरेर पनि त कसैको जीवन बचाउन सकिन्छ ।

उहाँ भन्नुहुन्छ ,हेप्पि जयपुर क्लबले समाजको सकारात्मक विकास विस्तार र प्रर्वद्धनका लागि गरेका विभिन्न सामाजिक कार्यलाई आफुहरूले निहालि रहेको बताउदै बुद्धशान्तिको विकास विस्तार र प्रर्वद्धनमा आफु लागिपरेको बताउनु भयो ।

क्लबका सदस्य उज्वल कार्किले भन्नू भयो हेप्पि जयपुर क्लबले आगामी दिनमा पनि विभिन्न कार्यक्रम हरूमा हरेक किसिमको सहयोग गर्ने बताउनु भयो ।

क्लबले विभिन्न ठाउँका बिपन्न नागरिकका लागि विभिन्न सहयोगी कार्य गरिसकेको छ ।
जयपुर चोक सरसफाई जयपुरका विभिन्न स्थानहरूमा ट्राफिक जेब्राक्रस समेत बनाएको क्लब का अध्यक्ष विशाल नेपालीले बताउनु भयो ।

झापामा एक परिवारले शवको सहि पहिचान गर्न नसक्दा जिउँदो भाईको काजक्रिया गरेको घटना सार्वजनिक भएको छ । काजक्रिया सकेकै दिन भाई घर आइपुग्दा परिवारसहित स्थानीय चकित भएका छन् ।
दुई साताअघि सुरुङास्थित कोटिहोममा वेवारिसे शव फेला परेको थियो । सुरुङा प्रहरीले शवको पहिचान नहुञ्जेलका लागि शवगृह भद्रपुरमा पठाएको थियो । कनकाईमा मलामी आएका छिमेकीले गाउँमा सो खवर पुराए । कोटीहोममा फेला परेको शव मुडुला कार्कीको भन्ने सम्म सूचना गाउँ पुगेपछि हराइरहेको दाईको पहिचान गर्न हल्दिवारी १ गोल्धापबाट एउटा परिवार भद्रपुर पुगेको थियो । बहिनी बिना कार्कीले शव हेर्दा आफ्नै दाई जस्तै लागेपछि कनकाईमा लगेर अन्त्येष्टि समेत गरिन् । र, गोलधापमा काका काजक्रियामा बसे ।

 

दाई सुरज कार्की (२७) घर परिवारबाट सम्पर्क विहीन भएको ३ वर्ष भएको विना बताउँछिन् । उनले भनिन्, मुडुला कार्की भने, जिउ पनि पातलो देखेपछि दाई नै भन्ने लागेर अन्त्येष्टि गरियो, काजक्रिया पनि गरियो । काम सकेकै दिन दाई टुप्लुक्क घर आइपुग्दा परिवार धर्म संकटमा परेको छ । जिउँदो मान्छेको काजक्रिया गरेपछि परिवार समेत नैतिक संकटमा परेको छ । उनीहरुले दाईलाई कोटीहोममै ल्याएर छोडेका छन् । जहाँ उनी बस्दै आएका थिए । प्रहरीले समेत बहिनी विनाले आफ्नै दाई भनेपछि शव जिम्मा लगाएको थियो ।

दाई वितेको थाहा पाएपछि भाई समेत कुवेतबाट घर फर्किएका थिए।

कार्की परिवारको आमा वुवा पनि सम्पर्क विहीन छन् । विनाका अनुसार आमावुवा भारतको अरुणाचलमा बस्दै आएका छन् । लावारिसे जीवन विताइरहेका सुरजको काजक्रिया सकिएपछि परिवारले अहिले जन्मकर्मका लागि धार्मिक गुरुहरुसँग सल्लाह लिइरहेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समितिले बिहिवार एक कार्यक्रमको आयोजना गरि सम्पुर्ण वडालाई खेलकुद सामाग्री वितरण गरेको छ ।

बुद्धशान्ति खेलकुद विकास समितिका संयोजक पर्शुराम चेम्जोङ्गको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले,वडा नं ५ का वडा अध्यक्ष डेगेन्द्र कार्की,वडा नं ६ का वडा अध्यक्ष शिवराज पौडेल ,वडा नं ७ का वडा अध्यक्ष चन्द्र प्रसाद भण्डारी, बुद्धशान्ति कार्यपालिका सदस्य तुलसा खतिवडा नर्बदा चापागाँइ, सम्पुर्ण वडाका खेलकुद समिती संयोजक लगायतको आतिथ्यता रहेको थियो ।

बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समितीले बिहीबार  बुद्धशान्ति गाउँपालिकाका सबै वडा र क्लबका प्रतिनिधिलाई बुद्धशान्ति गाउँपालिकाको सभाहलबाट फुटबल ३५ थान भलिवल १४ थान नेट १४ थान साथै सितोरियो कराँतेका खेलाडीहरूका लागि विभिन्न खेलकुद सामाग्री समेत वितरण गरिएको थियो ।

बिहीबार  गाउँपालिकाको सभाहलमा भएको कार्यक्रमको अौचित्य माथि प्रकाश पार्दै बुद्धशान्ति खेलकुद समिति संयोजक पर्शुराम चेम्जङ्गले खेलाडीहरुमा खेल सँगसँगै अनुशासन पनि अपरिहार्य रहेको बताउदै ।

पछिल्लो समय १५ देखि १८ वर्ष उमेरका युवाहरू लागु अौषध लगायत विभिन्न खाले कुलतमा बिग्रदै गएको अवस्थाले गर्दा पनि “खेल खेल्न होस् वा जुनसुकै ठाँउमा अनुशासनको धेरै ठुलो महत्त्व रहेको भन्दै, उहाले भन्नू भयो तपाईहरु देशको भविष्य हो, आजैबाट यसबारे मनन गर्नुस् । वडालाई राष्ट्रिय स्तरमै चिनाउने सोचमा लाग्नुहोस,भन्दै पालिकाको तर्फबाट खेल र युवा विकासका लागि आगामी दिनमा गाउँपालिका भरीका खेलाडी लाई प्रोत्साहन गर्न थप खेलकुद सामाग्री वितरण गर्दै जाने गाउँपालिकाको तयारी रहेको बताउनु भयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले बुद्धशान्तिगाउँ पालिकाका युवाहरूलाई खेलकुदको माध्यम बाट अगाडी वडाउने उद्येश्यले खेलाडीहरूलाई खेलकुदका सामाग्री वितरण गरेका हौ ,उहाले भन्नुभयो ,आगामी दिनहरूमा पनि बुद्धशान्ति भरिका खेलाडीहरूलाई प्रोत्साहन गर्न थप खेलकुद सामाग्री वितरण गर्दै जाने बुद्धशान्ति गाउँपालिकाको तयारी रहेको बताउनु भयो ।

बुद्धशान्तिगाउँ पालिका खेलकुद विकास समितिद्वारा गरिएको खेलकुद सामाग्री वितरण कार्यक्रमको संन्चालन बुद्धशान्ति गाउँपालिका शिक्षा साखा सहायक प्राविधीक झल्का अधिकारीले गर्नुभएको थियो ।