
सामाजिक सञ्जालमा भाइरल भएको झापाको बुद्धशान्ति-४ बर्नेको भाइरल सिरिस आसपास फोरमैला व्यवस्थापनको लागि डस्टबिन थपिएको छ ।लियो इन्टरनेसनल म्यानपावर बिर्तामोड र Go६४ पिज्जा घर बिर्तामोडका सञ्चालक सृष्टिना क्षेत्री र पारस खड्काले पाँचवटा डस्विन बुधबारे जेसिजलाई सौजन्य गर्नुभएको थियो ।
उक्त डस्विन बुधबारे जिसी २०२४ उपाध्यक्ष अच्युत राज ढकालको संयोजकत्वमा हस्तान्तरण गरिएको छ । कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वार्ड नं ४ का वडा अध्यक्ष शेरबहादुर रायको प्रमुख अतिथ्यता रहेको थियो ।