
झापाको बुद्धशान्ति ३ स्थित बुधवारे फाेकस पाेइन्ट कन्सलटेन्सीकाे आयोजना र नेपाल रेडक्रस दमक उपशाखाकाे प्राविधिक सहयाेगमा १ दिने रक्तदान सम्पन्न भएको छ ।
बढ्दो रक्त अभावको अवस्थालाई मध्यनजर गर्दै शुक्रबार फाेकस पाेइन्ट कन्सलटेन्सीकाे सभाहलमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त रक्तदान कार्यक्रममा ३४ पाउण्ड रगत जम्मा भएको सन्चालक विशु भन्डारीले जानकारि दिनु भयो ।
रक्तदान जीवनदान हो, तपाईँ हामीले रक्तदान नगरे आफ्नो आफन्तलाई चाहिएको बेला रगतको अभाव हुन्छ।
स्वास्थ्य व्यक्तिले ३-३ महिनामा रक्तदान गरी रक्त अभावलाई हटाऔँ ।