
राेङ गाउँपालिकाले लागु गर्ने निति तथा कार्यक्रममा नागरिकहरुकाे जनभावनाकाे खाेजि गरिन थालेकाे छ ।
आगामी बर्ष २०८१/०८२ काे निति तथा कार्यक्रम र बजेट निर्माण काे बेला आफ्ना नागरिकहरुले गाउँपालिकावा के कस्ताे अपेक्षा राखेका छन् र के गर्दा गाउँपालिकालाई समृद्ध बनाउन सकिन्छ भनेर सुझाव सकलन गर्न पालिकाले राेङ गाउँपालिकाले निति तथा कार्यक्रम सुझाव सकलनकाे लागि पाेटल निर्माण गरि सुझाव सकलन गर्न थालेकाे हाे ।
गाउँपालिकाले सचालन गरिने हरेक कार्यक्रम र नितिनियमहरु कस्ताे भए जनहितकारी बन्छ भनेर जनअपेक्षा सकलन गरि जनप्रतिनिधिहरु बिच छलफल गरि काम गरेमा नागरिकहरुकाे आवश्यक्ता पुरा हुने र स्थानिय सरकार सधै नागरिक प्रति उत्तरदायि भएकाे आभास नागरिकहरुमा रहदा सघियताकाे मर्म पनि सबाेधन हुने भएकाे कारण गाउपालिकाले नागरिक प्रति उत्तदायी अभियान सचालन गरेकाे गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वाे सुवासले बताउनु भयो ।
नागरिकहरुले गाउँपालिकाले सचालन गर्नुपर्ने बिकास निर्माण लागुगर्ने निति र नियममा नागरिकहरुले निर्धक्क सुझाव राख्न सक्ने र उनिहरुकाे ईच्छाअनुसार सुझावकर्ताकाे गाेपनियता रहने प्रवन्ध मिलाईएकाे छ ।
नागरिकहरुले राखेकाे हरेक सवालाई बिषयगत समितिमा छलफल गरिने र अाैचित्य पुस्टि भएमा गाउँपालिकाकाे कार्यक्रममा रहने हुदा ढुक्कसाथ आफ्नाे सुझाव राख्न अनुराेध गरेकाेअध्यक्ष स्याङ्वाेले बताउनु भयो ।
चालु बर्षकाे निति तथा कार्यक्रम समापनकाे आखिरि र नया निति तथा कार्यक्रम निर्माण लागु गराउनु पर्ने तिनै तहकाे सरकारकाे बाध्यात्मक अवस्था रहेकाेबेला राेङ गाउँपालिकाले भने नेता वा जनप्रतिनिधिहरुकाे कुरामात्रै समेटनु भन्दा उनिहरुलाई मतदिने नागरिकहरुकाे भावना आफ्ना कार्यक्रमा समेट्न खाेज्ने प्रयास गरेकाे सभवत नेपालकाे सातसय त्रिपन्न स्थानिय सरकार मध्येकाे फरक लाेकतान्त्रिक कार्यक्रम हुन सक्छ ।
तर नागरिकहरु पालिकाले प्रतिबद्धता अनुरुप सचालन गरेकाे कार्यक्रम लागु हुनेमा बिश्वस्त भने देखिदैनन् ।
सबैधानिक प्रावधान आगामि वर्ष २०८१/०८२ काे लागि अनुसार सघिय सरकारले आफ्नाे निति कार्यक्रम र बजेट जेठ १५,प्रदेश सकारले असार १ र स्थानिय सरकारले असार १०भित्र ल्याएर श्रावण १ वाट लागु गर्नु पर्ने हुन्छ ।