
झापाको बुद्धशान्तिमा जारि दोस्रो होक्से च्यालेन्ज कप फुटबल प्रतियोगिताको आज भएको दोस्रो सेमिफाईनल खेलमा रोङ कुटिडाडाँलाई ३/१ गोलको अन्तरले हराउँदै अर्जुनधारा शनिश्चरे फाईनलमा प्रवेस गरेको छ । आज भएको दोस्रो सेमिफाईनल खेलमा अर्जुन धारा शनिश्चरे जर्सि नम्बर १८ का पेमा तामाङ, म्यान अफदि म्याच घोसीत भएका थिए ।
प्रतियोगिताको फाईनल खेल १९ गते हुने छ भने अर्जुधारा शनिश्चरे र विर्तामोड विच फाईनल खेल हुने बताईएको छ ।
जेष्ठ १२ देखि बुद्धशान्ति १ स्थित त्रिभुवन माद्यमिक विद्यालयको खेल मैदानमा भैहिरहेको प्रतियोगिताको विजेता टिमले नगद ५० हजार सँगै मेडल ट्रफि र प्रमाण पत्र पाउनेछन भने उपविजेताले नगद ३० हजार रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाण पाउने आयोजक समितिका अध्यक्ष आशिस बरालले बताउनु भयो ।
झापा इलाम गरि जम्मा ८ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको दोस्रो होक्से च्यालेन्ज खेल संयोजक बालकुमार राईले बताउनु भयो ।
प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर,र उच्च गोलकर्ताले समेत पुरस्कार वितरण गर्दै आएको साथै प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद पुरस्कार समेत वितरण गरिएको आयोजक समितिका सचिब टेक नाथ ढकालले जानकारि दिनु भयो ।
प्रतियोगितामा झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेष दाहाल, बुधबारे ईलाका प्रहरी चौकीका प्रमुख भानु मगर, तिनतले सामुदाहिक वन उपभोक्ता समितिका अध्यक्ष १ नन्दु कुमार राई, बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाई, समाज कृष्ण खतिवडा स्थानिय समाज सेवि सुजित बराल दिपेन्द्र संगौला लगायत स्थानियहरूको बाक्लो उपस्थिति रहेको थियो ।
१२ गते देखि १९ गते सम्म सन्चालन हुने खेललाई संयमित र मर्यादित ढंगबाट सन्चालन गर्न बुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीले निशुल्क स्वयम् सेवकहरू लाई टिसट सहयोग समाज सेवि सन्तोस कुमार मगरको सम्झनामा कृष्ण मगरले पहिलो पुरस्कार सहयोग गर्नु भएको साथै एभरेष्ट साबन उद्योग बाट दोस्रो पुरस्कार सहयोग गरेको बताउदै विभिन्न संघ संस्थाहरूको सहयोग साथै स्थानीय युवाहरु एक जुटभएर लागेको देखिन्छ ।