
आदर्श युवा क्लब बुद्धशान्तिले आयोजना गरेको तेस्रो आदर्श च्यालेञ्ज कप नक आउट फुटबल प्रतियोगिताको आय व्याय सार्वजनिक गरेको छ । क्लबले बिहीबार बुद्वशान्तिमा पत्रकार सम्मेलन गरेर आम्दानी खर्च सार्वजनिक गरेको हो ।
क्लबले बैशाख १५ गतेदेखि २२ गतेसम्म प्रतियोगिता आयोजना गरेको थियो प्रतियोगितामा भारतका दुईसहित आठवटा टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा ३० लाख ५२ हजार ७८८ रुपैया आम्दानी तथा २५ लाख ३० हजार ८६६ रुपैया खर्च भएको साथै ५ लाख २१ हजार ९२२ रुपैया बचत भएको खेल आयोजक समितिका संयोजक मनेस दाहालले जानकारी दिनु भयो । प्रतियोगिता सम्पन्न गर्न २२ लाख रुपैया खर्च हुने अनुमान रहेको भएपनि मैदान व्यवस्थापन तथा आयोजक टिमको व्यवस्थापनमा अपेक्षा भन्दा धेरै खर्च भएको बताउदै संयोजक मनेस दहालले आगामी दिनमा अझ सब्य र भब्य ढंगले अर्को संस्करण आयोजना गर्ने समेत बताउनु भयो ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले क्लबका सम्पुर्ण पदाधिकारी सम्पुर्ण दाता महानुभावहरूको साथ सहयोगको कारणले गर्दा प्रतियोगिता उत्कृष्ट भएको बताउदै बचत भएको रकम सामाजिक कार्यमा खर्च गर्ने साथै क्ल्बले फुटबल तालिम केन्द्र सञ्चालन गरिरहेको जानकारी दिदै भविष्यमा यहाबाट उत्पादन भएका खेलाडीले नेपालको प्रतिनिधित्व गर्दे अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाउने बिश्वास व्यक्त गर्नु भयो ।