झापा बुद्धशान्ति गाउँपालिका ३ की ५५ वर्षीय शुशिला तिवारीले मेची महाकाली बुलेट यात्रा गर्ने तयारिमा हुनुहुन्छ ।बुलेट बाइक कुदाउनु एक महिलाका लागि चुनौतीपूर्ण कुरा हो ।
तर यो कुरालाई चिर्दै र छोरी बुहारीले पनि समाजमा केही गर्न सक्षम छन भन्ने प्रमाणित गर्न तिवारीले मेची महाकाली बुलेट यात्रा गर्ने तयारि गर्नु भएको हो ।
विश्व शान्तिको कामना गर्दै आयोजना गरिएको बुलेट बाइक यात्रा भदौं ५ गते बाट सुरु भइ १५ गते समाप्त हुने पत्रकार भेटघाट उहाँले बताउनु भएको हो ।
तिवारीको यात्रा बुद्धशान्ति गाउँपालिका ३ स्थित राम जानकी मन्दिरबाट नौमती बाजा सहित सुरु भइ जगतगुरु जन्म स्थल हुँदै पूर्वी नाका काँकडभिट्टाबाट सुरु हुने कुरा उहाकी नाति मनिस मैनाली (राइडर मनिस) ले जानकारी दिनु भयो । यात्रामा तिवारीकी नाति मैनालीले पनि उनलाई साथ दिनुहुने बताईएको छ ।
यात्राका क्रममा जोकोही व्यक्तिले यथाशक्य सहयोग गर्न सक्ने बताइएको छ ।
समाजमा छोरी बुहारीहरु प्रति रहेको नकारात्मक टिप्पणीलाई गलत साबित गर्न एउटा उदाहरण महिलाको रुपमामा तिवारी चिनिँदै आउनु भएको छ