
झापाको बुद्धशान्तिमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबारे जेसीजको आयोजनामा क्यालेन्डर बिमोचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। श्रमिक वर्गप्रति सम्मान, श्रमको गरिमा प्रवर्द्धन तथा सामाजिक एकता सुदृढ गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
बुधबारे जेसीजका अध्यक्ष जेसी कुशल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव बिनोद रिजालले गर्नुभएको थियो। कार्यक्रम संयोजक बिबेक खुलाल रहनु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा श्रमजीवी वृद्ध नागरिक मोहम्मद मुस्लिमको उपस्थिति रहेको थियो भने इलाका इन्चार्ज चन्द्र राउत अतिथिका रूपमा सहभागी हुनु भएको थियो।
कार्यक्रमको सुरुवात संयोजक बिबेक खुलालले स्वागत मन्तव्य राख्दै गर्नुभएको थियो भने जेसीज आस्था गजुहाङ्ग योङ्हाङ्गले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको औचित्य अध्यक्ष कुशल अधिकारीले प्रकाश पार्नुभएको थियो। प्रमुख अतिथिबाट क्यालेन्डर हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो।
कार्यक्रममा पूर्व अध्यक्षहरू दुर्योधन सिंह राजपुत (अध्यक्ष वर्ष २०२४), प्रकाश भण्डारी (अध्यक्ष वर्ष २०१८) तथा निवर्तमान अध्यक्षबाट शुभकामना मन्तव्य व्यक्त गरिएको थियो।
साथै इलाका इन्चार्ज चन्द्र राउतले पनि शुभकामना मन्तव्य दिनुभएको थियो। सो अवसरमा प्रमुख अतिथि मोहम्मद मुस्लिमलाई सम्मान गरिएको थियो।
कार्यक्रममा बुधबारे जेसीज बोर्डका पदाधिकारी, जेसीज सदस्यहरू, पूर्व अध्यक्षहरू तथा मानार्थ सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।




