
नेपाल सुपर लिग (एनएसएल) मा सहभागी हुने तयारी गरेको झापा एफसी र झापा गोल्डकपबीच फुटबल खेलको विकासका लागि सम्झौता भएको छ । बिर्तामोडमा झापा गोल्डकप प्रतियोगिता आयोजना गर्दै आएको गोल्डकप आयोजक समितिले नेपालकै पहिलो निजी कम्पनी झापा एफसीसँग फुटबल खेलको विकासका लागि सम्झौता गरेको हो ।
सम्झौतामा फुटबल खेलको विकासका लागि दुवै पक्षको सक्रिय सहभागिता रहने, पूर्वाधार विकासमा सहकार्य रहने, ग्रास रुट, उमेर समुह, महिला फुटबल बिकासमा सहकार्य, प्राविधिक र प्रशासनिक कार्यमा आपसी सहयोग रहने, संस्थागत सहयोग तथा ब्राण्डिङमा सहकार्य र प्रायोजक पहिचान तथ सम्झौतामा सहकार्य रहने सहमति भएको छ ।
सम्झौतामा झापा गाेल्डकपका अध्यक्ष केदार गिरी तथा झापा एफसीका अध्यक्ष अर्पण खड्काले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समाराेहमा झापा गाेल्डकपका पूर्व अध्यक्ष विनाेद बस्नेत, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायत झापा गाेल्डकप आयाेजक समितिका पदाधिकारीहरुकाे सहभागिता रहेकाे थियाे ।