
इलामको रोङ गाउँपालिकाले प्रबर्धन गरेपछि कृषि उत्पादनहरु प्रशोधन भइ बजारमा आउन थालेको छ । यसै क्रममा रोङ ३ मा सञ्चालित इको चिया उत्पादक सहकारी सस्थाले उत्पादन गरेको बेसार बजारमा आएको छ । सहकारीले यसबर्ष ८०० केजी प्रशोधित बेसार बजारमा ल्याइएको सस्थाका उपाध्यक्ष लिला देबी खवासले बताउनुभयो ।
१ केजी, आधा केजी र २५० ग्रामको प्याकेटमा रोङ बेसार बजारमा उपलब्ध हुने छ । धोएर बोक्रा तासेर धुलो बनार्ईएको बेसार सुध्द र सफा रहेको बताइएको छ । बेसार खरिद गर्न चाहनेले रोङ गाउपालिका ३ कोल्बुङ स्थीत सस्थाको कार्यालयमा सम्पर्क गर्न सकिने सस्थाका अध्यक्ष रनबहादुर गुरुङले बताउनुभयो ।
कपुरकोट १ जातको बेसार रोङमा राम्रो उत्पादन हुने गर्दछ । सहकारी एकीकरण भएपछि चिया संगसगै बेसार कफि र अलैचीका किसानहरुको लागि सहकारीले कार्यक्रम गर्दै आएको गाउपालिका अध्यक्ष मणिकुमार स्याङ्वो सुवासले बताउनुभयो ।
रोङमा यस अघिबाट नै सहकारी मार्फत गुन्द्रुक उत्पादन हुदै आएको छ । देवनछाप साना किसान सहकारी सस्थाले उत्पादन गरेको गुन्दुकलाई उपभोक्ताले रुचाएका छन् । माग अनुसार उत्पादन गर्न नसक्दा बजारको समस्या नभएको साना किसान सहकारीको पूर्व अध्यक्ष बमबहादुर राईले बताउनु भयो ।
रोङमा चिया सिस्नो करेला तथा महलाई समेत पालिकाले प्रबर्धन गरेपछि उत्पादनमा किसानहरुलाई प्रोत्साहन मिलेको छ ।