
इलामको रोङ गाउँपालिकाले उत्पादन गरेको वस्तुलाइ रोङ ब्राण्ड गरी बजारमा ल्याएसगै देश बिदेशमा रोङको चिनारी हुन थालेको छ ।रोङ गाउँपालिकाले रोङकै भुमिमा पाईने र यहाँकै किसानले मेहनत गरेर उत्पादन गरेको कृषि उपजको प्रसोधन गरेका बस्तुमा तालिम अनुदान र सहयोग गरेर रोङ ब्रान्ड गरी बजारमा ल्याएको हो ।
यी बस्तु बजारमा आएपछि यी बस्तु देश बिदेशमा पुग्दा उपभोक्तामा रोङ के हो कहाँ छ , जस्ता खुल्दुली बढेको र यसको वारेमा अरु देशमा पनि चर्चा हुन थालेको कुवेतमा रहनु भएकी मुना पौडेलले बताउनु भयो ।
स्थानीय स्तरका उत्पादन प्रसोधनबाट स्वरोजगार,रोजगार ,बजारीकरण सगै रोङको पहिचान हुदा यहाको कृषि पर्यटनमा सहयोगी हुने र स्थानीयको आयस्तरमा बृद्धिहुने अपेक्षा गाउँपालिकाको रहेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वोले बताउनु भयो ।
देश नै उत्पादनमुखी भन्दा वितरणमुखी भईरहदा रोङबाट बेसार,सिस्नु,गुन्दुक,करेलाको सुकुटी,मह,पानी,अचार लगायतका वस्तु उत्पादन ब्राण्डिङ भएर बजारमा आउन थालेका छन् ।