
झापाको बुद्धशान्तिमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुद्धशान्ति गाउाँपालिका वडा नम्बर ३ सयपत्री टोलका ३९ बर्षिय रोशन जिमिको आज साँझ ७ बजे करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
रोपाईका लागि पानिको मोटर जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडको बिएण्सी अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।