September 19, 2024

शिक्षा

झापाको बुद्धशान्तिमा नेपाली काङ्ग्रेसका संस्थापक,प्रथम   जननिर्वाचित प्रधानमन्त्री ,नेपाली साहित्यिक क्षेत्रका एक महान ब्याक्तित्व महामानव वीपी कोइरालाको १११ औं जन्मजयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ बुद्धशान्ति गाउँसमितिको आयोजनामा सम्पन्न बुद्धशान्ति गाउँपालिका अन्तर मावि ( कक्षा ११ र १२) स्तरीय ” वीपी कोइराला र समाजवाद ” शिर्षकको वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा कर्णाली एजुकेसन फाउन्डेसनकी छात्रा आकृति सिटौला प्रथम ,श्री बुद्ध आदर्श माविकी छात्रा सम्झना कालिकोटे द्वितीय स्थान र  श्री गडिगाउँ माविका छात्र रुपनारायण कोइराला तृतीय स्थान प्राप गर्न सफल हुनु भएको छ।

नेविसंघ बुद्धशान्तिका सभापति उमेश भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस बुद्धशान्तिका सभापति चक्र शेर्माको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा नेविसंघ झापाका सभापति संजय निरौला ,बुद्धशान्ति वडा न:४ का वडाध्यक्ष शेर बहादुर राय ,नेपाली काङ्ग्रेस बुद्धशान्ति उपसभापति मनेश दाहाल ,नेविसंघ झापाका सचिव गोकुल पौडेल ,नेपाली काङ्ग्रेस बुद्धशान्ति सचीव द्वय मदन मगर र कृष्ण खतिवडा ,सीतारमेश बहुमुखी क्याम्पस संचालक समिति अध्यक्ष जय प्रसाद भण्डारी ,कर्णाली एजुकेसन फाउन्डेसनका संस्थापक निर्देशक छत्र बहादुर कार्की ,अग्रज शिक्षासेवी केदारप्रसाद कोइराला ,नेपाली काङ्ग्रेस बुद्धशान्ति सहसचिव सुजित बराल,नेविसंघ झापा जिल्ला सदस्य राम भट्टराई ,नेविसंघ बुद्धशान्ति उपसभापति डेविड श्रेष्ठ ,नेपाली काङ्ग्रेस बुद्धशान्ति गाउँसमिति सदस्य याम प्रसाद लुइँटेल ,नेपाली काङ्ग्रेस बुद्धशान्ति -४ वडा सचीव दिपक शेर्मा,सीतारमेश बहुमुखी क्याम्पस नेविसंघ इकाई सभापति सन्तहाङ लिम्बु लगायत उपस्थिति रहेको थियो।

प्रतियोगिताको निर्णायकको रुपमा जयप्रसाद भण्डारी ,संजय निरौला र केदारप्रसाद कोइराला रहनु भएको थियो।

नेविसंघ बुद्धशान्ति सभापति तथा कार्यक्रमका सभापति उमेश भट्टराईले स्वागत सहित औचित्य माथी प्रकाश पारेको कार्यक्रममा प्रमुख निर्णायक जयप्रसाद भण्डारी ,विशिष्ट अतिथि नेविसंघ झापा सभापति संजय निरौला र प्रमुख अतिथि नेपाली काङ्ग्रेस बुद्धशान्ति सभापति चक्र शेर्माले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन नेविसंघ बुद्धशान्ति सचीव प्रकाश शेर्माले गर्नु भएको थियो।

वक्तृत्वकला प्रतियोगिताका प्रतिस्पर्धी विद्यार्थीलाई  आफ्ना विचार राख्न पाँच मिनेटको समय थियो।प्रतियोगिताको प्रथम स्थान हासिल गर्ने विद्यार्थी लाई नगद रु:२५००/- र प्रमाणपत्र ,द्वितीय स्थान हासिल गर्ने विद्यार्थी लाई नगद रु:१५००/- र प्रमाणपत्र तथा तृतीय स्थान हासिल गर्ने विद्यार्थी लाई नगद रु:१००० र प्रमाणपत्र को ब्यवस्थापन गरिएको थियो।

झापाको शिवसताक्षी–१० को बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रामाथि निर्मम कुटपिट गरेका छन्।

कक्षा–६ मा अध्ययनरत छात्रा अन्जली गुरुङलाई क्लास वर्क गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतिराज निरौलाले पाइपले पिटेका हुन् ।

छात्राको कम्मर माथिको भागमा ‘डढेँल्नु’ मा तीनवटा डाम ‘सुम्ला’ छन् । उनको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
छात्रालाई पिट्ने शिक्षक निरौला कानुन व्यवसायी पनि हुन् । उनले आफूबाट गम्भीर त्रुटि भएको बताए।

कक्षा कोठामा नेपाली विषयको पढाइ भइरहेको थियो। विषय शिक्षक निरौलाले ‘क्लास वर्क’ का लागि सबै विद्यार्थीलाई अनुरोध गरे । अन्जलि त्यत्तिकै बसेकी थिइन् ।

शिक्षक निरौलाले अन्जलिलाई सोधे, ’तिमी क्लास वर्क गर्दैनौ ।’ उनले शिक्षक निरौलालाई जस्ताको त्यस्तै जवाफ फर्काइन्,’ आउँदैन सर।’ शिक्षक निरौलाले हातमा विद्यार्थी तर्साउनका लागि बोकेको पाइपको छडीले ड्याम कि ड्याम हिर्काए ।

समाचार स्रोतका अनुसार अन्जलिको डडेल्लमा तीनवटा सुम्ला बसेका छन्।

घाइते अवस्थाकी अन्जलिलाई विद्यालय हाताबाटै एम्बुलेन्सले उपचारका लागि बिर्तामोड स्थित बिर्ता सिटी अस्पतालमा पुर्‍याएको थियो। उनको उपचार भइरहेको छ ।

विद्यालयका प्रधानाध्यापक भवानी थापाका अनुसार शिक्षक हेतिराज निरौलाले गम्भीर त्रुटि गरेको बताए । उनले भने अहिले हामी विद्यार्थीसँगै अस्पतालमा छौँ ।

घाइतेको अवस्था सामान्य भएपनि उनी हामीसँग पनि बोलिरहेकी छैनन्।’ यो घटनाले विद्यालय प्रशासनलाई दुखित बनाएको छ।

घाइतेको उपचारका विषयमा विषयगत शिक्षक हेतिराज निरौलाको आर्थिक व्ययभार हुनेछ ।

शिक्षक निरौलाको गल्तीको विषयमा विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिको छलफलपछि मात्र निर्णय गर्न सकिने उनले बताए ।

इलामको रोङ गाउँपालिकाले सामुदायिक बिद्यालयमा सञ्चालनमा ल्याएको बाल बचत खातामा आठ महिनाको अवधिमा १९ लाख बढी रकम जम्मा गरेको छ ।गाउँपालिकाले कार्यविधि बनाएर २०८० साल  मंसिर १ गतेदेखिपालिका भित्रका सामुदायिक बिद्यालयमा भर्ना भएका बिद्यार्थीको बचत दैनिक एक रुपियाँ बचत  थालेको थियो ।२०८१ असार मसान्तसम्म प्रतिबिद्यार्थी एक रुपियाँ दरले जम्मा गर्दा १९ लाख ६ हजार चारसय ८८ रुपियाँ बैंकमा जम्मा भएको हो ।

अध्यक्षसँग बिद्यार्थी बिद्यालयमा आधारित उधमशिलता कार्यबिधी –२०८० बनाएर गाउँपालिकाले २०८० लाख असोज २५ गते कार्यपालिकाबाट स्र्वीकृत गरी लागु गरेको थियो ।

गाउँपालिकाले सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीको दैनिक बचत गर्न प्राइम कमर्सियल बैकसँग दोहोरो सम्झौतागरी एक हजार आठसय ६९ जना बिद्यार्थीको खाता खोलिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनुभयो ।

२०८१ असार मसान्तसम्मको आठ महिना अवधिमा दैनिक एक रुपयिाँका दरले बिद्यार्थीको तर्फबाट १४ लाख ११ हजार आठ सय २७ रुपियाँ, गाउँपालिकाको तर्फबाट तीन लाख सात हजार सातसय ६१ रुपियाँ र बैंकको तर्फबाट प्रतिबिद्यार्थी एक सयका दरले एक लाख ८६ हजार नौसय रुपियाँ जम्मा भएको छ ।

बैंकले बिद्यार्थीको खाता खोल्दा प्रतिबिद्यार्थी एक सय रुपियाँ जम्मा गर्ने गरेको छ । पालिकाले बिद्यार्थी बिद्यालय आएको दिन एक रुपियाँका दरले जम्मा गरीदिने गरेको छ ।

अविभावकले मासिक रुपमा गाउँपालिकामा बचत जम्मा गरेपछि पालिकाले बैंकमा रकम जम्मा गर्ने गरेको छ बिद्यार्थीको रकम जम्मा भए नभएको हेर्न पालिकाले सफ्टवेयर बनाएको छ ।

रकम जम्मा भएको पालिकाले बनाएको सफटवेयरमा देखिने हुँदा कुनै समस्या नहुने गरेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्रुती तामाङले जानकारी दिनुभयो ।

रोङ गाउँपालिकामा ३० वटा सामुदायिक र दुई वटा संस्थागत बिद्यालय रहेका छन् । पालिका भित्र बैंक खाता सञ्चालन गर्दा दुई हजार दुईसय ५३ जना बिद्यार्थी थिए । अहिले एकसय १२ जना थपिएका छन । पालिकाले बिद्यालयमा आइसीटि शिक्षा  अन्तर्गत  नौ वटा माध्यमिक बिद्यालयमा सीसीटिभी र इलेक्ट्रोनिक हाजीरी र ल्याव स्थापन गरेको छ ।

बुद्धशान्ति, झापा / शैक्षिक सत्र २०८० को SEE मा उत्कृष्ठ GPA प्राप्त गर्न सफल विद्यार्थिहरूलाई बधाई साथै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ मा रहेको गाउँपालिकाको एक मात्र नमुना विद्यालय बुद्धआदर्श माध्यमिक विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरि शैक्षिक सत्र २०८० को SEE मा उत्कृष्ठ न्एब् प्राप्त गर्न सफल विद्यार्थिहरूलाई हार्दिक बधाई साथै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । बुधबार विद्यालयले शैक्षिक सत्र २०८० को SEE मा उत्कृष्ठ GPA प्राप्त गर्न सफल विद्यार्थिहरूलाई अभिभावकहरूको उपस्थितमा बधाई साथै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय शिक्षक अभिभावक संधका अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले विधालयको नाम उच्च राख्दै देशकै सक्षम नागरिक बन्ने लक्ष्यका साथ अघि बढ्नका लागि विधार्थीहरुलाई उत्कृष्ठ शिक्षण सिकाइ ,कंप्यूटर तथा प्रविधी मैत्री शिक्षण सिकाई,सेमी ग्रेडिङ प्रणालीमा आधारित शिक्षण, कक्ष (१-३) विज्ञान प्रविधी मा ल्याब क्लास को व्यवस्थापन बाल मैत्री पुस्तकालय को व्यवस्था,दिवा खाजा खाने व्यवस्था कक्षा (१-५),
त्रैमासिक रुपमा अभिभावक हरु संग छलफल र अन्तर्क्रिया
प्रत्येक हप्ता अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै हरेक क्षेत्रमा अब्बल बनाउन विद्यालयले गरेको प्रयासको नतिजानै एस इ इ परिक्षा भएको बताउदै पासआउट विद्याथीहरुलई सुभकामना दिनुभयो । विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्र कोईरालाले शिक्षा सुधारमा शिक्षक जिम्मेवार भए पुग्छ भन्ने सोचाई बाट माथि उठ्नु पर्ने बताउनुभएकोछ । बिद्यालयले शैक्षिक उपलब्धि हाँसिल गर्नका लागि शिक्षक अभिभावक ,विद्यार्थी सम्पूर्ण क्षेत्र उतिनै जिम्मेवार हुनुपर्ने सदस्य कोईरालाले बताउनु भयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सम्पुर्ण सदस्य विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, संचारकर्मी लगायतको आतिथ्यता रहेको थियो । विद्यालयका शिक्षक दिपक बुढाथोकीले स्वागत गर्नुभएको कार्यक्रम शिक्षक माधब बरालले सन्चालन गर्नु भएको थियो ।बुद्धआदर्श माध्यमीक विद्यालय बुद्धशान्ति गाउँपालिकाको केन्द्रमा रहेको विद्यालय हो ।

गुणस्तरिय शिक्षाका लागि सचेत शिक्षक शिक्षिका वाट अध्यापन गराइने यस बिद्यालयको शैक्षिक विकासका लागि सम्पूर्ण शिक्षक शिक्षिकाहरुको सकारात्मक साथ सहयोगकामा सामान्य विद्यालय बाट नमुना बिद्यालय स्थापनाका लागि प्रधानाध्यापक कृष्णराज भण्डारीको योगदान अतुलनिय रहेको छ ।बुद्धशान्ति गाउँपालिका वडा नं १ की वडा सदस्य लक्ष्मी कंडेल, विद्यालय व्यवस्थापन समितिमा सदस्य गंगा आचार्य विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र राई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।जसका कारण विद्यालयको भौतिक पूर्वाधार विकाससँगै शिक्षण सिकाई उपलब्धि उत्कृष्ठ रहेको छ ।

झापा बुद्धशान्ति ३ स्थित एरा एभरग्रीन अंग्रेजी विद्यालयकी छात्रा शुभना बरालले  यस पटकको SEE मा 3.91 GPA ल्याएर बुद्धशान्तिकै सबैभन्दा बढि GPA ल्याउने विद्यार्थी हुन,

साथै उनी झापाकै उत्कृष्ट विद्यार्थीको रुपमा चिनिएकी छिन् ।
विद्यार्थी शुभनालाई हार्दिक बधाई तथा आगामी दिनमा शैक्षिक सफलताको शुभकामना ।।

झापाको बुद्धशान्ति गाउँपालिका स्थित बर्नेमा रहेको मुनामदन एकेडेमीका बिद्यार्थीहरुले चलचित्र ‘गाउँ आएको बाटो’ हेरेका छन् ।

शनिबार बिर्तामोडको क्यू एफ एक्स हलमा सय जना भन्दाबढी बिद्यार्थीहरुले उक्त चलचित्र हेरेका हुन् ।

कक्षा ८, ९ र १० मा अध्यानरत बिद्यार्थीहरुले चलचित्र हेरेको बिद्यालयका संस्थापक सञ्चालक तथा प्रिन्सिपल चेतन ढुंगेलले बताउनुभयो ।

समाजको संस्कार र संस्कृतीहरु बुज्न र बिकासले पार्ने गरेको नकरात्मक असरहरुलाई बुझ्न यस्ता चलचित्र बिद्यार्थीहरुले हेर्नु पर्ने उहाँको धारणा थियो ।

उहाँल आगामी १० गते मंगलबार कक्षा ११ र १२ मा अध्यानरत बिद्यार्थीहरुलाई चलचित्र गाउँ आएको बाटो हेर्न ल्याउने बताउनुभयो ।
जेठ २५ गतेबाट प्रदर्शनमा आएको यो चलचित्र अहिले सफल्ता पुर्वक तेसा्रे हप्तामा प्रदर्शन भैरहेको छ ।

दया हाङ राई, पशुपती राई, प्रेम सुब्बा लगायत कलाकारहरुले अभिनय गरेको चलचित्रमा बालकलकारको भुमिकामा प्रशन राई लाई देख्न सक्छौ ।

महेश राईको कथा लेखन रहेको यस चलचित्रलाई नबिन सुब्बाले निर्देशन गरेका छन ।

इलामको सूर्योदय नगरपालिका शिक्षा क्षेत्रमा काम गर्ने कोशी प्रदेशकै सर्वाेत्कृष्ट पालिका घोषित भएको छ । 

देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ् नेपालले सूर्याेदयलाई कोशी प्रदेशको उत्कृष्ट पालिकाका रूपमा पुरस्कृत गर्न लागेको हो । 

एसोसिएसनले लामो समयसम्म शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकलाई पुरस्कृत गर्न गठित मूल्यांकन समितिले कोशी प्रदेशमा सूर्याेदयलाई छानेको जनाएको छ । जेठ २६, २७ र २८ मा काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा नगरपालिकालाई पुरस्कृत गर्न लागिएको एसोसिएसन अध्यक्ष सुदाम गौतमले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलन उद्घाटन गर्नेछन् । 

गौतमका अनुसार देशका सातै स्थानीय तहका एक–एक स्थानीय तह, एक–एक प्रधानाध्यापक र एक–एक विद्यालयलाई वर्षको उत्कृष्ट घोषित गरी पुरस्कृत गर्न लागिएको हो । पालिकालाई शिक्षामा गरेको लगानी, निःशुल्क र समावेशी शिक्षाको पहल, दीर्घकालीन योजना, प्राविधिक धार सञ्चालन, स्थानीय पाठ्यक्रम÷सूचना तथा प्रविधि र शिक्षामा सुशासन अभ्यास मापदण्डका आधारमा छनोट गरिएको सभापति गौतमले जानकारी दिए । 

कोशीमा इलामको सूर्याेदय, मधेसमा बाराको कौहलवी, वाग्मतीमा काठमाडौं महानगर, गण्डकीमा नवलपरासीपूर्वको मध्यविन्दू नगरपालिका, लुम्बिनीमा बर्दियाको ठाकुरबाबा नगरपालिका, कर्णालीमा रुकुमपश्चिमको चौरजहारी नगरपालिका र सुदूरपश्चिममा धनगढी उपमहानगरलाई यो वर्ष शिक्षा क्षेत्रमा काम गर्ने प्रदेशका उत्कृष्ट पालिका छानिएको उनले बताए । 

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.चित्रबहादुर बुढाथोकी संयोजकत्वको चार सदस्यीय छनोट समितिले विभिन्न मापदण्डका आधारमा पुरस्कृत पालिका, विद्यालय र प्रधानाध्यापक छनोट गरेको उनको भनाइ छ । छनोट समितिमा रामप्रसाद सुवेदी, धनञ्जय शर्मा र प्रकृति अधिकारी सदस्य छन् । 

सूर्याेदयले शिक्षा क्षेत्रमा विभिन्न महत्वपूूर्ण कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यालयको भौतिक पूर्वाधार विकासदेखि शिक्षकको दक्षता अभिवृद्धि, प्रोत्साहन र विद्यालयमा विद्यार्थी आकर्षित गर्ने दर्जनौं योजना सूर्याेदयले कार्यान्वयन गरेको छ । 
मेयर रणबहादुर राईले नगरले शिक्षा क्षेत्रमा दीर्घकालीन उपलिब्ध हासिल गर्ने कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । ‘यो नगर बालमैत्री नगर पनि भएकाले विद्यालय तहको शिक्षा क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘बालबालिकाका लागिमात्र होइन, नगरका छोरी र बुहारीको उच्च शिक्षासमेतमा हामीले विशेष ध्यान दिएका छौं ।’

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको  श्री गणेश माध्यमिक  विद्यालयका विद्यार्थीहरूलाई  शैक्षिक साथै खेलकुद सामाग्री वितरण गरिएको छ ।बुद्धशान्ति ४ मा रहेको सृजनशिल युवा समाजले आज एक कार्यक्रमको आयोजना गरि श्री गणेश माद्यमिक विद्यालयमा अध्यनरत कक्षा नर्सरी देखि कक्षा ५ सम्मका ३० जना गरिव तथा जेहेन्दार बिद्यार्थिहरूलाई  ५५  हजार  बराबरको  शैक्षिक साथै  खेलकुद सामाग्री वितरण गरेको हो  ।सृजनशिल युवा समाजका अध्यक्ष निर्मल पराजुलिको अध्यक्षतामा भएको कार्यक्रममा  बुद्धशान्ति गाउँपालिका वडा नं ४ का अध्यक्ष  शेर वहादुर रायको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा प्रमुख  अतिथि वडा नं ४ का अध्यक्ष शेर बहादुर रायले विद्यार्थीहरूलाई  शैक्षिक साथै खेलकुद सामाग्री वितरण गर्दै यश सृजनशिल युवा समाजले  विगत केही वर्ष अगाडि देखिनै वडा नं ४ मा विभिन्न सामाजिक कार्य गर्दै  समाजमा  छुट्टै छाप छोड्न थालेको  बताउदै संस्थाको खुलेर प्रशंसा गर्दै संस्थाले वडा कार्यलयको समन्वयर सहकार्यमा काम गर्ने र सहयोग समेत गर्दै जाने बताउनु भयो ।त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै सृजनशिल युवा समाजका अध्यक्ष निर्मल पराजुलिले विद्यार्थीहरूलाई पढाइ सङसगै खेलकुदको क्षेत्रमा पनि  उतिकै रुचि राख्ने भएकाले  र अहिले देखिनै यि साना साना  नानिहरूलाइ पढाइ संङसगै खेलकुदको क्षेत्रमा  समेटेर लैजाने हो भने भोलि राष्ट्रिय स्तरमै चिनाउने खेलाडी बन्न पनि थप हौसला हुनेछ  भनेर शैक्षिक सामाग्री संगै खेलकुद सामाग्री समेत वितरण गरेको  बताउदै हाल अमेरिकामा रहेर संस्थालाई आर्थिक सहयोग गर्नुहुने सेतु तामाङ साथै विनय तामाङ लाई धन्यबाद दिदै  आगामि दिनमा  पनि समाजमा विभिन्न समाजिक काम गर्दै जाने बताउनु भयो ।संस्थाका अध्यक्ष  निर्मल पराजुलीले औचित्य माथि प्रकास पार्नु भएको कार्यक्रममा सन्जित कुमार थेबे, न्यु एभर ग्रिन सेकेन्डरी इङ्लिस  स्कुल बुद्बशान्ति ४ का शिक्षक लोक बहादुर कमाल बुद्धशान्ति वडा नं ४  कार्यपालिका सदस्य दुर्गा ढुङ्गेल लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो।संस्थाले लामो समय देखि संस्थामा रहेर अतुलनिय  सहयोग पुर्याउनु हुने  बुद्धशान्ति ४ का रामचन्द्र कोईरालालाई  दोसल्ला साथै सम्मान पत्र द्वारा सम्मान समेत गरिएको थियो ।कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा  सदस्य  सन्जित कुमार थेबे,न्यु एभर ग्रिन अङ्ग्रेजी स्कुलका  शिक्षक सन्जय लिम्बू रास्ट्रिय स्वत्रन्त्र पाटी बुद्धशान्ति ४ का अध्यक्ष रोसन कटुवाल,विद्यालयका शिक्षक अभिभावक विद्यार्थी,स्थानिय बासी संन्चारकर्मी  लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो  lविद्यालयका  प्रधानाध्यापक  डिल्लिराम खतिवडाले सानो संस्था भएपनि  विद्यालयमै आएर सृजनशिल युवा समाजले यसरी शैक्षिक  साथै  खेलकुद सामाग्री दिएर  विद्यालयलाई  विद्यार्थी भाइ बहिनिहरूलाई  पढाइ साथै खेलकुदको क्षेत्रमा थप हौसला थपिदिनु भएकोमा  सृजनशिल युवा समाजलाई  धन्यबाद  दिदै आफ्ना भनाई राख्नु भएको थियो । गणेश माध्यमिक  विद्यालयको सभाहलमा भएको कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई  सृजनसिल युवा समाजका  उपाध्यक्ष नारायण कुमार रेग्मीले स्वागत गर्नुभएको  थियो भने उक्त कार्यक्रमको सञ्चालन संस्थाका सदस्य  साजन तामाङले गर्नु भएको थियो  ,

झापा बुद्धशान्ति स्थित बालबाटिका मन्टेसरी प्रि स्कुलले बिहिबार २५८६ औं बुद्ध जयन्तीको अवसर पारेर १० औं वार्षिकोत्सव साथै बालबाटिका मन्टेसरी प्रि स्कुलमा अध्ययन पूरा गरेका विद्यार्थीहरुको दीक्षान्त समारोह कार्यक्रमको सम्पन्न गरेको  छ ।
विद्यालयका संरक्षक केदार कोइरालाको अध्यक्षता, बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका सामाजिक व्यक्तित्वहरूको आतिथ्य रहेको थियो ।

कार्यक्रममा बालबाटिकामा अध्ययनरत ससाना बालबालिकाहरूले गीत, नृत्य, राइम्स लगायतका सुन्दर प्रस्तुति दिएका थिए।

प्री स्कुलको शिक्षण पद्धतिलाई सामुदायिक विद्यालयहरूले पनि अपनाउनु पर्ने र एक अर्का बिचको कमि कमजोरीलाई केलाउन प्रि स्कुलहरू बिच स्वास्थ्य प्रतिस्पर्धा हुन आवश्यक रहेको भन्दै प्रमुख अतिथि अनिल वाग्लेले बालबाटिका मन्टेसोरीको कार्यक्रमलाई प्रोत्साहन गर्नु भएको थियो  । अभिभावकको तर्फबाट कृष्ण खतिवडाले मन्टेसोरी पद्धतिद्वारा शिक्षा प्रदान गरिएको बालबालिकाहरूको प्रस्तुतिले स्पष्ट झल्काएको बताउनु भयो । कार्यक्रममा संचालक कृष्ण ढकालले स्वागत गर्दै साना बालबालिकाहरूलाई अध्यापन, अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन र क्षमता बिकाशका निमित्त कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।

कार्यक्रममा सितारमेश क्याम्पस प्रमुख पुष्प रिजाल, मानन्ध शिक्षा सदनका प्रमुख भिम श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रमको सन्चालन विद्यालयका संचालक नवीन कोइराला र शिक्षिका सिमरन राईले संचालन गर्नु भएको कार्यक्रममा २०० बढी अभिभावक तथा अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।
बुद्धशान्ति १ स्थित बालबाटिका मन्टेसोरी प्रि स्कुल २०७२ सालबाट सञ्चालनमा आएको हो । बालबाटिका मन्टेसोरीमा हाल पिजी देखी कक्षा दुई सम्म अध्यापन गराइन्छ।

झापाको बुद्धशान्ति २ स्थित एम्बिसन एकेडेमीले दीक्षान्त, सेवा निवृत्त गुरु गुरुआमा सम्मान तथा छात्रवृत्ति घोषणा कार्यक्रम समापन गरेको छ।  एकेडेमीले पूर्व प्राथमिक तह अध्ययन पूरा गरेका ३३ विद्यार्थीलाई दीक्षान्त गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा सिटौलाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्वशिक्षक डम्बर कुमार प्रधान रहेका थिए ।

त्यस्तै विशेष अतिथिका रूपमा सेवा निवृत्त शिक्षक खगेन्द्र पोखरेल, देविध्वज योन्जन, मेदनी प्रसाद सिटौला, कालीबहादुर थापा, पुण्य कुमारी दाहाल, डम्बर कुमार बजगाई, कृष्णप्रसाद फुयल, पर्शुराम प्रधान, वेद कुमार श्रेष्ठ लगायत विन्दा ओली उप्रेती, लक्ष्मी उप्रेती, अभिभावक, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मीको आतिथ्य रहेको थियो ।

विद्यार्थी लोगान उप्रेतिले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गरेको कार्यक्रममा औचित्य माथि प्रकाश भने प्रवन्ध निर्देशक दिपेन सिटौला राख्नु भएको  थियो ।

यता पूर्व प्राथमिक तह अध्ययन पूरा गरेका विद्यार्थीहरुको दीक्षान्त समारोह अभिभावकको उपस्थितिमा सम्पन्न गरिएको थियो भने विभिन्न समयमा अध्यापन गराउनुहुने सेवानिवृत्त गुरु गुरुआमाहरुलाई सम्मान कार्यक्रम समेत राखीएको थियो ।

विद्यालयले आँफै छात्रवृत्ति कोष खडा गरी आदर्श मा. वि. जयपुरका पूर्व प्रधानाध्यापक समेत रहनुभएका स्व. शिक्षक रामप्रसाद ओली स्मृति छात्रवृत्तिको घोषणा समेत गरेको छ ।

उक्त छात्रवृत्तिका लागि बुद्धशान्तिका जुनसुकै विद्यालयबाट कक्षा ८ पास गरेका विद्यार्थीले निवेदन दिन सक्नेछन् । उक्त निवेदनको २०८१ वैशाख २ गतेसम्म बुझाइसक्न र परीक्षा भने २०८१ वैशाख ४ गते रहने विद्यालयले जनाएको छ । छात्रावृत्तिमा छनौट भएपछि एम्बिसन एकेडेमीमा कक्षा ९ र १० मा अध्ययन गर्न एक छात्र र एक छात्रा गरि जम्मा ४ जनाले रु २,५०,००० रकम बराबरको १००% छात्रवृत्ति प्रदान गरिने समेत विद्यालयले जनाएको छ ।

विद्यार्थी सुरक्षा तामाङ र अदिति शिवाकोटीले सञ्चालन गरेको कार्यक्रमको बीचबीचमा विद्यार्थीबाट गायन तथा नृत्य प्रस्तुत गरिएको थियो भने कार्यक्रमको समापन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति तारा सिटौलाले गर्नुभएको थियो ।