
बुद्धशान्ति गाउँपालिका ३ मा कार्यालय रहेको बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाले आफ्नो नवौँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष पुष्पप्रसाद रिजालको अध्यक्षतामा भएको साधारणसभामा ज्येष्ठ शेयर सदस्य यमनाथ बिमलीको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारणसभाकै अवसर पारेर नयाँ सञ्चालक समिति समेत चयन गरिएको छ । नवगठित सञ्चालक समितिको अध्यक्षमा पुनः पुष्पप्रसाद रिजाल चयन हुनु भएको छ । त्यस्तै उपाध्यक्षमा योगेन्द्र चिमरिया, सचिवमा भक्तिप्रसाद भट्टराई, कोषाध्यक्ष हेमन्तमणि रेग्मी चयन हुनु भएको हो । त्यस्तै सदस्यहरुमा लक्ष्मी ढकाल, सुधीर सत्याल र चेतमणि पोखरेल सर्वसम्म रुपमा चयन भएको निर्वाचन समिति संयोजक रामकुमार तिम्सिनाले बताउनु भयो ।
त्यस्तै लेखा समितिको संयोजकमा धर्मेन्द्र भट्टराई चयन हुनु भएको छ भने भने सदस्यहरुमा अर्जुन पोखरेल र पवित्रा पोखरेल चयन भएका निर्वाचन समितिका सदस्य ललित प्रसाद ढुंगेलले बताउनु भयो । आदर्श नमुना सामुदायिक वनको पर्यटकीय क्षेत्रमा भएको साधारणसभामा विभिन्न बिधामा उत्कृष्ट हुनेहरुलाई सम्मान समेत गरिएको थियो ।






