
झापाको बुद्धशान्तिमा बुधबारे जेसीजले हरेक वर्ष सञ्चालन गर्दै आएको ‘जेसीज सप्ताह’ यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाउदै आज चौथो दिन ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
इलाका प्रहरी कार्यलय बुधबारे साथै ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा बुद्धशान्ति क्षेत्रमा पर्ने मेचि राजमार्गमा अत्याधिक सवारी दुर्घटना साथै ट्राफिक जामभई आवातजावतमा समस्या सिर्जना हुने ठाँउमा जेब्राक्रस निर्माण गरिएको बुधबारे जेसिजका अध्यक्ष सुजित बरालले जानकारि दिनु भयो हो ।
बुधबारे जेसिजका अध्यक्ष सुजित बरालको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
जेसि कुसल अधिकारीको संयोजकत्वमा सन्चालन भएको ट्राफिक सचेतनामूलक कार्यक्रममा जेसिजका पुर्व अध्यक्ष सदस्य विभिन्न सामाजिक व्यक्ति पत्रकार लगायतको उपस्थिति रहेको थियो ।







