इलामको रोङ गाउँपालिका वडा नं ३ स्थित हाँसपोखरी पाथिभरा मन्दिर परिसरमा ब्यवस्थित टहरो निर्माण गरिएको छ ।
आस्थाको केन्द्र रहेको पाथिभरामा मन्दिरमा टहरो निर्माणपछि मन्दिर परिसर आकर्षक र ब्यवस्थित बन्नुको साथै मन्दिर परिसरमा ब्यापर र आगन्तुक भक्तजनहरुमा सहजता बनेको छ ।
अढचालिस वटा ब्यवस्थित टहरो निर्माण र मन्दिर परिसर सजावटको लागि ६८ लाख ४२ हजार ६ सय रुपैया खर्च गरिएको थियो ।
चालु बर्षमा कोशी प्रदेश सरकार पर्यटन वन तथा वातावरण मन्त्रालयको चालिस लाख रोङ गाउपालिकाको २० लाख उपभोक्ताहरुवाट ६ लाख १२ हजार ५ सय नगद सहित २ लाख ३० हजार १ सय रुपैयाको लागतमा ४८ वटा ब्यवसायिक टहरो बिद्धुत जडान गरी निर्माण गरिएको छ । हासपोखरी कुटिडाडा क्षेत्रमा दुवोरोपण गरीएको छ भने ईलामको प्रबेशद्वार जोरकलस,कुटिडाडा,हासपोखरी हर्कटे जस्ता मेचि राजमार्गको रोङ क्षेत्रमा सिमेन्टको गमला र फूलरोपण कार्य गरि सौन्दर्यकरण गरि आकर्षक बनाउने प्रयत्न गरिएको रोङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो सुवासले बताउनुभयो ।
मन्दिरमा दिनहु आउने भक्तजनहरुमा धार्मिक आस्था त छदैछ मेची राजमार्गमा यात्रा गर्ने यात्रु र मनोरन्जन पर्टकहरुको लागि पनि यहाँको सून्दरताले केहि समय खर्चने र थप पर्यटक भित्राउन सकिने हुदा रोङको कारोवार बढ्ने प्रचुर सभावना रहेको रोङ ३ गाउँपालिकाकी उपाध्यक्ष बिष्णुमाया भुजेलको बताउनु भयो ।
रोङ ३ मा रहेको पाथिभरा मन्दिर परिसरमा माता पाथिभरा साना पर्टन ब्यवसायि सस्था स्थापना गरि ब्यवसाय गर्दै आएका छन । उनिहरुले मन्दिरमा आउने भक्तजनहरुको लागि पुजा सामाग्री लगायतको सेवा प्रदान गर्ने गरेको ब्यवसायी दिनेस निरौलाले बताउनुभयो । संस्थामा आवद्ध ब्यवसायि ,टोल बिकास सस्था र स्थानिय बासिहरुले मन्दिर परिसरलाई ब्यवस्थित गर्न सरसफाई र ब्यवस्थापन लगायतका काममा नियमित रुपमा लागि परेको देखिन्छ।