झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ स्थित आदर्श माध्यमिक विद्यालय जयपुरले SEE २०७९ को परीक्षामा सफल भएका विद्यार्थीहरूलाई सम्मान गरेको छ। SEE उतिर्ण विद्यार्थीलाई सम्मान साथै बधाई तथा शुभकामना मंगलबार एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।
आदर्श माध्यमिक विद्यालयले गरेको सम्मान तथा शुभकामना कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवनकुमार पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बुद्धशान्ति गा.पा. शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कमलप्रसाद निरौलाको प्रमुख आथित्य , बुद्धशान्ति गा.पा. वार्ड नं. २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली, सल्लाहकार समितिका संयोजक तथा भू.पू. वि.व्य.स. अध्यक्ष ध्रुवकुमार ओली, भू.पू. वि.व्य.स. अध्यक्ष काजी श्रेष्ठ, शिक्षक अभिभावक संघ अध्यक्ष हरिराज कडरियाको विशिष्ट आथित्य, अभिभावक, विद्यार्थीहरूको आथित्यता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक करुणकुमार पराजुलीले उपस्थित सम्पर्ण अथितिहरूलाई स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अाफ्ना भनाईहरू राख्नु भएको थियो । बधाई तथा सम्मान कार्यक्रममा SEE परीक्षामा समावेश सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षकलाई अबिर तथा खदाले सम्मान गरि बधाई ज्ञापन गरिएको थियो ।
सम्मान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शिक्षक अभिभावक संघ अध्यक्ष हरिराज कडरियाले आदर्श माध्यमिक विद्यालय जयपुरले पालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा सम्पर्ण विद्यार्थी शिक्षक अभिभावकलाई बधाई दिदै आफ्ना भनाई राख्नु भएको थियो
सम्मान कार्यक्रममा आफ्ना भनाई राख्दै बुद्धशान्ति गाउँपालिका वडा नं १ कार्यपालिका सदस्य तुलसा खतिवडाले शैक्षिक बिकासका लागि स्थानीय सरकारले आफ्नो साधन स्रोतले भ्याएसम्म लगानी गर्न तयार रहेको बताउनु भयो उहाँले भन्नुभयो । विद्यार्थीले विषय छनोट गर्दा आकर्षक विज्ञापन, साथीभाईको लहैलहै तथा अभिभावकको दबाबमा नपरी आफूले आफ्नो रुचीलाई ध्यानमा राख्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा बुद्धशान्ति गा.पा. वार्ड नं. २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली, सल्लाहकार समितिका संयोजक तथा भू.पू. वि.व्य.स. अध्यक्ष ध्रुवकुमार ओली, भू.पू. वि.व्य.स. अध्यक्ष काजी श्रेष्ठले सफल विद्यार्थी भाइबहिनीहरूलाई बधाई ज्ञापन गर्दै शैक्षिक उन्नयनको हार्दिक शुभकामना व्यक्त गर्नुभएको कार्यक्रमको सन्चालन सहायक प्रधानाध्यापक बुद्धमणि गौतमले गर्नुभएको थियो।