झापाको बुद्धशान्ति गाउँपालिकाका पशुपालक कृषकहरुलाई व्यवसायि कृषि उत्पादनमा लाग्न प्रेरीत गर्ने उदेश्यले विभिन्न पशुपालक किसानहरुलाई च्यापकटर मेशिन वितरण गरिएकाे छ । गाउँपालिकाले बुधबार एक कार्यक्रम गरेर विभिन्न कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीहरुलाई कृषि सामाग्री तथा उपकरणहरु हस्तान्तरण गरेको हो ।
बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकरणको प्रयोगले मात्र सफल हुन सकिने भन्दै त्यस तर्फ गाउँपालिकाले कदम चालेको बताउनुभयो । कृषिमा समृद्धि ल्याउन उत्पादनमा जोड दिनुपर्ने भन्दै पालिकाले कृषि उपज उत्पादनमा लागेका किसानलाई कृषि सामाग्री वितरण गरेको उहाँले बताउनुभयो ।
बुद्धशान्ति गाउँपालिका अध्यक्ष, मनोज प्रसाईं पालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा बुद्धशान्ति गाउँपालिका कृषि विकाश शाखा प्रमुख अर्जुन पौडेल, बुद्धशान्ति वडा नं ७ का वडा अध्यक्ष चन्द्र भन्डारी वडा नं ३ कार्यपालिका सदस्य नर्बदा चापागाँई सहितकाे उपस्थितिमा बुधबार वडा नम्बर २ का कृषकहरूलाई उक्त मेशिन हस्तान्तरण गरिएकाे थियाे ।
साथै बिहिवार बाट अन्य वडाका पशुपालक किसानहरुलाई पनि च्यापकटर मेशिन र काउमेट वितरण गरिने बताइएकाे छ।गाउँपालिकाबाट खुलाइएको निवेदनको मागका आधारमा छनौट भएका पशुपालक किसानहरु लाई गाउँपालिकाको पशुपंन्छि तथा मतस्य विकाश शाखाको आ• व •/०७९/८० को प्रदेश सरकारको शशर्त अनुदान को ५०/ प्रतिशत तथा कृषको ५० प्रतिशत अनुदानमा आधुनिक कृषि सामग्री वितरण गरेको गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाले बताउनु भयो ।
बुद्धशान्ति गाउँपालिका पशुपंन्छि विकाश शाखा प्रमुख कैलास प्रसाद सिंहले सञ्चालन गर्नुभएको कार्यक्रममा उनीहरुलाई च्यापकटर मेसिन, चिलिम भ्याट, मकै काट्ने मेसिन, पेलेट दाना बनाउने मेसिन, स्प्रे टेङ्की, डि फ्रिज, डि च्यापकटर मेसिन, काउमेट, लगायतका कृषी सामा्ग्री वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष मनोज प्रसाईं गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाले संयुक्त रुपमा कृषि सामाग्री तथा उपकरणहरु हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाले बेरोजगारी समस्या समाधानका लागि कृषि पेशालाई उच्च प्राथमिकतामा स्थानिय सरकारले राखेको भन्दै उहाँले भन्नू भयो र प्रविधियुक्त आधुनिक प्रविधिद्वारा कृषकहरूलाई ब्यवसायिक बनाउन सके खाडी मुलुकमा जाने बेरोजगार युवा स्वदेशमा काम पाउने र देशको आर्थिक विकासमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।