झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित मेची राजमार्ग सँग जोडिएको पछिल्लो समय भाईरल शिरिषको नामले चर्चा कमाएको वर्ने चिया कमानको परिसरमा शुक्रबार बृक्षारोपण गरीएको छ ।
बुद्धशान्ति गाउँपालिकाको आयोजनामा बुद्धशान्ति -४ स्थित मेची राजमार्ग आसपासमा रहेको बर्ने चिया कमान संगै भाइरल शिरीषको रुख भएको स्थान सडकको बिच भागबाट १५ मिटर सडक कटाएर सडकको दुवै तर्फ गुल्मोर प्रजातीका विभिन्न रंगका फुल फुल्ने विरुवाहरु लगाईएको वडा नं ४ का वडा अध्यक्ष शेर बहादुर रायले बताउनु भयो ।
बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा गाउँपालिकाका सम्पुर्ण कर्मचारी, वडा नं ४, ५, का वडाअध्यक्ष, वडा नं ४ वडा सदस्य दुर्गा पोख्रेल, पुर्ब गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेल, बुधबारे ईलाका प्रहरी कार्यलय प्रमुख प्रविन भट्टराई ,ससस्त्र प्रहरी, टिमाई सिर्जन सिल युवा समाज लगायत विभिन्न संङ सस्थाका प्रतिनिधी साथै स्थानिय युवाहरूको सहभागितामा वर्ने चिया कमानको परिसरमा बिरुवा रोपीएको हो ।
आगामी दिनमा पनि बुद्धशान्ति गाउँपालिकाले पालिका क्षेत्रका पर्यटकिय सरकारी जमिन,बिभिन्न पार्क तथा बिद्यालय र वडा कार्यालय परिसरमा समेत बिरुवा रोपण कार्यक्रमलाई प्राथमिक्ता दिईने बताईएको छ । जिल्ला डिभिजन वनकार्यलय बाट निशुल्क उपलब्द गराएको बिरुवा पालिकाले यसपटक ६५० बिरुवा रोपण गर्ने कार्यक्रम रहेको बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले बताउनु भयो । अध्यक्ष प्रसाइले भन्नुभयो बिरुवा रोपेर मात्र हुँदैन, बिरुवा संरक्षण गरेर हुर्काउनु पर्छ भन्दै स्थानिय सगँ अनुरोध समेत गर्नुभयो ।