
प्रथम बुद्धशान्ति अध्यक्ष कप वडा स्तरिय टी-10 क्रीकेट प्रतियोगिताको उपाधी बुद्धशान्ति तीन नम्बर वडाले हात पारेको छ ।
मंगलबार झापाको बुधबारे स्थित पेट्रोलपम्प अगाडीको खेलमैदानमा भएको फाइनल खेलमा तीन नम्बर वडाले दुई नम्बरलाई ९ विकेटले पछि पार्दै विजय हाँसिल गरेको हो । खेलमा वडा नम्बर २ ले १० ओभरमा ६ विकेट गुमाएर ७२ रन बनाएको थियो भने ७३ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य वडा नम्बर ३ ले ६.३ ओभेरमा पूरा गर्दै ९ विकेटले विजय हासिल गरेको हो ।
विजयी टीमले नगद २५००० सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले १५००० नगद सहित मेडल, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
फाइनल खेलको म्यान अफ द म्याच वडा नम्बर ३ का खेलाडी आदिहाङ फागो भएका छन् । उनले नगद ११०० सहित मेडल, ट्रफी, र प्रमाणपत्र हात पारेका छन् त्यस्तै खेलमा वडा नम्बर २ का उद्दव ओलि म्यान अफ द सिरिज घोषित भए ले मेडल, ट्रफी, प्रमाणपत्र र नगद रु. ५१००/- प्राप्त गरेका हुन । फाइनल खेलमा छक्का हान्ने खेलाडीलाई बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाइले रेडबुलको प्रायोजन गर्नुभएको थियो ।
फाइनल खेलको उद्घाटनमा बोल्दै झापा जिल्ला क्रीकेट संघका अध्यक्ष प्रविन थापाले नेपाललाई क्रिकेटले विश्वमा चिनाइरहेको बताउदै धेरै मानिसले क्रिकेटलाई र क्रिकेट खेलाडीलाई माया गरेकै कारण नेपालमा विश्वमा चिनिन सफल भएको बताउनु भयो ।
क्रिकेटको क्रेज बडिरहेको अवस्थामा बुद्धशान्तिले माग अनुसारको प्रतियोगिता आयोजना गरेको वडा नम्बर तीनका वडाध्यक्ष पर्शुराम चेम्जोङले बताउनु भयो । आउदा दिनमा पनि यस्ता प्रतियोगिता आयोजना गर्दैजाने बताउनु भयो ।
लागुऔषधमा लागेका वा बेकाममा बराल्ली रहेका यूवाहरुलाई खेलको माध्यमबाट सहि बाटोमा हिनाउने प्रयास पालिकाको रहेको शुभकामना मन्तव्यका क्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाइले बताउनुभयो । उहाँले भन्नू भयो, क्रीकेटका माध्यमबाट मात्र नभइ फुटबल र भलिवलजस्ता खेलको आयोजना गरेर यूवामा भएको प्रतिभालाई प्रस्फुटन गराइ बुद्धशान्तिमा बिभिन्न खेलका राम्रा खेलाडी उत्पादन गर्ने लक्ष लिइएको उहाँले बताउनुभयो ।
आदर्श यूवा क्लबको आयोजना तथा बुद्धशान्ती गाउँपालिकाको प्रायोजनमा असोज २७ देखि संचालित कार्यक्रम असोज ३० गते समापन गरिएको प्रतियोगिताको फाइनल खेलमा आदर्श युवा क्लबको उपाध्यक्ष दिपक सुब्बाको संयोजकत्वमा तथा क्लबका अध्यक्ष मात्रीका श्रेष्ठको अध्यक्षतामा भएको कार्यकर्ममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख अातिथ्यता रहेको थियो भने विशेष अतिथिको रुपमा बुद्धशान्ति गाउपालिका वडा नं ३ का वडा अध्यक्ष पर्शुराम चेम्जोङ साथै अतिथिहरूमा सातै वडाका वडा अध्यक्षको विशेष आतिथ्यता रहेको कार्यक्रममा अतिथिको रुपमा क्लबका निबर्तमान अध्यक्ष मनेष दाहाल, खेलकुद विकास समितीका सदस्यहरु तथा संयोजकहरु, बुद्धशान्ति गाउँपालिका विभिन्न वडाका वडा सदस्य ज्युहरु, विभिन्न संघ संस्था, बर्खा स्मृति प्रतिस्ठानका अध्यक्ष लगायतको आतिथ्यता रहेको कार्यक्रममा आदर्श यूवा क्लबका सदस्य तारा गौतमले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन क्लबका सचिव दूर्योधन देव सिंहले गर्नुभएको थियो ।