
कैलालीमा एक युवकको घाँटी रेटी हत्या गरिएको छ। घोडाघोडी नगरपालिका–८ जरैका २८ वर्षीय केशरबहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार हत्या आरोपमा सोही वडाका २८ वर्षीय लालबहादुर विक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई पक्राउ गरिएको छ।
प्रहरीका अनुसार दुवै अभियुक्त बुढाको टाउको बोकेर प्रहरी पोस्टतर्फ आउँदै गर्दा खेत प्रहरी पोस्टका जवानले नियन्त्रणमा लिएका थिए।
मृतक बुढाको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ भने शरीर घटनास्थलमै रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अवस्थीले जानकारी दिए।