May 12, 2024

धर्म संस्कृति

धरान- सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला विधिवत रुपमा पूजार्चना एवं स्नान गरी शुक्रबार समापन भएको छ। मेला गत चैत २७ गते सुरु भएको थियाे।

मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवान्को दर्शन गरेका मेला आयोजक समितिका उपाध्यक्ष किसन थापाले बताए। मेला आयोजना गर्न संघीय सरकारले रु ७० लाख र प्रदेश सरकारले रु ५५ लाख प्रदान गरेको थियो। मेलाको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नु भएको थियो ।

कुम्भस्नान गर्न जगतगुरु बालसन्त मोहनशरण देवाचार्य, कोशी प्रदेशसभा सदस्य इस्रायल मन्सुरी, मुख्यसचिव वैकुण्ठ अर्याल, बागमती प्रदेशका सचिव हुमकला पाण्डे, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन पोखरेल, वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीलगायत सप्तकोशी नदीमा पुग्नु भएको थियो ।

बुद्धशान्ति ३ स्थित श्री राम जानकी मन्दिरले राम जानकी दर्पण तथा २५ औँ वार्षिक उत्सव स्मारिकाको लोककार्पण गरेको छ ।

२५ औँ वार्षिक उत्सव तथा रगत महोत्सवको अवसरमा आयोजना गरिएको श्री लिङ्गा महापुराणको छैटौँ दिवसीय दिवाकालीन सत्रमा मन्दिरको इतिहासदेखि वर्तमानसम्मको मन्दिरसँग सम्बन्धित तथा आध्यात्मिक विषयसँग सम्बन्धित विषयहरूलाई समेटेर तयार पारिएको राम जानकी दर्पण तथा २५ औँ वार्षिक उत्सव स्मारिकाको लोककार्पण गरिएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टंक काफ्ले विकल्पको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्व गाउँ पञ्चायत प्रधानपञ्च मेघनाथ ढकालको प्रमुख आतित्य रहेको थियो ।
त्यस्तै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई, उपाध्यक्ष भवानीप्रसाद खतिवडाको विशिष्ट आतिथ्यता रहेको थियो भने मन्दिरका पदाधिकारी,चित्रा पौडेल,विभिन्न संघसंस्थाका पदाधिकारी, शिक्षासेवी,सुरक्षाकर्मी, सञ्चारकर्मीको आतिथ्य रहेको थियो ।

मन्दिर समिति सचिव जय भण्डारीले सञ्चालन गरेको कार्यक्रममा मन्दिर समिति सदस्य गंगादेवी आचार्यले शाब्दिक स्वागत राख्नु भएको थियो भने उक्त रामजानकी दर्पण तथा २५ औँ वार्षिक उत्सव स्मारिकाको समीक्षा भने पूर्व शिक्षक गणेश निरौलाले गर्नु भएको थियो ।

कार्यक्रमका सभापति टंक काफ्ले विकल्पले समापन गरेको उक्त कार्यक्रममा विशिष्ट अतिथि मनोज प्रसाई र प्रमुख अतिथि मेघनाथ ढकालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

धार्मिक एवम् पर्यटकीय स्थल सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतराधाममा बाह्रबर्षे महाकुम्भ मेला आजदेखि सुरु हुँदै छ । महाकुम्भ मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेल आज बिहान छिन्नमस्ता दर्शन गरेर चतरामा पुग्ने र महाकुम्भ मेला उदघाटन गर्ने कार्यक्रम छ । त्यहाँ करिब तीन घण्टा बिताएर राष्ट्रपति पौडेल उदयपुर हुँदै काठमाडौं फर्किने छन् ।

महाकुम्भ मेला चैत २७ देखि आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ । मेलाको व्यवस्थापन, सुरक्षा प्रबन्ध लगायत सबै तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

हिन्दु धर्मअनुसार अमृतको थोपा खसेको विश्वास गरिने नेपालको सुनसरीस्थित चतराधाम तथा भारतका हरिद्वार, प्रयाग, नासिक र उज्जैन गरी विश्वमा जम्मा ५ स्थानमा १२/१२ वर्षको अवधिमा कुम्भ मेला लाग्छ । जुन सबैभन्दा ठूलो मेलाको रुपमा परिचित छ ।

कुम्भ मेलाका परिकल्पनाकार एवम् जगत् गुरु बाल सन्त मोहनशरण देवाचार्यका अनुसार मेलामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सरकारका मन्त्री, जनप्रतिनिधि लगायतलाई समेत निमन्त्रणा गरिएको छ । मेलामा नेपालका साथै भारत, भुटान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायतबाट धार्मिक अगुवाकोसमेत सहभागिता रहने बताइएको छ ।

भारतका बागेश्वर बाबा भनेर चिनिने धिरेन्द्र शास्त्री पनि आउँदो वैशाख ५ गते चतरा आउने कार्यक्रम तय भएको छ ।

कुम्भ मेलाका आगन्तुकका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा स्वयंसेवकसमेत गरी दुई हजार बढी सुरक्षाकर्मीहरू खटाइएको छ ।

<span;>मेलामा आउने भक्तजनका लागि पाँच वटा स्थानमा स्नान स्थल निर्माण गरिएको छ । मेला स्थल वरिपरि सरसफाइ, स्नान स्थल निर्माण, पण्डाल, हवन कुण्ड, सहयोग स्थल, सुरक्षा, स्वास्थ्य, भण्डारा, बसपार्क लगायतको व्यवस्था गरिएको छ । भक्तजनका लागि खाने, बस्ने र बिरामी हुँदा उपचार गर्ने व्यवस्थासमेत मिलाइएको आयोजकले जनाएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ स्थित तिनतले पर्यापर्यटन पार्कको उद्घाटन साथै सहिदहरूको सालिक अनावरण तथा सेल्फि रोडको शिलान्यास  भएको छ । कार्यक्रममा तिनतले सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष नन्द कुमार याफ्फु राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कोशि प्रदेश पर्यटन तथा वन मन्त्रि माननिय गणेश उप्रेतिले सोमबार तिनतले पर्यापर्यटन पार्कको उद्घाटन साथै सहिदहरूको सालिक अनावरण तथा सेल्फि रोडको शिलान्यास गर्नु भएको हो ।झापाको बुद्धशान्ति गाउँपालिका साथै ईलामको रोङ गाउँपालिकाको सङगम स्थल रोदी डाँडामा निर्माण भएको तिनतले पर्यापर्यटन पार्कको उत्घाटन गर्दै दन्दकालमा मारिएका राम प्रसाद प्रधान, बेद प्रसाद आचार्य, र नारायण आचार्य सहिदहरूको सालिकमा अनावरण गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री उप्रेतिले सामुदायिक वनले जङ्गलत जोगायो तर वन्यजन्तु कहाँ पुर्यो यो विषयमा हामिले सोचेका छैनौ जनबादि कन्सेप्ट त आयो तर जङ्गल भित्रका जिवजन्तु मैन्त्री जङ्गल बनाउन सामुदायीक वनहरूले अब आफ्नो कार्ययोजनामा थप्नु पर्ने बताउनु भयोउहाँले भन्नू भयो पुर्वमा आउँदा जहाँ टेके पनि पर्यटक क्षेत्र  भएकाले अब यसलाई पर्यटन क्षेत्रलाई दिगो गुरूयोजना बनाउनु पर्ने हो तर  प्रदेश सरकार चलेको ६ वर्ष भैसक्तापनि पर्यटनमा कुनैपनि दिर्घकालिन योजना नभएकाले अब हामीले पर्यटनको सन्दर्भमा जङ्गल जिवजन्तु मैन्त्री र प्रयापर्यटन मैन्त्री बनाउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडा,वन डिभिजन कार्यलय इलामका प्रमुख दान वहादुर श्रेष्ठ, सहिद राम प्रधानकी धर्मपत्नी इन्द्रमाया प्रधान, वडा नं १का वडा अध्यक्ष  अनिल वाग्ले, विभिन्न पाट्टीका प्रतिनिधी संघ संस्थाका प्रतिनिधी लगायतको बाक्लो उपस्थिति रहेको थियो।  तिनतले सामुदायिक वन उपभोक्ता समितीका कोषाध्यक्ष शिव गिरीले सम्पुर्ण अतिथिहरूलाई साब्दिक स्वागत गर्नुभएको कार्यक्रममा पालिका उपाध्यक्ष  भवानि प्रसाद खतिवडा, वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले, समाज सेवी रोसन तिम्सिना, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । भोैतिक विकासमा पछाडि परेपनि प्राकृतिक रुपमा साँच्चै रमणीय छ प्राकृतिक छटाहरूले भरिएको यस पार्क निर्माणमा तिनतले सामुदायिक वनको ७ लाख ७४ हजार बुद्धशान्ति गाउँपालिका वाट १० लाख ९५ हजार कोशी प्रदेश पर्यापर्यटन वन मत्रालय बाट २० लाख ९८ हजार बिर्ख बहादुर शांसद कोष बाट १० लाख गरि कुल ४९ लाखको लगानिमा पार्क निर्माण भएको साथै चालु आर्थिक वर्ष ८०/ ८१ को बजेटबाट १० लाखको लगानिमा  काम समेत भइरहेको  कार्यक्रमको अौचित्य माथि प्रकाश पार्दै तिनतले सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष नन्द कुमार याफ्फु राईले बताउनु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा न. १ स्थित श्री लक्ष्मीनारायण मन्दिर तिरू दिव्यधाममा यहि फागुन २ गते देखि १० गते समापन हुने गरि श्रीमद,भागवत साप्ताह ज्ञान महायज्ञ भईरहेको छ बुद्धशान्ति गाउँपालिका वडा न. १ स्थित श्री लक्ष्मीनारायण मन्दिर तिरू दिव्यधाममा रहेको गुरूकुल सन्चालन गर्न साथै

समाजमा धार्मिक सहिष्णुता कायम गर्दै समाजको सुख शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन होस, एवं साँस्कृतिक प्रचार प्रसार गर्ने उद्धेश्यले स्थानीय क्षेत्रको धार्मिक बिकासको लागि स्थानीयहरु नै एकजुट भई धार्मिक ,सामाजिक आर्थिक र सास्कृतिक बिकास सम्भब हुन्छ

भन्ने उदेश्यले महापुराणको आयोजन गर्न लागिएको पुराण आयोजक समितिका अध्यक्ष नारद चापागाँईले बताउनु भयो ।

फागुनको २ गते बाट सन्चालन भईरहेको श्रीमद, भागवत,सप्ताह ज्ञान महायज्ञ सम्पन्न गर्न १२ लाख  भन्दा माथि खर्च हुने अनुमान  गरिएको आयोजक समितिका सचिव दुर्गा देवि खतिवडाले बताउनु भयो ,।

 प्रमुख वाचक श्री १००८ स्वामी पन्डित श्री चक्रपाणी आचार्य साथै उपवाचक रामानुज नेपालले मुखाराबृन्द वाट कथा प्रवचन भइरहेको  छ । श्रीमद,भागवत कथामा विभिन्न झाँकी धान्यचल विभीन्न दाता माहानुभाव हरूलाइ सम्मान मुस्टिदान समेतको आयोजना गरिएको बताईएको छ

झापाको बुद्धशान्ति २ स्थित
Ambition Academy विगत वर्ष  झै यश वर्ष पनि माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाईएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा सिटौलाको प्रमुख आतिथ्यता तथा इन्द्र राईको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन छात्रा सोफिया खड्काले गरेकी थिइन् भने छात्रा रियन राईले अतिथिहरुलाई शाब्दिक स्वागत गरेकी थिइन्। कार्यक्रममा सरस्वती पूजाको महत्व दर्साउने विविध कार्यक्रमका साथै विद्यार्थीहरुले विभिन्न विधाका नृत्यहरू प्रस्तुत गरेका थिए।

स्थानीय समाजसेवी गुरु ओली, गंगा गौतम, सेमन्त पोखरेल, मुकेश भट्टराई,पूर्ण गौली, इन्द्र अधिकारी, अभिभावकहरु लगायत शैक्षिक तथा सामाजिक व्यक्तित्वहरुको आतिथ्यता रहेको कार्यक्रममा विद्यार्थीहरुले विज्ञान प्रदर्शनी तथा आफूले बनाएका विभिन्न परियोजना कार्यको प्रदर्शनीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ। वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ।

एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठर दिनसम्म भेट गरेका थिए। पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो। यसै समयदेखि वसन्तराग गाउन थालियो।

सरस्वतीलाई नैवेद्यका रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ।

सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ। पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ। यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ। यसपछि सरस्वती कवच पाठ गरिन्छ।

संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ।

आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ। सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ।
विशेषगरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन्। उपत्यकाका पशुपति जयवागेश्वरी, स्वयम्भूको सरस्वतीस्थान, लाजिम्पाटको नील सरस्वती, चाँगु, फर्पिङ, बल्खु, हाँडीगाउँ, लेलेको सरस्वती मन्दिरमा पूजा एवम् दर्शन गर्नेको भीड लाग्दछ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ मा च्युङ्गीला तामाङ ह्युल वाह्र तामाङ समाजको आयोजनामा  बाह्र तामाङ समाजले सोनाम लोछार ल्हासो फ्याफुल्जि तामाङ  ल्होसार’ पर्व भव्य रुपमा मनाएका छन् । च्युङ्गिला तामाङ ह्युल वाह्र तामाङ समाजका  अध्यक्ष राजन तामाङको अध्यक्षता बुद्धशान्ति गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष डेगेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा  समारोहको उद्घाटन गरिएको थियो ।
शनिवार भएको कार्यक्रममा पर्वको अवसर पारेर विभिन्न सांस्कृतीक कार्यक्रम सहित मनोरञ्जनात्मक
विभिन्न स्थानका कलाकारहरुले तामाङ  संस्कृती झल्काउने नृत्य  समेत प्रस्तुत गरिएको थियो  ।

कार्यक्रममा च्यङ्गीला तामाङ बाह्र तामाङ समाजका पुर्व अध्यक्षतेज वहादुर तामाङ ,चुल्ठे सामुदाहिक वनका अध्यक्ष सुजन खतिवडा, संस्थाका सल्लाहकार संयोजक बल वहादुर तामाङ ,जग्गा दाता ह्युल तामाङ ,ज्ञान वहादुर बम्जन,मिरा देवि तामाङ स्थानिय समाज सेवि लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थाका सचिव योन्जन तामाङले स्वागत मन्तव्य सहित औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।कार्यक्रममा पुर्व अध्यक्ष तेज वहादुर तामाङ ,चुल्ठेे सामुदाहिक वनका अध्यक्ष सुजन खतिवडा, लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो ।

कार्यक्रममा २०७४ सालमा स्थापना भएको संस्थामा रहेर अतुलनिय योगदान पुर्याउने साथै  जग्गा दाता  साथै ज्येष्ठ नागरिक हरूलाई फुलमाला दोसल्ला लगाएर सम्मान पत्र द्वारा सम्मान समेत गरिएको थियो । शनिवार वडा नं ५ स्थित  भिट्टालाईनमा भएको कार्यक्रममा बुद्धशान्ति वडा नं ५  वडा नं ४ वडा नं ६ का तामाङ  समुदायको बाक्लो उपस्थिती रहेको थियो ।

च्युङ्गीला तामाङ ह्युल वाह्र तामाङ समाजले आयोजना गरेको कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथि हरूलाई आयोजक परिवारले मायाको चिनो वितरण गरेर विदाई गर्नु भएको थियो ।प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् । तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको आज (सोमबार) प्राण प्रतिष्ठा गरिँदै छ । हिन्दूहरूका भगवान् रामको जन्मस्थल मानिने अयोध्यामा आज भव्य मन्दिरको प्राण प्रतिष्ठा गर्न लागिएको हो ।

मन्दिरको गर्भगृहमा आज रामको भव्य मूर्ति राखेर प्राण प्रतिष्ठा गरिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारमा जनाइएअनुसार स्थानीय समयअनुसार आज दिउँसो १२:२० बजेको साइतमा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदैछ । प्राण प्रतिष्ठामा केही नेपाली पूजारी पनि सहभागी छन् ।

प्राण प्रतिष्ठाअघि भारतीय प्रधानमन्त्री मोदी ११ दिनको उपबासमा छन् । सन् २०२४ मा लोकसभा निर्वाचनअघि हुन लागेको राम मन्दिरको उद्घाटनले भारतीय जनता पार्टीको चुनाव नतिजालाई प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

यस अवसरमा भारतको केन्द्र सरकारले देशभर नै आधा दिनको छुट्टी दिने घोषणा गरेको छ ।

सन् २०१९ मा भारतको सर्वोच्च अदालतले राम मन्दिर स्थापना गर्ने विषयमा गरेको फैसलापछि मन्दिर बनाइएको हो । अदालतको फैसलापछि सन् २०२० मा राम मन्दिर निर्माण कार्य प्रारम्भ गरिएको थियो । मन्दिर परिसरले ६७ एकड जमिन ओगटेको छ ।

प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व  देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।

माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ। ती ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।

धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ । सूर्य उत्तरायण हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । सो दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । माघे सङ्क्रान्तिमा दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार पनि खाने चलन छ ।

मकर सङ्क्रान्तिमा शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको छ ।

अंग्रेजी नयाँ वर्ष २०२४ लाई विश्वभर स्वागत गरिएको छ । नयाँ वर्षको स्वागतको तयारी विभिन्न देशले विभिन्न प्रकारले गरिरहेका छन् । सबैभन्दा पहिले न्यूजिल्याण्डमा नयाँ वर्षको स्वागत गरिएको छ । त्यपसछि अष्ट्रेलिया, दक्षिण कोरिया, उत्तर कोरिया र जापानमा नयाँ वर्षको स्वागत गरिएको छ ।

न्यूजिल्याण्डको अकल्याण्डमा स्काइटावरमा १० सेकेन्डको काउन्टडाउनपछि आतिशबाजी शुरु भएको थियो । यो पाँच मिनेटसम्म चलेको थियो ।

अष्ट्रेलियाको हार्बर ब्रिज र ओपेरा हाउस नजिक १२ मिनेटसम्म आतिशबाजी चलेको थियो । सो क्रममा साढे आठ टन पटाखा जलाइएको थियो । त्यसको तयारी १५ महिनादेखि चलिरहेको थियो । १० लाख भन्दा बढी मानिस भेला भएका थिए ।

हङकङमा ‘न्यू इयर न्यू लिजेन्ड’ थिममा आधारित रहेर १२ मिनेटसम्म आतिशबाजी गरिएको थियो । त्यहाँका ठूला भवनमा एकैपटक आतिशबाजी भएको थियो ।

३१ डिसेम्बरको मध्यरात १२ बजेपछि दुनियाँभर नयाँ वर्षको स्वागत थालिएको थियो ।