
झापाको बुद्धशान्ति गाउँपालिका स्थित बुधबारे भट्टराई कुल वशं प्रतिष्ठान महिला विभाग छोरी बुहारि संजाल बुधबारेको अायोजनामा एक दिने देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।
दिपावलीको अवसरमा भट्टराई कुल वशं प्रतिष्ठान महिला विभाग छोरी बुहारि संजाल बुधबारेले आयोजना गरेको देउसी भैलो कार्यक्रममा सहभागीहरुले बुधबारे बजारको पुलचोक वालुवा टार चोक पहाडी चोक हुँदै जयपुर चोकमा देउसी भैलो खेलेका थिए ।
बुधबारे भट्टराई कुल वशं प्रतिष्ठान महिला विभाग छोरी बुहारि संजाल बुधबारे शाखाकी अध्यक्ष विमला भट्टराई साथै प्रतिष्ठानकी सचिब मुना भट्टराईको संयोजनमा एक दिने देउसी भैलो कार्यक्रम संचालन गरिएको संस्थाकी अध्यक्ष बिमला भट्टराइले बताउनु भयो ।
बुधबारे बजारको पुलचोक वालुवा टार चोक पहाडी चोक हुँदै जयपुर चोकमा समापन गरिएको देउसी भैलो कार्यक्रममा
समाजमा लोप हुन लागेका विभिन्न जातजाति झल्काउने लोक संस्कृति झल्काउने नृत्य प्रस्तुत गरिएको थियो ।
संस्कृति जगेर्ना गर्ने उदेश्यका साथ गोबर्धन पुजाको दिन खेलिएको देउसी भैलो कार्यक्रमक बाट संकलन गरेको रकम बाट कोष खडा गरि विभिन्न सामाजिक कार्य गर्दै जाने कार्यक्रम संयोजक मुना भट्टराईले बताउनु भयो
इलाका प्रहरी कार्यलय बुधबारेका प्रमुख प्रविन भट्टराईको प्रमुख अातिथ्यतामा भएको देउसी भैली कार्यक्रममा संस्थाका जयनाथ भट्टराई, मुकेस भट्टराई ,रूद्र भट्टराई ,टीका भट्टराई संगिता भट्टराई , रस्मिता भट्टराई संगम भट्टराई लगायत ६० जना भन्दा माथिको उपस्थितिमा खेलिएको देउसी भैलो कार्यक्रमको संचालन बुधबारे भट्टराई कुल वशं प्रतिष्ठान महिला विभाग छोरी बुहारि संजालकी सदस्य प्रभा भट्टराईले गर्नु भएको थियो ।