
झापाको मेचिनगरमा देउसी खेल्न भन्दै घरबाट हिँडेका झापा मेचीनगरका एकजना युवा आज दिउँसो मृत भेटिएका छन् ।
हिजो देउसी खेल्न गएका मेचीनगर १० धुलाबारीका भरत जैसवाल आज मृत भेटिएका हुन् । ३० वर्षीय जैसवाल आज अपरान्ह मेचीनगर ११ स्थित गोजाबस्तीमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ l
आज दिउँसो २ः३० बजेको समयमा स्थानीयहरुले जैसवाललाई लडिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनको प्रहरी पुग्नुअघि नै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
कानुनी प्रक्रिया पूरा गरेर जैसवालको शव परिवारको जिम्मा लगाइएको छ । मृतक जैसवाल झापा जिल्ला रेफ्री संघका उपाध्यक्ष लक्ष्मण जैसवाल, पुस्तक व्यवसायी शत्रुघन जैसवालका भाइ हुन् ।