झापाको बुद्धशान्ति –४ बर्नेमा च्यालेन्जकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । स्थानीय युनिटी युथ क्लब बर्नेको आयोजनामा खेल हुने भएको छ ।
आगामी पौष २१ गतेदेखि २८ गते सम्म बर्ने चिया कमानको खेल मैदानमा प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक समितिले बताएको हो । आयोजक समितिका संयोजक एवम् क्लबका अध्यक्ष डिल्ली मावोका अनुसार खेल क्लब स्तरीय खुल्ला प्रतियोगिता हुनेछ ।
जसमा बिजेताले ५५ हजार ५ सय ५५ संगै मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाणपत्र पाउने खेल व्यवस्थापन समितिका मोहन कुमार मावोले बताउनु भयो ।
यसका साथै खेल अवधिभर खेलाडीलाई विधागत रुपमा समेत पु्स्कार प्रदान गरिने आयोजकले जनाएको छ । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । खेललाई मर्यादित र व्यवस्थापन गर्न रत्न फेम्बो, मिलन लिम्बु, सूर्यमान सुब्बा लगायतका स्थानीय युवाहरु एक जुट भएर लागेको देखिन्छ ,।