प्रदेश नम्बर १ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिको आह्वानमा भएको कोसी प्रदेश बन्दका क्रममा पिकअप जलाएको आरोपमा प्रहरीले आज एक व्यक्तिलाई पक्राउ गरेको छ ।
गत मङ्सिर ३० गते साँझ साढे ६ बजेको समयमा मेची राजमार्गको किटेनी नजिकै पराल बोकेको मे १ ज ११४० नम्बरको पिक अप वन्द्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै जलाएका थिए ।
इलामको रोङ गाउँपालिका ४ स्थित किटेनी नजिकै पिक अप जलाउने कार्यक्रम संलग्न भएको भन्दै बुद्धशान्ति गाउँपालिका ४ निवासी ३३ वर्षीय ‘बुलेट’ भनिने अञ्जन राईलाई आज दिउसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय अनारमनिको संयुक्त टोलीले प्रदेश नम्बर १ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समिति बुद्धशान्ति संयोजक समेत रहेका राईलाई बिर्तामोडस्थित नयाँ बसपार्कबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
परेका राई राष्ट्र, राष्ट्रियता, धर्म , संस्कृति र नागरिक बचाउ अभियान अन्तरगत नागरिक युवा दस्ताका मेचीनगर संयोजक समेत रहेको बताइएको छ ।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर पठाइएको बताइएको छ ।