झापाको बुद्धशान्ति गाउपालिका वडा नं ४ मा रहेको श्री विरेन्द्र बाल विकास केन्द्रका विद्यार्थीहरूलाई आज न्यानो स्विटर बितरण गरिएको छ ।
आईतबार बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले वडा नं ४ स्थित विरेन्द्र बाल विकास केन्द्र मा रहेका २१ जना विद्यार्थीहरूलाई न्यानो सुइटर बितरण गरिएको हो ।
विपन्न परिवारका बालबालिकाहरूलाई लक्षित गर्दै चिसो मौसमको कारण बिरामी हुने, जस्ता समस्या देखा पर्ने भएको कारण विद्यार्थीहरूलाई स्विटर बितरण गरिएको बताईएको छ ।
बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउपालिका वडा नं ४ का वडाअध्यक्ष शेर वहादुर रायको प्रमुख आतिथ्यता भएको कार्यक्रममा बाल विकास सन्चालक समितिका अध्यक्ष जानुका कोईराला वडा नं ४ का वडा सदस्य भिम धमला आईतराज लिम्बू ,समाज सेवि दिपक शेर्मा , बाल विकासकी शिक्षीका पुस्पा उपेर्ति,स्थानिय समाजसेवी बेद निधि मिस्र ,मोहन कृष्ण अधिकारी, उमा बराईलि ,सुनिता संखर लगायतको उपस्थितिमा विद्यार्थीहरूलाई न्यानो कपडा स्विटर बितरण गरिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईले बताउनु भयो ।
संस्थाका सचिव मदन मगरले सन्चालन गर्नुभएको कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्दै बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाँइले भन्नुभयो,यस संस्थाले बुद्धशान्ति गाउँपालिकाका सम्पुर्ण वडाहरूमा गएर जनचेनना मुलक कार्यक्रम साथै सामुदाहिक प्रहरी सगँको सहकार्यमा लागु अौषध साइबर अपराध सम्बन्धी जनचेतना मुलक कार्यक्रम प्रहरी सगँको सहकार्यमा ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रम बुद्धशान्तिका विभिन्न विद्यालयहरूमा छात्र वृद्धि बुद्धशान्ति गाउँ पालिका वडा नं ३ स्थित चिलिमगढी दाह सस्कार गृहको सरसफाई, बुद्धशान्ति गाउँपालिकामा रहेका केही विद्यालयहरूमा शिक्षा सुधारका लागि आर्थिक सहयोग जस्ता विभिन्न सामाजिक कार्यहरू गर्दै आएको बताउनु भयो
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि वडा नं ४ का वडा अध्यक्ष शेर वहादर रायले बर्खा स्मृति प्रतिष्ठानले समय अनुसार जाडोको समयमा स साना नानिहरूलाई स्विटर वितरण गरेर सहयोग गर्नुहुने संस्थालाई धन्यबाद दिदै यस बाल विकास केन्द्रमा भौतिक पर्वधारको अवस्थालाई हेरेर वडाको तर्फबाट गर्न सक्ने सहयोग गर्दै जाने बताउनु भयो ।
विद्यार्थीहरूलाई स्विटर बितरण गरेर सहयोग गर्ने बर्खा स्मृति प्रतिष्ठानलाई श्री विरेन्द्र बाल विकास केन्द्र सन्चालक समितिका अध्यक्ष जानुका कोईरालाले धन्यवाद दिदै बाल विकासका साना साना नानिहरूलाई न्यानो कपडा स्विटर वितरण गरेर नानिहरूको पढाइमा मनोबल बढाउन मद्दत पुग्ने बताउनु भयो ।