झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको बुधबारे साना शहरि खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्माण हुँदै गरेको sump well को शुक्रवार अनुगमन गरिएको छ । शुक्रवार खानेपानी सरसफाई डिभिजन कार्यलयका झापाका प्रमुख विकास काफ्ले लगायतको टोलिले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका प्रमुख विकास काफ्लेले यस आर्थिक वर्षमा संघिय सरकार बाट खानेपानि पुनर्स्थापना अन्तरगत ११ लाख ५० हजार साथै प्रदेश सरकार बाट ५ लाखको लगानिमा निर्माण भईरहेको काम सम्पन्न गर्न लागत अनुमान को हिसाब र कामको हिसाबले त्यो बजेटले नपुग्ने भएकाले थप बजेट माग गर्नु पर्ने बताउनु भयो ।बुद्धशान्ति गाउँपालिका वडा नं १ भोटेटार उत्तर रोङ गाउँपालिका वडा नं ४ ओढारे स्थित बिरिङ खोलाको साइडमा निर्माण हुँदै गरेको खानेपानी फिल्टर साथै सोचजम ट्याङकी निर्माण सम्पन्न गर्न करिब १ करोड लागत खर्च हुने भएकाले क्रमागत रूपमा काम गर्दै जाने संस्थाका अध्यक्ष धुर्व कुमार ओलिले बताउनु भयो ।मंशिरको पहिलो हप्तावाट सुरू गरिएको निर्माणको ८०% काम सकिएको भएपनि यसै वर्ष आर्थिक वर्षमा बजेट निकासा गर्ने गरि सम्पुर्ण काम भने फागुन भरमा सम्पन्न गर्ने बुधबारे साना शहरि खानेपानि सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष चन्द्र कोईरालाले बताउनु भयो , उहाँले भन्नू भयो,खानेपानि डिभिजन कार्यलय प्रदेश सरकार समन्वय र सहकार्यमा आर्थिक बर्षमा बजेट निकासा हुने गरि सम्पवोल्ल बाट ६०० मिटर खानेपानि पाईपलाईन जडान गरि भोटेटार पाईप लाईनमा जडान गरि काम सम्पन्न गर्दा बुद्धशान्ति गाउँपालिकाका ५ हजार भन्दा माथि घर परिवारलाई खानेपानि बाट ठूलो राहत हुने बताउनु भयो, यसरी खानेपानि सन्चालन गर्न सक्दा मासिक विद्युत खपत कम हुने साथै इन्धन खपत कम हुँदै जाने हो भने खानेपानिको महसुलको विसयमा उपभोक्ता बाट आएको केही गुनासाहरू लाई मध्यनजर गर्दै केही समय पछि अवस्थालाई महसुल समेत घटाउन सकिने बताउनु भयो ।शुक्रवार गरिएको अनुगमनमा खानेपानी तथा सरसफाई डिभिजन कार्यलय झापाका प्रमुख विकास काफ्ले खानेपानि डिभिजन कार्यलयका इन्जिनियर रोजेन जोसि बुधबारे साना शहरी खानेपानिका उपभोक्ता समितिका अध्यक्ष धुर्व कुमार ओली, संस्थाका उपाध्यक्ष चन्द्र कोईराला संस्थाका सचिव पुर्ण सन्जेल नेपाली काँग्रेस पाटी प्रतिनिधि चक्र शेर्मा, खगेन्द्र मैनालि,राष्ट्रिय स्वतन्त्र पाटी प्रतिनिधी सेखर भट्टराई,बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं,अन्य पाटिका प्रतिनिधी स्थानिय समाज सेवि जनप्रतिनिधी लगायको उपस्थितिमा अनुगमन गरिएको संस्थाका व्यवस्थापक पुष्प न्यौपानेले जानकारि दिनु भयो ।