झापाको बुद्धशान्तिमा एक महिलाले ५ वर्षीया छोरीलाई बोकेर शरीरमा आगोण लगाएकी छन् । बुद्धशान्ति-२ गोपालडाँडा घलेगाउँकी २८ वर्षीया माया रम्तेल बिकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी छन् ।
५ वर्षीया छोरी वर्षा बिकलाई शरीरमा सलले बाँधेर शरीरमा पेट्रोल खन्याई शुक्रबार राति आगो लगाउने लगाएकी हुन् । आगोले मायाको शरीर पूर्णरूपमा जलेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक डुण्डीराज गिरीले जानकारी दिए । यस्तै छोरीको वर्षाको पनि शरीरको विभिन्न भाग जलेको छ । उनको अवस्था मध्यम रहेको प्रवक्ता गिरीले बताए ।
उनीहरूको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भऊरहेको छ । श्रीमान राजन बिक मजदुरी गर्न गएको बेला उनले आत्मदाहको प्रयास गरेकी हुन् ।
घटनास्थल नजिकै सुसाईड नोट फेला परेको छ ।
उक्त नोटमा श्रीमान अन्य महिला सँग सम्बन्धमा रहेको कारण बाध्य भई यस्तो निर्णय लिन पुगेको लेखिएको प्रहरीले जनाएको छ । श्रीमान प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।