बुद्धशान्ति । डि एफ सी क्लब यहाँ जारी प्रथम अमर नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।बुद्धशान्ति ४ स्थित गणेश माविको खेल मैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा मोरङ्गको इस्ट स्टार्ट एफसी ४–० गोलले पराजित गर्दै डि एफ सी बाहुनडाँगीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।डि एफ सीको जितका लागि खेलको १७ मिनेटमा पहिलो गोल गरेका थिए । खेलको २०,४० र थपिएको अतिरिक्त समयमा निसान प्रधानले गरेको ह्याट्रीक गर्दै बलियो जित दर्ता गराए ।खेलको म्यान अफ दी म्याच डि एफसीका निसान प्रधान घोषित भएनिर्धारीत समय सम्म इस्ट स्टार्ट एफसीलागि गोल गर्न नसक्दा टिम प्रतियोगीताबाट बाहिरिएको छ ।उनलाई क्लबका अध्यक्ष साथै अतिथिले नगद १ हजार र ट्रफी
वितरण गर्नु भएको थियो ।
साथै खेल अवधिभर खेलाडीहरू लाई बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं द्वारा प्रत्येक खेलमा १ गोल बराबर २ वटा रेडबुल समेत वितरण गरिने आयोजकले जनाएको छ । फागुन १२ गतेदेखी १९ गतेसम्म जारी प्रतियोगितामा झापा र इलाम गरी ८ वटा टिमले सहभागी जनाउने प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, मेडल र ट्रफी रहेको छ । त्यस्तै उपविजेताले ३० हजार नगद र मेडल र ट्रफि पाउने क्लबका उपाध्यक्ष गणेश बहादुर डाँगीले बताउनु भयो ।
प्रत्येक खेलको म्यान अफ दि म्याच, उत्कृष्ट गोल किप्पर, खेलाडीलाई समेत पुरस्कृत गरिने छ ।स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष रोसन कटुवालले बताउनु भयो ।प्रतियोगिता सम्पन्न गर्नको लागि करिब ४ लाख रुपैयाँ खर्च अनुमान गरिएको क्लबका उपाध्यक्ष गणेश डागिले बताउनु भयो ।
भोलि हुने खेलमा अर्जनधारा र विर्तामोड बिच हुने बताईएको छ । कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष मनेस दाहाल,झापा जिल्ला रेफ्रि संघका महासचिब उदय ठाकुर,बुद्धशान्ति ४ गणेश मां विं का शिक्षक रविन कोइराला,न्यु एभर ग्रिन स्कुल व्यवस्थापन समितीका अध्यक्ष नारायण ढुङ्गाना, वोड्लिङ इन्टरनेट बुधबारेका सन्चालक सुनिल भट्टराई विभिन्न संघ संस्थाका प्रतिनिधी बिभिन्न खेलकुद समितिका संयोजक साथै खेलप्रेमी महानुभावहरूको बाक्लो उपस्थितिरहेको कार्यक्रमको संचालन संस्थाका अध्यक्ष रोसन कटुवालले गर्नुभएको थियो ।