बुद्धशान्ति ।बिर्तामोडको आदर्श एकडेमी यहाँ जारी प्रथम अमर नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुद्धशान्ति ४ स्थित गणेश माविको खेल मैदानमा आज (सोमबार) भएको तेस्रो क्वाटरफाइनल खेलमा अर्जुनधाराको लक्ष्मीधाप एफसीलाई ७–३ गोल अन्तरले पराजित गर्दै आदर्श एकडेमीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा लक्ष्मीधाप एफसीले सुरुवाती अग्रता बनाएपनी नतिजा आफ्नो पक्षमा पार्न सकेन । आदर्शको जितका लागि दिवस बास्तोलाले ३ गोल गर्दै ह्याट्रिक पुरा गरे भने साहिल धिमालले २, पवन बास्के र समिर हेमरनले गरेको १ ÷१ गोलले जित निश्चित बनाएको थियो ।
त्यस्तै लक्ष्मीधाप एफसीका लागी रोहन राईले व्यत्तिलगत २ गोल कृितन विसुङ्ख सुजन विस्वकर्मा १ ÷१ गोल गरे पनि जितका लागी पर्याप्त बन्न नसक्दा प्रतियोगीताबाट बाहिरीएको छ ।
खेलमा ह्याट्रिक गरेका दिवस बास्तोला म्यान अफ दि म्याच भएका थिए उनलाई बुद्धशान्ति वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय साथै क्लबका अध्यक्ष साथै अन्य अतिथिले १ हजार नगद पुरस्कार वितरण गर्नु भएको थियो ।
साथै खेल अवधिभर खेलाडीहरू लाई बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईं द्वारा प्रत्येक खेलमा १ गोल बराबर २ वटा रेडबुल समेत वितरण गरिदै आएको छ । अमर युवा क्लबको आयोजनामा फागुन १२ गतेदेखी १९ गतेसम्म जारी प्रतियोगितामा झापा र इलाम गरी ८ वटा टिमले सहभागी जनाउने प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, मेडल र ट्रफी रहेको छ । त्यस्तै उपविजेताले ३० हजार नगद र मेडल र ट्रफि पाउने क्लबका अध्यक्ष रोषन कटुवालले बताउनु भयो । प्रत्येक खेलको म्यान अफ दि म्याच, उत्कृष्ट गोल किप्पर, खेलाडीलाई समेत पुरस्कृत गरिने बताईएको छ । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । खेललाई मर्यादित र व्यवस्थापन गर्न स्थानीय युवाहरु एक जुट भएर लागेको देखिन्छ ,।