
मोरङको बेलबारीमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको बेलबारी सडक खण्डस्थित वडा नम्बर १ र ३ को सीमानामा टिपर, बस र जिप ठोक्किँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनामा दुई जना घाइते छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिएको थियो ।
ठक्करपछि अनियन्त्रित बनेको टिपरले पूर्वबाट पश्चिमतर्फ नै आउँदै गरेको मे१ज २८५६ नम्बरको जिपलाई पुनः ठक्कर दिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।